Friday, May 23, 2014

सर्चट्रेन्ड को प्रभाव

हिजो भारतियहरु भर्खरै सम्पन्न आम निर्वाचनको नतिजा बुझ्नको लागी एनडिटिभी, टाईम्स अफ ईन्डीया , एबिपि न्युज, टाईम्स नाउ लगायतका भारतीय  टेलिभिजनका अफिसियल वेबसाईटहरुको इन्टरनेटमा सर्च गरी रहदाँ जर्मनहरु ईङ्गलीस प्रिमियर लिगको रेलिगेसनमा पर्ने टिमहरुको इन्टरनेटमा सर्च गरिरहेका थिए । त्यतीनै बेला अफ्रिकन राष्ट्र नाईजेरियनहरुले फेसबुकको फोटो एडिटिङ्ग एप्लीकेशन ईन्ष्ट्राग्राम बारेमा सर्च गरिरहेको देखियो भने हेर्दा हेर्दै उत्तर अमेरिकन राष्ट्रहरूमा युट्युबलाई गुगलमा खोजी गरिएको देखियो ।



प्रसिद्ध सर्च ईन्जीन गुगलमा तपाईँले केही सर्च गर्नु पर्दा मात्र एउटा किवर्ड प्रयोग गर्नु हुन्छ तर गुगलले तपाईँको कम्प्युटरबाट अन्य कतिपय कुराहरूको सङ्कलन गरीसकेको हुन्छ । यसो भन्नाले तपाइका कम्पयुटरमा सङ्ग्रह भएर रहेका फाईलहरु पनि पर्दछन भन्ने चाही हैन । तपाईँले प्रयोग गर्ने इन्टरनेटको माध्यमबाट तपाईँ रहेको 'स्थान' तपाईँले सर्च गरिरहेका किवर्डहरुको आधारमा तपाईँको 'रुचि' आदी कुरालाई गुगलले आफ्नो डाटाबेसमा भण्डारण गर्ने गर्दछ ।   व्यक्तिगत सुरक्षाको बारेमा सङ्कुचित भएर सोच्ने हो भने तपाईँलाई यो निको नलाग्न सक्छ तर यस्तै किसिमको तथ्याङ्गको आधारमा विश्वब्यापी जनमत र प्रभावक्षेत्रको विश्लेषण गरिन्छ ।  जसको प्रभाव रणनैतिक रूपमा इन्टरनेटबाट खरिद बिक्री गरिने ईकमर्स वेबसाईटहरुमा पनि पदर्छ । तुलनात्मक रूपमा नगण्य भएकोले हुन सक्छ हाम्रो देशका इन्टरनेट प्रयोगकर्ताहरुको खोजलाई गुगलले महत्वका साथ गणना गर्दैन तर अमेरिका , चिन लगायतका देशहरूको प्रयोगकर्ताहरुको खोजले अमेरिकी शेयरबजारमा समेत प्रभाव पारिरहेको हुन्छ ।

गुगल ट्रेन्ड : गुगलमा खोजी गरिएका शब्दहरूलाई कुनै निश्चित स्थानबाट त्यस अवधिमा खोज गरिएका अन्य शब्दहरुसँग तुलना गरेर गुगल ट्रेन्ड निर्धारण गरिन्छ । उदारणको लागी सन २०१३ मा नेपालबाट खोजी गरिएका कुनै किवर्डहरुलाई यसै अवधि र क्षेत्रबाट सर्च गरिने अन्य किवर्डको प्रतिशतको तुलना गरी यहाँको गुगल सर्च ट्रेन्ड निर्धारण गरिन्छ । गुगल ट्रेन्ड जस्ता सर्च एनालाजर सर्भिसहरुले सानो सङ्ख्यामा खोजी गरिएका अन्य महत्वपुर्ण विषयवस्तुलाई ओझेलमा पार्ने गर्दछ । विशेशत: गुगलले सर्च ट्रेन्ड विश्लेषण गर्ने क्रममा एकै स्थान र समयमा एकै प्रयोगकर्ताले गरेका डुप्लीकेट सर्चहरुलाई गणना गर्दैन । जसको कारणले नियतबस गरिने सर्चहरुले सर्च ट्रेन्डलाई असर गर्दैन । यसै कारणले पनि इन्टरनेट बजारमा गुगल ट्रेन्डलाई विश्वासको साथ ग्रहण गरिन्छ ।

गाँस बास र कपासको लागी सघर्ष गरिरहेका सर्वसाधरणलाई इन्टरनेटमा के भइरहेको छ भन्ने खासै मतलब हुने कुरा हुदैन तर बिलासिताको सामान प्रयोग गर्ने प्रयोगकर्ताहरुले रुचाएको विषय बस्तुले विश्वब्यापी रूपमा अर्थशास्त्रीय प्रभाव पारिरहेको हुन्छ । त्यस्ता वस्तुहरूको बिश्वब्यापी माग त्यतै बाट निर्धारण हुने गर्दछ भने आपुर्तिकर्ताले त्यहीकुरालाई मध्यनजर गरेर आफ्नो बस्तुको बजार मूल्य निर्धारण गरिरहेको हुन्छ । उदारणको लागी एप्पलको आईफोन होस वा सामसुङ्गको ग्यालेक्सी ब्राण्डका मोबाइल हुन । त्यसको बजार एक किसिमले ईन्टरनेटमानै निर्धारण भैरहेको हुन्छ । जसको प्रभाव इन्टरनेटको प्रयोग खासै नगर्ने प्रयोगकर्ताहरुमा समेत पर्दछ ।

युरोप अमेरिका लगायत कतिपय विकसित देशहरूमा हुने अनलाइन सपिङ्गले समेत त्यहाँको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको छ । अझ आजभोली अनलाइन सपिङ्गको प्रयोगहुने देशहरूमा बस्तुलाई छोएर हैन हेरेर खरिद गर्ने गरिन्छ । इन्टरनेटमा नै सामान खरिद गर्ने बानी परेका प्रयोगकर्ताहरुको बस्तुलाई छोएर खरिद गर्ने निर्णय नगर्न नपाउदा पिडा गुगल , याहु, विङ्ग जस्ता चलन चल्तीका वेबसाईटहरुमा ती वस्तुहरूको बारेमा सर्च गरेर अन्य उपभोक्ताहरुको राय बुझ्ने गर्दछन ।  दैनिक उपभोगका सामग्रीहरुमा त इन्टरनेट ईन्ट्रेस्टको सोझो प्रभाव देखिएको पाईन्न तर बिलासिताको समानहरुको बजार जहाँ निर्धारणहुन्छ आपुर्तिकर्ताले मुल्यपनि त्यसैलाई आधार मानेर गरिरहेको देखिन्छ ।
यो लेख मिति २०७१ जेठ ४ गते आईतबारको ब्लाष्ट टाईम्समा प्रकाशित भएको थियो ।