Sunday, June 24, 2012

फेसबुक प्राईभेसी महात्यम्य

हामीले चलाईरहेको फेसबुकमा यस्ता केही फिचरहरु बिध्यमान छन जसको प्रयोग गर्ने हो समाजिक सञ्जालमा आफुलाई सुरक्षीत र ब्यबश्थीत बनाउन सकिन्छ । आफ्ना नितान्त ब्यक्तीगत फोटो र वाल पोष्टहरु केही लाई देखाउने र केहीलाई लुकाउने बनाउन सकिन्छ । अरुको झर्को लाग्दो स्टाटस र एप्स रिक्वेष्टहरु आफ्नो वाल बाट हटाउन सकिन्छ । आउनुहोस त्यस्ता केही फिचरहरु बारे चर्चा गरौ ।

ब्यक्तीगत रुपमा राम्रो चिनजान भएकै ब्यक्तीले पनि तपाईलाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठायो भने तपाईको सम्बन्धमा आधारमा उसको न्युज फिडहरुलाई फिल्टर गर्नुहोस । भन्नाले तपाईले उसको फ्रेण्ड रिक्वेष्ट कन्फर्म गरे पछी जुन लिङ्कमा तपाईले क्लीक गरेर फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्नु भएको थियो त्यही बटन मा फ्रेण्डस मात्र लेखेको देखिन्छ । त्यसमा फेरी एक पटक क्लीक गर्नु भयो उसलाई कुन लिष्टमा राख्ने देखी उसको सो ईन न्युज फिड भन्ने अप्सनमा देखीन्छ । त्यसको मुनि लेखेको सेटिङ्गस मा क्लीक गर्नु भयो भने लाईफ ईभेन्टस, स्टाटस अपडेट, फोटो, गेम्स, कमेन्टस एण्ड लाईक्स , म्युजिक एण्ड भिडीयो र अदर एक्टीभिटी के के मात्र सब्सक्राईब गर्ने हो रोज्न सक्नु हुन्छ । यसो गर्दा अनावश्यक एप्स रिक्वेष्ट र फोटो ट्यागिङ्गले तपाईको टाईमलाईन फोहोर देखिदैन ।
सुरक्षीत र ब्यबश्थीत रुपमा फेसबुक चलाउनको लागि फेसबुकमा रहेको लिष्ट फिचरको प्रयोग गर्नु उपयुक्त हुन्छ लिष्ट बनाए पछी सम्बन्धीत लिष्टका फ्रेण्डहरुलाई के के गर्न तथा हेर्न दिने भनेर आफैले तोक्न सकिन्छ । क्लोज फ्रेण्डहरुलाई तपाई आफ्नो अन्तरङ्ग गतिबिधी स्टाटस अपडेट देखाउन सक्नु हुन्छ भने औपचारीक वा अति सम्मानिय सम्बन्धहका फेसबुक फ्रेण्डहरुलाई तपाईको फेसबुकको बिन्दास हर्कत लुकाउन सक्नु हुन्छ ।

अनलाईन खेल्नु पर्ने गेमको एकहोरो एप्स रिक्वेष्ट पठाएर तपाईलाई दिक्क बनाउने फ्रेण्डहरुलाई पनि आफ्नो टाईलाईन बाट पाखा लगाउन सक्नु हुन्छ । यसको लागी फेसबुक लगईन गरे पछी माथी मेनु बारमा रहेको होम बटन को छेउमा रहेको डाउन एरो मा क्लीक गर्नु होस त्यसमा प्राईभेसी सेटिङ्ग भन्ने देख्नु हुन्छ । त्यसमा क्लीक गरे पछी अब तपाईले कस कसलाई मात्र ब्लक गर्ने हो वा कस कसले पठाएको एप्स रिक्वेश्ट ब्लक गर्ने हो आदी रोज्न सक्नु हुन्छ । यसै पेजमा रहेको टाईमलाईन एण्ड ट्यागिङ्ग मा क्लीक गर्नु भयो भने तपाईको टाईमलाईनमा कसले मात्र केहि लेख्न पाउने देखी तपाईको वालमा जो सुकैले लेखेको कुरा कसले मात्र हेर्न पाउने तोक्न सक्नु हुन्छ । त्यही रहेको एडस , एप्स र वेबसाईटमा छेउमा एडिट सेटिङ्गस मा क्लीक गर्नु भयो भने तपाईले जानि जानी वा अनजानमा प्रयोग गरी रहेको एप्सहरुको लिष्ट देखा पर्छ । त्यहाँ रहेको एप्सहरुमा बारे सचेत रहेनु होस । आजभोली फेसबुकमा अनेक खालका एप्स भेटिन्छ जसले तपाईले थाहा पत्तो नदिई तपाईको नाम बाट तपाईको फेसबुक फेण्डहरुलाई नाना थरी रिक्वेष्ट पठाउछ र क्लीक गर्न दबाब दिई रहेको हुन्छ । तपाईलाई फेसबुक एप्स बारे राम्रो ज्ञान छैन वा तपाई आफ्नो फ्रेण्डहरुलाई त्यसखालका बिज्ञापन तपाईको नाम बाट प्रसारित नहोस भन्ने चाहनु हुन्छ भने सबै एप्सहरुलाई रिमुभ गर्न उत्तम हुन्छ ।

