Saturday, December 15, 2012

डिजीकार्ड

मोबाईलको प्रयोगले टेलिफोन डायरी बोक्ने चलन स्वास्तै हटी सकेको छ । मानि लिनुस , तपाईको सँग भएको त्यही मोबाईल पनि हरायो भने के गर्ने ? अझ त्यही बेला तपाईको मोबाईलमा नम्बर सेभ गरेको कुनै ब्यक्तीलाई तुरुन्त सम्पर्क गर्नु पर्ने भो वा तपाईलाई याद भएको त्यो ब्यक्तीको फोन नम्बर पनि परिवर्तन भएको रहेछ अब के गर्ने त ?  धेरै चिन्ता लिनु पर्दैन यसको समाधान भनेको डिजीटल भिजीटिङ्ग कार्ड हो । यस किसीमको कार्डमा ब्यक्तीको बिबरण क्रेन्द्रीकृत गरेर राखीएको हुन्छ जसलाई बिकेन्द्रीत तरिकाले उपयोग गर्दा केन्द्रमा जे जस्तो अवश्थामा डाटा छ सोही उपलब्ध हुने गर्दछ । यस किसीमको प्रवीधीलाई नेपालमा जानकी टेक्नोलोजीका अमित अग्रवाल, धुब्र अधिकारी लगायत युवाहरुले डिजीकार्ड नाम दिएर प्रयोगमा ल्याएका छन ।

गत महिना यो सेवाको शुभारम्भ हुदाँ काठमाण्डौ बिश्वबिध्यालयका सबै बिध्यार्थीहरुले आफ्नो डिजीकार्ड बनाएका थिए । यसै पनि डिजीकार्डको प्रचलन शुरु गर्ने जानकी टेक्नोलोजीले काठमाण्डौ विश्व विध्यालयलाई लक्ष्यीत गरी बिशेष प्रकारको सेवा दिएको छ । जसमा प्रयोगकर्ताले एसएमएस गरेर आफ्नो क्लासको सेड्युल देखी साथीहरुको सम्पर्क ठेगाना समेत प्राप्त गर्न सक्दछन ।
यस सम्बन्धमा त्यहाँ अध्ययनरत रिसर्च स्टुडेन्ड चन्दन गुप्ता भन्दछन -  डिजीकार्डको प्रयोगले भिजीटीङ्ग कार्डको प्रयोगलाई डिजीटल्ली सहज बनाउछ । जो कोहीलाई पनि आफ्नो सम्पर्क ठेगाना दिनु पर्दा आपनो डिजीकार्डको किवर्ड भने पुग्छ । किवर्ड लाई एसएमएस गरी डिजीकार्डको सर्भरमा दर्ता गरीएको जो सुकैको पनि सम्पर्क ठेगाना लगायतका जानकारी प्राप्त गर्न सकिन्छ । एसएमएस मा आउने जानकारीलाई आवश्यकता अनुसार मोबाईलमा सेभ गरेर राख्न पनि सकिन्छ ।

लगभग एक महिना अगाडीबाट सेवा सुरु गरेको डिजीकार्ड एक एसएमएस सेवामा आधारित भिजीटिङ्ग कार्ड हो । यसले हाल चलन चल्तीमा रहेको पेपरमा आधारित भिजीटिङ्ग कार्डको प्रयोगलाई बिस्थापन गर्न सक्दछ । यो सेवा प्रयोग गर्नको लागी मोबाईल बाट एसएमएस गरी सोझै दर्ता गर्न पनि सकिन्छ तर यसो गर्नलाई कुन कुन किवर्ड प्रयोग गरी कुन नम्बरमा एसएमएस पठाउने हो भन्ने पुर्वाजानकारी हुन जरुरी छ । सेवा प्रयोग गर्नलाई अर्को बिकल्प भनेको यसको वेबसाईट digicard.sparrowsms.com  मा गएर आफ्नो विबररण दर्ता गराउनु हो । यसो गर्नु हुदाँ आफ्नो ईमेल ठेगाना र मोबाईल नम्बर सही हो भन्ने प्रमाणीत गर्नु पर्दछ । वास्तबमा यो प्रकृया प्रयोकर्ताको हितमा पनि देखीन्छ । गलत ब्यक्तीले कसैको मोबाईल नम्बर र ईमेल ठेगाना दुरुपयोग नगरोस भन्नाको खातिर आफूले दिएको ईमेल र मोबाईल नम्बर डिजीकार्ड को सिस्टमले ईमेलमा पठाउने कन्फर्मेशन लिङ्क र मोबाईलमा पठाउने कन्फर्मेशन कोडको साहायताले भेरीफाई गर्नु पर्दछ । यो प्रकृया पुरा भए पछी जो कोहीले ईन्फो लेखेर स्पेश दिई सम्बन्धीतको नाम लेखी ४००१ मा एस एम एस पठाउने हो भने निजको डिजीटल कार्ड एक्सेस गर्न सकिन्छ ।  यो सेवा नेपाल टेलिकम , एनसेल , स्मार्ट टेलिकम र युटिएल चार वटै मोबाईल सेवा प्रदायकको नम्बरबाट एकै किसीमको नम्बर ४००१ मा फोन गरेर उपयोग गर्न सकिन्छ । डिजीकार्डका सञ्चालक अमित अग्रवालका अनुसार अहिलेलाई यो सेवा नेपाल टेलिकमको सिडीएमए मोबाईल बाट प्रयोग गर्न सकिदैन भने यो सेवा उपयोग गर्दा सम्बन्धीत मोबाईल सेवा प्रदायकले एउटा एसएमएस पठाउने लाग्ने सेवाशुक्ल लिने गर्दछ तर डिजीकार्ड सेवा सञ्चालन गर्ने कम्पनीलाई कुनै शुल्क भुक्तानी गर्नु पर्दैन ।

यो सेवा उपयोग गर्नेले आफ्नो डिजीकार्ड कसैले चेक गर्यो भने त्यसको जानकारी आफ्नो ईमेलमा आउने पनि बनाउन सक्दछ । यसको वेबसाईट बाट नै पनि कस कसले कति बेला आफ्नो कार्ड चेक गर्यो भनेर जानकारी प्राप्त गर्न सकिन्छ । आफ्नो फोन नम्बर वा डिजीकार्डमा भएको बिबरण कसैलाई पठाउन परे डिजीकार्डको कमाण्ड प्रयोग गरेर सम्बन्धीतलाई पठाउन सकिन्छ । अझ यसबाट आफ्नो क्युआर कोड लगायत भिकार्ड पनि डाउनलोड गर्न सकिन्छ ।

मेरो डिजीकार्ड एक्सेस गर्नको लागी INFO<SPACE>ENEPAL<SENDTO>4001 

यो लेख मिती २०६९ पौष १ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।