Saturday, May 12, 2012

ट्वीटर र फेसबुकमा ब्लक #facebook #twitter #block

ट्वीटरमा ब्लक गरे के हुन्छ ?

ट्वीटरमा कसैलाई ब्लक गरे पछी तपाईले ब्लक गरेको ट्वीटर खातावालाको टाईमलाईनमा तपाईको कुनै ट्वीट देखीदैन । धेरै दिन सम्म तपाईको ट्वीट उसको टाईमलाईनमा नदेखीदाँ झुक्कीएर अनफलो पो भयो कि भनेर तपाईलाई फेरी फलो गर्न चाह्यो भने उसले तपाईलाई फलो गर्न सक्दैन । बरु ट्वीटरले तपाई द्वरा उसलाई ब्लक गरीएको छ भन्ने पपअप म्यासेज देखाई दिन्छ । उसले तपाईलाई रिफलो गर्नु अगी सम्म तपाईले उसलाई ब्लक गर्नु भएको कुरा उसले थाहा पाउदैन किन भने तपाईको पब्लीक प्रोफाईल हेर्न सक्छ र तपाईलाई मेन्सन गरेर ट्वीट गर्न सक्छ । यती सबै भई सक्दा पनि उसलाई ट्वीटले चाँही कुनै नोटिफिकेसन दिदैन । अँ पब्लीक प्रोफाईल पढ्न सक्छ भन्नाले उसको टाईमलाईनमा तपाईको ट्वीट पढ्न सक्छ भन्ने चाही हैन नि ! किन भने यसो गर्न सकिदैन भनेर मैले माथी नै भनि सके नि  :p

फेसबुकमा ब्लक गरे पछी के हुन्छ ?

फेसबुकमा कुनै (फेसबुक) फ्रेण्डलाई ब्लक गर्नुको मतलब उसको टाईमलाईनमा तपाईको स्टाटस अपडेट नदेखीनु हो । उसकोमा मात्र हैन तपाईको टाईमलाईनमा पनि उसको स्टाटस देखीदैन । फेसबुकमा कुनै फ्रेण्डलाई एक पटक ब्लक गरे पछी तपाई सँगको उसको सबै कनेक्सन टुट्छ । अर्थात तपाँई र उ बिचको म्युचुवल फ्रेण्डसिप नदेखीने मात्र हैन सर्च गर्दा पनि एक अर्काको नाम देखिदैन ।

ब्लक गरेको फेसबुक फ्रेण्डलाई अनब्लक गरे पनि तपाँई र उ बिचको कनेक्सन रिस्टोर हुदैन तपाईले फेरी उसलाई फ्रेण्ड रिक्वेश्ट पठाउनु पर्छ जसलाई उसले एसेप्ट गरे पछी मात्र टाईमलाईनमा देखीन थाल्छ ।