Sunday, September 2, 2012

डिजीटल क्यामरा किन्दा बिचार गर्नु पर्ने कुरा

फिल्म क्यामराले गर्ने भन्दा बढी नै काम गर्ने मात्र भएर मात्र डिजीटल क्यामराले त्यसलाई बिष्थापन गरेको हैन । पहिलो कुरा त यसले धेरैलाई फोटोग्राफर बनाई दिएको छ । आफुले रोजेको र खोजेको क्षण प्रयोगकर्ताको एक क्लीकको भरमा धेरैको कम्प्युटर र मोबाईलमा सेभ गर्न सक्ने भएको छ । साधारण प्रयोकगकर्तालाई डिजीटल क्यामराले किन पनि यती धेरै लोभ्याएको हुनु पदर्छ भने यसबाट फोटो खिच्नु पर्दा फिल्म क्यामरा (कन्भेन्सनल क्यामरा) मा जस्तो भ्यु फाईण्डर खोजी रहनु पर्दैन । धेरै जस्तोमा आफुले कैद गर्न चाहेको फोटोको प्रिभ्यु क्यामाराको एल सि डी स्क्रीनमा देखीन्छ । अनि एल सि डी स्क्रीनमा देखीएको जती भाग एक क्लीकको भरमा तपाईको क्यामरा भित्र भएको फ्लास मेमोरी मा गएर सेभ हुन्छ । फिल्म क्यामरा जस्तो यसमा आफुले खिचेका फोटो कस्तो देखीए भनेर जान्न सबै डेभलप (प्रसोधन) गर्नु पर्छ भन्ने छैन । कम्प्युटर, क्यामराको एलसिडी स्क्रीन वा टिभी स्क्रीनमा आफुले खिचेका फोटोहरुको प्रिभ्यु हेरेर कुन कुन मात्र प्रशोधन गर्ने हो निर्णय गर्न सकिन्छ । सामाजिक सञ्जाल वेबसाईटको बृहत प्रयोग ले पनि हुन सक्छ आजकल प्रयोगकर्ताहरु आफुले खिचेको फोटो प्रिन्ट गरेर एल्बममा सजाउने भन्दा पनि वेबसाईट मार्फत आफ्नो साथी सर्कलमा सेयर गर्ने गर्दछन ।

अधिकांश प्रयोगकर्ताले प्रयोग गर्ने क्यामराको कुरा गर्ने हो भने साधारणतय डिजीटल क्यामरालाई कम्प्याक्ट , अल्ट्रा कम्प्याक्ट, डिएसएलआर (डिजीटल सिङ्गल लेन्स रिफ्लेक्स) र एसएलआर गरी चार प्रकारमा बर्गिकरण गर्ने गरिन्छ । महङ्गो क्यामरामा उपलब्ध फिचरको कारणले मात्र हैन फोटो खिच्ने ब्यक्तीको शिपले पनि फोटोको गुणस्तर निर्धारण गर्दछ । साधरणतय नयाँ क्यामरा किन्दा उल्लेखित बिशेशतालाई ध्यान दिने हो र केही प्रोटोग्राफी सिप सिक्ने हो भने जो कोहीले पनि राम्रा फोटो खिच्न सक्दछन ।


सेन्सर : सेन्सर र ईमेजको रिजुलुसनको सम्बन्ध अनुक्रमानुपातीक हुन्छ । सेन्सरको साईज बृदी सगै फोटोको रिजोलुशन बृदी हुन्छ । त्यसैले उच्च क्षमताको सेन्सर वा धेरै रिजोलुशन भएको क्यामरा छनौट गर्नु उचित हुन्छ । धेरै रिजोलुशन भएको क्यामरा प्रयोग गर्नुको अर्को अर्थ त्यसबाट खिचिएको फोटोलाई झन ठुलो साईटमा प्रिन्ट गर्न सक्नु पनि हो । साधरणतय तिन चार मेगापिक्सेलको क्यामराबाट दश ईन्च लम्बाई भएको फोटो खिच्न सकिन्छ भने सात वा आठ मेगा मिक्सेल रिजुलुशन भएको क्यमराबाट २४ ईन्च लम्बाई भएको फोटो प्रिन्ट गर्दा त्यसको गुणस्तरमा कमि आएको देखीदैन । कम्प्याक्ट डिजीटल क्यामराहरुमा को तुलनामा डिएसएलआर वा एसएलआर क्यामराहरुमा ईमेज सेन्सर साईज ठुलो हुन्छ त्यसैले त्यसबाट खिचिएका फोटोहरु तुलनात्मक रुपमा राम्रा देखीन्छन ।

