Tuesday, April 3, 2012

केही नेपाली ट्विटे

सामाजिक सञ्जाल वेबसाईटहरुमा फेसबुकको कुरा गर्ने हो भने ट्वीटरमा त्यो बिघ्न नेपाली (प्रयोगकर्ता) हरु छैनन । जती छन १४० शब्दमा रमाउने हरु छन । धेरै त सर्वसाधरण छन , नेपालका फिल्म उध्योग सँग सम्बन्धीत सेलिब्रेटीहरु धेरै नै कम छन तर फिल्मलाईनका मान्छे भन्दा पत्रकारहरु बढी देखीन्छन नेपाली ट्वीटर संसारमा । नेपाली ट्वीटर प्रयोगर्ताहरको टाईमलाईन नियाल्ने हो राजनिती देखि जलस्रोत मात्र हैन रक्सी देखी सेक्सी सम्मको कुरा भएको देख्न सकिन्छ । यसै खालका ट्वीटेहरु मध्ये केही लाई प्रतिनिधी पात्रको रुपमा मानेर एउटा सुची तयार गरिएको छ ।

भुपाल राउत : उदयपुर गाईघाटका यिनलाई पछ्याउने हो भने एन्ड्रोईड फोनको बारेमा धेरै ज्ञान हासील गर्न सकिन्छ । यिनका टाईमलाईन हेर्दा वार्तालाप शैलिको दोहोरो अन्तकृया धेरै देखिन्छ त्यसैले यिनले आफै ट्वीट गरेर तपाईले जान्न चाहेको एन्ड्रोईड ज्ञान दिएनन भने एक पटक सोधेर हेर्नुस  । :)

नारायण अमृत : पेशाले पत्रकार ! तर यिनको ट्वीट पछ्याउन हो भने लाग्छ यिनी समाचार लेख्ने (सम्पादन) गर्ने काम हैन रातो दिन माहाकाब्य लेखेर बस्छन । साहित्यानुरागी ट्वीटर प्रयोगकर्ताले छुटाउनै नहुने नाम ।

लक्ष्मण ज्ञवाली : ट्वीटरमा पुजारी भने पछी धेरै परिचय दिन पर्दैन । यिनका ट्वीट पढ्दा यिनी "सेन्स अफ ह्युमर" धेरै राम्रो भएका मान्छे होलान भन्ने लाग्छ ।

हरी न्यौपाने : यो लेख तयार गर्न यिनको टाईमलाईन हेर्दा यिनले कसैलाई मेन्सन नगरेको ट्वीट भेट्न गा्हो भो ;)  ट्वीटरमा यिनलाई काकाबा भनेर चिनिन्छ । कसै सँग बैरभाव नराखी अन्तकृयात्मक टिवीट गर्ने यिनलाई नपछ्याउने हो भने नेपाली ट्वीटर संसारमा अभिभाबक बिनाको अनाथ भने हुन्छ :D

लेनिन बञ्जाडे : पेशाले पत्रकार र माथीका प्रयोगकर्ताहरुको तुलनामा अलि नयाँ ट्वीटे । यिनले फेसबुकमा तहल्का मच्चाएका थिए भनिन्छ । यिनको शब्द चयन गरेर वाक्य तयार गर्ने शैलि लोभ लाग्दो छ । यिनका ट्वीटहरु धेरै जसो अन्तकृयात्मक छन त्यसैले भनिरहन नपर्ला मेन्सन गर्नु भो भने कम्तीमा यिनीले रिप्लाई गर्छन :)

आकार अनिल घिमिरे : नेपाली सामजिक सञ्जालका सेलिब्रेटी ब्लगर ! यिनको ट्वीटरमात्र पछ्याने हो भने पनि सुचना प्रबिधको क्षेत्रमा विश्वभर के भै रहेको छ थाहा लाग्छ ।

अण्डरसाफ्ट : गहकिला र समसायिन ट्वीट गर्ने मिष्टीरियस ट्वीटे । मैले ब्यक्तिगत रुपमा धेरैलाई सोधे यिनको बारे तर पनि यिनको आकृती बनाउन सकिन :(

