Sunday, August 3, 2014

मृत्युपर्यन्त सामाजिक सञ्जाल वेबसाईटका खाता

विश्वकै जीवित व्यक्तिहरूको विद्यमान औसत आयु र मृत्युदरलाई आधार मानेर वेबपेजएफएक्स डट कम नामक वेबसाइटले गरेको अनुसन्धान अनुसार चर्चित सामाजिक सञ्जाल वेबसाइट फेसबुकका प्रयोगकर्ताहरूको यही अनुपातमा बढ्दै जाने हो भने सन 2130 मा आई पुग्दा त्यसमा जीवित र मृतक प्रयोगकर्ताहरूको सङ्ख्या बराबर हुनेछ । प्रयोगकर्ताहरूको फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुको प्रतिको मोहभङ्ग र यसका बैकल्पीक वेबसाइटहरूको आगमनलाई मनन गरेर यसको बृदीदर घट्ने अनुमान गर्ने हो भने पनि अबको ५० वर्ष पछि यसका जीवित र मृतक प्रयोगकर्ताहरूको सङ्ख्या बराबर हुनेछ । यो तथ्य सार्वजनिक भैरहदाँ मृत्युपर्यन्त ट्वीटर, गुगल, फेसबुक आदी चर्चित सामाजिक सञ्जाल वेबसाईटहरुमा भएको मृतकको खाता के होला भन्ने चासो सुरु भएको छ ।

माथि उल्लिखित वेबसाईटहरुको खाता मृत्युपर्यन्त के होला भन्ने बहस गर्नु भन्दा पहिले ती वेबसाइटहरूमा कुन अवस्थामा खाता निस्कृय हुन्छ भन्ने बुझ्नु जरुरी छ । जस्तो कि तपाइले ट्वीटरमा खाता खोलेर ६ महिना सम्म एक पटक पनि लगईन गर्नु भएन भने ट्वीटरले त्यसलाई आफै निस्कृय गरिदिन्छ र त्यसलाई पुन सक्रिय पार्न त्यसका केही प्रक्रियाहरू पुरा गर्नु पर्दछ । ९ महिना सम्म गुगल खाता एक पटक पनि चलाएन भने त्यो पनि निस्क्रीय हुन्छ भने यता फेसबुक खाता आफै निस्कृय त हुदैन तर लामो समय सम्म नचलाएको खाता कसैले मृतक भनी रिपोर्ट गरी दिए त्यो खाता निस्कृयताको प्रक्रियामा जान्छ ।


तर यसो भन्दै मा मृतकको फेसबुक खाता प्रयोगमा आउनै सक्दैन भन्ने चाही हैन । यदि कुनै प्रयोगकर्ताले मृतकको नजिकको नातेदार भएको प्रमाण पेस गरेमा वा प्रयोगकर्ताले जीवित छदै आफ्नो खाताको हकवाला तोकेको खण्डमा उसको खातामा रहेका सामाजिक गतिविधिमा अरूले पहुँच पाउछ तर अन्य साधारण खातामा भएको जस्तो सबै सुविधा प्रयोग गर्न सक्दैन । मृतकको फेसबुक खाताको प्राईभेसी सेटिङ्ग अपरिवर्तनीय हुन्छ भने त्यसमा भएका फ्रेण्डका सङ्ख्या घटाउन तथा बढाउन सकिदैन । खासमा जीवित व्यक्तिकै पनि फेसबुक खाता पेज र प्रोफाईल भनेर बर्गिकरण गरी त्यसका फिचरहरुमा केही फरक गरीएझै मृतकको खातालाई मेमोरियल भन्ने नाम दिई त्यसमा भित्रका फिचरहरुको पँहुचमा सिमितता प्रदान गरिन्छ ।

फेसबुक र ट्वीटरको नीति मृत्युपर्यन्त त्यसमा भएका सामाग्री हस्तान्तर गर्ने प्रक्रिया लगभग समान नै छ तर गुगलले चाही सबै अवस्थामा यसै गर्छौ भनेर ठोकुवा गरेको छैन । धेरै कम अवस्थामा मात्र हामी हाम्रा प्रयोगकर्ताहरूको खातामा भएका सामग्रीहरू आधिकारिकताको प्रमाण हेरी निजको हकवालालाई हस्तान्तरण गर्दछौ - गुगलले आफ्नो नीति मा प्रस्ट लेखेको छ । यद्दपी गुगलले मात्र कुन कुन  अवशथामा आफ्नो खाता निस्कृय भएको मान्ने भने प्रयोगकर्ता स्वयंमले घोषणा गर्ने गरी “ईन्एक्टीभ अकाउन्ट मेनेजर” भन्ने सेवा प्रयोगमा ल्याएको जुन काम अरू कसैले गरेको छैन ।

गुगलले जस्तै माईक्रोसफ्टले आफ्नो इमेल सेवामा आधिकारिकता प्रमाणित भएर उचित सम्झेको अवस्थामा मृतकको हकवालालाइ उसको खातामा पँहुच दिन्छ तर याहुले यो व्यवस्था अङ्गीकार  गरेको छैन । यद्दपी सन २००५ मा एक अमेरिकन अदालतले याहुलाई एक मृतकको खाता निजको हकवालालाई हस्तान्तरण गर्न आदेश दिएको खबर आएको थियो तर उसले यस सम्बन्धी नीति हालसम्म परिमार्जन गरेको छैन । ड्रपबक्स डटकम ले पनि याहुले जस्तै उसको वेबसाईटमा भएको कुनै मृतकको सामग्रीमा अरूलाई पहुँच दिदैन ।

अन्य सामाजिक सञ्जाल वेबसाईटहरुको भन्दा विकिपिडियाको मृतकको खाता सम्बन्धी नीति रमाइलो छ । विकिपेडियाको कुनै प्रयोगकर्ताले सयौको सङ्ख्यामा विकिपेजहरुको निर्माण गरेको छ वा कुनै विषयको विज्ञ भनेर विकिपिडियाको नीति अनुसार सार्वजनिक परिचय पाएको छ भने निजले निर्माण गरेको विकिपेज सधैको लागी सम्पादन गर्न नसकिने बनाईन्छ । विकिपेजको बिसेशताने कुनै पनि पेजलाई सम्पादन गर्न सक्ने बनाईनु भए ता पनि लेखकको सम्मानमा विकिले यसो गर्ने गरेको भनिन्छ ।

माथि उल्लिखित वेबसाईटहरुको बिध्यमान नीति अनुसार मृतकको खातामा दिए अनुसारको व्यवस्था भए ता पनि व्यक्तिको अधिकारको संवेदनशील मानिएका राष्ट्रहरूको अदालतले गरेको आदेशले त्यसमा समयानुकुल परिमार्जन हुने गरेका छन् ।