Saturday, January 19, 2013

सुचना प्रविधीको क्षेत्र कार्यरत प्रभावशाली ब्यक्तीहरु

ईन्टरनेटको संसारमा तहल्का मच्चाउने दुई प्रकारका मान्छेहरु छन । एक प्रकारका मान्छेहरुको सुचिमा उध्योगीहरु पर्छन  जसले प्रविधीको क्षेत्रमा हलचल ल्याउने उत्पादनमा लगानी गरेका छन । अर्को धरीका मान्छेहरु तिनै धनाढ्यहरुले लगानी गरेको कम्पनी वा ज्यादै न्युन लगानीमा स्थापीत तर ईन्टरनेटमा विश्वानियता र लोकप्रियताको ठुलो अंश ओगटेका कम्पनीमा कार्यरत छन  । पहिलो वर्गमा पर्ने ब्यक्तीहरुको सुची वर्षेनी प्रकाशन त हुन्छ तर खासै ठुलो फेरवदल हुदैन । तर दोस्रो वर्गमाका मान्छेहरुको ब्यक्तीगत क्षमताले सुचिमा पर्ने नपर्ने कुरा निर्धारण हुन्छ र वर्षेशी ठुलो फरक आई रहेको हुन्छ । आउनुहोस, विश्वप्रसिद्द फोर्ब्स पत्रिकाले प्रसिद्दी र क्षमताको बिभिन्न आयामहरुलाई मुल्याङ्कन गर्दै तयार गरेको सुचि पढौ ।

शेर्ली स्याण्डवर्ग : फेसबुक सम्झीने बित्तिकै मार्क जुकरवर्जको नाम मनमा आउदो हो तर तिनै जुकरवर्गको कम्पनीको सिओओ शेर्ली स्याण्डवर्ग अमेरिका स्थीत सिलीकन भ्यालीमा अवश्थीत मुख्यालको शक्तीशाली महिला हुन । संस्थापक र  लगानीको हिसाबले जुकरवर्गको जति चर्चा गरिन्छ शेर्लीलाई सिलीकन भ्यालीमा जुकरवर्गको नाम र दाम जोगाई दिने सक्षम महिलाको रुपमा चिनिन्नछ ।

टिक कुक :   यिनले गर्ने कामको बारेमा कुरा गर्दा हिजो जिवित छदाँ स्टीभ जब्सले जे काम गर्थे आज यिनी त्यही काम गर्नछन । यिनी विश्व प्रश्सीद्द एप्पल कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन । यिनको कम्पनीलाई सर्वसाधारणले प्रविधी प्रयोग गर्ने प्रयोगविधी परिवर्तन गर्न सक्ने कम्पनिको रुपमा लिईन्छ भने यिनलाई त्यसै कम्पनीको नेतृत्वकर्ता । +TIM COOK

जोन डोर्र : विगतमा कम्प्याक , नेटस्केप, सिमेन्टेक, सनमाईक्रो सिस्टम, ड्रगस्टोर डट कम , अम्याजोन डट कम  म्याक्रोमेडिया लगायत गुगलमा समेत निती निर्धारणको तहमा काम गरी सकेका जोन डोर्र अहिले त्यस्तो कुनै नाम चलेको कम्पनी सँग आवद्द छैनन तर यिनलाई सिलीकन भ्यालीमा प्रभावशाली ब्यक्तीको रुपमा लिईन्छ ।  अहिले यिनी क्लेईनर पार्किन्स एण्ड बायर नामक एक कम्पनी चलाएर बसेका छन ।

