Wednesday, August 15, 2012

ब्लगस्पट (ब्लगर) को पक्षमा

गुगलको ब्लग होष्टीङ्ग साईट ब्लगर डट कममा यस्ता केही फिचरहरु बिध्यमान छन जस्ले गर्दा निशुल्क उपलब्ध अन्य ब्लगिङ्ग प्लेटफर्म भन्दा यसलाई उत्तम मान्न सकिन्छ ।

जस्तो कि ब्लगरमा यसको को ब्लगस्पट युआरएल लाई हटाएर आफ्नै कष्टम डोमेन प्रयोग गर्न सकिन्छ ।  साधारण प्रयोगकर्ताले यो साईट ब्लगरमा होष्ट गरीएको हो भनेर थाहा पाउने न्याभबार हटाउन सकिन्छ । यसमा तपाई फेसबुकको सोसल कमेन्ट बक्स देखि डिसकस को कमेन्ट सिस्टम ईन्सटल गर्न सक्नु हुन्छ । हुनलाई बल्गरकै पनि आफ्नो थ्रेड कमेन्ट सिस्टम नराम्रो छैन । ब्लगर साईटमा अपलोड गरीने फोटो पिकासामा स्टोर भएर रहने हुनाले ब्लगर खाताले पनि स्वत: पिकासामा १ गिगाबाईट बराबरको फोटो स्टोर गर्ने स्पेश प्राप्त गर्दछ । यसमा साधारण वेबसाईटहरुमा रहने विजेटहरु समावेस भएको हुनाले केही क्लीक गरेकै भरमा त्यसलाई आफ्नो साईटमा राख्न सकिन्छ ।  यसको लागी प्रोग्रामीङ्ग नलेज हुन जरुरी देखिदैन ।  कस्टम डोमेन प्रयोग नगरेको भए होष्ट गरी सकेको साईटको युआरएल परिवर्तन गर्न सकिन्छ । शादी डट कम, गुगल एडसेन्स जस्ता कन्टेन्टको आधारमा आम्दानी गर्न सकिने बिज्ञापनहरुलाई पनि आफ्नो ईच्छा गरेको स्थानमा राख्न सकिन्छ । यदी तपाईलाई CSS को बारेमा ज्ञान छ भने आफ्नो साईटलाई ईच्छा अनुसारको ले आउटमा परिवर्तन गर्न सक्नु हुन्छ । छैन  भने पनि केही छैन ब्लगरको आफ्नै टेम्प्लेट डिजाईन टुल्स छ जसको प्रयोगले तपाई आफ्नो साईटको काँचुली फेर्न सक्नु हुन्छ ।

पोष्टलाई ईमेल सब्सक्राईब गर्ने फिचरमा पनि ब्लगरको राम्रो पक्ष हो । हुनलाई यस खालको फिचर वर्डप्रेस र आरएसएस फिड उपलब्ध गराउने सबै साईटमा राख्न सकिन्छ तर यसमा ईजी टु युज छ । यसको पेज र पोष्ट फिचरलाई राम्रो सँग प्रयोग गर्ने हो भने सानो तिनो सिएमएस लाई माथ ख्वाई दिन्छ । यसको ग्रुप ब्लगीङ्ग अर्को राम्रो फिचर हो । ग्रुप ब्लगङ्गि को फिचरलाई प्रयोग गरेर कुनै ब्लग साईटको वनरसिप नै परिवर्तन गर्न सकिन्छ । ब्लगरमा तपाई गुगलको एउटै खाताले एक भन्दा बढी ब्लग सञ्चालन गर्न सक्नु हुन्छ ।

ब्गलरको अर्को राम्रो पक्ष भने यसको लागी निशुल्क रुपमा उपलब्ध बिबिधतापुर्ण टेम्प्लेट डिजाईन पनि हो ।  गुगलमा सर्च गर्नु भयो भने लाखौ को संख्यामा ब्लगर टेम्पल्लेट पाउनु हुन्छ । बिजनेस कार्ड डिजाईनको देखी दुई देखी तिन कोलम मा उपलब्ध टेम्लेटलेट साधारण प्रयोगकर्ताको आवश्यकता सजिलै पुरा गर्न सक्छ । जस्तो कि तल केही नेपाली न्युज पोर्टलहरुको लिङ्क दिईएको छ जस्को डिजाईन अन्य सेल्फ होष्टेटड साईट भन्दा कम देखीन्न र एउटा न्युज पोर्टलमा देखीने सबै जस्तो फिचर उपलब्ध छ ।

ब्लगरमा होष्ट गरीएका केही प्रतिनिधीमुलक न्युज पोर्टलहरु

हाम्रो संसार डट नेट


बुटवल अनलाईन डट कम

हेल्लोखबर डट कम