Sunday, August 19, 2012

केही रमाईला बुकमार्क - २

प्रोजेक्ट गुटेनबर्ग  : तपाईलाई कुनै पनि बिषयको पुस्तक चाहीयो भने एकचोटी प्रोजेक्ट गुटेनवर्गमा सर्च गरेर हेर्नु होला किन भने यसमा ईतिहास भुगोल देखि कमप्युटर सम्मका विषयमा चालिसहजार भन्दा बढी निशुल्क रुपमा डाउनलोड गर्न मिल्ने पुस्तक पाईन्छ । पैसा तिरेर वा प्रोजेक्ट गुटेनवर्गमा सहकार्य गरेर प्रयोगकर्ताले अपलोड गरेका पढ्न र हेर्न मिल्ने पुस्तक त झन एकलाख भन्दा बढी छन । सबभन्दा रमाईको कुरा यस साईटमा तपाईले रोजेको पुस्तकलाई पिडिएफ देखी किन्डल सम्म हेर्न मिल्ने फर्म्याटमा पाईन्छ ।

टुडुस्ट डट कम : यस वेबसाईटमा तपाई भविस्यमा गर्नु पर्ने कामहरुको सुची बनाउन सक्नु हुन्छ  र त्यसको बारेमा यसले आवश्यकता अनुसार तोकिएको समयमा तपाँई लाई ईमेल द्वरा जानकारी दिन्छ । उदारणको लागी यस साईटको प्रयोग गरी तपाई आफ्नो बिमाको प्रिमियम तिर्ने दिन , सवारी साधनको दर्ता नबिकरण गर्ने दिन,  बिजुली बत्तीको मासिक बिल तिर्ने दिन आदी तपाईको ईमेलमा आउने गरी  रिमाईन्डरको रुपमा राख्न सक्नु हुन्छ । तपाई ईमेल ईन्टरनेट दिनहु चलाउनु हुन्न भने अर्कै कुरा नत्र दिनहुँ ईमेल ईन्टरनेट चलाउनेको लागि यो साईट धेरै नै उपयोगी छ । 


ईओएल डट अर्ग  : ईओएल अर्थात ईन्साईक्लोपेडिया अफ लाईफमा तपाई सम्पुर्ण जिव को बारेमा जानकारी पाउन सक्नु हुन्छ । यस साईटमा पैने दुई लाख जिवजन्तुहरुको अडियो , भिडीयो , फोटो , ग्राफिक्स समावेश गरेर त्यसको बारेमा बिस्तृत जानकारी दिने प्रयास गरीएको छ ।

क्वीलप्याड डट कम  : यदी तपाईलाई नेपाली युनिकोडमा टाईप गर्न आउदैन भने यो साईट तपाईको लागी उपयोगी हुन्छ सक्छ । तपाईले रोमनमा लेख्नु भएको वाक्यलाई यस साईटले नेपालीमा रुपान्तरण गर्दिन्छ  । भारतियले बनाएको यस वेबसाईटमा नेपालीका अतिरिक्त भारतका केही प्रान्तीय भाषालाई रोमनमा लेख्दा रोजे अनुसारको लिपीमा उल्था हुने गर्दछ ।

ओबजिप डट कम : विनजिप जस्ता फाईल कम्प्रेस गर्ने प्रोग्राम ईन्सटल गरेको भए पनि समस्या त्यतीखेर पर्छ जब तपाईको फाईल कम्प्रेशन गर्ने प्रोग्रामले तपाईले एक्सट्रयाक्ट गर्न खोजेको फाईल एक्सटेन्स सपोर्ट गर्दैन । यस्तोमा तपाईलाई ओबजिप डक अर्ग बरदान भै दिन्छ किन भने यसले जिप, आरएआर, सेभेनजिप, गनजिप आदी एक्सटेन्सनका फाईललाई अनकम्प्रेस गर्ने गर्दछ र एक्सट्र्याक्ट गरिएका फाईलहरुलाई तपाईले एक एक गरेर डाउनलोड गर्न सक्नु हुन्छ । यसले बढीमा दुई सय मेगाबाईट सम्मको फाईललाई कम्प्रेस अनकम्प्रेस गर्ने गर्दछ ।

ई हाउ डट कम : यदी तपाईले ईन्टरनेट चलाउने कामलाई दैनिक जिबन लाई उपयोगी हुने किसिमले गर्ने गर्नु भको छ भने यो साईट तपाईको लागी उपयोगी छ । यस साईटमा तपाई कुनै खाना कसरि बनाउने देखी लुगा कसरी सिउने , मोटरसाईटकलको टायर कसरी टाल्ने भन्ने सम्मको जानकारी पाउन सक्नु हुन्छ ।

फिक्सईट क्लब : ई हाउ डट कम मा तपाई नयाँ कुरा कसरी बनाउने देखि बिग्रिहाले कसरी बनाउने सम्मको कुरा थाहा पाउनु हुन्छ भने फिक्सईट क्लबमा चाँही बिग्रेका कुरा कसरी बनाउने भन्ने जान्नु हुन्छ । यस वेबसाईट धेरै बिग्रिएका कुरा बनाउने तरिका दिईएका छन । मर्मत गर्नलाई औजार , उपकरण नहुदाँ अर्कै कुरा हो तर मर्मत गर्नको लागी आवश्यक सामानहरुको उपलब्धता छ भने त्यो काम आफै गर्नु उत्तम हुन्छ ।

फाईल्सट्युब डट कम  : ईन्टरनेटमा चलाउदै गर्दा यदी पाईलाई वेबपेज नभएर कुनै स्पेस्फीक फाईल एक्सटेन्सनका फाईल सर्च गर्नु पर्यो भने यो साईट तपाईको लागी उपयोगी छ । मुख्यतय यदी तपाई अडियो , भिडियो , सफ्टवेयर , डकुमेन्ट आदी सर्च गर्न खोज्दैहुनु हुन्छ भने यस वेबसाईटले तपाईको खोजलाई सहज तुल्याई दिन्छ ।

वर्डस्मीथ डट  अर्ग  :  वर्डस्मीथ डट अर्ग एउटा यस्तो वेबसाईट हो जसमा गएर तपाईले आफुलाई दर्ता गर्नु भयो भने तपाईलाई दैनिक एउटा शब्द त्यसको अर्थ, उत्पती सहित ईमेलको ईनबक्समा आउछ ।

कोडएकाडेमी डट कम  : ईन्टरनेटमा बसेको समयलाई सिर्जनशिल काममा उपयोग गर्न चाहनु हुन्छ र वेब प्रोग्रामिङ्ग तपाईको रोजाईको विषय हो भने यो साईट तपाईको लागी उपयोगी हुन्छ सक्छ । यसमा रजिष्टर गरे पनि यसमा उपलब्ध प्रोग्रामिङ्ग ल्याङ्गवेज अन्तर्क्रियात्मक रुपले सिक्न सक्नु हुन्छ । यसमा उपलब्ध कोर्ष तपाईले गरी सकेको भए पनि केही छैन क पटक लगईन गरेर हेर्नुहोला तपाई हाम्रो शहरमा उपलब्ध कम्प्युटर ईन्सीच्युटरको भन्दा धेरै राम्रो तरिकाले सिकाईन्ट यसमा ।

यो भन्दा अघिल्लो संस्करण पढ्न तल दिएको लिङ्कमा क्लीक गर्नुहोस  ।
केही रमाईला बुकमार्क