Sunday, July 7, 2013

गुगलको आरोह अबरोह


चिटिक्क परेका सस्ता मोबाईलमा मोबाईलपुस्ताका प्रयोगकर्ताहरुको दैनिकीलाई गुगलले नजानिदो पाराले मार्गनिर्देश गरेको छ । निशुल्क पाईने अपरेटिङ्ग सिस्टम एन्ड्रोईडमा समाहित भएका सामाजिक सञ्जालका वेब एप्लीकेशन देखी ईन्टरनेट फोन, भिडीयो च्याट, गेम सबै त्यसमा पाईन्छ । भलै एन्ड्रोईडको बिकास गुगलले गरेको नहोस तर  त्यसलाई आफु मातहतमा ल्याएर आफ्ना प्रतिष्पर्धी कम्पनीहरुलाई हायलकायल पार्दै यसको प्रबर्दन गरीरहेको छ । आजको मितीमा एन्ड्रोईड  मोबाईल अपरेटिङ्ग सिस्टम गुगलको स्वामित्वमा रहेको छ । एन्ड्रोईड मात्र हैन गुगल सँग सर्च ईन्जीनको पर्यायबाची गुगल , प्रयोगमा आउदाँ चर्चामा रहेका हटमेल याहुमेलको बजार अधिग्रहण गर्दै एकाधिकार जमाउन अग्रसर जिमेल आदी पनि छ  ।  हुनलाई सामाजिक सञ्जालका अन्य उल्लेख गर्नै पर्ने वेबसाईटहरुको युजरबेस ठुलो छ तर पनि भनिन्छ आजभोली मान्छे सर्च हैन गुगल गर्छन - ईमेल हैन जिमेल चेक गर्छन । यसैबाट यसको ख्याती अनुमान लगाउन सकिन्छ ।


गुगल सँग यसरी प्रयोगकर्तालाई एकोहोर्याउने उत्पादन मात्र हैन प्रयोगकर्ताले बेवास्ता गरेका उत्पादन पनि छन जसको प्रयोग चटक्कै छोडिनु अगाडी तामझामका साथ गुगल आफै उत्पादनको बन्द गरेको ब्रेकीङ्ग न्युज प्रवाह गर्छ । यसै हप्ता पनि गुगलले बिभिन्न वेबसाईटका कन्टेन्टहरुलाई आरएसएस फिड मार्फत एकै पेजबाट हेर्न मिल्ने गुगल रिडरको सेवा बन्द गरेको छ ।  तर रिडर गुगलले बन्द गरेको पहिलो सेवा हैन । वर्षेनी जस्तो यो सुचीमा एउटा न एउटा परि रहेका हुन्छन । जस्तो कि गत वर्ष गुगलले नोल भन्ने  वेबसाईट बन्द गरेको थियो । गत वर्षको मात्र के कुरा - यसै वर्ष पनि रिडर बन्द गरीनु अगाडी आईगुगल , गुगल टक , गुगल हेल्थ आदीको सेवा बन्द गरेको थियो ।  टेक पण्डीतहरुले जस्तो सुकै बिष्लेशण गरुन तर गुगलको आधिकारिक ब्लग हेरियो भने लगभग सबै जस्तो उत्पादन बन्द गरीनुको कारण ति उत्पादनमा प्रयोगकर्ताको संख्या कम रहेको तथ्य लुक्दैन । तर यसो भनीरहदाँ  गुगलले बन्द गरेका सबै सेवाहरु अस्तित्व नै नरहने गरी बन्द भएको भन्ने पनि हैन । जस्तो कि केही अगाडी गुगलले बन्द गरेको बज भन्ने उत्पादनलाई अहिले गुगल प्लसमा नयाँ ढङ्गले प्रस्तुत गरीएको छ । हटमेल , याहु मेसेन्जरको बजार तहस नहस पार्ने मध्येको एक जिटक अहिले अझ परिमार्जित रुपमा गुगल ह्याङ्गआउट भएको छ । जसमा तपाई ग्रुप भिडीयो च्याट गर्न सक्नु हुन्छ ।  गुगल डक्स अहिले अझ बिशेशताले भरिपुर्ण गुगल ड्राईभ भएको छ ।  बढो तामझामले प्रस्तुत भएको गुगल वेभका कतिपय फीचरहरु अहिले तपाई गुगल प्लस र ह्याङ्गआउटमा देख्न सक्नु हुन्छ ।  जुन सुकै देशबाट गरीने सर्च को वार्षिक रिपोर्टलाई अहिले गुगल ट्रेन्डस भनिन्छ ।

