Wednesday, November 23, 2011

बलियो पासवर्ड लेख्ने काईदा #strong #password

"असफल पहिलो प्रेमी/प्रेमिका भविष्यको पासर्वड हुन्छन " भन्ने चलन चल्तीको जोक बाट नै अनुमान गर्न सकिन्छ अधिकाँस प्रयोगकर्ताहरु सम्झीन सजिलो होस भन्ने बाहानमा सबैले अनुमान गर्न सक्ने कुरालाई ईन्टरनेटमा आफ्नो पासवर्ड बनाई दिन्छन त्यस खालको पासवर्डको रुपमा धेरैको रोजाई आफनो जन्ममिती , बिध्यालयको नाम, परिवारका सदस्यको नाम , आफ्नो मन पर्ने हिरो हिरोईनको नाम, घरको फोन नम्बर, कम्पुटरको किबोर्डको सिक्वेन्सीयल नम्बर , अक्षर आदी हुने गर्दछ यसरी निश्चीत ब्यक्तीसँग सरोकार राख्ने शब्दलाई पासवर्डको रुपमा प्रयोग गर्दा धेरैले अनुमान गरेर नै वा बिस्तारो टाईप गर्नेहरुको हकमा कतिपयले टाईप गरेको दुई तिन वटा अक्षरको आधारमा तिनीहरुको पासवर्ड पत्ता लगाउछन यसरी पासवर्ड चोरी भएको अवश्थामा कतिपयको नैतिक, भैतिक आर्थीक क्षती भएको सुन्नमा पाईन्छ

