Sunday, February 3, 2013

ईन्टरनेट बाट सहयोग संकलन

ईन्टरनेटमा प्रोजेक्ट फण्डराईजीङ्गको लागी कहलिएको किकस्टार्टर नामको वेबसाईट मार्फत हाईवे (Hignway) नामक नेपाली कथानक चलचित्र निर्माण पक्षले लगभग अठ्ठाईस लाख नेपाली रुपँया अर्थात तेतिस हजार छ सय सढचालिस अमेरिकन डलर संकलन गर्यो । जुन रकम निर्माण पक्षले सहयोगको लागी आव्हान गरेको रकम भन्दा लगभग साढेतिन सय अमेरिकन डलर बढी थियो । अझ सामुहिक र स्वेच्छीक लगानीको मात्र कुरा गर्ने हो भने हाईवे निर्माण आधा सताब्दी पुरानो नेपाली फिल्म उध्योगको लागी कोशेढुङ्गा भएर रहेको छ ।

हाईवेको निर्माणमा बिदेशमा लामो समय बसेर आएका र यस्ता रचनात्मक काममा सक्रीय देशी बिदेशीहरुको सँगको बाक्लै संगत भएका नेपाली युवाहरुको हात थियो । यहाँ निर प्रश्न के उठ्छ भने के हाईवे जस्तै वा फरक धारका केही रचानात्मक काम गर्ने शोच भएका तर लगानी गर्ने सामर्थ्य नभएका सर्वसाधरणले कुनै परियोजनामा सञ्चालन गर्ने बिचार गरे भने सहयोग सम्भव छ ? यस प्रश्नको उत्तर दिनु पर्दा अवश्य भनेर शुरु गर्न सकिन्छ तर सहयोग लिनको लागी दिने मान्छेलाई चित्त बुझाउन सक्नु पर्छ । परियोजना भलै ब्यक्ती केन्द्रीत होस तर त्यसले सहयोगदाताको मन छुन सक्ने हुनु पर्दछ ।

उदारणको लागी गत वर्ष गोफण्ड मि डट कम (Go Fund Me . Com) मार्फत सहयोग संकलन गरी नेपाल आएर तिन महिना भिक्षुहरुलाई शिक्षा दिने उध्येश्य लिएका फिलीप डेसमारिस लाई लिन सकिन्छ । झट्ट हेर्दा यिनको योजनामा त्यस्तो ठुलो कुरा केही थिएन । सहयोग पनि एक हजार डलर मात्र मागेका थिए । तर यही रकम संकलन गर्नको लागी पनि विस्वासको बाताबरण तयार गर्ने बाहानामा केही औपचारीकता पुरा गर्नु परेको थियो । जस्तो कि यिनले सबभन्दा पहिले गोफण्डमी डट कम भन्ने वेबसाईटमा गएर आफुलाई दर्ता गरेका थिए । (यस क्रममा उनको फेसबुक (Facebook) खाता पनि भेरीफाई गरीएको थियो ।) त्यसपछी उनले त्यस वेबसाईटमा के को लागी र कती सहयोगको आशा गरेको हो सो कुरा उल्लेख गरे ।  गोफण्डमी डट कम र यस्तै प्रकृतीका क्राउडफण्डीङ्ग वेबसाईटहरु चलन चल्तीमा रहेका सोसल नेटवर्किङ्ग वेबसाईटहरुमा ईन्ट्रीगेटेड हुन्छ । भन्नाले यस्ता वेबसाईटहरुमा आफ्नो योजना प्रस्तूत गरे पछी सबभन्दा पहिले त्यसलाई फेसबुक, ट्वीटर जस्ता समाजिक सञ्जाल (Social Networking) वेबसाईटमा प्रचार गर्न सकिन्छ भने तिनै वेबसाईटको फेसबुक पेजबाट पनि प्रचार हुन्छ । यसैक्रममा कुनै मनकारीको आँखा परे सहयोगको क्रम शुरु हुन जान्छ । फेसबुकमा वा कुनै सामाजिक सञ्जालमा आबद्द नरहे पनि  यस्तै साईटमा प्रयोग गर्ने मनकारीहरुले पनि सहयोग गर्न सक्छन । फिलीप डेसमारिस कुरा गर्न यिनले यसै गरी ६ सय पचास अमेरिकन डलर सहयोग सकलन गरेका थिए ।

