Sunday, April 22, 2012

फेसबुक र ट्विटर बाट नेपाली चलचित्रमा लगानी #facebook #twitter #highway

प्रोजेक्ट फण्डराईजीङ्गको लागी कहलिएको किकस्टार्टर नामको वेबसाईट मार्फत हाईवे नामक नेपाली कथानक चलचित्र निर्माण पक्षले लगभग अठ्ठाईस लाख नेपाली रुपँया अर्थात तेतिस हजार छ सय सढचालिस अमेरिकन डलर संकलन गर्यो । जुन रकम निर्माण पक्षले आव्हान गरेको सहयोग रकम भन्दा लगभग साढेतिन सय अमेरिकन डलर बढी थियो । नेपालमा किकस्टार्ट मार्फत चलचित्रमा लगानी गराउने यो पहिलो प्रयास थियो र परिवर्तित नेपाली मुद्राको लागी यो सहयोग रकम धेरै पनि थियो । सबभन्दा मुख्य कुरा त तोकिएको मिती सम्म निर्माण पक्षले लक्ष्यीत रकम संकलन गर्न नसके जे जति रकम उठेको छ त्यो पनि उनिहरुको हुने थिएन अनि सबै मेहनत खेर जाने थियो ।

यसबिच निर्माणपक्षले किकस्टार्टमा उल्लेखीत लक्ष्यप्राप्तीको लागी बिभिन्न योजना सहित सामाजिक सञ्जाल वेबसाईटहरुको भरमग्दुर उपयोग गरे ।  सहयोग रकम दिने ब्यक्तीहरुको नाम फेसबुकको वाल देखी ट्वीटरको टाईमलाईन सम्म फैलाई दिए । दातालाई दिईने धन्यबादका सामान्य शिष्ट्राचारको शैली नै भै हाल्यो । एक देखि दशहजार अमेरिकन डलर सम्म सहयोग गर्नेलाई सहयोगदाताहरु समक्ष बिभिन्न खालका प्रस्तावहरु राखे । जस अनुसार कम्तीमा एक डलरनै मात्र पनि सहयोग गर्ने दाताको नाम निर्माणपक्षले सञ्चालन गरेको ट्वीटर तथा फेसबुक वालमा राखी दिन्थे अनि रकम बढ्दै जाँदा दाताको हैसियत पनि बढ्दै जान्थ्यो । उदारणको लागी दश डलर भन्दा बढी दिनेले यसै  चलचित्रका निर्देशक दीपक रौनियार निर्देशित अर्को चलचित्रको डिभिडी पनि पाउथ्यो भने पचास अमेरिकन डलर भन्दा बढी दिनेले यसै चलचित्रको पोष्टर थप पाँउथे ।
पाँच सय पचास अमेरिकी डलर भनेको परिवर्तीत नेपाली बिनिमय दर अनुसार लगभग साढे एकचाली हजार रुपयाँ हो । यति ठुलो रकम दिने दातालाई  निर्माण पक्षले राम्रै पहिचान गर्ने ब्यश्था गरेको थियो र त्यस्ता ब्यक्तीहरुलाई चलचित्रमा एसोसियट प्रोड्युसर को नाम ,  दाताको बसोबास भएको स्थान नजिकै हुने चलचित्रको प्रिमियर शोको चार वटा टिकट ,  चलचित्रमा आबद्द ब्यक्तीहरु हस्ताक्षरीत सोही चलचित्रको पाँच वटा डिभीडी आदी दिने ब्यबश्था गरीएको थियो ।  यस चलचित्रको लागी यस प्रकारको स्वच्छीक सहयोग गर्ने २ जना दाताहरु देखीए । सहयोग रकम एउटा वेबसाईट बाट उठाईदै थियो अनि दातालाई  सामाजिक सञ्जाल वेबसाईट मार्फत जागरुक  गरिदै थियो यस्तोमा भनिरहन पर्दैन निर्माण पक्षका लक्ष्यीत दाता बिदेशमा बस्ने नेपाली शुभचिन्तक वा बिदेशीहरु नै थिए किन भने नेपालमा ईन्टरनेट बाट अनलाईन ट्रान्जेक्सन गर्न मिल्ने ब्यस्था नभएकोले नेपालीहरुले रहर गर्दा पनि ईन्टरनेट बाट सोझै सहयोग सम्भव थिएन  ।

निश्चय पनि हाईवे नामक चलचित्रको निर्माण पक्षले जे जसरी रकम संकलन गर्यो धेरै प्रकारको महत्वाकाँक्षी परियोजना साथमा भएकाहरुको लागी दिशा निर्देश नै गरेको हो तर  किकस्टार्ट मा गएर कसैले प्रोजेक्ट प्रपोजल पेश गर्ने बित्तिकै ह्वारह्वार्री पैसा आउछ भन्ने चाँही हैन । यसको लागी पेश गरीएको प्रोजेक्टमा स्वेच्छीक लगानी गर्नको लागी प्रयोगकर्ताको चित्त बुझाउन सक्नु पर्छ । अझ पोटेन्सीयल लगानीकर्ता सँग तपाईको पहुँच छ भने झनै राम्रो हुन्छ ।

प्रयोगधर्मी निर्देशक भनेर चिनिएका दीपक रौनियार द्वारा निर्दैशित यस चलचित्रले बिध्यमान राजनैतिक बिसङ्गतीलाई मुल बिषयबस्तु बनाएको छ । राजमार्गमा हुने अनपेक्षीत बन्द हडतालले सर्वसाधरणको जिवनमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा चलचित्रले बिभिन्न पात्रहरु मार्फत प्रष्ट्याउने प्रयास गरिएको छ । चलचित्रमा रङ्गमञ्चमा काम गर्ने कलाकारको बाहुल्यता छ ।    यसमा पत्रकार रबिन्द्र मिश्रले पनि अभिनय गरेका छन । यस चलचित्र प्रमोशनको लागी मूल धारका मिडियाहरूको जत्ति मात्रामा प्रयोग गरिएको छ त्यो भन्दा बढी सोसल नेटवर्किङ साइटहरूलाई ध्यान दिइएको छ। फ्रि टिकट वितरण, टि-सर्ट वितरण जस्ता कार्यक्रमको लागि फेसबुकमै प्रतिस्पर्धात्मक कार्यक्रमहरू गरिएका छन्। यसको पछिल्लो उदाहरणको रूपमा हाइवे फेसबुक टाइमलाइन फोटो कम्पिटिसन गरिएको थियो जसमा ३ जनाले टिसर्ट जितिसकेका छन्।

सबभन्दा मुख्य कुरा त पढेलेखेका ब्यक्तीहरुले वेवास्ता गरेको भनिएको नेपाली चलचित्र क्षेत्रमा रचनात्मक कार्यशैलि भएका शिक्षीत युवाहरुको प्रवेश भएको छ । अमेरिका बाट बायोटेक्नोलीमा पिएचडी गरेका डा. समिरमणी दिक्षीत र उनका साथीहरु यसका उदारण हुन । उनिहरुकै शोच र अग्रसरता बाट नेपाली चलचित्रको ईतिहासमा एउटा प्रयोग सम्पन्न भएको छ ।
यो लेख पुर्वाञ्चल बाट निष्कने लोकप्रिय दैनिक ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो र २०६९ बैसाख १० गते आईतबारको अंकमा साईवर चौतारी स्तम्भको अन्तर्गत प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।