Tuesday, September 25, 2012

प्रोसेसर गाथा

कम्प्युटर र ल्यापटपको बजारमा केही अगाडी सम्म उपलब्ध हुने सेलरोन , ईन्टेल का सिङ्गलकोर प्रोसेसरहरुलाई अहिले मल्टीकोर प्रोसेसरहरुले बिश्थापन गरेका छन । उच्चगतीको प्रोसेसरहरु बिकास सँगै यसको प्रयोग पनि बढ्दै गईरहेको छ । मोबाईलकै कुरा गर्ने हो भने पनि अहिले मोबाईलमा पनि मल्टीकोर प्रोसेसरमा देखा पर्न थालेका छन । उदारणको लागी आईफोनकै कुरा गरौ न , आईफोन फोरमा आठ सय मेगाहर्जको प्रोसेसर हुन्थ्यो भने अहिले नयाँ निस्कीएको आईफोन फाईभमा एक दशमलब दुई गिगाहर्जको प्रोसेसर जडान गरीएको छ । आईफोन मात्र हैन , गुगलको नेक्सस देखी एचटीसी, सामसुङ्ग मात्र हैन मोटोरोला ब्राण्डका आजभोली बजारमा पाईने मोबाईलहरुमा एक गिगाहर्ज सम्मको हाराहारीमा क्षमता भएको प्रोसेसर पाईन्छ । ति मध्ये त केही मल्टीकोर प्रोसेसर पनि छन ।


मोबाईल होस वा कम्प्युटर यस प्रकारका ईलेक्ट्रोनिक्स उपकरणहरुमा प्रोसेसरले सफ्टवेयरको प्रोग्रामिङ्ग ईन्सट्रक्सन पढ्ने र त्यसलाई एक्जीक्युट गर्ने काम गर्छ ।  त्यसैले जती उच्च क्षमताको प्रोसेसर भयो त्यही गतीमा प्रोग्रामिङ्ग ईन्सट्रक्सन एक्जीक्युट गर्ने गर्दछ । भलै प्रोग्राम ईन्स्ट्रक्सन एक्जीक्युट हुने समय अन्य हार्डवेयर क्षमतामा पनि भर पर्ने गर्दछ तर पनि के भन्न सकिन्छ भने उच्च गतिको प्रोसेसर र यस सँगै समानुपातिक हिसाबले काम गर्ने  अन्य हार्डवेयरको क्षमता जति उच्च भयो त्यही हिसाबले प्रोग्राम छिटो र ढिलो चल्ने हुन्छ । उदारणको लागी धेरै सस्ता र केही महङ्गा एन्ड्रोईड स्मार्टफोनको कार्यक्षमता तुलना गर्न सकिन्छ । सस्ता तर हार्डवेयर क्षमता न्युन भएका एन्ड्रोईड फोनको तुलनामा केही महङ्गा तर उच्च क्षमताका स्मार्टफोनहरुमा प्रोग्रामहरु छिटै खुल्ने त्यसबाट खिचिएको फोटोहरु छिटो सेभ हुने गर्दछ ।

