Thursday, January 10, 2013

आईफोनको ब्याट्रीलाईफ बढाउने केही काईदा

एन्ड्रोईड को जबर्जस्त प्रसंसक भए पनि हातमा भएको आईफोन फोर एस सँग खासै ठुलो गुनासो छैन । गुनासो यस कारणले पनि छैन कि यस भन्दा पहिले एउटा एचटीसीको राम्रै एन्ड्रोईड बोकी सकेको हो । सबै कुरा राम्रै थियो । ब्याट्री चाही टिक्दै नटिक्ने । शायद त्यसको ब्याट्री क्षमता १३५० एमएएच थियो क्यारे । बिहान चार्ज गर्यो बेलुका खरानी भै सक्ने । :)  त्यसलाई सल्टाई सके पछी म के निश्कर्षमा पुगे भने गतिलो एन्ड्रोईड किन्न परे सबभन्दा पहिले ब्याट्री लाईफ हेर्ने । लगभग २००० एमएएच भन्दा कमको मोबाईल नकिन्ने । अचानक आईफोन हात लाग्यो , आफुले एन्ड्रोईड किन्दा यति को ब्याट्री होस भने जतिको त यसमा छैन तर पनि ठिकै छ । यस बिचमा मैले आईफोन त्यसमा पनि आईफोन फोर एस को ब्याट्री लाईफ कसरि बढाउने भनेर ठुलै सोधीखोजी गरे । गुगल दाईले केही आईडिया दिए जुन मैले शेयर गर्दा धेरैलाई काम लाग्ने देखेको छु ।
  1. नचलाएको बेला वाईफाई बन्द गर्नुहोस :  वाईफाई अन गर्नु भएको छ भने यसले हमेसा नेटवर्क खोजिरहन्छ जसको कारणले ब्याट्री छिटो सकिन्छ । नचलाएको बेला वाईफाई अफ राख्नुहोस । वाईफाई अफ गर्नको लागी सेटिङ्गसमा गएर वाईफाई चुज गरी त्यसलाई अफ गर्न सकिन्छ ।
  2. थ्रिजी ( नेटवर्क ) कनेक्सन बन्द गर्नुहोस : थ्रिजी नेटवर्क बाट मोबाईलमा ईन्टरनेट चलाउदा फाष्ट त हुन्छ अनावश्यक प्रयोगले ब्याट्री धेरै खपत गर्छ । थ्रिजी नेटवर्क प्रयोग गरेको बेला ठिकै छ नत्र यसलाई सधै अफ गर्नुहोस । यसो गर्नको लागी सेटिङ्गसमा गएर जेनरल छनौट गर्ने अनि सेलुलर भित्रको ईनेबल थ्रिजी लाई अफ गर्ने गर्नु पर्छ ।
  3. ब्लुटुथ अफ गर्नुहोस : यसै पनि आईफोनको ब्लुटुथ बाट अन्य ओएस भएको मोबाईलमा डाटा ट्रान्सफर गर्न सक्ने हैन त्यसैले यसको आवश्यकता परे अर्कै कुरा नत्र यसलाई सधै अफ गर्नुहोस । ब्लुटुथ अफ गर्नको लागी सेटिङ्गसमा गएर ब्लुटुथ छनौट गरी अफ गर्न सकिन्छ ।
  4. जिपिएस फिचर बन्द गर्नुहोस : यदी तपाईको आईफोनमा लोकेशन सर्भिस अन छ भने जिपिस एक्टीभ भएको बुझ्नु पर्छ जसले ब्याट्रीको आयु सखाप पार्ने काम गर्छ । आवश्यक परिरहन्छ भने अर्कै कुरा नत्र लोकेशन सर्भिस अफ गर्नु उत्तम हुन्छ । आईफोन फोर एस मा लोकेशन सर्भिस अफ गर्नको लागि सेटिङ्गसमा गएर प्राईभेसी छनौट गर्ने अनि लोकेशन सर्भिस लाई अफ गर्ने । यसो गर्नु हुदाँ लोकेशन सर्च गर्ने एप्लीकेशनको सो फिचर आफै डिसेबल हुन्छ ।
  5. अटो ब्राईटनेस अन राख्नुहोस : अरुलाई कस्तो लाग्छ कुन्नी मलाई चाही मोबाईलको स्क्रीनको ब्राईटनेस प्रयोगकर्ताले चलाई रहेको स्थान अनुसार आफै घटेको बढेको मन पर्छ । केही ब्लगमा स्क्रीनको ब्राईटनेसले पनि ब्याट्री छिटो सकिन मद्द गर्छ भन्ने पढेको थिए त्यसैले म चाही जहिले पनि सेटोङ्ग भित्रको ब्राईटनेस र वालपेपर लाई छनौट गरेर अटो ब्राईटनेस अन रहन दिन्छु । र यही बाट स्क्रीनको डिफल्ट ब्राईटनेस धेरै थोरै गर्न सकिनछ् । 
  6. अटोलक : ल्यापटप तिर प्रयोग हुने " स्लीप मोड " लाई आईफोनमा अटो लक भनिन्छ । काम सकिए पछी छिट्टै अटो लक हुनुको मतलब आईफोन छिट्टै स्लीप मोडमा गएर ब्याट्रीको बचर हुनु हो । यसलाई सके सम्म थोरै राख्दा राम्रो हुन्छ । यसो गर्नको लागी सेटिङ्गसको जेनरल भित्र गएर अटो लक हुने समय सेट गर्न सकिन्छ ।
  7. अटोमेटिक डाटा डाउनलोड गर्ने गती सुस्त राख्नुहोस : वाईफाई वा थ्रिजी नेटवर्क अन हुने बित्तिकै ईमेलहरु अटोमेटिक डाउनलोड हुनु राम्रो कुरा हो तर अन भईरहेको बेला जतिखेर पनि डाटा डाउनलोड हुनो लागी सर्भिस चेक गरीरहन्छ भने चाही ब्याट्रीको सत्यानास हो । त्यसैले धेरै एप्लीकेशनको लागी उपलब्द (डाटा) पुस फिचर डिसेबल वा ढिलो हुने बनाएमा उत्तम हुन्छ । यसो गर्नको लागी सेटिङ्गसमा गएर मेल, कन्ट्याक्ट, क्लेन्डर छनौट गर्नु पर्छ ।अनि त्यहाँ देखा पर्ने फेच न्यु डाटा भन्नेलाई अफ गर्नु भए उत्तम हुन्छ , अन नै राख्न पर्ने भए डाटा फेच गर्ने टाईम ईन्टरभल लामो समय बनाई राख्दा राम्रो हुन्छ ।
नोट : मैले माथी उल्लेख गरेको मेनु आईओएस 6.0.1 भएको आईफोन फोर एस मा परिक्षण गरेको हो ।