Sunday, March 11, 2012

कम्प्युटरको पछी लागेर धनी बन्नेहरु #forbes #billionaire

बिश्व प्रसिद्द आर्थिक पत्रिका फोर्ब्सले संसारभरका प्रमुख धनाढ्यहरुको सुची सार्जबनिक गरेको छ । यो सुचीमा दुई नम्बर देखी नै कम्प्युटर र यस सँग सम्बन्धीत क्षेत्रलाई केन्द्र बिन्दु बनाएर पैसा कमाउने ब्यक्तीहरुको नाम शुरु हुन्छ । यस पाली भारत तथा नेपाली कम्प्युटर बजारमा आकाश नामको ट्यबालेट पिसी उत्पादन गरेर हलचल ल्याउन सफल कम्पनीका मालिकले अप्रत्यसित रुपमा सुची ४१ औ स्थान हात पारेका छन । केही धनाढ्य "गिक" हरुको बारेमा केही चर्चा गरौ ।

बिल गेट्स : यिनको बारेमा के भनि रहनु पर्छ र ? केही वर्ष अगी सम्म यिनी नै विश्वमा धनीहरुको सुचीमा एक नम्बरमा थिए । तँपाई हामी जस्ता धेरैले विन्डोज चलाउन नछोडे सम्म यिनको सम्पतिको लेखाजोखा सम्म नगरे हुन् किन भने हाल सम्म यिनले २ खर्ब ८० खर्ब त च्यारिटीमा मात्रै खर्च गरीसकेका छन । माईक्रोसफ्ट उत्पादनहरुको एकलौटी बजार यिनको मुख्य आयश्रोत हो । कुनै बेला यिनी माईक्रोसफ्टको सिईओ थिए । अहिले यिनी माईक्रोसप्टको प्रत्यक्ष ब्यबश्थापन छोडेर रिटायर्ड जिबन बिताईरहेका छन । फोर्ब्सले यिनलाई बिश्वका प्रमुख धनाढ्यहरुमा दुई नम्बरमा राखेको छ ।

ल्यारि ईलिसन : यिनी प्रसिद्द डाटाबेस कम्पनीका ओराकल (Oracal) सिईओ तथा सहसस्थापक हुन । ओराकललको बारेमा भन्नु पर्दा जब सबै डाटाबेस प्रोग्रामहरुले काम गर्न छोड्छ तब ओराकलको वास्तविक काम शुरु हुन्छ भनिन्छ । विश्वभरीमा ठुला ठुला डाटाहरु रहने टेलीफोन कम्पनी, सरकारी तथ्याङ्क संकलन गर्ने सरकारी कार्यलय आदीले ओराकलको प्रयोग गर्छन । फोर्व्सको अध्ययन अनुसार अहिले (मार्च २०१२) यिनी सँग ३६ अर्ब अमेरिकी डलरको सम्पती छ र यिनी धनाढ्यको सुचीमा छौटो नम्बरमा पर्छन ।

सेर्गे ब्रिन : यिनी गुगलको सह सश्थापक हुन । यिनले कम्प्युटर साईन्समा बिध्याबारीधी गरेका छन । फोर्ब्सको अध्ययन अनुसार अहिले उनि सँग अठार अर्ब सात करोड अमेरिकी डलर बराबरको सम्पती छ । फोर्ब्सले यिनलाई सुचीको चौबिसै नम्बरमा राखेको छ । माईक्रोसप्टका बिल गेट्स जस्तै यिनले पनि यिनकी पत्नी सँग मिले ब्रिन विज्जक्की फाउण्डेसन नामको च्यारिटी सञ्चालन गरेका छन ।

ल्यारी पेज : यिनलाई धेरैले गुगल सस्थापकहरु मध्ये एक भनेर चिन्छन । स्ट्याण्डफोर्ड युनिभर्सिटीमा स्नाकोत्तर अध्ययन गरी रहेको बेला सेर्गेले ब्रिनलाई भेटेका थिए । त्यसै क्रममा बिश्व प्रसिद्द सर्च ईञ्जीन गुगलको जन्म भएको हो । फोर्ब्सको अध्ययन अनुसार यिनी सँग पनि सेर्गे जतिकै पैसा छ । तर फोर्ब्सले यिनलाई सुचीको एक स्थान तल राखेको छ ।