किकस्टार्टर डट कम, न्यजेल्ली डट कम, रकेटवेब डट कम, ईन्डीगोगो डट कम, टिस्प्रीङ्ग डट कम , स्पोनसमडट कम, गोफण्डमी डट कम, रक त पोष्ट डट कम  आदी फण्डरेज गर्नको लागी नाम कहलिएका वेबसाईटहरु हुन । तर  यि वेबसाईटहरुले तपाईलाई त्यती सजिलै पैसा सकलन गर्नको लागी चाही काम दिदैनन । यसको लागी बिभिन्न चरण पार गर्नु पर्छ ।  माथी उल्लेख गरीएका वेबसाईटहरु नै पिच्छे फरक फरक प्रकृया हुन्छन । कतीले तपाईको परियोजना शुरु गरी सकेपछी पनि त्यसै वेबसाईटहरुमा उल्लेख गरीएको क्राईटेरिया (Criteria) पुरा नगरे उठीसकेको पैसा सम्म नदिने हुन्छन । जस्तो कि किकस्टार्टर ले तपाईले आफ्नो परियोजनाको लागी उल्लेख गरेको रकम मध्य सतप्रतिशत  उठाउन सक्नु भएन भनेर कति पनि पाउनु हुन्न । न्युजेल्ली डट कममा च्यारीटी (Charity) वा पछी चाहीन सक्छ भनेर गरीने फण्डरेज प्रतिबन्ध गरेको छ । पैसा पनि पेपाल डट कम बाट मात्र झीक्न वा राख्न सकिन्छ ।

गोफण्डमी डट कम बाट केही गर्नेहरुको सफलताको कथा


रकेटहब डट कम मा तपाईले फण्ड कलेक्सन गरे वापत दातालाई उपहार दिन पाउनु हुन्छ तर कानुनत बर्जित सामग्रीको प्रयोग सम्भव छैन ।  ईन्डीगोगो डट कम मा सबै देशका मान्छेले परियोजना प्रस्तुत गर्न पाउदैनन । टिस्प्रीङ्ग डट कममा गएर तपाईले टि-सर्ट डिजाईन गर्ने हो । मान्छेलाई मन परेर बिक्री भए त्यसैको केही हिस्सा तपाईको खातामा जम्मा हुने हो । स्पोनसमडट कम बाट पैसा उठाउन तपाईले आफ्नो परियोजना पेस गरेर मात्र हुन्न त्यसलाई प्रष्ट पार्ने भिडीयो राख्नु पर्छ भने आफ्नो भौतिक अस्तीत्व प्रमाणीत गर्नको लागी आफ्नो परिचयपत्र पेश गर्नु पर्छ । अर्को एउटा एप्सब्याकर डट कम भन्ने वेबसाईट छ जसमा गएर तपाईले आफुलाई दर्ता गरी मोबाईलमा चल्ने एप्लीकेशन (Application) तयार गर्नु भो भने उननिहरुले बेचेर तपाईलाई केही हिस्सा दिन्छन ।

यो लेखको शुरुमै उल्लेख गरी सकिएको छ हाईवे नामक चलचित्रको निर्माण पक्षले जे जसरी रकम संकलन गर्यो धेरै प्रकारको महत्वाकाँक्षी परियोजना साथमा भएकाहरुको लागी दिशा निर्देश नै गरेको हो तर  कुनै पनि फण्डरेजिङ्ग वेबसाईटमा गएर कसैले प्रोजेक्ट प्रपोजल पेश गर्ने बित्तिकै ह्वारह्वार्री पैसा आउछ भन्ने चाँही हैन । यसको लागी पेश गरीएको  प्रोजेक्टमा स्वेच्छीक सहयोगको लागी प्रयोगकर्ताको चित्त बुझाउन सक्नु पर्छ । अझ पोटेन्सीयल लगानीकर्ता सँग तपाईको पहुँच छ भने झनै राम्रो हुन्छ ।
यो लेख २०६९ माग २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।