Sunday, June 22, 2014

इन्टरनेटको सट्टाबजार

अप्रत्यासित नजिता ब्यहोरेर स्पेन र ईङ्गल्याण्ड चालु विश्वकप प्रतियोगिता बाट बाहिरिदै गर्दा आउने मङ्गलवार राती हुने ब्राजिल र क्यामरुनको खेलमा ब्राजिल पनि क्यारुन सँग हार्यो भने के होला ? इन्टरनेट सट्टाबजारमा क्यामरुनको तर्फबाट बाजी थाप्नेहरुले १ डलर बराबर २१ अमेरिकी डलर प्राप्त गर्छन् । क्यामरुनले हार्छ भनेर बाजी थाप्नेहरुले १० डलर बराबर १२ डलर प्राप्त गर्दछन भने दुवैको अस्तित्व स्वाकार्नेहरुले खेल बराबरीमा रोकिन्छ भनेर बाजी थाप्ने हो भने १ डलर बराबर झन्डै १० डलर प्राप्त गर्दछन । यो दरभाउ इन्टरनेटमा कुनै खेलको नतिजा पुर्वानुमान गरेर बाजी थापे बापत दिइने  रकम हो । प्लानेटअफबेट्स डट कम, बेटथ्रिसिक्सफाईभ डट कम , बिविन डट कम जस्ता वेबसाईटहरुमा अमेरिकी डलर बोलकबोल गरी बाजी थाप्नेहरुमा नेपालीहरू पनि कम छैनन् । नेपालको कानुन अनुसार ठाडै अवैध मानिएको यस प्रकारको इन्टरनेटबाट गरिने सट्टबजारीमा लगानी गर्नलाई सोझो र सजिलो बाटो छैन र पनि यसको चस्का पाईसकेका खेलप्रेमीहरुलाई यसले रोक्न सकेको छैन ।

नेपाल राष्ट्रबैकको प्रावधान अनुसार अमेरिकी डलरमा आम्दानी गर्ने कानुनी बाटो नभएकाहरुलाई इन्टरनेटबाट ट्रान्जेक्सन गर्न मिल्ने विदेशी रुपयाँको डेबिट तथा क्रेडिट कार्ड पाउन सम्भव छैन । भारतमै पनि लम्बेतान कानुनी प्रक्रिया पुरा गरेर मात्र त्यहाका नागरिकहरूले त्यसप्रकारको कार्ड प्राप्त गर्दछन । कार्ड प्राप्तगरेकाहरुको पनि त्यहाँको केन्द्रीय बैकले सूक्ष्म निगरानी गरिरहेको हुन्छ । यसो बिचार गर्दा नेपालीहरूको अनलाइन ट्रान्जेक्सनमा कुनै पहुँच नहुनु पर्ने हो । तर अहिले अवस्था त्यस्तो छैन । माथि उल्लिखित कतिपय वेबसाईटहरुले नेपालीहरूले ट्रान्सजेक्सन गर्न  सक्ने  पेपाल , स्क्रील जस्ता अनलाइन पेमेन्ट गेटवेमा सम्मानजन स्थान बनाएका वेबसाईटहरुलाई नेपालीको तर्फबाट डिपोजिट गर्न नमिल्ने बनाएको भए ता पनि तिनै वेवसाईटहरुमा लगानी रोकिएको छैन । खेल र सट्टेबाजीको नशामा डुबिसकेका हरू लगानी गरिहरहेका छन् ।

कसरी लगानी गर्छन् त नेपालीहरूले ? नेपालमा इन्टरनेटमा हुने सबै प्रकारका गतिविधीहरुलाई समेट्ने साईबर कानुन नबनिसकेको अव्श्थामा कुनै व्यक्तिले नेपालकै कुनै बैकमा रहेको रकम सोझै सट्टबजारीमा लगानी गर्न त सम्भव छैन तर नेपालमै बसेर डलर आय आर्जनगर्नेहरुको रकम बिचैमा अवैध तरिकाले यसमा लगानी भैरहेको देखिन्छ  ।  इन्टरनेट मार्फत बिदेशीहरुको लागी विभिन्न प्रकारका काम गरी दिएर डलर कमाउने कतिपयहरुनै यस प्रकारको लगानीका श्रोत हुन ।  यसबाहेक विदेशमा रहेका आफ्न्तहरुले बनाए दिएको अनलाइन ट्रान्जेक्सन गर्न मिल्ने डेबिट कार्ड होल्डरहरुले पनि नेपाल राष्ट्रबैकले तोके भन्दा बढी दररेटमा तिनीहरुबाट डलर खरिद किनबेच गर्ने गर्दछन । यसरी किनएको डलरलाई ओकेपे, फर्फेक्टमनि , ईगोपे जस्ता अनलाइन पेमेन्ट गेटवेको माध्यमबाट बेटिङ्ग वेबसाईटहरुमा लगानी गर्ने गरीन्छन ।  कसैले कुनै खेलमा जितेपछि हौसिएर गरिएको थप लगानीले सबै रकम गुमाउछन भने कसैले तिनै पेमेन्ट गेटवेबाट एक खाताबाट अर्को खातामा फण्ड ट्रान्सफर गरी नेपाली रुपयाँमा भुक्तानी लिने गर्दछन ।