अहिले सम्म गुगलले बन्दगरेका सेवाहरुको विशेशतालाई विश्लेशण गर्ने हो भने अधिकाँश प्रसिद्द अरु साईटलाई चुनौती दिन तयार गरीएका वेबसाईटहरु नै छन । जस्तो कि याहुको चर्चित उत्पादन गुगल एन्सरलाई  चुनौती दिनै अगाडी आएको गुगल एन्सर्स लामो समय टिक्न नसकी सन २००६ मा बन्द भएको थियो । निशुल्क होष्ट गर्न मिल्ने स्टाटिक वेभ साईटहरुको बजारमा टिक्न नसकी गुगल पेज क्रियटर सन २००८ मा बन्द भएको थियो जो अहिले गुगल साईटको रुपमा आफ्नो अस्तीत्व जोगाउन लागी परेको छ । थ्रिडी एनीमेटेड च्याट प्रोग्राम गुगल लाईभ ६ महिना मात्र टिक्न सक्यो जुन त्यतीबेलाको मेसेन्जर सेवालाई थप सुबिधा सहीत टक्कर दिनको लागी बिकास गरीएको थियो ।  गुगल जाईकुलाई भ्रुण हत्या भएको मानिन्छ किन भने यसको पुर्ण प्रयोग नहुदै डेभलपमेन्ट फेजमै सन २००९ मा बन्द गरिएको थियो । जुन धेरै हिसाबले अहिले सोच्दा ट्वीटर र फोरस्कायर जस्तो थियो । गुगल ल्याटीच्युडको घोषणा गरी बन्द गरीएको गुगल डजबल सन २००९ मा बन्द गरिएका थियो । जस्का सस्थापक तथा मुख्य परिकल्पनाकारले गुगल छोडेर त्यही कन्सेप्टले सञ्चालनमा ल्याएको फोरस्काएर अहिले चर्चामा छ ।  फेसबुकले बजार तताई रहेको बेला घोषणा भएको गुगल वेभ लामो समय टिक्न सकेन जुन प्रिभ्यु रिलिजमै  सन २०१० मा बन्द भयो । यसमा एकै पेजमा स्टाटस अपडेट , ईमेल , विकी , सोसलल नेटवर्किङ्ग कन्टेन्ट एक्सेस गर्ने योजना थियो ।  हुनलाई अझै पनि तपाई गुगलका अप्ठयारा अंग्रेजी शब्दका अर्थ खोज्न सक्नु हुन्छ तर गुगलले यसैको लागी भने तयार गरेको गुगल डिक्सनेरी सन २०११ मै बन्द भएको थियो । सन २०११ अगाडी तपाई गुगल नोटबुक भने जिमेलको साईडबाटमा आउने सानो बक्समा आफ्नो टिपोट टाईप गरेर सेभ गर्न सक्नु हुन्थयो तर अहिले गुगल नोट छैन तर गुगल किप ले गुगल नोटलाई प्रतिस्थापन गरेको मानिन्छ ।  विकीपेडियाले सोसल कन्टेन्टको बजार कब्जा गर्न लागे पछी हत्त न पत्त गुगले प्रयोगमा ल्याएको गुगल नोल लामो समय टिक्न सकेन यसलाई पनि २०११ मा बन्द गरीयो ।

माथि दिएका उदारणहरु केहि नमुना मात्र हुन । एक नम्बरमा आउन तछाड मछाड गर्नै आक्रमक तयारी गरीरहेका आफ्ना प्रतिष्पर्थीहरुलाई  पछी पार्न गुगलले धेरै कुराको त्याग गरेको छ । त्यसैले त भनिन्न छ नि गुगलले जे बनाउछ त्यो तपाईको लागी बनाउछ र जे बन्द गर्छ त्यो पनि तपाईले प्रयोग गरीरहेको कुरा बन्द गरीन्छ किनभने एक नम्बरमा रहेको गुगलाई प्रयोगकर्ताको संख्या सँग ठुलो मतलब छ ।