Monday, April 15, 2013

यस बर्षको आईटी बजार

यस बर्ष सुचना प्रबिधीको क्षेत्रमा केही उल्लेखनिय गतीबिधी देखा पर्नेछन । जसले प्रयोगकर्ताको प्रयोगबिधीलाई समेत दिशा निर्देश गर्नेछ । जस्तो कि प्रयोगकर्ताहरुले उही मुल्यमा बढी क्षमताका उपकरणहरु प्रयोग गर्न पाउनेछन भने केही बर्ष अगी हाईफाई र महङ्गा भनिएका उपकरणहरुको प्रयोग सर्वसुलभ हुनेछ । देशको बढ्दो लोडसेडिङ्ग आदीको कारणले कम्पयुटर र कम्पयुटर जन्य उपकरणमा प्रयोगकर्ताहरु संख्या उल्लेखनिय हिसाबले बढ्ला नै त भन्न सकिन्न तर धरानस्थीत अनलाईन कम्पयुटर्सका डाईरेक्टर प्रदिप दाहालका अनुसार यसले प्रयोगकर्ताको बढ्दो अनुपातमा खासै फरक पार्ने छैन ।

बजारमा उपलब्धताको आधारमा यस बर्ष प्रयोग बढ्ने अनुमान गरीएको मदरबोर्ड ले प्रयोगकर्तालाई केही राहत र समस्या सिर्जना गर्नेछ । स्याण्डीब्रिज र आइभी ब्रिज प्रविधीका भनीने यस किसीमका मदरबोर्डहरुमा ईन्धन खपत कम हुन्छ भने पर्फमेन्स गुणस्तरीय पाईन्छ । पुराना कम्प्युटरहरुमा मदरबोर्डहरुले काम गर्न छोडेमा वा केही समस्या सिर्जना भएर नयाँ मदरबोर्ड फेर्नु पर्ने भएमा यसले प्रयोगकर्ताको ढाड सेक्नेछ । किनभने यस किसिमको मदरबोर्डले अहिलेको प्रयोगमा रहेको मेमोरी सपोर्ट गरे पनि प्रोसेसर सपोर्ट गर्दैन । त्यसैले पुराना स्टक मोदरबोर्ड पाउन छोडेमा उपब्ध स्याण्डीब्रीज वा आईभीब्रीज मदरबोर्ड फेर्नु पर्ने अवश्थामा मदरबोर्ड मात्र हेन यस सँगै प्रयोससर पनि फेर्नु पर्छ ।


यस बर्ष प्रयोग बढ्ने ठानिएको युएलबी प्रोसेसरले ल्यापटपको प्रोसेसर बजार कब्जा गर्ने देखीन्छ । हाल बजारमा नाम चलेका ल्यापटप उत्पादकहरुले अल्ट्राबुक नाम दिएर निकालेको ल्यापटपमा यसै किसीमका प्रोसेसर जडान गरीएको हुन्छ । त्यती नै क्षमताको युएलबी प्रोसेसर र पुराना कोर प्रोसेसरको विच ईन्धन खपत क्षमतालाई तुलना गर्ने बित्तीकै यसलाई प्रयोगकर्ताले मन पराउनेछन । जस्तो कि अहिले छ सेल ब्याट्री भएको ल्यापटपले ३ घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ भने त्यसै खालको सिष्टममा युएलबी प्रोसेसर जडान गरीएको छ भने चार घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ ।

गतबर्ष तहल्ला पिट्ने अनुमान गरिएको अलईनवान पिसीले यस बर्ष सुरक्षीत अबतरण गर्ने देखीन्छ । स्क्रीनमै मदरबोर्ड , हार्ड डिस्क , प्रोसेसर र मोबाईल मा झै स्क्रीनमा टच गरेर चलाउन मिल्ने यस किसीमको कम्पयुटरलाई प्रयोगकर्ताले खासै मन पराएको देखीएन । त्यसैले यसको बजार बढ्ला भन्न सकिन्न । बरु कम ईन्धन खपत गर्ने प्रविधीका कम्पयुटहरुले बजार पिट्नेछन । ईटहरी स्थीत पबित्रम ट्राईन्सईकोनोमिक्स ल्यापटप होलसेल बिक्रेता बिशाल बास्तोलाका अनुसार ल्यापटपको दाम भने केही घट्ने छ । उनका अनुसार अहिले नै पनि लिनोभो ब्राण्ड सम्मका साधारण ल्यापटप बत्तिस तेत्तिस हजारमा पाईन्छ ।