प्रभात पौडेल : बिहान उठ्दा यिन एक छिन अहिले मेरो ट्वीटर ह्याण्डल के छ भनेर गम्छन रे भन्ने यिनको बारेमा बनेको जोक छ । नि शकोच आफुलाई लागेको कुरा भन्ने यि ईन्जीनियर कहिले काँही ट्वीटरको १४० शब्दको घेराबन्दी पार गर्न ब्लग पनि लेख्छन ।

सुस्मिता नेपाल : नेपाल टेलिकमकी ईन्जीनियर ! यिनलाई ट्वीट गर्नको लागी कारण चाहीदैन शुरुमा यिनको रोमनमा पनि लेखेको नबुझेर झुक्कीन सक्नुहुन्छ तर बानी परे पछी यिनको ट्वीट मिस गर्न अल्छी लाग्दैन :P

दिलीप आचार्य : ब्लगर !

भोजराज दाहाल : नेपाली ट्वीटर र पत्रकारीताको कुरो सँगै गर्ने हो भने त्यसको ईतिहासमा यिनको नाम हटाउन गार्हो छ । यिनलाई ट्वीटरमा पछ्याएर धेरै कुरा नसोची यिनको ट्वीट पढ्नुस । खित्ता छोडेर हास्न बेला लाग्दैन । गज्जबको सेन्स अफ ह्युमर भएका मान्छे

टेकहाङ्ग लिम्बु : बेलायतमा बस्ने बिन्दास ट्वीटे ।

टिएफसी नेपाल : नेपाली ट्वीटर प्रयोगकर्ताको पहलमा स्वत: स्फुर्त गठन भएको समुह जसले परोपकारी काम गरी रहेको छ । यसका गतिबिथीमा सामेल हुन @iShzz लाई फलो गर्दा सजिलो पर्छ । हुन त यसमा अरु पनि सक्रिय सदस्यहरु छन ।

प्रमोद न्यौपाने : प्रवासमा रहेका @tfcnepal का संस्थापक सदस्य मध्ये एक जसको भो-नकुरा गरम ! :p

अंकुर रिमाल : गज्जबको सेन्स अफ हयुमर भएका गिक

आबिश अधिकारी : शौखले गिक, पेशाले डाक्टर ।

उज्वल आचार्य : सोसोल मिडीया फ्रेण्डली पत्रकार ! यिनी नेपालका पुराना ब्लगर हरु मध्ये एक हुन ।

भुमिका घिमिरे : प्रवासमा रहेकी नेपाली चेली , ब्लगर , एक्टीभिष्ट

एकेन्द्र : नेपाली गिक

स्मरण रहोस, यस सुचीमा सेलिब्रेटी वा बिभिन्न मिडीया वा सामाजिक कार्यको कारणले बेग्लै पहिचान बनाएकाहरुलाई छुटाउनु हुदैन वा तिनीहरुको नाम किन नराख्ने भन्दा पनि कसले के ट्वीट गर्छ र समग्रमा त्यसको ट्वीटले नयाँ प्रयोगकर्तालाई कति सम्म प्रभाव पार्न सक्ला भन्ने कुरालाई आधार मानिएको छ । यो मेरो नितान्त ब्यक्तीगत तर केही साथीहरु सँग सल्लाह गरेर तयार गरेको लिष्ट हो । यो लिष्ट तयार गर्दा कसलाई किन नराख्ने भन्ने कारण खोज्न चाहेको थिए कतिपय मैले चाहदाँ चाहदै पनि एकै प्रकृतिको भएको कारणले एकलाई राखेको हो । यो सुचीका कुनै पनि क्रममा नराखि र्यण्डमली राखेको छ । बाँकी रहेका नामहरु अर्को पल्ट तर अर्को सुची पनि तयार गर्न यहाँहरुको सहयोगको अपेक्षा गरेको छु ।