आफुले सम्झीरहने सजिला कुराहरुलाई पनि निश्चीत नियमले नियमबद्द गरेको अवश्थामा त्यस्ता पासवर्डको साहायताले आफ्नो ईन्टरनेटमा उपस्थीतीलाई सुरक्षीत बनाउन सकिन्छ यस खालको नियम भनेर सर्वमान्य कुनै नियम भने बिकास भै सकेको छैन त्यसैले अनुभवको आधारमा धेरैले धेरै खालको नियम प्रश्ताब गरेको भेटिन्छ
त्यस्तै एक पासवर्ड नियम तल बर्णन गरीएको
  1. एक वा एक भन्दा बढी वेबसाईटको लागी एकै खालको पासवर्ड प्रयोग नगर्नु राम्रो हुन्छ
  2. साधारणतय: कुनै पनि वेबसाईटले "फर्गेट पासवर्ड" भन्ने लिङ्कमा क्लीक गरेर पासवर्ड रिट्रिभ गर्न खोज्दा नयाँ पासवर्ड पठाई दिन्छ भने त्यस किसिमका वेबसाईटहरुले पासवर्डलाई तिनीहरुको डाटाबेसमा ईन्क्रीप्ट (युजरले लेखेको कुरालाई कम्प्युटरले बुझ्ने गरिको अन्य भाषामा परिवर्तन गर्ने प्रक्रिया ) गरेर राखेका हुन्छन जसलाई त्यस वेबसाईटको डाटाबेसमा नै पँहुच हुने मान्छेले पनि त्यो ईन्क्रीप्टेड पासवर्ड हेरेर सजिलै वास्तबिक पासवर्ड थाहा पाउन सक्दैन तर पासवर्ड रिट्रिभ गर्न खोज्दा पुरानो पासवर्ड नै पठाई दिने वेबसाईटहरुको डाटाबेसमा पासवर्डलाई जस्ताको त्यस्तै भण्डारण गरिएको हुन्छ त्यस खालको वेबसाईटमा राखीने ब्यक्तीगत सुचना बारे चनाखो हुनु पर्छ
  3. यदी तपाईलाई नेपाली टाईप गर्न आउछ भने कुनै नेपाली शब्द वा नाम लाई कुनै ट्रेडीशनल नेपाली फन्ट (प्रिती, कान्तीपुर आदी) मा जसरी लेख्नु हुन्छ । रोमनका अग्रेजी फण्टमा त्यसरी नै लेख्नु भयो भने पनि आफै बलियो पासवर्ड बन्छ ।
  4. पासवर्डको रुपमा प्रयोग गर्न चाहेको शब्दको अक्षरलाई अंकमा सम्भव भए सम्म अंकलाई अक्षरमा मिलाएर लेख्नु राम्रो हुन्छ उदारणको लागी यदी तपाईको पासवर्ड Gyanendra हो भने यसलाई सजिलो गरी Gy4n3ndr4 लेख्न सक्नु हुन्छ यहाँ सानो a लाई ठुलो A वा अंकमा A जस्तै देखिने 4 को प्रयोग गरिएको त्यस्तै e लाई उल्टो E जस्तै देखीने 3 ko प्रयोग गरीएको
  5. अंक अक्षर मिलेर बनेको पासवर्ड हुदैमा सबै पासवर्ड सुरक्षीत छन भन्न सकिन्न त्यसमा कुनै सम्झीन सजिलो हुने खालको अंक पनि अनिवार्य जोड्नु राम्रो हुन्छ जस्तो आफ्नो गाडीको नम्बर, स्कुल/ कलेजको रोल नम्बर आदी उदारणको लागी Gy4ndr42O यहाँ 20 को शुन्यलाई अङग्रेजी ठुलो अक्षरको लेखिएको
  6. शुरुमै मेरो सुझाब एउटै पासवर्ड सबै वेबसाईटको लागी प्रयोग नगर्नु भन्ने थियो त्यसैले वेबासाईट पिच्छे त्यही माथी बनाएको Gy4ndr42O भन्ने पावर्ड प्रयोग गर्नको लागी केही निश्चीत नियम बनाउनुहोस उदारणको लागी Yahoo को लागी पहिलो अन्तीमको अक्षर YO, Gmail को लागी GL, Hotmailको लागी HL, Facebook को लागी FK आदी जस्तो , याहुको लागि Gy4ndr42OYO, जिमेलको लागि Gy4ndr42OGL, हटमेलको लागि Gy4ndr42OHL, फेसबुकको लागी Gy4ndr42OFK
  7. पासवर्ड छिटो घरि घरि टाईप गरी रहनु पर्ने भएकोले धेरै लामो उपयुक्त हुदैन माथी दिएको फेसबुकको पासवर्ड Gy4ndr42OFK एघार अक्षरको भएक त्यसलाई अलि सानो आकारको बनाउन Gyanendra लाई छोटकरीमा Gyan मात्र अर्थात Gy4n मात्र लेख्न सकिन्छ अब यस पासवर्डमा राखिएको अंक 20 यो पासवर्ड प्रयोग गरीने साईटको कोड FK राख्दा Gy4n4OFK अर्थात आठ अक्षरको पासवर्ड बन्दछ
  8. पासवर्डलाई अझ बलियो बनाउन !@##$%^&&**() +” जस्ता स्पेशल क्यारेक्टर राख्नु राम्रो मानिन्छ सम्झन सजिलो होस भन्नाको लागि स्पेशल क्यारेकटर सहित हाम्रो पासवर्डलाई ईन्भर्टेड कमा भित्र राख्दा यस्तो देखीन्छ "Gy4n2OFK”
माथि उल्लेख गरे अनुसारको नियमले बनाएको पासवर्डलाई सबैजस्तो वेबसाईटहरुले स्वीकार्छन तर कुनै वेब साईटमा पासवर्ड सम्बन्धी कम्तीमा 11 अक्षरको हुनु पर्ने, स्पेशल क्यारेटर नभएको हुनु पर्ने , अंकबाट शुरु भएको हुनु पर्ने वा त्यस्ते केही विशेस हुनु पर्ने भएको अवश्थामा आफ्नो नियम आफुले बुझ्ने सम्झीन सजिलो हुने गरी परिमार्जन गर्न उत्तम हुन्छ
यो लेख मिती २०११ नोभेम्बर २१ तारीखमा माईसंसार डट कम मा पनि प्रकाशित भएको थियो । माईसंसारमा यो लेख र यसलेखमा पाठकहरुले दिएको प्रतिकृया पढ्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।