कहाँ कहाँ लगानी भैरहेको छ ? बेटथ्रिसिक्सफाईभ, बिविन, प्लानेटअपबेट्स, कोरल, स्काईबेट, विलियम हिल, बोभाडा आदी अनलानई बेटिङ्ग को लागि विश्वभरिमा नाम कमाएका वेबसाईटहरु हुन । जसमध्येमा कतिपय इन्टरनेटबाट गरिने यस प्रकारका कारोबारहरुलाइ कानुनी मान्यता दिएका देशहरुबाट सञ्चालन भैरहेका छन् ।  दर्ता भएको स्थानको स्थानीय कानुनको पूर्ण पालना गरी सञ्चालन भएका बेटथ्रिसिक्सफाईभ , बिविन डट कम जस्ता वेबसाईटहरुमा नेपालमा यस प्रकारको गतिविधि अवैध हो भन्न स्वीकार्दै नेपालीहरूलाई सोझो हिसाबले दर्ता भएर बाजी थाप्न दिदैन । प्लानेटअफबेट्स जस्ता विभिन्न देशका स्थानीय नियम कानुनको तुलनात्मक रूपले कम ख्याल गर्ने बेवसाईटहरु नेपालीहरूको अनलाइन बेटिङ्ग गन्तब्य स्थान हो ।

नेपालको अवस्था के छ ? कानुनको अभावमा इन्टरनेटबाट विदेशमा भुक्तानी गर्न मात्र हैन इन्टरनेटबाट बिदेशीहरुको विभिन्न काम गरी भुक्तानी लिनको लागी सरकारले सजिलो उपया नसुझाएकोले नेपालमा बसेर बिदेशीहरुको काम गरी कमाएको रकम यस प्रकारले अवैध कामकाजमा खर्च हुने गरेको हो । वर्तमान कानुन अनुसार अनलाइन पेमेन्ट त सम्भवव छैन छैन कमाएको पैसालाई पनि वायर ट्रान्सफर गरी बैकमा झिकाउने कानुन लिएर बसेका हामीहरुलाई बिदेशीहरु त्यस प्रकारको झन्झट ब्यहोरेर भुक्तान गर्न तयार छैनन् र अनलाइन पेमेन्ट गेटवे मार्फत हुने भुक्तानीहरुलाई केहीले चलनचल्तीको रेटमा केही बढाएर यस्तै कामको लागी बिक्री गर्ने गर्दछन ।

र अन्तमा , नेपालमा यसप्रकारको अनलाइन सट्टेबाजी रोक्ने हो भने सबभन्दा पहिले कानुन बनाएर वर्तमान विश्वपरिप्रेक्ष्यको ख्याल गर्दै नेपालमा इन्टरनेटबाट गरिने ट्रान्जेक्सनलाई ब्यब्श्थीत गर्नु जरुरी छ । मनि लाउन्ड्रीको बाहानमा पुरा विश्वनै आर्थिक गतिविधिमा चनाखो बन्दै गरेको अवस्थामा ह्वात्तै इन्टरनेट मार्फत गरिएका बैध कामहरुमा बापत हुने  अनलाइन ट्रान्जेक्सन खुल्ला छोड्न त सम्भव नहोला तर निश्चित कानुनी प्रक्रिया पुर्याएर एउटा सीमा सम्मा छुट दिने हो भने यसकारले यसबाटै उल्टै राजश्व उठाउन सक्छ । नेपालमै पनि इन्टरनेटबाट काम गरी महिनाको हजारौँ कमाउनेहरु उल्लेखनीय छन् ।