Sunday, September 21, 2014

तरकारी देखी म:म सम्म इन्टरनेटबाट

सूचना प्रविधिको विश्वब्यापी विकास सँगै नेपालमा पनि पछिल्लो समयमा आएर उल्लेखनीय प्रगति भएको देखिन्छ । जस्तो कि बिध्युत र ढुक्कको इन्टरनेट सेवाको अभाव बिच पनि इन्टरनेटमै केही यस्ता वेबसाईटहरु सञ्चालन भैरहेका छन् जसले तपाईँ हामीले सुने अनुसारको विदेशमा पाइने सेवा उपलब्ध गराई रहेका छन् ।  मेट्रोतकारी डट कम, फुडमाण्डु डट कम, बससेवा डट कम, सस्तोडिल डट कम आदी यस्ता वेब प्रोडक्टहरु हुन जसले काठमान्डौमा तरकारी देखी रेष्ट्रुरेण्टको खाना तपाईँको घरदैलोमा पुर्याई दिन्छ । अहिलेसम्म काठमाण्डौ रिङ्गरोड भित्र सीमित यी वेबसाईटहरुले भविष्यमा उपत्यका बाहिर सम्म पुग्ने लक्ष्य राखेका छन् ।  केही समय अघिको नेपालको ई-कमर्सबजारलाई मध्यनजर गर्ने हो भने त्यो दिन धेरे टाढा छ जस्तो लाग्दैन । आउनुहोस तिनै वेबसाईटहरुले कसरी काम गरिरहेका छन् हेरौ ।


मेट्रोतरकारि डट कम : झुक्कीएर तपाईँले यो साइट खोल्दा तरकारी डटकम मात्र टाइप गर्नु भयो भने तरकारी बानउने तरिका सिकाउने एउटा भारतीय रेसिपी साइट खुल्छ । जो धेरैको चासोको विषय नहुन सक्छ । तर मेट्रोतरकारी डटकमको सेवा प्रत्येक भान्साको आवश्यकता हो ।  सिजन अनुसार बजारमा उपलब्ध हुने फर्सीको मुन्दा देखी अकबरे खोर्सानी सम्म तपाईँ यसै वेबसाईटबाट खरिद गर्न सक्नु हुन्छ कामकाजी र बजार गएर तरकारी खरिद गर्न नसक्नेहरुलाई निकै उपयोगी देखिने यस वेबसाईटमा राखिएका सामानहरुको मूल्य पनि बजार मूल्यभन्दा खासै फरक छैन । कुनै आईटम बजारको भन्दा दुईचार रुपया महङ्गो देखिए कुनै सस्तो पर्न सक्दछन । यस वेबसाईट पाइने रायोको साग पचास रुपयाँ किलो  काठमाण्डौको बजार मूल्य अनुसार खासै फरक हैन । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष तपाईँले इन्टरनेटबाट अर्डर गरे पनि सामान पाए पछीमात्र भुक्तानी गर्न सक्नु हुन्छ ।

फुडमाण्डु डटकम : घरमा साथीभाईको जमघट छ तर तपाईँलाई बाहिर निस्कन मन छैन भने खानैको लागी अब धेरै दुख गर्नु पर्दैन ।  फुडमाण्डौ डटकमले काठमाण्डौ रिङ्गरोड भित्रका एकसय बार्ह रेष्ट्रुरेण्टमध्यै कुनै पनि रेष्ट्रुरेण्टको खाना तपाईँले भनेकै स्थानमा डेलिभरी दिन्छ । ढुवानी गर्ने स्थानको दुरिको आधारमा केही अतिरिक्त मूल्य भने भुक्तान गर्नु परे पनि खानाको मूल्य उक्त रेष्ट्रुरेण्टको टेबल मूल्य सरहनै हुन्छ । यस वेबसाईटमा उल्लेख भए अनुसार  राजधानीका ११२ भन्दा धेरै रेस्टुरेन्टको मेनुबाट खानेकुराको अर्डर गर्न सकिन्छ भने अर्डर गरेको एक घन्टाभित्र खानेकुरा पुर्याटउने तपाईँले भनेको स्थानमा आईपुग्न सक्छ ।  अझ तपाईँ रेष्ट्रुरेण्ट नजिके हुनुहुन्छ तर त्यहाँ गएर आफ्नो अर्डर कुर्न भ्याउनुहुन्न भने आफ्नो सुविधा अनुसार कहिकतै बाट अनलाइन अर्डर गरेर लिएर जान सक्नु हुन्छ ।

बससेवा डट कम :  काउण्टर खुल्ने समयमा पालो पर्खेर बसको टिकट काट्नु पर्ने समस्याको समाधान बससेवा डट कम जस्ता वेबसाईटहरुले गरिरहेका छन् । यसबाट काठमाण्डौबाट मनकामना देखि काकडभित्ता सम्म जाने आउने टिकट यस वेबसाईट बाट खरिद गर्न सकिन्छ । वेबसाईटमा उल्लेख भए अनुसार आफ्नो गन्तब्यसम्म पुग्नको लागी कहाँ बाट बस चढ्ने हो देखी कुन सिटमा बस्ने हो भन्ने पनि वेबसाईटबाट नै रोज्न सकिन्छ । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष भनेको कस्तो खालको बसमा कुन मूल्यमा यात्रा गर्ने हो रोज्न सकिन्छ ।

सस्तोडिल डट कम : मोबाइल देखि लुगाफाटा सम्म तपाईँले यसवेबसाईट बाट खरिद गर्न सक्नु हुन्छ । यस वेबसाईटले बजारमुल्य भन्दा तुलनात्मक रूपमा केही सस्तोमा आफ्ना सामानहरू उपलब्ध गराउने दाबी गरीएकेको छ । यसमा उल्लेख गरिए अनुसार कुनै पनि सामान खरिद गर्नको लागी सुरुमा भुक्तान गर्नु पर्छ भन्ने पनि छैन । आफूले कुन सामान किन्न खोजेको सो सामान रोजेर आफ्नो इमेल र मोबाइल नम्बर सहित अर्डर कन्फर्मेशन गरेपछी सम्बन्धित बिक्रेताले सम्पर्क गर्ने गर्दछन ।

माथी उल्लेखीत सबै जस्तो वेबसाईटहरुले भुक्तानीको लागी ईसेवा, पेनेप तथा केही बैकहरुको इन्टरनेट ब्याङ्कीग सेवा स्वीकार गर्ने गर्दछन । पेपाल तथा भिसा माष्टरकारका अप्सनहरु पनि उपलब्ध नहुने हैन तर यो विकल्प नेपालीहरूको लागी सहज छैन । क्यास अन डेलिभरी सेवा समेत उपलब्ध भएकाले भुक्तानी माध्ययकै कारणले माथि उल्लिखित सेवा प्रयोग नगर्नु पर्ने भन्न देखीदैन । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।