Sunday, May 18, 2014

बिटक्वाईनको प्रयोग

क्रिप्टोकरेन्सी भनिने बिटक्वाईन भैतिक रुपमा कुनै सिक्का (क्वाईन) वा कागजी नोट चाँही हैन तर पनि हिजोआज
यसलाई बैकल्पीक मुद्राको रुपमा प्रयोग गर्न थालिएको छ । ओपनसोर्स सफ्टवेयरको रुपमा बिकास भएको यो  मुद्राले ईन्टरनेटमा गेम खेल्न देखी लिएर केही अनलाईन स्टोरहरुमा खरिदारी सम्म गर्न सकिन्छ । यस मुद्राको प्रयोगमा अबलम्बन भएको प्रविधी र यसको स्वनियन्त्रीत मैद्रिक बिनिमय प्रणाली देखी सन्तुष्ट नभएका अमेरिका, चिन र केही युरोपियन देशहरुले यसको प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि यसको प्रयोग बढ्दो छ । यसो हुनुको मुख्यकारण यसको सहज प्रयोगविधी र हाल चलनचल्तीमा रहेका क्रेडिट तथा डेबिट कार्ड कम्पनीहरुले अनलाईन ट्रान्जेक्सन गर्दा लिने तुलनात्मक रुपले महङ्गो शुल्क रहेको छ ।

के हो बिटक्वाईन ?

यो एक प्रकारको ईलेक्ट्रोनिक मुद्रा हो । जसको नियन्त्रण कुनै एक ब्यक्ती, संस्था वा सरकारले नगरी ओपनसोर्स सफ्टवेयरको माध्यम बाट स्वनियन्त्रीत रुपमा भैरहेको हुन्छ । एक तथ्याङ्ग अनुसार हाल यसको प्रयोग  एकलाख भन्दा बढी प्रयोगकर्ता छन भने दैनिक लाखौको कारोबार भईरहेको हुन्छ ।  यसको बिकास ईन्टरनेटमा दुई पक्ष बिच आर्थिक लेनदेन  गरीदा मध्यस्तकर्ताको रुपमा रहेको कुनै बैक वा क्रेडिट / डेबिट कार्ड  कम्पनीले लिने महङ्गो शुल्कको बिकल्पमा रुपमा भएको हो । यसको प्रयोगबाट दुई प्रयोगकर्ताहरुले केही सेन्टको न्युनतम भुक्तानीमा हजारौ रुपयाँ आदान प्रदान गर्न सक्दछन । यसले पुरानोको ढर्राको तथ्याङ्क भण्डारण पद्दतीलाई कम्प्युटरले जसरी बिश्थापन गरेको थियो त्यही रुपमा परम्पतागत रुपमा हुने आर्थिक बिनिमयको शैलिलाई प्रतिस्थापन गर्ने बिकल्पको रुपमा लिईएको छ । यसलाई ओपनसोर्स सफ्टवेयरको रुपमा बिकास गरिएकोले ईन्टरनेटबाट कारोबार गर्ने जो कोहीलाई यसको प्रयोग गर्न सक्दछन । यसको बिकेन्द्रीत मैद्रिक निती अङ्गिकार गरेको छ । ईन्टरनेटमा यसको प्रयोगको बलियो पक्ष भनेको यसले अङ्गीकार गरेको क्रिप्टोग्राफ्री पद्दती हो । यसो गर्दा प्रयोगकर्ताले अनलाईन डाटा (मुद्राको कारोबार) ट्रान्सफर गर्दा सुरक्षीत रहने गर्दछ ।

कसरी हुन्छ यस मुद्राको निश्कासन ?

परम्परागतरुपमा गरीने मुद्राको निश्कासन भन्दा यसको तरिका फरक छ ।  यो मुद्रा निस्कासन गर्ने पद्दतीलाई माईनिङ्ग भनिन्छ । जसमा ईन्टरनेटको माध्यमबाट कठिन भन्दा कठिन गणितीय पजलहरु   समाधान गर्नुपर्ने हुन्छ । सुनखानी उत्खनन गरे जस्तै मेहनत कम्प्युटर प्रोग्रामको प्रयोग गरी बिट्क्वाईन उत्पान गर्नु पर्ने हुनाले यसलाई माईनिङ्ग भनिएको हो भनिन्छ ।  सिएनएनको वेबसाईटमा उलपब्ध एक रिपोर्टमा अनुसार औसत १० मिनेटमा २५ वटा बिटक्वाइन तयार गर्न सकिन्छ । माईनिङ्ग गरेर बिटक्वाईनको उत्पादन गरे पछी यसलाई वालेट भनिने डिटिजल स्टोरमा राखिन्छ भने बिभिन्न खरिदबिक्री वा आर्थिक बिनिमयको लागी एक अर्कामा ट्रान्सफर गरी यसको प्रयोग गरिन्छ ।

कहाँ पाईन्छ यो मुद्रा  ?

सोझो हिसाबले भन्नु पर्दा माईनिङ्ग गरेर नै बिटक्वाईन पाउन सकिन्छ तर सबैमा जटिल म्याथम्याटिलक पजल हल गर्ने सामर्थ्य नहुन सक्छ । यस्तोमा जसले माईनिङ्ग गरेर आफ्नो वालेटमा बिट्क्वाईन जम्मा गरेको छ त्यही सँग बिटक्वाईन लिन सकिन्छ । पेपाल , भिसा माष्टरकार्ड जस्ता वेबसाईटहरुले यसको बिश्वास्नीयता अस्तीत्व स्वीकार नगरी हालेकोले सोझै पेपाल वा क्रेडिट / डेबिट कार्ड बाट भुक्तानी गरी यसको खरिद गर्न सकिदैन । कुने तेस्रो बस्तुको खरिदबिक्रीको बाहानामा यसको लेनदेन गर्न सकिन्छ ।  ईन्टरनेमा बाई बिटक्वाईन भनेर सर्च गर्नु भयो  भने मनग्यौ बिकल्पहरु भेट्नु हुन्छ । नेपालमा यसको प्रयोग र बिनिमय भएको उतिसारो देखिदैन ।

यसको प्रयोगमा के समस्या छ त ?

नेपालमा आर्थिक कारोबार गर्ने बैकहरुले आफ्ना ग्राहकहरुको पहिचारको लागी तिनपुस्ते बिबरण माग्ने र विश्वभरीमा लगभग यस्तै किसिमको कडाई रहीरहेको अवश्थमा बिटक्वाईनले प्रयोगकर्ताको बैयक्तिक बिबरण संकलन गरी चाहेको बखत जो कोहीलाई उपलब्ध गराउनुको सट्ट छद्म नाम बाट पनि कारोबार गर्न सक्ने अवश्था रहनु नै यसको कानुनी प्रयोगमा देखिएको ब्यबधान हो । नेपाल राष्ट्रबैकले जारी गरेको आर्थिक बिनियम अनुसार यसको प्रयोग नेपालको कानुन प्रतिकुल छ । तर केही देशहरुले कानुनि रुपमा यसको प्रयोग अस्वीकार गरेको भएता पनि यसको बिटक्वाईन बिरुद्दनै कुनै पनि किसीमका कानुनी कारवाही अगाडी बढाएका छैनन । यसैले बिटक्वाईनका पक्षमा रहेका बिश्लेशकहरु नितीनिर्माता तहमा रहेका ब्यक्तीहरुले बिटक्वाईनको उपदयेता नबुझेका हुन नत्र यसमा केही समस्या छैन भन्ने गरेका छन ।