यस बर्ष अध्ययन अध्यापन गर्ने तरिकालाई सस्तो दररेटमा पाईने पोर्टेबल प्रोजेक्टरहरुले बदल्न सक्नेछन । काठमाण्डौ स्थीत ओसिन कम्पयुटरका सुरेश कायस्थका अनुसार चालिस हजारको मुल्यमा छ्याप्पछ्याप्ती एलईडी प्रोजेक्टर पाउन सकिन्छ । यसले सरकारी वा न्युन शुलकमा अध्यापन हुने ठाँउमा त असर नदेखाउला तर महङ्गो शुल्क लिएर अध्यापन गराईने ईन्सीच्युट तथा स्कुलहरुलाई नयाँ प्रविधी आत्मसाथ गर्न सहज बनाउने छ ।

ईन्टरनेटमा मा वायरलेस प्रबिधीको प्रयोग बढीरहेको बर्तमान परिप्रेक्ष्यमा यस बर्ष वायरलेस डिभाईसले बजारको आकार निर्माण गर्ने देखीन्छ । अब प्रयोकर्ताहरु वायरलेस ईन्टरनेट सँग वायरलेस माउस, किबोर्ड , र स्पीकरको मज्जा लिनेछन । ब्रदर कम्पनीको वायरलेस प्रिन्टर बिक्री गर्ने काठमाण्डौ स्थीत सागर ईन्फोसिसका सागरदेब लाखेका अनुसार आउदाँ केही बर्षहरुमा प्रयोगकर्ताहरु झन्झटीलो तारको तानाबान बाट मुक्त हुनेछन । कम्प्युटरमा प्रिन्ट गर्ने देखी टाईप गर्ने सम्मको काम वायरलेस डिभाईस बाट नै हुनेछ ।

यो वर्ष एप्पलको आईप्याडको दाम नसस्तीएला तर नेपाली बजारमा ट्याबलेट पिसीको प्रयोग बढ्नेछन । छ सात हजारमा पाईने सस्ता ट्याबलेट पिसीहरुले प्रयोगकर्ताको लाई अलि महङ्गा र नाम चलेका ब्राण्डका ट्याबलेट पिसि बोक्न अभिप्रेरित गर्नेछ । 

फ्लपी ड्राईभलाई पुरै बिस्थापन गरी सकेको एक्सटरनेल डाटा स्टोरेज हार्ड ड्राईभले यस बर्ष पनि प्रयोगर्तालाई रिझाएर राख्ने छ । अनलाईन कम्प्युटर्सका प्रदिप दाहालका अनुसार अहिलेको बजारको ट्रेन्ड हेर्दा एक्सटरनल डाटा स्टोरेज डिभाईसको बजार मुल्य घट्ने छ भने डिभाईसको डाटा स्टोरेज क्षमता बढ्ने छ ।  गत बर्ष ८ जिबीको युएसबी पेन ड्राईभ खरीद गर्दा तिर्नु भएको मुल्यमा यस बर्ष यो भन्दा बढी क्षमताको युएसबी ड्राईभ पाउनुहुनेछ । त्यस्तै डाटा ट्रान्सफर गर्न प्रयोग हुने युएसबी डिभाइसको प्रयोग बढ्ने छ । भर्खरै नेपाली बजारमा प्रवेश पारएको युसबी थ्री प्रबिधीका डिभाआईसहरुको डाटा ट्रान्सफर रेटले प्रयोगकर्ताहरुको मन जितीरहेको छ ।  दाहाल थप्छन प्रयोगकर्ता बढे सँगै यस प्रकारको सामानको मुल्य घट्ने छ किन भने बजारमा सामानको माग बढे सँगै आपुर्ति पनि बढ्नेछन ।

+Pradeep Dahal  को सहयोगमा तयार गरीएको लेख ।