प्राईभेसी सेटिङ्ग मा रहेक ब्लक पिपुल एण्ड एप्स मा क्लीक गर्नु भयो भने तपाईको फ्रेण्ड लिष्टमा रहेको रहेको फ्रेण्ड देखी तिनीहरुले पठाउने एप्स र एप्स रिक्वेष्ट आदिलाई ब्लक गर्न सक्नु हुन्छ । एप्स रिक्वेष्ट वा एप्सलाई ब्लक गर्दा फ्रेण्डलाई पनि सँग सँगै ब्लक गर्नु पर्छ भन्ने छैन तपाई रोजी रोजी कुनै पनि एप्स रिक्वेष्ट जसले सुकै पठाओस त्यसलाई ब्लक गर्न सक्नु हुन्छ । तपाईको फ्रेण्ड सर्कलमा दिक्क लाग्ने गरी फैलीएको एप्सलाई ब्लक गरेर आफ्नो टाईमलाईन सफा राख्न सक्नु हुन्छ वा तपाईको कुनै एक फ्रेण्ड जसले पठाउने जुनसुकै एप्स रिक्वेष्ट पनि दिक्क लाग्दा हुन्छ भने कुनै त्यसको नाम ब्लक ईन्भाईटमा राखेर ढुक्क हुन सक्नु हुन्छ । यसो गर्द तपाई फ्रेन्डसीप (फेसबुक) सुरक्षीत रहन्छ अनि त्यो प्रयोगकर्ताले पठाएको रिक्वेष्ट तपाईको टाईमलाईनमा देखिदैन ।

अझ बढी तपाईलाई कुनै फ्रेण्डको गतिबिधी झर्को लाग्दो लाग्छ भने त्यसैलाई पनि ब्लक गर्न सक्नु हुन्छ । तर याद गर्नुहोला फेसबुकमा फ्रेण्डलाई ब्लक गर्नु भनेको अनफ्रेण्ड गरे जतिक्कै हो । यसो गर्दा उसको टाईमलाईनमा तपाईको स्टाटस अपडेट देखिदैन । उसकोमा मात्र हैन तपाईको टाईमलाईनमा पनि उसको स्टाटस देखीदैन । फेसबुकमा कुनै फ्रेण्डलाई एक पटक ब्लक गरे पछी तपाई सँगको उसको सबै कनेक्सन टुट्छ । अर्थात तपाँई र उ बिचको म्युचुवल फ्रेण्डसिप नदेखीने मात्र हैन सर्च गर्दा पनि एक अर्काको नाम पनि देखिदैन ।

ब्लक गरेको फेसबुक फ्रेण्डलाई अनब्लक गरे पनि तपाँई र उ बिचको कनेक्सन रिस्टोर हुदैन तपाईले फेरी उसलाई फ्रेण्ड रिक्वेश्ट पठाउनु पर्छ जसलाई उसले एसेप्ट गरे पछी मात्र टाईमलाईनमा देखीन थाल्छ ।

यो लेख मिती २०६९ साल आषाढ १० गते आईतबार ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा यहाँ पढ्न सकिन्छ ।