बिल गेट्स, सेर्गे ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग आदी यस्ता नाम हुन जो बिगत केही वर्षदेखी विश्वभरीका धनाढ्यहरुको सुची तयार गर्ने फोर्ब्स पत्रिकाको उपल्लो सुचीबाट बाहीरिएका छैनन । अझ बिगत चार वर्षदेखी दोस्रो नम्बरमा रहेका बिल गेट्स त यस वर्ष पहिलो नम्बरमा उकालो चढे । उनि पहिले पनि धनाढ्यहरुको सुचीमा पहिलो नम्बरमा थिए र फेरी त्यही स्थानमा पुगे । माईक्रोसफ्टका बिल गेट्सको प्रमुख आयस्रोत सफ्टवेयर हो । अर्का धनाढ्य मार्क जुकरवर्ग को सम्पतीको स्रोत फेसबुक हो । सेर्गे ब्रिन र ल्यारी पेजले चाँही गुगलबाट यस्तो बिघ्न सम्पती कमाएका हुन । गुगलमा सर्च गर्दा वा त्यसबाट आफुले खोजेको नतिजा हात पार्दा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । हो त्यही सर्च ईन्जीनबाट संस्थापकहरुले आर्जन गरी विश्वभरीका प्रमुझ १० धनाढ्यहरुको सुचीमा परेका छन ।
प्रयोगकर्ताको सर्च रिजल्ट पेजको उपल्लो स्थान र दाँया तर्फ बिज्ञापन राखेर मात्र गुगलले आफ्नो आम्दानीको ६२ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्ने गर्दछ । गुगलका अतिरिक्त यस कम्पनीका अन्य वेबसाईटहरु पनि छन जसबाट गुगले आय आर्जन गर्ने गर्दछ । गुगल नेटवर्कका अन्य वेबसाईटहरु गुगल एडवर्ड, गुगल एडसेन्स ,गुगल एप्स आदी यस्ता केही गुगल उत्पादनहरु हुन जसबाट गुगलले आय आर्जन गर्ने गर्दछ । जस्तो कि गुगल एडवर्ड बाट यसका प्रयोगकर्ताहरुले आफ्नो उत्पादनको बिज्ञापन गर्न सक्दछन भने गुगल एप्सबाट गुगलको केही उत्पादनहरुलाई पर्सनलाईज्ड गरी प्रयोग गर्न दिन्छ । यसैबाट गुगलले पैसा कमाउने गर्दछ । उदारणको लागी गुगलले सर्वसाधरण प्रयोगकर्ताहरुलाई जिमेल निशुल्क चलाउन दिए पनि ठुलाठुला कम्पनीहरुलाई उनिहरुको ईच्छाअनुसार जिमेल लगायतका उसका अन्य केही उत्पादन परिमार्जन गरी प्रयोग गर्न दिन्छ र यसै बाट पैसा कमाउने गर्दछ । गुगलको कुल आम्दानीमा गुगल नेटवर्कका माथी उल्लेखित लगायत अन्य वेबसाईटहरुको हिस्सा २१ प्रतिशत छ । हालसालमा गुगलले खरिद गरेका अन्य उत्पादनले पनि गुगललाई राम्रै आम्दानी दिईरहेको छ । उदारणको रुपमा गुगलले मोबाईल बानाउने कम्पनी मोटरोला किनेर यसैबाट आफ्नो आम्दानीको ८ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।
सफ्टवेयर बजारमा माईक्रोसफ्टको एकलौटी बजार बिल गेटसको प्रमुख सम्पतीको स्रोत हो । बिल गेटको सम्पतीको कुरा हुने बित्तिकै हामीले सम्झीने गरेको विन्डोज अपरेटिङ्ग सिस्टम र यसैमा निहित रहेर सञ्चालन हुने अन्य अफिस प्याकेज प्रयोग्रामहरु मात्र उनको सम्पतीको स्रोत हैन । यसको लाईसेन्स बिक्रीबाट प्राप्त हुने रकमले त माईक्रोसप्टको कुल आम्दानीको ४७ प्रतिशत स्थान मात्र ओगटेको छ । सफ्टवेयर ब्रिकी पश्चात प्रयोगकर्ताहरुलाई प्रदान गर्ने कर्पोरेट सपोर्टबाट पनि माईक्रोसप्टले आम्दानी गर्ने गर्दछ । पछिल्लो चरणमा माईक्रोसफ्टले हात हालेको हार्डवेयर सर्भिसले पनि यसलाई राम्रै मुनाफा दिईहरेको छ । माईक्रोसफ्टको एक्सबक्स गेमिङ्ग कन्सोल र नोकियाको ब्यापार केही यस्ता उदारणहरु हुन जसले यसलाई हार्डवेयरको क्षेत्रमा यसको आम्दानीको १४ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।
स्टीभ जब्सको निधन हुनुपुर्वनै यसका आलोचकहरु समेत जब्सको आयुको बारेमा यकिन गर्न सकिन्न तर एप्पलको चाही लामो छ भन्थे । नभन्दै जब्सको मिहनतले अदितिय स्थान ओगेटको भनिने एप्पलले अझै पनि आफ्नो स्थानबाट डगमगाउनु परेको छैन । प्रयोगकर्ताको जिवनशैलीमा एप्पलका उत्पादनहरु यसरी भिजेका छन कि कसैले यसको बजार बिश्थापन गर्ने सोच्न पनि नसकिने अवश्था छ । यसको कारणको रुपमा यसको बजार रणनितीलाई पनि लिन सकिन्छ । जस्तो कि एप्पलले न अरु कसैले बनाई दिएको हार्डवेयरमा आफ्नो सप्टवेयर ईन्सटल गर्ने अनुमती दिन्छ न आफ्नो सफ्टवेयर कसैको हार्डवेयरमा जडान हुन सक्ने बनाउछ । आईफोन, आईप्याड, आईपोड, म्याकबुक, आईट्युन एप्पलका यस्ता उत्पादनहरु हुन जसमा हार्डवेयर र सफ्टवेयर दुबै उसैका मात्र लाग्छन । एप्पलको आईफोनको बजार ठुलो र एकलौटी जस्तो छ तर पनि यसले कम्पनीलाई आम्दानीको ५५ प्रतिशत हिस्सा मात्र दिईरहेको छ । ट्याबलेट कम्प्युटरलाई एप्पलले आईप्याड नाम दिएर बिक्री गर्यो जसले कम्पनीलाई आम्दानीको १८ प्रतिशत हिस्सा दिलाई रहेको छ ।
नेपालका सर्वसाधरण प्रयोगकर्ताको पँहुच भन्दा अलि माथी रहेको म्याकबुक एप्पलले निकालेको ल्यापटप कम्युटर हो । जसलाई नेपालमा किन्दा अन्यको तुलनामा तिन चार गुना बढी मुल्य भुक्तान गर्नु प्रर्दछ यसको पनि विश्वबजारमा राम्रो स्थान छ । कम्पनीलाई यसैले मात्र १३ प्रतिशत भन्दा बढी मुनाफा दिलाई रहेको छ भनिन्छ ।

No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।