Saturday, May 25, 2013

याहुले किन्न लागेको टम्बलर

ईन्टरनेट जायन्ट कमप्नी याहुले टम्बलरलाई खरिद गर्ने भएको छ । अमेरिकाको न्युयोर्कबाट ब्लगिंग साइट सञ्चलान गरीरहेको टम्बलरलाई याहुले १.१ अर्ब डलरमा किन्ने भएको हो । फरक प्रकारको ब्लगिङ्ग प्लेटफर्मको लागी टम्बलर प्रसिद्द छ । बिगतमा पनि डेलिसियत जस्ता सोसल बुकमार्किक अधिग्रहण गरेपछी त्यसको ख्यातीमा कमी आएको परिप्रेक्ष्यमा याहुका कार्यकारी अधिकारी मेरिसा मेयरले टम्बलरलाई याहुले किनेपनि त्यो स्वतन्त्ररुपमा नै सञ्चालन हुने बताएकी छिन । चलनचल्तीको ब्लगिङ्ग वेबसाईटले नजरअन्दाज गरेका फिचरहरु लाई सम्बोधन गरी केही फरक प्रकारको ब्लगीङ्ग प्लेटफर्मको रुपमा सन २००७ मा २६ डेबिट कार्प तथा मार्को अर्मेट मिली संयुक्त रुपमा टम्बलरको  बिकास गरेका थिए । अहिले टम्बलरमा कार्पको २५ प्रतिशत हिस्सेदारी छ भने उनि अहिले प्रमुख कार्यकारीको रुपमा कार्यरत छन । याहुले खरिद गरे पछी पनि कार्प सो पदमा नै काम गरीरहने बताइएका छन ।

के छ टम्बलरमा ? : चलनचल्तीको ब्लगीङ्ग वेबसाइटमा ब्लगपोष्ट तयार गरीदा सो पोष्टको शिर्षक तथा केही फोटाहरु
सहित त्यसको लम्बेतान ब्यखान उल्लेख गर्ने गरीन्छ । वर्डप्रेस, ब्लगर जस्ता यस प्रकारका फिचर भएका ब्लगिङ्ग प्लेटफर्महरुलाई कन्टेन्ट मेनेजमेन्ट सिस्टमको रुपमा प्रयोग गरीन थालेको छ । टम्बलर मा तपाई यस प्रकारको परम्परागत ढाँचाको ब्लगिङ्ग मात्र हैन अलि फरक प्रकारको पोष्ट पनि तयार गर्न सक्नु हुन्छ । जस्तो कि टम्बलरको बुझाइमा कुनै महान दार्शनिकले भनेको एक लाईनको महानबाणी पनि ब्लगपोष्ट हुन सक्छ । यसको शिर्षक हुन पर्दैन र डिस्प्ले पनि परम्परागत ब्लगिङ्ग पोष्टको ढाँचा भन्दा अलि फरक प्रकारले हुन्छ । त्यस्तै यस वेबसाइटमा तपाई एउटा फोटोलाई पनि एउटा ब्लगपोष्टको रुपमा पोष्ट गर्न सक्नु हुन्छ । यसको शिर्षक राख्ने ठाँउ तपाई भेट्नु नै हुन्न बरु एउटै ब्लगगपोष्टमा एक भन्दा बढी फोटो अपलोड गर्न सक्नु हुन्छ र प्रत्येकका क्याप्सन राख्न सक्नु हुन्छ । एउटा मात्र फोटो हुदाँ त्यसलाई फेसबुकमा हाईलाईट गरेर राखीए जस्तो पुरा पेज ढाक्ने गरी आर्कषक शैलिमा डिस्प्ले हुन्छ ।

त्यस्तै अन्य ब्लगिङ्ग प्लेटफर्म धेरै झन्झटिलो प्रकृया पुरा गरी अपलोड गर्न सकिने अडियो तथा भिडीयो पोष्ट फिचरलाई टम्बलरले केही क्लीकको भरमा हुने बनाई दिएको छ । टम्बलरको बुझाईमा तपाईको केही लेख्ने मुड नहुदाँ तपाईको मन पर्ने गित पनि त्यो क्षण ब्लगपोष्टको रुपमा पब्लीस हुन सक्छ । १० मेगा बाईट भन्दा सानो अडियो फाइललाइ तपाई टम्बलरमै स्टोर गरेर राख्न सक्नु हुन्छ भने त्यो भन्दा ठुला फाइललाई साउण्ड क्लाउड जस्ता साइटमा होष्ट गरेर टम्बलर साइटमा इम्बेड गर्न सकीन्छ । भिडीयो फाईललाई तपाई ब्लग पोष्ट बनाएर राख्न चाहुनु हुन्छ भने १ सय मेगाबाइट सम्मको फाईल अपलोड गर्न सक्नु हुन्छ त्यो भन्दा ठुला र ५ मिनेट भन्दा लामा फाइल ब्लगपोष्टको रुपमा पब्लीस गर्नु पर्दा अन्य साईटमा होष्ट गरेर ईम्बेड गर्ने तपाई स्वतन्त्र हुनु हुन्छ । टम्बलरले तपाईलाई यसको कार्य गर्नको लागी सजिला सजिला फिचर उपलब्ध गराएर प्रोत्साहित पनि गर्दछ ।