डिस्प्ले : यदी तपाई सँग फोटोग्राफी सम्बन्धी उम्दा ज्ञान छैन र आफुले क्यामरामा कैद गर्न चाहेको क्षण गुमाउन चाहनु हुन्न भने क्यामरा किन्दा डिस्प्ले र चलाउदाँ डिस्प्ले सेटिङ्गस लाई ध्यान दिन जरुरी हुन्छ । आफुले खिच्न चाहेको वा खिची सकेको तस्बीर डिस्प्लेमा हेरेर ठिक भए नभएको निक्योल गर्न सकिन्छ । साधारणतय डेढ ईन्च बाई अढाई ईन्च वा सो भन्दा बढी डिस्पल्ले साईज भएको क्यामरा छनौट गर्नु उचित हुन्छ । डिस्प्लेको साहायताले आफुले खिचेको फोटोको प्रिभ्यु तत्कालै देखीने भएको ले महत्वपुर्ण क्षणहरु सही तरीकाले कम्यामरामा कैद गर्नु छुटाईदैन ।

लेन्स (जुम ) : क्यामरामा दुई प्रकारको लेन्स जडान गरिएको हुन्छ । डिजिटल जुमले सफ्टवेयरको साहायताले आफुले खिच्न चाहेको तस्वीरलाई ठुलो बनाई दिने वा नजिक ल्याई दिने काम गर्दछ भने अप्टीकल जुमले टाढाको बस्तुलाई नजिकै देखाई दिएर दिएर तस्वीर लिने काम गर्दछ । सबैजस्तो क्यामरामा पहिले नै लेन्स जडान गरेर यसको बिक्रीबितरण गरीएको हुन्छ । तर डिएसएलआर जस्ता एसभान्स्ड क्यामरामा अतिरिक्त लेन्स जडान गर्न सकिन्छ । उच्च क्षमताको लेन्सले टाढाको साथै उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । डिजीटल् क्यामराकिन्दा जहिले पनि डिजिटल भन्दा अप्टीकल जुम धेरै भएको क्यामरा लिनु पर्दछ । हाल बजारमा उपलब्ध अप्टीकल जुम धेरै भएको क्यामरामा डिजीटल जुम , रिजोलुशन (मेगासपिक्सेल) आदी धेरै नै हुन्छ र फोटोको गुणस्तर यि र यस्तै कुराले बृदी गर्ने गर्दछ । धेरै क्षमताको अप्टीकल जुम भएको क्यामरा तुलनात्मक रुपमा महङ्गो पनि हुन्छ ।

स्टोरेज : फिल्म क्यामरामा लोड गरीएक रोल ले चौबिस देखी छत्तिस सट सम्म फोटो खिच्ने गर्दथ्यो भने डिजीटल क्यामरामा कति फोटो अट्छ वा अटाउने भन्ने कुरा प्रयोगकर्ताको छनौटमा भर पर्दछ । फोटोको साईज, गुण्स्तर क्वालीटी सेटिङ्गले कुनै पनि क्षमताको मेमोरि कार्डमा कतिवटा फोटो अट्छ भन्ने निर्धारण हुन्छ । बजारमा कमप्याक्ट फ्लास मेमेरी , एसडी कार्ड, मेरमोरी स्टीक , एक्स डि पिक्चर आदी नामका बिभिन्न कम्पनीका आफ्ना उत्पादन सँग मात्र मिल्ने कार्डहरु पाईन्छन ।

ब्याट्री : अन्य बिध्युतिय उपकरण जस्तै डिजीटल क्यामराको लागी पनि उर्जा शक्तीको रुपमा ब्याट्रीको आवश्यकता पर्दछ । बजारमा साधरणतय मोडल स्पेसिफिक ब्याट्री लाग्ने र डबर ए वा ट्रिपल ए साईजका ब्याट्री लाग्ने गरी दुई प्रकारका क्यामरा पाईन्छन । मोडल स्पेसिफिक ब्याट्री लाग्ने क्यामराको ब्याट्रि रिचार्ज गरेर त्यसको नियमित रुपमा पुर्नप्रयोग गर्न सकिन्छ भने डबल ए वा ट्रिपल ए साईजका ब्याट्री लाग्ने क्यामराका ब्याट्रि चाही रिचार्जेबल र डिस्पोजेबल गरि दुई खालका हुन्छ । यस्तोमा अवश्य पनि एक पटक प्रयोग गरी सके पछी पुर्नप्रयोग हुन नसक्ने भन्दा पुर्नप्रयोग हुन सक्ने रिचार्जेबल उपयुक्त हुन्छ । स्पेशिफिक ब्याट्रीलाग्ने क्यामरा पोर्टेबिलीटिको हिसाबले उपयुक्त हुन्छ ।

र अन्तमा , यदी तपाई ब्यक्तीगत प्रयोगको लागी नयाँ डिजीटल क्यामरा किन्दैहुनु हुन्छ भने तपाईले सिम्पल र पोर्टेबल दुई गुणलाई आधार मानेर क्यामरा खरीद गर्नु उपयुक्त हुन्छ । साधारण र सस्तो क्यामरा बाट उ बिघ्न ठुलो आशा राख्नु भएको छैन भने तिन देखी छ मेगा पिक्सेल सम्म रिजोलुशन भएको र थ्रिएक्स अप्टीकल जुम भएको क्यामरा तपाईको लागी उपयुक्त हुन सक्दछ ।

डिजीटल क्यामरा सम्बन्धी मेरा पुराना ब्लग
यो लेख मिती २०६९ भाद्र १७ गतेको स्थानीय ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।