Sunday, March 1, 2015

फेसबुकबाट गुगलको कमाई

पछिल्लो पटक फेसबुक चलाएको बेला तपाईँले आफ्नो फेसबुक टाइमलाईन राम्ररी याद गर्नु भएको भए त्यसमा केके न होला भनेर कौतुहलता सिर्जना गर्ने खालको कुनै वेबसाईटको लिङ्क देख्नु भएको हुन सक्छ । साधरणतय कुनै ब्रोडसिट दैनिक वा विदेशी अनलाइन पोर्टलबाट साभार गरिएका त्यस प्रकारका सामग्रीहरू विशेशत यौन, कुनै सेलीब्रेटीहरुको बारेमा फैलिएको अफवाह वा स्वास्थ्य समस्या सँग सम्बन्धित जानकारी  हुने गर्दछ । अझ त्यस लिङ्कमा क्लिक गरेर वेबसाईटमा हेर्ने हो त्यस्ता वेबसाईटहरु निःशुल्क रूपमा होष्ट गर्न मिल्ने ब्लगस्पट डटकम को सब डोमेनमा हुने गर्दछन । हम्मेसी त्यस्ता वेबसाईटहरुका डिजाईन चित्ताकर्षक देखिदैनन । फेसबुकमा देखिए जस्तो सामग्री पनि विषयवस्तु सान्दर्भिक वा पूर्ण नहुन सक्छ । तर साम्रगीको बिच र छेउमा ठुला ठुला विज्ञापन देखिन सक्छन् । वास्तवमा ती वेबसाईटहरु फगत गुगलको विज्ञापन सेवा गुगल एडसेन्स बाट पैसा कमाउने उधेश्यले निर्माण गरिएका हुन ।



के हो त गुगल एडसेन्स ?
गुगल मार्फत विज्ञापन गर्न चाहने प्रयोगकर्ताहरु बाट विज्ञापन लिएर गुगल एडसेन्स प्रयोगकर्ता मार्फत फैलाउने गुगलको यो एक प्रकारको विज्ञापन सेवा हो । गुगल एडसेन्स मार्फत प्रयोगकर्ताहरुले गुगलले दाताहरु सँग लिएको विज्ञापन आफ्नो वेबसाईटमा राखेर आम्दानी गर्न सक्दछन । प्रयोगकर्ताको वेबसाईटमा कस्तो प्रकारको विज्ञापन देखिने भन्ने कुराको निक्यौल चाँही प्रयोगकर्ताको वेबसाईटमा राखिएको सामग्रीमा भर पर्दछ । जस्तो कि कुनै प्रयोगकर्ताले आफ्नो वेबसाईटमा विदेशी बिश्वबिध्यालयका छात्रबृती सम्बन्धी जानकारी राखेको छ भने त्यस वेबसाईटमा गुगल मार्फत विज्ञापन गराई रहेका विदेशी बिश्वबिध्यालयका विज्ञापन आउन सक्छ । प्रयोगकर्ताको साम्रगी गुगलले आफ्नो सर्भरमा जडान गरिएको स्वाचालित प्रणालीबाट अध्ययन गर्ने भएकोले सबै भाषामा तयार भएका सामग्रीलाई त्यही अनुसारको विज्ञापन देखीदैन । सबै खालका भाषा गुगलको प्रणालीले बुझ्न नसक्ने भएकोले वैधानिक रूपमा केही निश्चित भाषामा सञ्चालनमा भएका बेबसाईटहरुमा मात्र गुगल एडसेन्स चलाउन सकिन्छ । उदारणको लागी गुगल एडसेन्सले नेपाली भाषामा बनेका वेबसाईटहरुमा गुगल एडसेन्स राख्न दिदैन । कुनै अङ्ग्रेजी भाषामा तयार पारिएको वेबसाईट मार्फत गुगल एडसेन्स खाता स्वीकृत गराई नेपाली भाषाको वेबसाईटमा राखेर पैसा कमाउने खोज्नेहरुको वेबसाईटमा गुगलले कुनै पनि बेल सेवा बन्द गरी दिन सक्दछ ।

फेसबुकमा कसरी देखीन्छन त्यस्ता सनसनीखेज समाचार ?
गुगल एडसेन्स बाट पैसा कमाउने उधेश्यले वेबसाईट निर्माण गर्नेहरु आफ्नो वेबसाईटमा धेरे भन्दा धेरै भिजिटर आउन भन्ने उधेश्यले फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटमा शशुल्क विज्ञापन गर्ने गर्दछन । कुनै वेबसाईट वा उत्पादनको फेसबुक पेज बनाए पछि त्यो पेजमा धेरै भन्दा धेरे प्रयोगकर्तालाई लाईक गराउनको लागी फेसबुकले  त्यो फेसबुकपेज वा पोस्टलाई बुष्ट (विज्ञापन) गर्न दिने गर्दछ ।  फेसबुकमा विज्ञापन गर्दा त्यो विज्ञापन कुन देशमा मात्र देखाउने वा कुन उमेर वर्ग , लिङ्गका प्रयोगकर्ताहरुलाई मात्र देखाउने भनेर रोज्न सकिन्छ । यसैकारणले हाम्रो फेसबुक वालमा नेपाली वेबसाईटहरुको विज्ञापन देखिएको हो । कुनै प्रयोगकर्ताले सो विज्ञापनलाई झुक्कीएरै भए पनि लाईक गरेमा त्यो फेसबुक पेजमा फेरी फेरी अपडेट गरिने स्टाटसहरु उसको वालमा देखिने गर्छ ।  विज्ञापन गरिएका पेजका स्टाटसहरु जो कसैको वालमा देखिने भए ता पनि लाईक गरेपछी जुनसुकै स्टाटसहरु लाईक गर्नेहरुको मात्र वालमा देखिन्छ । यसरी गुगल एडसेन्सबाट पैसा कमाउन लागी परेकाहरु आफ्नो वेबसाईटको फेसबुक पेजमा धेरे भन्दा धेरै लाईक गराउन खोज्छन ।

कसरी कमिन्छ पैसा ?
फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरु मार्फत आफ्नो वेबसाईटमा भिजिटरहरु भित्राएपछी कुनै न कुनै प्रयोगकर्ताहरुले विज्ञापनमा क्लिक गरिदिने गर्दछ । अझ विषयवस्तु सान्दर्भिक विज्ञापन देखिए यो विज्ञापन हो भनेर बुझेको मान्छेले पनि त्यसमा क्लिक गरी दिने गर्दछ । कसैले विज्ञापन नै नगरी दिए पनि वेबसाईटको भिजिटको आधारमा केही निश्चित पैसा पाउने गर्दछ । यसरी पैसा कमाउन लागी परेकाहरु गुगलले थाहा पाएमा सो वेबसाईटमा फेरी कहिले विज्ञापन नदेखीने गरी प्रतिबन्ध लगाई दिने डरले निःशुल्क  होष्टगर्न मिल्ने स्थानमा आप्नो वेबसाईट होष्ट गर्ने गर्दछन । वेबसाईटवालाहरुको प्रमुख ध्येय विज्ञापनमा क्लिक गरेर आम्दानी गर्ने भएकोले वेबसाईटको डिजाईन चित्ताकर्षक बनाउने भन्दा पनि कसरी विज्ञापन धेरै खाँदेर पैसा कमाउने भन्ने हुने गर्दछ । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।