Sunday, September 8, 2013

माईक्रोसफ्टले नोकियाको मोबाईल ब्यापार खरिद गर्ने

गत सप्ताह सुचना प्रविधीको बारेका अध्यावधिक जानकारी राख्ने सबैलाई झट्का दिने गरी माईक्रोसफ्टले नोकियालाई खरिद गर्ने खबर एकाएक बाहीर आयो । कुनै जमानामा मोबाईल फोनको पर्याय झै भै सकेको नोकिया फोन कम्प्युटर अपरेटिङ्ग सिष्टमको बजारमा झण्डै एकछत्र राज गरीरहेको अर्को सफ्टवेयर कम्पनीमा बिलय हुने कुरालाई धेरैले आश्चर्यका साथ बिभिन्न दृष्टीकोणले ब्याख्या गरे । कसैले नोकियालाई अब माईक्रोसफ्टले आक्रमक रुपमा सामसुङ्ग लगायतका एन्ड्रोईड अपरेटिङ्ग सिष्टम चलाई रहेका मोबाईल फोन उत्पादक कम्पनीहरुलाई लाई टक्कर दिने गरी सुधार गरेर ल्याउछ भने भने कसैले यो फगत ब्यपारीक लेनदेनको बिषयमात्र हो उत्पादन र बितरणमा यसले सर्वसाधारणलाई अनुभुती हुने गरी केही फरक पार्दैन भने । माईक्रोसफ्टले नोकयाको मोबाईल ब्यपार खरिद गर्ने खबरबाट उत्साहीत भएका प्रयोगकर्ताहरुलाई पहिले पनि गुगलले मोबाईल बनाउने कम्पनी मोटोरोला अधिग्रहण गरेकै हो तर त्यसले सर्वसाधरणलाई के फरक पार्यो त भन्ने बिश्लेशकहरुको प्रश्न बिचारणीय छ  ।


माईक्रोसफ्टले नोकियालाई चौवन्न अर्व चालीस करोड युरोमा खरिद गर्न लागेको हो जसमा सढतिस अर्ब नब्बे करोड युरो उपकरण नोकियाले उत्पादन र यसको प्रबद्न गर्ने संरचना को लागी भुक्तानी गर्ने भनेको छ भने सोर्ह अर्ब पचास करोड युरो चाही दश वर्ष सम्मको लागि नोकियाको पेटेन्ट लाइसेन्सको लागी भुक्तानी गर्न लागेको हो । यस अघि माईक्रोसफ्टले चौसठ्ठी अर्ब युरोमा ईन्टरनेट बाट फोन गर्न मिल्ने सफ्टवेयर स्काईप खरिद गरेको थियो । हालसालै माईक्रोसफ्टले खरिद गरेका नोकिया र स्काईपको मुल्य तुलना गर्दा नोकियाको मोबाईल बजार धरासायी भैसकेकोले यसका अशीयारहरुले आफ्नो लगानीलाई सेफ ल्याण्डीङ्ग दिन माईक्रोसफ्टलाई बिक्री गर्न चाहेको चर्चा पनि चलेको छ । यता माईक्रोसफ्टले नोकियालाई खरिद गर्ने पक्कापक्की भै सकेको भए पनि ति दुई कम्पनी बिच हस्ताक्षर हुन बाँकी छ ।  नोकियाले त्यसका अशियारहरुको बिशेश साधरणसभा मार्फत यस निर्णयलाई अनुमोदन गरे पछी सन २०१४ को फ्रेब्रवरी महिना बाट मात्र माईक्रोसफ्टले यसको स्वामित्व लिने छ ।

माईक्रोसफ्ट र नोकिया बिच हुने सम्झौतामा माईक्रोसफ्टले नोकियाको सबै मोबाईल ब्यापार अधिग्रहण गर्ने र यसको डिजाईन सम्बन्धी पेटेन्ट अधिकार १० वर्षको लागी लिजमा लिने बताईएको छ ।  यस सम्झौता पश्चात नोकियाको मोबाईल फोन उत्पादन कारखाना र यसका उत्पादनहरुको प्रबर्दन गर्ने  जनशक्तीमा माईक्रोसप्टको प्रत्यक्ष नियन्त्रण हुनेछ । नोकियाको मोबाईल उत्पादन कारखाना बन्द हुदाँ यसमा काम गर्ने लगभग बत्तिस हजार कर्मचारी माईक्रोसफ्टमा स्थान्तरण हुने बताईएको छ जसमा नोकियाको मुख्यालयमा काम गर्ने सढचालि सय र यसको उत्पादनमा काम गर्ने अठारहजार तिन सय कर्मचारी पनि रहने बताईएको छ । माईक्रोसफ्टले नोकियाको कर्मचारी र मोबाईल उत्पादन प्रणाली सँगै लगभग पन्ध्र बिलियन युरो को ब्यपार पनि सँगै लाने छ जसलाई पुर्ण स्वामित्वमा रहेपछी आफ्नै निती र रणनिती अनुसार बजार प्रबर्दन गर्ने सक्नेछ ।

मोबाईल बजारलाई आक्रमक रुपमा बिस्थापीत गर्ने एप्पल र सामसुङ्गको उपस्थीती हुनु पुर्व नोकियाको ब्यापार मध्यनजर गर्दा अहिले माईक्रोसफ्टले धेरै ने सस्तमा नोकियलाई खरिद गरेको मान्न सकिन्छ । अझै पनि नोकिया सँग आफ्नो पुरानो साखको कारणले बजारमा आफ्नो छुट्टै स्थान छ । गत वर्षको दोस्रो त्रैमासिकमा यसले त्रिपन्न दशमलव सात मिलीयन वटा मोबाईल सेट बिक्री गरेको थियो  । स्मार्टफोनको बजारमा प्रतिश्पर्धीहरुलाई झट्का दिने गरी नोकियाले बजारमा ल्याएको लुमिया सेट मात्रै गत वर्षको त्यही अवधीमा झण्डै साढेसात मिलीयन विक्री भएको थियो ।