यति मात्र हैन, कुनै दुइजना ब्यक्तीको संवाद लाई तपाई ब्लगपोष्टको रुपमा राख्न सक्नु हुन्छ जसको डिस्प्ले च्याट गर्ने वेबसाइटमा जस्तो कुन लाईन कसले भनेको हो भन्ने गरी छुट्याएर देखाई दिन्छ । त्यस्तै यसमा भएको अर्को रमाईलो फिचर भनेको यसमा लिङ्कलाई पोष्टको रुपमा पब्लिस गर्ने फिचर हो । मानि लिनुस - तपाईलाई कुनै वेबसाइटमा भएको कन्टेन्ट मन पर्यो वा तपाई त्यसमा आफ्नो केही ओपिनियन दिएर शेयर गर्न चाहनु हुन्छ । यस्तोमा तपाईलाई टम्बलरले तपाईलाई तपाईको काम सजिलो पारि दिन्छ । यसको लागि तपाईले त्यहा दिएका तिन वटा फिल्ड मा आफुले शेयर गर्न चाहेको कन्टेन्ट , त्यसको युआरएल (लिङ्क) र त्यसमा तपाईको केही टिप्पणी भए त्यस देखी तल तिर राख्न सक्नु हुन्छ । अब तपाईले यसलाई पब्लीस गरी सके पछी सो पेजको टाइटलमा क्लीक गर्दा अटोमेटिक रुपमा तपाईले शेयर गर्न चाहेको साइट खुल्छ । परम्परागत ब्लगिङ्ग साइट भन्दा यसको निर्माण प्रयोग किन पनि छ भने अन्यमा जस्तो यसले प्रत्येक पोष्टको शिर्षक अनिवार्य रुपमा हुनु पर्छ भन्ने ठान्दैन ।  विना शिर्षक तपाई ब्लगपोष्ट तयार गर्न सक्नु हुन्छ ।

यसमा प्लेटफर्म बाट तयार गरीएका वेबसाईटका पोष्टहरुलाई फेसबुकमा जस्तो लाईक गरेर शेयर गर्न सकिन्छ । रिब्लग यसको फरक खालको फिचर हो । यसको काम झण्डै फेसबुकको शेयर जस्तो हुन्छ तर ब्लगीङ्गमा कुनै पोष्ट मन पर्दा आफ्ना केही टिप्पणी सहित रिब्लग गरेर शेयर गर्न सकिन्छ । आफ्नो रोजाईको डिजाईनमा साइट चलाउनको लागी निशुल्क रुपमा टेम्लेटहरु पाइनु , आफ्नै नामको डोमेन डिएनएस म्यापिङ्ग गर्न सकिनु , एउटै टम्बलर खाताबाट एक भन्दा बढी ब्लग साईट होष्ट गर्न सकिनु आदी यसका अतिरिक्त बिशेशता हुन । जसले यसको सेवालाइ सुनमा सुगन्ध थपि दिएको छ । जसलाई धेरैले रुचाएका छन । टम्बलर होमपेजकै कुरा गर्ने हो भने यो लेख तयार पार्दा सम्म टम्बलरमा १ सय १० अर्ब बल्ग र ५१ दशमलब ३ अर्ब पोष्ट भईसकेको छ ।  यस साइटको एन्ड्रोइड तथा आइफोन मोबाइल बाट चलाउन मिल्ने गरी बनाइएको मोबाइल एप्लीकेशनहरु पनि उपबल्ध छ ।


गरीरहेको टम्बलरलाई याहुले १.१ अर्ब डलरमा किन्ने भएको हो । फरक प्रकारको ब्लगिङ्ग प्लेटफर्मको लागी टम्बलर प्रसिद्द छ । बिगतमा पनि डेलिसियत जस्ता सोसल बुकमार्किक अधिग्रहण गरेपछी त्यसको ख्यातीमा कमी आएको परिप्रेक्ष्यमा याहुका कार्यकारी अधिकारी मेरिसा मेयरले टम्बलरलाई याहुले किनेपनि त्यो स्वतन्त्ररुपमा नै सञ्चालन हुने बताएकी छिन । चलनचल्तीको ब्लगिङ्ग वेबसाईटले नजरअन्दाज गरेका फिचरहरु लाई सम्बोधन गरी केही फरक प्रकारको ब्लगीङ्ग प्लेटफर्मको रुपमा सन २००७ मा २६ डेबिट कार्प तथा मार्को अर्मेट मिली संयुक्त रुपमा टम्बलरको  बिकास गरेका थिए । अहिले टम्बलरमा कार्पको २५ प्रतिशत हिस्सेदारी छ भने उनि अहिले प्रमुख कार्यकारीको रुपमा कार्यरत छन । याहुले खरिद गरे पछी पनि कार्प सो पदमा नै काम गरीरहने बताइएका छन ।

मेरो टम्बलर साईट हेर्ने भए यहाँ क्लीक गर्नुहोस