Tuesday, April 17, 2012

गुगल डक्सको बहुउपयोगिता #google #docs

माईक्रोसफ्ट एक्सेल जस्तै गुगलको गुगल डक्समा भएको स्पेयरसिट भन्ने एप्लीकेशनमा एक्सेलमा गरीने कामका अतिरिक्त यसको स्क्रीट फिचर प्रयोग गरेर अन्य कामहरु पनि प्रयोग गर्न सकिन्छ । उदारणको लागी तपाईले गुगल स्पेयर सिटमा एउटा फाईल क्रियट गर्नु भो र त्यसमा काम गर्नको लागी अन्य साथीलाई निम्त्याउनु भो । साथीले केही अपडेट गर्ने बित्तिकै त्यसको नोटिफिकेशन तपाईको ईमलेमा जावस । गुगलले यस प्रकारका सम्भावना सुसुप्त अवश्थामा राखेको छ । आउनुहोस यस्तै एउटा उदारण हेरौ ।

सबभन्दा पहिके गुगल डक्समा लगईन  गर्नुहोस ।  वा जिमेलमा लगईन गरेर docs.google.com भन्ने साईट खोल्नुहोस । अब क्रियट भन्ने बटनमा क्लीक गरी स्पेयरसिट भन्ने लिङ्कमा क्लीक गर्नुहोस



आवश्यकता : यस वेबसाईटमा हप्ताभरीमा के के अपडेट हुन्छ त्यसको अपडेट आईतबार  दिउसो ३ देखी ४ बजे मेरो ईमेलमा आवोस । (यो एउटा उदारण मात्र हो । गुगलको स्क्रीप्ट फिचरमा धेरै सम्भावना छन जसलाई प्रयोग गर्न सक्नु हुन्छ । ) हेरौ के गर्न सकिन्छ ।

तपाईले खोल्नुभएको स्पेयरसिट फाईलमा तल चित्रमा देखाए जस्तै फर्मुला बारमा फर्मुला हाल्नुहोस । यो प्रक्रिया तपाईले एक्सेलको सेलमा फर्मुला हाले जस्तै हो । उदारणको लागी फर्मुला :

    =importfeed("http://www.enepal.net.np/feeds/posts/default","items title")


तल चित्रमा देखाए जस्तै गुगल स्पेरसिटको टुल्समा गएर स्क्रीप्ट एडीटरमा क्लीक गर्नुहोस ।



अब स्क्रीप्ट एडीटर देखा पर्छ । त्यहाँ तपाईले

    function myFunction() {
    
    }

लेखेको भेट्नु हुनेछ । त्यसलाई मेटाएर यस लिङ्कमा भएको फाईल डाउनलोड गरी नोटप्याडमा खोलेर जस्ताको त्यस्तै त्यही स्थानमा पेष्ट गर्नु होला । डाउनलोड गरेको कोड कपी पेष्ट गरी सके पछी त्यही स्क्रीनमा सेभ बटन देखिन्छ त्यसमा क्लीक गर्नु होला । अँ कपी पेष्ट गर्दा वा तपाईले आफै केही स्क्रीप्ट लेख्नु भए र त्यसमा केही ईरर भए ईरर म्यासेज आउन सक्छ अनि सेभ हुदैन ।


त्यसपछी मेनुबारमा रहेको रिसोर्स मेनुमा क्लीक गरी करेन्ट स्क्रीप्ट ट्रिगरमा क्लीक गर्नु होला ।

 

त्यसपछी मेनुबारमा रहेको रिसोर्स मेनुमा क्लीक गरी करेन्ट स्क्रीप्ट ट्रिगरमा क्लीक गर्नु होला ।


ट्रिगरले भर्खररै तपाईले लेख्नु भएको फङगसनले कति खेर काम गर्ने हो त्यो निर्णय गर्ने काम गर्छ र त्यही अनुसार अटोमेटिक काम हुन्छ ।

(निष्कर्श गुगल डक्सको साहायताले आफ्नो आवश्यकता अनुसार गुगलमा भएका सोझै पाईने भन्दा थप सुबिधा पनि प्राप्त गर्न सकिन्छ । )

सन्दर्भ सामग्री : गुगल डक्स हेल्प , labnol.org
स्क्रीप्ट साभार : www.jsblogstop.com