Sunday, December 4, 2011

किन बन्छन भाईरस ? #Virus


डाटा ट्रान्सफरको कुनै एक माध्यम बाट ब्यक्ती को कम्प्युटरमा प्रवेश गर्ने र त्यहाँ भएका डाटाहरुलाई नियन्त्रण लिई पुरा प्रणाली लाई नै त्यसमा उल्लेख गरे अनुसार परिचालन गर्ने एक प्रकारको कम्प्युटर प्रोग्रामलाई कम्प्युटर र यस सँग सम्बन्धीत क्षेत्रमा भाईरस भनिन्छ । यसले कुनै बिषेश प्रयोजनको लागी बनाईएका प्रोग्राम तथा प्रयोगकर्ता को ईच्छा बिपरितको कार्य गरी सम्पुर्ण प्रणाली लाई नै हानी पुर्याउने कार्य गर्दछ । बहुसंख्यकलाई हानी पुर्याउने यस प्रकारको भाईरसले संसार भरीका सम्पुर्ण कप्युटर प्रयोगकर्ताहरुलाई दिक्क बनाएको भए पनि आखिर भाईरस कसले र किन बनाउछ भन्ने कुरा चाही रहस्यको गर्भमै रहेको छ । ब्यक्ती वा कुनै संयन्त्रको बिरुद्दमा प्रोग्रामरले परिचय लुकाएर गर्ने यस किसिमको काम विस्वब्यापी रुपमा दण्डनिय भएको हुनाले भाईरस प्रोग्रामरले प्रत्यक्ष्य रुपमा कुनै प्रकारको मान सम्मान तथा आर्थीक लाभ प्राप्त गर्दैन । यती हुदाँ हुदै पनि दिन प्रतिदिन नयाँ नयाँ भाईरसहरु प्रयोगकर्ताहरुमा माझ आई रहेका हुन्छन । आउनुहोस भाईरस र यस सँग सम्बन्धीत कारणहरुबारे केही चर्चा गरौ ।

  1. भाईरस पनि एक किसीमको कम्प्युटर प्रोग्राम हो । प्रोग्रामरले परिक्षणको लागी लेखेको अतिरिक्त कोड वा भुलवस लेखेको गलत कोड परिचालित हुदाँ अवान्क्षीत गतिबिधी हुन गई कम्प्युटर भाईरसको प्रार्दुभाव भएको हुन सक्दछ ।
  2. सफ्टवेयर मार्केटमा सफलता हासील गरि रहेका कम्पनी बिरुद्द प्रतिश्पर्धी कम्पनीले लक्ष्यीत गरी भाईरसको निर्माण गरेका हुन सक्छन ।
  3. आज सम्म सबै भाईरसलाई ठिक पार्ने कुनै एउटा एन्टीभाईरट प्रोग्राम भेटिएको छैन त्यसैले एन्टीभारस कम्पनीहरु आफ्नो क्षमता प्रदर्शन गर्न स्वयँ आफै पनि भाईरस प्रोग्रामिङ्ग गर्दा भन्ने अनुमान गर्न सकिन्छ । भलै यस तर्कको पछाडी भरपर्दो प्रमाण पाईन्न तर बिचार गर्ने हो भने बजारमा कुनै एक भाईरस बिशेशलाई कुनै एक एन्टीभाईरस बिशेश ले सिस्टममा कुनै समस्या ननिम्त्याई ठिक पार्छ तर त्यही भाईरसलाई त्यो बाहेक अरु एन्टीभाईरसले कतिपय अवश्थामा ब्लक वा टेम्पोररी डिएक्टीभेट मात्र गर्ने गर्छ ।
  4. कुनै ब्यक्ती वा समुदाय बिरोधी आक्रोस वा आशक्ती ब्यक्त गर्न पनि प्रोग्रामरहरुले भाईरस निर्माण गर्दा हुन । उदारणको लागी कुनै बखतकी नम्बर वन टेनिस सुन्दरीको नामले प्रसिद्द अन्ना कोर्नीकोभाको नाममा तहल्कै मच्चाउने गरीको भाईरस निर्माण गरीएको थियो । 
  5. दक्ष प्रोग्रामर तथा बजारमा एकक्षत्र राज गरी रहेका कम्पनीहरुले बजारमा आउने नयाँ प्रोग्रामर तथा कम्पनीहरुलाई हतोत्साहीत गर्ने अभिप्रायले भाईरसको निर्माण गर्ने गरेका हुन सक्छन ।
  6. बजारमा भर्खरै प्रवेश गरेका सफ्टवेयर कम्पनी वा प्रोग्रामरहरु तयार गरेको प्रोग्राममा देखीएको कमीकमजोरी बारे उपभोक्ता तथा स्वयं प्रोग्रामरहरुलाई सचेत गर्नको लागी पनि कति पय अवश्थामा भाईरसको निर्माण गरेको हुन सक्दछ ।
  7. नेपालमा ईन्टरनेटबाट बिश्वब्यापीरुपमा आर्थीक कारोबार नहुने भए ता पनि बिदेशमा ईन्टरनेटबाट गरीने आर्थिक कारोबारलाई लक्ष्यीत गरी क्रेडीटकार्डको ब्याङ्ग ईन्फर्मेशन आदी चोरी गरेर आर्थीक लाभ लिने हिसाबले पनि भाईरसको निर्माण गर्ने गरेको पाईन्छ ।
यो लेख मिती २०६८ मंसिर गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।