पेट क्यासमोर : विश्वब्यापी सुचना प्रविधीको क्षेत्रमा चासो छ भन्ने मासावेल डट कम को नाम सुन्नु भएको हुनु पर्छ । दैनिक लाखौ मान्छेले हेर्ने यो वेबसाईटमा नयाँ नयाँ प्रविधीको बारेमा समालोचनात्मक लेख तथा समाचार प्रकाशन भएको हुन्छ । मझौला आकारका तर राम्रै लगानीमा स्थापीत भएका कम्पनीहरुले समेत प्रविधी सम्भन्धी आफ्नो उत्पादनबारे उपभोक्तालाई विश्वस्त पार्नु पर्यो भने माशावेल डट कममा प्रकाशित रिभ्युको हवाला दिन्छन । यसैले पनि भनि रहन पर्दैन होला यो वेब साईटको प्रभाव कति छ भनेर । अँ त्यही साईट सञ्चालन गर्ने कम्पनीका संस्थापक हुन पेट क्यासमोर +Pete Cashmore

भर्जिनिया रोमेटी :  यिनी विश्वप्रशिद्द आई बिएम कम्नीककी अध्यक्ष्य हुन ।  बिगत २२ वर्ष देखी आईबिएम मा कार्यरत रोमेटी आफ्नो क्षेत्रको प्रभावशाली महिलाको रुपमा गणना गरिन्छ ।  कम्पनी मात्र हैन अहिले यिनी कोलम्बीया बिजनेट स्कुल र नर्थवेष्ट विश्वविद्यालयको सञ्चालक समेत हुन ।

डेभिड कार्प : यिनी प्रसिद्द ब्लगिङ्ग साईट टम्बलरको सस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन । यिनले स्थापना गरेको टम्बलर डट कम आफैमा ब्लगीङ्ग प्लेटफर्ममा एउटा प्रयोग हो जसले यस सँगै नयाँ सम्भावना बोकेर आएको पोष्टटेरियस डट कमलाई पछाडी पारी सकेको विश्वास गरिन्छ । 

ज्याक डोर्सी : यिनी विश्वप्रसिद्द सामाजिक सञ्जाल वेबसाईठ ट्वीटर बनाउने ब्यक्ति हुन । यिनको वेबसाईट जे भन्नु पर्ने हो एक सय चालिस शब्दमा भनिसक्नु पर्छ । माईक्रोब्लगिङ्ग पनि भनिने ट्वीटलाई सामाजिक सञ्जालवेबसाईटहरुमा फेसबुक पछीको स्थानमा राखिन्छ । एक तथ्याङ्गक अनुसार दैनि डेढ अर्ब ब्यक्तिहरुले यिनको वेबसाईट चलाउछन । यिनको कम्पनीले यस क्षेत्रमा फेसबुक पछिको ठुलो धनराधीको प्राथमिक शेयर निस्काशन गर्दैछ ।  यिन्ले गत वर्ष देखी स्वायर नामक मोबाईल बाट भुक्तानी गर्ने मिल्ने कम्पनीको पनि कमान सम्हालेका छन ।

ल्यारी पेज : यिनी गुगलका वर्तमा प्रमुख कार्यकारी अधिकृत तथा सस्थापक हरु मध्ये एक सदस्य हुन । यिनको विश्वका प्रमुख धनाढ्याहरुको सुचिमा पनि धेरै माथी भेट्न सकिन्छ ।  +Larry Page

स्टीभ वालमर : अहिले त्यती ठुलो चर्चामा नरहेपनि बिल गेट्स विश्वका प्रमुझ धनाढ्यहरुको सुचीमा दोस्रो नम्बरमा पर्ने ब्यक्ती हुन जसले आफुलाई सफलताको उचाईमा पुर्याउने कम्पनी माईक्रोसफ्टको सक्रिय नेतृत्व छोडीसकेका छन । हो तिनै गेट्सको कम्पनी माईक्रोसफ्टको प्रमुझ कार्यकारी अधिकृत हुन स्टीभ वालमर । जसले गेटसलाई घनाढ्यहरुको सुचीमा तल झर्न नदिने कम्पनीको कमान सम्हालेका छन । गेट्सले हस्तक्षेप नगरेको खण्डामा माईक्रोसफ्टमा यिनै वालमरको बोली बिक्छ ।
यो लेख २०६९ पौष १४ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।