Saturday, February 15, 2014

११बिप

अमेरिका स्थीत प्रिन्सटन विश्वबिध्यालयका दुई शोधकर्ता जोन क्यानरेला र जोसुआ स्पेकलरले एक अध्ययनमा सन २०१७ सम्ममा फेसबुक प्रयोगकर्ताहरुको संख्यामा भारी कटौती हुने निशकर्ष निकालेका छन  । हाम्रो देशको कुरा गर्दा ईन्टरनेटको पर्याय झै बनिसकेको नेपालमा फेसबुकका प्रयोगकर्ताहरु अबको तिन वर्षमा असी प्रतिशतले कम होलान भन्ने कुरा पत्याउन हामीलाई गार्हो पर्न सक्छ तर विश्वब्यापी प्रयोगकर्ताहरुको संख्यामा उल्खनिय कटौती हुने अनुमान गरिएको छ । एकातिर फेसबुक , ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रयोगकर्ताहरुलाई पुराना र नयाँ साथीसंङ्गी तथा टाढा टाढा रहेका नातागोता तथा आफ्न्तको को संगतमा राखी राख्न सहयोग पुर्याएको छ भने अर्को तिर तिनै समाजिक सञ्जालमा त्यसलाई प्रयोग गर्ने अदुरदर्शी ब्यबहारले प्रयोगकर्ताहरु स्वयं अपठ्यारोमा पार्न थालेको छ । आजभोली बैबाहीक सम्बन्ध देखी  बैदेशिक अध्ययन प्रकृयामा कुनै पनि ब्यक्तीको बारेमा निर्णय लिनु पर्दा सामाजिक सञ्जालमा निजको गतिविधीलाई आधार मानेर निर्णय लिन थाली सकिएको छ ।

फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटको उदार गोपनियता निती भविष्यको लागि टाउको दुखाईको बिषय हुन सक्छ भनेर बहस मात्र भैरहेको छैन सरोकारवालाहरु गोपनियताको अधिकारलाई सम्मान गर्दै त्यसको विकल्पमा के गर्न सकिन्छ भनेर लागी परेका समेत छन । नेपालकै +bimal maharjan  र उनका साथी ‌+Vivek Bhusal  त्यस्तै एक उदारण हुन । उनिहरुले  "११बिप " भन्ने एउटा एन्ड्रोईड अपरेटिङ्ग सिस्टम भएको मोबाईलमा चल्ने एप्लीकेशको निर्माण गरेका छन । हाललाई एन्ड्रोईड सिस्टममा मात्र चल्ने गरी सञ्चालनमा ल्याईएको यो एप्लीकेशन क्रमश: अन्य अपरेटिङ्ग सिस्टम भएको मोबाईलमा पनि चल्ने गरी निर्माण गरीने बताईएको छ । एसीयाली राष्ट्रहरुमा भए गरेका सुचना प्रविधी सम्बन्धी घटनाक्रम लाई नजिकबाट नियाल्ने टेकईनएसीया डट कम वेबसाईटले "११बिप” भन्ने वेबसाईटलाई प्रसिद्द (स्मार्टफोन) मोबाईल एप्लीकेशन " स्नापच्याट " बाट प्रभावित एप्लीकेशन भनेको छ भने यो एप निर्माण गर्ने ११बिप का सिईओ बिमल मर्हजनले चाही यसलाई स्नापच्याटमा लगायतका अन्य सामाजिक सञ्जाल वेबसाईटहरुले सम्बोधन गर्न नसकीरहेको ब्यक्तिको गोपनियताको अधिकार सुनिस्चीत गर्ने एप्लीकेशन भनेका छन ।


अमेरिका स्थीत स्टाण्डफोर्ड युनिभर्सिटीका बिधार्थीहरु समेत लागी परेर निर्माण गरीएको स्नापच्याट एक फोटो मेसेजिङ्ग एप्लीकेशन हो । झन्डै अढाई वर्ष अगि निर्माणमा भई प्रयोगमा आएको यो एप्लीकेशन प्रयोगकर्ताहरुले राम्रै रुचाईएको पाईएको छ । यसैको सिको गरेर भारतिय डेभलपरहरुले क्याण्डीडली नामक एप्लीकेशनको निर्माण गरेका छन भने थाईल्याण्डमा यस्तै खालको "बिटक" भन्ने अर्को एप्लीकेशन प्रयोगमा छ ।

११बिप मा अपडेट गरिएका स्टाटसहरु, फोटो तथा दुईजना बिच गरीएका दोहोरो वार्तालाप निश्चीत समय पछी आफै मेटिदै जान्छन कुनै अपडेटलाई अलि लामो समय सम्म राखेर आफै मेटिने होस भन्ने चाहने हो भने सो समेत गर्न सकिन्छ । बेटा भर्सनमा रहेको यो एप्लीकेशनमा दर्ता भैसके पछी ११ बिपमा आफ्नै छुट्टै सर्कल निर्माण गर्नको लागी ट्वीटर , फेसबुक , भाईबर, ह्वाट्सएप तथा गुगल प्लसबाटई साथीहरु निम्त्याउन सकिन्छ । यदी फेसबुक, ट्वीटरकै साथीहरु सँग भेला पारेर कुराकानी गर्ने हो भने ११बिप किन चलाउने त भन्ने प्रश्नको जवाफमा बिमल भन्छन " ११बिप पनि फेसबुकहरु जस्तै सामाजिक सञ्जाल मोबाईल एप्लीकेशन हो तर यसले तपाईले बिगतमा गर्नु भएका कुराकानी तथा गतिवीधीलाई भविष्यको लागी नजिर बनाएर राख्दैन जसले तपाईलाई अपठ्यारो समेत पार्न सक्छ । ” एप्लीकेशको नाम  महत्वबारे प्रष्ट्याउदै महर्जन भन्छन – टेलिभिजन हेर्दा खेरि यदी केहि कुरा सेन्सर गर्नु पर्यो भने “बीप-बीप” आवाज दिए जस्तै यो एप्लीकेशको साहायताले एक अर्का संग गरिएका कुराकानीहरु (One-to-one conversation) गोप्य  राखिने हुनाले यो एप्लीकेशको नाम ११बिप राखीएको हो । "
यो लेख मिती 2070 माघ २५ गतेको धरानबाट निष्कने ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।