Sunday, December 22, 2013

हेल्लो पैसा

अनलाईन ट्रान्जेक्सनको कुरा गर्दा मोबाईल रिचार्ज गर्ने, टेलिफोन, इन्टरनेटको पैसा तिर्ने काम बाट शुरु भएको नेपालको इन्टरनेट तथा मोबाईल बैङ्किगले निजीक्षेत्रको पहलले ठुलै फड्को मारी सकेको छ । अब तपाई सँग ईन्टरनेट वा मोबाईल बैङ्किग सेवा सुचारु गरिएको बैङ्क खाता छ भने काठमाण्डौ देखी बिराटनगर सम्मको हवाई टिकट मात्र हैन धरान बाट काठमाण्डौ जाने बसको टिकट पनि  खरिद गर्न सक्नु हुन्छ । यसो भन्दैमा नेपालका बैकहरु भारत लगायत कतिपय देशहरुमा जस्तो ईन्टरनेट बैङ्कीगको साहायताले जस्तो सुकै अनलाईन बैङ्कीग कारोबार गर्न सक्षम छन भन्ने हैन । बैङ्कहरुलाई बजार, आन्तरिक श्रोत र दक्ष जनशक्तीको अभाव अनि स्पष्ट सरकारी नितीको समयस्या पनि होला तर यस्तै कार्यहरु गर्नेको लागी केही ब्यक्ती तथा संस्थाहरु सक्रिय छन जो सोझै बित्तिय कारोबार गर्ने भन्दा पनि बित्तिय संस्थाहरु सँग सहकार्य गरेर  ग्राहकको बैङ्किग कारोबारलाई सहयोग पुर्याउन लागी परेका छन । उदारणमा हामी ईसेवा, पे बिल , फोनपे, आईपे, हेल्लो पैसा आदीलाई लिन सकिन्छ । 

हेल्लो पैसाकै कुरा गर्दा यसले लक्ष्मी बैंक , सिद्धार्थ बैंक , बैंक अफ काठमाडौँ, कमर्ज एंड ट्रस्ट बैंक अनि आइ. एल. एफ.  सी आदी बित्तिय संस्थासँग सहकार्य गरी कार्य गर्ने गर्दछ । नेपालमा भारतमा जस्तो कुनै पनि बैङ्कको ईन्टरनेट बैङ्कीङ्ग बाट आफ्नो बाहेक अर्को बैङ्कको खातामा सोझै पैसा ट्रान्सफर गर्ने सुबिधा भएको पाईदैन यस्तोमा यिनै बिभीन्न बैङ्कहरु सँग सहकार्य गरी काम गरीरहेका कमन प्लेटफर्महरु उपयोगी देखीन्छन । उदारणको लागी यदी तपाई सँग लक्ष्मी बैङ्कको खातामा पैसा छ र बैक अफ काठमाण्डौको खातामा पैसा पठाउनु पर्ने भयो भने हेल्लो पैसाको साहायताले तपाई जहाँ जे जस्तो अवश्थामा हुनु हुन्छ त्यही बाट न्युनतम दश रुपयाँ शुल्क तिरेर मोबाई बाट पैसा सार्न सक्नु हुन्छ । हेल्लो पैसा मोबाईल बाट बैङ्कीङ्ग कारोबार  गर्न मिल्ने मोबाईल एप्लीकेशन हो ।  जुन एप्ललको आईफोन, कुनै पनि ब्राण्डको एन्ड्रोईड फोन देखी नोकियाको विन्डोज फोन सम्ममा काम गर्दछ ।


फिन एक्सेस प्राली को उत्पादन हेल्लो पैसाले मोबाईलमा एस.एम.एस तथा आइ.भी.आर. कलका माध्यमबाट काम गर्दछ ।  यसका प्रयोगकर्ताले ३६५० मा एस.एम.एस को माध्यमबाट सिस्टमलाई कारोबारको आदेश पठाएपछि सिस्टमले ३६५० बाटै ग्राहकलाई फोन गर्दछ । उक्त फोन कलमा ग्राहकले आफ्नो गोप्य पिन हालेपछि सिस्टमले कारोबार आदेशलाई स्वीकृत गर्ने  गर्दछ । कुनै पनि कारोबार सफल हुन ग्राहकले आफ्नो गोप्य पिन हाल्नु अनिवार्य छ ।  यसर्थ , ग्राहक आफैंले कारोबार स्वीकृत तथा अस्वीकृत गर्न सक्दछन् ।

मोबाईल फोनबाट बैङ्कीग कारोबार गरीने भएको हुनाले सर्वसाधरणलाई यसको सुरक्षा सम्बन्धी दुबिधा हुन सक्दछ तर हेल्लो पैसा संचालन गर्ने कम्पनीका फिनएक्सेस प्रालिका अनिल श्रेष्ठका अनुसार यस प्रणलीले कुनै पनि प्रकारको सुरक्षा निती सँग सम्झौता गर्दैन । तपाईले यो सेवा प्रयोग गर्नको लागी सबैभन्दा पहिले तपाई सँग नेपाल टेलिकम, एनसेल वा स्मार्टटेल कम्पनीमा दर्ताभई प्रयोगमा रहेको सम्बन्धीत कम्पनीको सिम कार्ड हुनु पर्दछ जुन फोनबाट तपाईल ट्रान्जेक्सन गर्न सक्नु हुन्छ भने प्रत्येक ट्रान्सफरको लागी एउटा गोप्य पिन नम्बर हुनु पर्दछ जुन तपाईलाई मात्र थाहा हुन्छ । मोबाईल सुरक्षाकै बारेमा श्रेष्ठ अगाडी थप्छन “मोबाइल फोन हराऊँदैमा पनि आत्तिहाल्नु पर्दैन । कुनै पनि अनधिकृत कारोबार कुनै फोन फेलापार्ने व्यक्तिले तपाईको गोप्य पिन थाहानपाए सम्म कुनै कारोबार गर्न सक्दैन । साथै, ग्राहकको सुरक्षाकोलागि, तिन पटक गलत पिन हाल्ने बित्तिकै सिस्टमले स्वत: खातालाई निस्क्रिय पारिदिन्छ । तपाई स्वयम् बैंक वा आधिकारिक एजेन्टकोमा उपस्थित भै लिखित निबेदन नदिएसम्म तपाईको खाता पुन: सुचारु हुदैन । "

ईन्टरनेट तथा मोबाईल बाट बैङ्किग कारोबार गर्न सर्वसाधरणलाई प्रोत्साहित गर्ने उधेश्यले सोही अनुरुप कार्य गर्दै आईरकेको यस कम्पनीको उत्पादन मार्फत अहिले निक्षेप जम्मा गर्न , मोबाइल फोन तथा डिस होमको भौचर रिचार्ज गर्न , टेलिफोन बिल भुक्तानी गर्न , रकमान्तर गर्न,  रेमिन्ट्यान्स सेवा लिन सकिन्छ भने  टिकेटसेवा डट कम, यस कान्तीपुर डट आदीमा खरीदारी समेत गर्न सकिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।