प्रोसेसरको बिकास सिङ्गल कोर प्रोसेसर बाट भएको हो अर्थात पहिले पहिले बजारमा पाईने प्रोसेसरहरुमा एउट मात्र तह हुन्थ्यो । तर अहिले पाईने मल्टीकोर प्रोसेसरहरुमा दुई वा दुईभन्दा बढी तहहरु हुने गर्दछन ।  उदारणको लागी एक गिगाहर्जको सिङ्गल कोर प्रोसेसर र एक गिगाहर्जको डुवल कोर प्रोसेसर भैतिक रुमा एउटा र झण्डै दुरुस्त बनावटको देखीए पनि बनावट र कार्यक्षमताको हिसाबले दुईवटा वटा एक गिगाहर्जको प्रोसेसरले गर्ने काम बराबरको काम एउटै  डुवल कोर प्रोसेसरले गर्दछ ।  डुवल कोर प्रोसेसरमा दुई वटा तह हुन्छन । एएमडी फेनम एक्स टु, ईन्टेल कोर डुओ डुवल कोर प्रोसेसरका उदारण हुन । क्वाडकोर प्रोसेसरमा चारवटा तह हुन्छन । ईन्टेलको कोर आई थ्री प्रोसेसर डुवल कोर प्रोसेसरमा पाईन्छ भने कोर आई फाईभ प्रोसेसर चाही क्वाड कोर र डुवल कोर दुबै आर्किटेक्चर मा निर्माण भएको पाईन्छ । पर्फमेन्सको हिसाबले अवश्य पनि कोर आई थ्रि र कोर आई फाईभ मा केही न केही फरक छ । तर ईमेल ईन्टरनेट चलाउने प्रयोगकर्ताको लागी कोर आई थ्रि र कोर आई फाईभ प्रोसेसरले गर्ने काम अनुभव गर्ने गरीको फरक नपाईन सक्छ । उच्च क्षमताको प्रोसेसरले गर्ने काम एडोब फोटोसब जस्ता तुलनात्मक धेरै रिसोर्स प्रयोग हुने प्रोग्रामहरु चलाउदा अनुभव हुन्छ ।

ईन्टेल र एएमडी ( असवांस्ड माईक्रो डिवाईसेज )  मुख्य नाम चलेका प्रोसेसर निर्माता कम्पनी हुन तर आईबिएम , एचपी आदी कम्पनीले पनि प्रोसेसर निर्माण गर्ने गर्दछ । सेम्प्रोन र ईथालोन नियो इंटेल को प्रतिशपर्धी मानीएको एएमडी कम्पनी उत्पादित प्रोसेसर हुन । तुलनात्मक रुपमा यिनीहरु सस्ता प्रोसेसर हुन भने आलोचकहरु यस प्रकारका प्रोसेसरलाई ईन्टेलको सेलरोन प्रोसेसरको कार्य क्षमता सँग तुलना गर्ने गर्दछन । तर  एएमडी कै फेनोम र टूरियन लाई उच्च कोटीको प्रोसेसरको रुपमा  लिईन्छ । ईन्टेलको पनि बिभिन्न क्षमताको प्रोसेसरहरु छन जुन मोबाईल देखि ल्यापटप कम्प्युटर सम्ममा जडान भएको देख्न सकिन्छ ।  तपाई गुगलको नेक्सस , मोबाईल किन्नुस वा मोटोरोलाको स्मार्टफोन किन्नुस प्रोसेसर ईन्टेलले नै बनाएको पाउनु हुन्छ । ब्राण्डेड भनिने एचपी , डेल आदी कम्पनीको डेक्सटप तथा ल्यापट कम्प्युटरमा पनि ईन्टेलकै पनि प्रोसेसर जडान गरिएको हुन्छ । ईन्टेलले  बिभिन्न ब्राण्डनेम बिभिन्न क्षमताको प्रोसेसरको उत्पादन गरेको छ । जस्तो एटम नाम गरेको प्रोसेर मुख्यतय नेटबुक , ट्याबलेट पिसी , स्मार्टफोन आदीमा जडान गरिएको हुन्छ भने सेलरोन ईन्टेलको सस्तो प्रोसेसर हो यसलाई पेन्टीयम भन्दा कम क्षमताको प्रोसेसरको रुपमा लिने गरिन्छ । जियोन र आईटेनियम प्रोसेसर ईन्टलले धेरै डाटा प्रोसेसिङ्ग गर्नु पर्ने कम्प्युटरको लागी तयार गरेको हो । पर्सलनल पिसि भन्दा पनि यस प्रकारको प्रोसेसरहरु सर्भर कम्प्टयुटरमा जडान गरेको पाउन सकिन्छ ।
यो लेख मिती २०६९ असोज  १४  गतेको ब्लाष्ट दैनिक मा प्रकाशन भएको थियो । पत्रिकामा छापीएको आकारमा पढन यहाँ क्लीक गर्नुहोस ।