Monday, June 10, 2013

SLC को नतिजा प्रकाशित , नतिजा डाउनलोड गर्नुहोस

अपडेट :  एसएलसी परिक्षाको नतिजा प्रकाशित भएको छ । रेगुलर तर्फका बिध्यार्थी नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस । ( टेक्स्ट फाईल | पिडिएफ फाईल ) एक्जाम्टेड तर्फको रिजल्ट हेर्न यहाँ (टेक्स्ट फाईल | पिडीएफ फाईल  ) क्लीक गर्नुहोस ।

सुचना प्रविधीको बिकास र बढ्दो पँहुच सँगै फलामे ढोका मानिने SLC को नतिजा प्रकाशन गर्ने परम्परागत ढाँचा फेरिदो छ । केही वर्ष अगाडी गोरखापत्रमा छापीएको एसएलसीको नतिजा हेर्ने घण्टौ हिडेर सदरमुकाम जानेहरुलाई अचम्म लाग्न सक्छ यस पटक देखी परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले कुनै पनि पत्रिकामा SLC को नतिजा प्रकाशन गर्ने छैन । बिकल्पमा सरोकारवालाहरुले वेबसाईटमा हेरेर तथा एसएमएस गरेर नतिजा थाहा पाउने छन । पत्रिकाको संख्या बढे पनि यसको प्रभाव र पँहुँच दुर्गम गाँउको तुलनामा शहरी क्षेत्रमा मात्र बढेकोले पत्रिकामा  नतिजा प्रकाशन नगर्दा सरोकारवालाहरुालाई खासै अप्ठ्यारो नपर्ने बताईएको छ ।

पनिकाले नतिजा सार्वजनिक गर्ने बित्तिकै शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.com मा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.com आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।

मोबाईल टेक्नोलोजीको बिकास सँगै यसको प्रबर्दन र बिकासमा लागीपरेका सँघ संस्था आदीले SLC नतिजाको प्रकाशन र प्रशारणलाई सेवाग्राहीको आवश्यकता अनुरुप परिमार्जन गर्दै लगेका छन । जस्तो कि Prima It Solutions Pvt Ltd ले नतिजा शुरु हुनु पहिल्यै  त्यसले बिकास गरेको प्रणालीमा SMS गरी आफ्नो सिम्बोल नम्बर दर्ता गराए नजिजा प्रकाशन हुने बित्तिकै नतिजा सम्बन्धीतको मोबाईलमा पठाईदिने बताएको छ  ।   त्यस्तै मोबाईल टेक्नोलोजीमा कहलिएको  स्पारो एमएमएसका +Amit Agrawal  का अनुसार परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc पर्दछ अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ  त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।
औपचारिक रुपमा सधैझै परिक्षा नियन्त्रण कार्यलयले SLC को नतिजा असार पहिलो हप्ता प्रकाशित हुने बताए पनि नतिजा प्रकासन र प्रशारणमा संलग्न श्रोतका अनुसार यही बुधबार नतिजा प्रकाशन हुनेछ ।