Sunday, May 18, 2014

सामाजिक सञ्जाल वेबसाईटहरु माथी प्रतिबन्धको जालो

देशको आधा भाग एसिया र आधा भाग युरोपमा परेकोले युरोसियन भनिने टर्कीमा गत बिहीबार प्रसिद्द भिडीयो सेयरिङ्ग
वेबसाईट युट्युब माथी प्रतिबन्ध लगाईयो । त्यहाँ सामाजिक सञ्जाल वेबसाईटहरु माथी नियन्त्रणको प्रयास गरीएको यो पहिलो पटकको घटना भने थिएन । युट्युब माथी प्रतिबन्ध लगाउनु एक हप्ता अगाडी त्यहाँ ट्वीटर माथी प्रतिबन्ध लगाईएको थियो । ट्वीटरको प्रयोग गरी कुनै एक प्रयोगकर्ताले त्यहाँका प्रधानमन्त्रीले भ्रष्ट्रचार गरेको आरोप लगाउनु र युट्युबमा बरिष्ठ सरकारी कर्मचारीहरुले छिमेकी सिरीया बिरुद्दको बार्तालापलाई भिडीयो मार्फत फैलिनुलाई प्रतिबन्धको कारण बताईएको छ । भलै , ति सामग्री ट्वीटर र युट्युब आफैले उत्पाउन गरेका आधिकारीक सामग्री भन्दा पनि ती वेबसाईटहरुको सर्तनामा मञ्जुर गरी दर्ता भएका प्रयोगकर्ताले प्रसारण गरेका थिए । उता त्यहाँका बरिष्ठ सरकारी अधिकारीहरुले आसन्न निर्वाचन लाई मध्यनजर गर्दै यस किसीमको कदम उठाईएको बताएका छन भने बिश्वभरी यसलाई “अभिब्यक्ती स्वतान्त्रको बिरुद्दको कदम” भनेर आलोचना गरिएको छ ।

ईन्टरनेट वा समाजिक सञ्जाल वेबसाईटमा प्रसारण भएको सामग्री आफ्नो देशको निती प्रतिकुल भएको भनेर यस किसीमको प्रतिबन्ध लगाउने टर्की एक मात्र देश भने हैन । यस अगाडी नै चिन, पाकिस्तान, ईरान, उत्तर कोरीया, भियतनाम र ईरेटिया आदि देशहरुले फेसबुक , युट्युब , ट्वीटर आदी माथी प्रतिबन्ध लगाएका छन । यसै बाहेक कुनै राष्ट्रले उल्लेखीत वेबसाईटहरुबाट कुनै पनि सामग्री हेर्न नमिल्ने गरी पुरा वेबसाईट नै प्रतिबन्ध लगाएका छन भने केहीले आंशिक सामग्रीमाथी प्रतिबन्ध लगाएका छन ।

गत वर्ष चिनिया सरकारले सामाजिक सञ्जालले सांघाईमा बिदेशी वेबसाईटहरु माथीको सेन्सरसिप हटाउने बताएको भए ता पनि देशका अधिकांस भागमा नाम चलेका सामाजिक सञ्जाल वेबसाईटहरु चल्दैनन । केहीले गैरकानुनी रुपमा थर्डपार्टी सफ्टवेयर प्रयोग गरेर यस्ता वेबसाईटहरु एक्सेस गर्ने गरेको भए ता पनि सन २००९ नै देखिनै चिनमा फेसबुक, ट्वीटर , युट्युब प्रतिबन्धीत छ ।

उत्तर कोरीयामा ईन्टरनेट सेन्सरसिपमा कडाई गरीएको छ भने ईरानमा फेसबुक र ट्वीटरलाई सन २००९ देखी नै प्रतिबन्ध लगाउन थालिएको हो भने युट्युबको पनि यहाँ नियमित रुपमा चल्दैन । ईस्लाम बिरोधी सामग्री हटाउन बाराम्बार गरिएको प्रयासलाई युट्युबले आनाकानी गरे पछी २०१२ देखी अर्को मुस्लीमराष्ट्र पाकीस्तानमा पनि युट्युब माथी प्रतिबन्ध लगाईएको छ । गुगलको ट्रान्परेन्सी रिपोर्ट अनुसार सन २०१२ सेप्टेम्बर १२ देखि हालसम्म पनि पाकिस्तानबाट कुनै ईन्टरनेट ट्राफिक नोट गरीएको छैन । गुगलले आफ्ना उत्पादनहरु माथी प्रतिबन्ध लगाउने देशहरुमा टर्की , पाकीस्तान, चिन र ईरान रहेको बताएको छ । सबभन्दा रमाईलो कुरा त के छ भने हम्मेसी नेपाली प्रयोगकर्ताहरुले प्रयोग नगर्ने गुगल साईटस भन्ने गुगलको एक उत्पादनलाई टर्कि र चिनमा बर्षै देखी प्रतिबन्ध लगाईएको छ । भियतनाममा पनि बिगत केही वर्ष देखी निर्वाध फेसबुक चलाउन पाईदैन । यहाँको सरकारले गत वर्ष सरकार बिरोधी सामग्री राख्ने सामाजिक सञ्जाल वेबसाईटहरु माथी प्रतिबन्ध लगाउन सकिने कानुन नै पारित गरेको थियो ।

माथी उल्लेखीत देशहरु हाकाहाकी राज्यको निती प्रतिकुलको सामग्री भनेर सामाजिक सञ्जाल माथी प्रतिबन्ध लगाउने वेबसाईटहरु हुन । केही समय वा केही निश्चीत सामग्रीमाथी नियन्त्रण राख्न खोज्ने देशहरु धेरैछन । हाम्रो देश नेपालकै कुरा गर्ने हो भने केही समयका लागी भए पनि झण्डै एक दशक अगाडीको शाही शासन कालमा ईन्टरनेट तथा छापा मा राज्यको अंकुश थियो । बंगलादेशले पहिलो पटक सन २००९ मा चार दिनको लागी सुरक्षा सँग सरकारी अधिकारीहरुबारे भ्रम फैलाउने सामग्री राखेको भन्दै युट्युबमा प्रतिबन्ध लगाएको थियो भने सन २०१२ र २०१३ ईस्लाम बिरोधी रामग्री राखेको बाहानामा अलि लामै समय त्यसमाथी माथी प्रतिबन्ध लगाईएको थियो । तान्जनियाका राष्ट्रपतिले नाचेको भिडीयो नहटाएको बाहानामा तान्जनियामा पनि युट्युब झण्डै एक बर्ष प्रतिदन्ध भएको थियो । झण्डै दुई बर्ष लिबीयाले युट्युब माथी सर्वसाधरणलाई भड्काउने सामग्री राखेको बाहानमा प्रतिबन्द लगाएको थियो । सिरीयाले फेसबुक र युट्युबलाई झण्डै तिन बर्ष प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जाल वेबसाईट नियन्त्रण गर्ने सबै जस्तो देशहरुको बाहाना एकै हुने गरेको छ – आफ्नो देशका निती प्रतिकुल तथा आफ्ना जनताहरुलाई उत्तेजित तथा दिगभ्रमीत पार्ने सामग्री राखेको ! यो यही बाहानामा अफगाननिस्तानले पनि युट्युब बन्द गरेको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।