जेफ बेजोस : यिनी बिश्वप्रसिद्द रिटेलर अनलाईन पसल अमेजन डट कमका सिईओ तथा स्थापक हुन । यिन्ले सन १९९४ मा अमेजनको डट कमको शुरुवात अमेरिकामा गरेका थिए । अहिले यिनी डेबिट तथा क्रेडीट कार्डबाट अनलाईन कारोबार गर्न मिल्ने धेरै देशहरुमा छाएका छन । किन्डल नामको ईबुक रिडर अहिलेको यिनको हट आईटम हो जसको पुर्ति भन्दा माग कम छ । फोर्ब्सले यिनलाई सुचीको छबिसै स्थानमा राखेको छ ।

मार्क जुकरबर्ग : सुचना प्रबिधी सम्बन्धी अलिकति पनि चासो राख्नेहरुलाई भनिरहन पर्दैन मार्क जुकरबर्ग फेसबुकका सस्थापक हुन । यिनको सामाजिक सञ्जाल वेबसाईट फेसबुक बिश्वमै सबै भन्दा बढी हेरिने वेबसाईटहरुको क्रममा दोस्रो नम्बरमा पर्छ । नेपालमा फेसबुक सबभन्दा बढी हेरीने वेबसाईट हो । फोर्ब्सको अध्ययन अनुसार अहिले यिनी सँग साढे सत्र अर्ब अमेरिकी डलर बराबरको सम्पती छ र सुचीको पैतिसैं स्थामा यिनको नाम छ ।

मिसेल डेल : बिश्व प्रसिद्द डेक्सटप तथा ल्यापटप उत्पादकन कम्पनी डेलको संस्थापक मिसेल डेल सँग १५ अर्ब नब्बे करोड अमेरिकी बराबरको सम्पती छ । र फोर्ब्सको सुचीमा यिनी एकचालिसै स्थानमा छन । यिनले पनि बिल गेट्स , सेर्न ब्रिन जस्तै आफ्नी श्रीमती सुसन डेल सँग मिले एउटा परोपकारी सँस्था खोलेका छन । जस्ले बालबालीकाहरुको क्षेत्रमा काम गर्ने गर्दछ ।

अजिम प्रेमजी : यिनी चाही भारतिय अर्बपती हुन । फोर्ब्स ले यिनी सँग १५ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सम्पती भएको अनुमार गरेको छ । यिनी भारती कम्प्युटरम बजारको आकाश नामक ट्याबलेट पिसी ट्याबलेट पिसी उत्पादन गरेर तहल्का मच्चाई दिने विप्रो नामक कम्पनीका सँस्थापक हुन । यिनको कम्प्नीले उत्पादन गरेको ट्यबालेट पिसीले भारतिय बजार थेग्न सकेको छैन । फोर्ब्सले यिनलाई पनि मिसेल डेलकै ४१ नम्बरमा राखेको छ ।

स्टीभ ब्लामेर : यिनी माईक्रोसफ्टका तिस औ कर्मचारी र बिल गेट्सले पत्याएका पहिला बिजनेस मेनेजर हुन जो बिल गेट्सले माईक्रोसप्ट छोडेपछी बिल गेट्सको कुर्सीमा बस्छन । फोर्ब्सले यिनी सँग अहिले १५ अर्ब ७ करोड अमेरिकी डलर बराबरको सम्पती भएको अनुमान गरेको छ । यिनी सुचीको चौवालिसौ स्थानमा छन ।

स्रोत : बिभिन्न ऐजेन्सीका अनलाईन समाचारहरु 


यो लेख मिती २०६८ चैत्र १ गते धरानवाट निश्कने एबिसी न्युज भन्ने साप्ताहीक पत्रिकामा प्रकाशित भएको हो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ कल्लीक गर्नुहोस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।