Sunday, January 19, 2014

ठुला आईटि कम्पनीहरुको अधिग्रहण

त्यसो त बैङ्गलोरलाई एसियाकै सिलीकन भ्याली भनिन्छ । यहाँ ईन्टरनेट बजारमा उल्लेखनीय उपस्थीती राखेका एक से एक बहुराष्ट्रीय कम्पनीका कार्यलयहरु छन । यहाँ अमेरिका तथा युरोपका कम्पनीहरुको जतीको ठुलो आईटी बजार नभए पनि बैङ्गलोरमा तिनै पश्चीमा कम्पनीहरुको लागी काम गरी अकल्पनीय आम्दानी गरी रहेका साना आकारले कम्पनीहरु मनग्यै छन भनिन्छ ।
जो आकार र लगानीको हिसाबले सानो भए पनि एक से एक कम्पनीहरुको बजार र क्षमतालाई टक्कर दिने सामर्थ्य राख्छन । गत हप्ता कै कुरा गर्दा प्रसिद्द सामाजिक सञ्जाल वेबसाईट फेसबुक डट कमले  एन्ड्रोईड अपरेटिङग् सिस्टम जडान गरिएको मोबाईलको कार्यक्षमता बिश्लेशण गरी अध्ययन गर्ने टुल्स निर्माण गर्ने एक भारतिय कम्पनीलाई एक करोड अमेरिकन डलर भन्दा ठुलो धनराशी खर्च गरी खरिद गरेको छ । झण्डै एक दर्जन पनि नपुग उपल्लो तहका कर्मचारीहरु रहेको आकारको हिसाबले धेरै नै सानो यस कम्पनी अब सम्पुर्ण रुपले फेसबुक मुख्यालयमा स्थान्तरण हुनेछ भने बैङ्गलोरमा कार्यरत कर्मचारीहरु फेसबुकका पुर्णकालीन कर्मचारी भएर अमेरिका स्थीत क्यार्लीफोनियमा कार्यलयमा कार्यरत हुनेछन ।



दक्षीण एसीयाको सुचना प्रविधी बजारमा आईपुग्दा एक करोड अमेरिकन डलर ठुलो रकम देखीए पनि पश्चीमा बजारमा यो अंकले उ बिध्न ठुलो आश्चर्य राख्दैन । फेसबुककै कुरा गर्दा यसले चर्चित फोटो सेयरिङ्ग मोबाईल एप्लीकेशन ईन्स्टाग्रामलाई एक अर्ब अमेरिकन डलरमा खरिद गरेको थियो । एक थरी बिश्लेशकहरुको यस प्रकारको सम्भावना बोकेका कम्पनीहरुलाई ठुलो धनराशी खर्च खरिद गरीनुलाई आईटी बजारका टाईकुनहरुको प्रतिश्पर्धा सिमीत गर्ने कदमको रुपमा ब्यख्या गर्छन भने अर्को थरी  बिश्लेशकहरु अधिग्रहण गरीएका एप्लीकेशनहरुमा खासै ठुलो परिमार्जन नगरी जो जुन अवश्थामा थियो त्यही अवश्थामा बजार प्रवर्दन गरीनुले साना कम्पनीहरुको अन्तर्निहीत क्षमताको पहिचान भएको मान्दछन । तर प्रयोगकर्ताको हिसाबले सोच्दा दुबै अवश्था प्रयोगकर्ताको हितमा देखीन्छ किन भने आर्थिक रुपमा सक्षम कम्पनीले अधिग्रहण गर्दा उदयिमान कम्पनीहरुको पैसाकै कारणले आफ्नो क्षमता अभिबृदी हुन बाट बिमुख हुन पर्दैन भने प्रयोगकर्ता बानी परिसकेको कुनै एउटा उत्पादनको अधिग्रहण गरीएको कम्पनीको उत्पादन समाहित हुने भएकोले एउटै उत्पादनमा फरक स्वाद अनुभव गर्न पाउदछ । उदारणको लागी माईक्रोसफ्टले स्काईप खरिद गरी एमएमएन लाई पुर्ण रुपमा बिस्थापन गरिदियो भने प्रयोगकर्ताहरु त्यही पुरानै माईक्रोसफ्ट खाताबाट स्काईप लगईन गरी भिडीयो च्याट गर्न सक्षम भए । याहु मेसेन्जर , हटमेलको एमएसएन आदी चर्चित रहदाँ ( टेक्स्ट ) च्याट मात्र सहज थियो   भिडियो कलमा त स्काईपले नै बानी पारेको हो भन्न सकिन्छ जुन अहिले पुर्ण रुपमा माईक्रोसफ्टको अधिनमा छ ।

हाल सम्म फेसबुकले झण्डै चार दर्जन कम्पनीहरुलाई अधिग्रहण गरेको छ भने पनि पछील्लो समयमा अधिग्रहण गरिएका कम्पनीहरुको बिगत हेर्दा मोबाईल एप्लीकेशनजन्य क्षेत्रमा काम गर्ने कम्पनीहरु धेरै छन । ओनाभो तथा पर्से आदी पछिल्ला उदारण हुन । वेब प्रविधीको क्षेत्रमा देखीएको परिवर्तनलाई आत्मसाथ गर्दै फेसबुकले मोबाईल एप्लीकेशनमा ध्यान दिएको हुन सक्दछ किन भने गुगले अधिग्रहण गरेका फल्टर , बम्प आदी पनि मोबाईलको क्षेत्रमा काम गर्ने कम्पनीहरु हुन । फेसबुकले हाल सम्म त्रिचालीस वटा कम्पनीहरुलाई खरिद गरी आफ्नो कम्पनीमा बिलय गरेको छ भने गुगल , याहु, एप्पल, ट्वीटर  क्रमश एक सय एकचालीस, एकानब्बे, चौवन्न, अठ्ठाईस वटा कम्पनी आफ्नो पोल्टमा पारेको छ  ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।