Sunday, March 8, 2015

युट्युबमा नेपाली चलचित्र

यदि तपाईँ सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले वितरण गरेको इन्टरनेट चलाउनु हुन्छ भने पछिल्लो समयमा आएर याद गरेको हुनु पर्छ याहु , जिमेल, फेसबुक लगायतका वेबसाईट मुस्किलले लगईन भैरहदाँ युट्युबमा केही भिडियोहरु नरोकिकन चलिरहेको हुन्छ । कतिपय अवस्थामा साढे दुईघण्टाको हिन्दी तथा नेपाली चलचित्र एकैछिन पनि नरोकिईकन हेर्न सकिन्छ । नेपाल टेलिकमको जावलाखेल स्थित कार्यलयमा गुगलले आफ्नै क्याचे सर्भर राखेको हुनाले बारम्बार हेरिरहने भिडियोहरु त्यसैबाट प्रसारण हुने हुदाँ त्यति छिटो चलेको हो ।  यसो गर्दा नेपाल टेलिकम तथा गुगल दुवैको ब्याण्डविथ बचत भैरहेको छ भने प्रयोगकर्ताले सहजरुपमा युट्युबको सेवा प्रयोग गर्न पाइरहेका छन् ।

नेपाली इन्टरनेट प्रयोगकर्ताहरु पछिल्लो चरणमा आएर इन्टरनेटबाटै गीत सङगीत सुन्ने तथा पुराना र नाम चलेका हिन्दी तथा नेपाली चलचित्र तथा संम्भव भए सम्म लोडसेडिङगके कारणले हेर्न नपाएको टेलिभिजन कार्यक्रम हेर्ने कुरामा बानी पर्दै आइरहेका छन् । नेपाली चलचित्रहरुको युट्वुब च्यानलको लोकप्रियता र कतिपय गायक गायिकाकहरुले युट्वुबबाटै आफ्नो म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेबाट यो कुरा पुष्टि गर्न सकिन्छ । पछिल्लो समयमा फरकधारका भनिएका केही चलचित्रको प्रोमोसन भिडियो पनि ट्युबबाटै प्रसारण गरिएको थियो । राजबल्लभ कोइराला अभिननित चलचित्र राघवलाई त हलमा आउनु भन्दा पहिले नै युट्बमा राखिएको थियो । हलमा पुगेर दशलाख दर्शकले हेरेकि हेरेनन निर्माता नै जानुन तर राजेश हमाल, करिश्मा मानन्धर अभिनित चलचित्र किन किन लाई यो लेख तयार गर्दा सम्ममा अठार लाख भन्दा बढीले हेरी सकेका छन् । भारतीय टिभी च्यानलमा प्रसारण हुने कमेडीनाईट विथ कपिल , नेपालबाट प्रसारण हुने भद्रगोल आदी युट्युबमा रुचाईएका टेलिभिजन कार्यक्रमहर हुन ।


नेपाली चलचित्रहरुको कुरा गर्दा युट्युबमा अहिले मुलत : हाईटक इन्टरटेनमेन्ट र बुढासुब्बा डिजिटल, ओमसाइ रेकर्डस् ले वितरण अधिकार लिएका चलचित्रहरुको देख्न सकिन्छ । यी तिनै कम्पनीहरले प्रदर्शन भइसकेको निश्चित समयपछि मूलत: भिसिडी,  डिभिडी अधिकार किनेर वितरण गर्ने गर्दछन ।  त्यसो त युट्युबमा हलबाट खिचेर अपलोड गरिएका नेपाली तथा हिन्दी चलचित्रहरु पनि नभेटिने हैनन । हिन्दी तथा अङग्रेजी फिल्म निर्माता कम्पनीहर आफैँले अपलोड गर्ने गरेको एचडी क्वालिटिको भिडियोहरुको उपलब्धताको कारणले प्रयोगकर्ताहरु आफैले यस्ता भिडियोहरु नरुचाउने गरेका छन् ।  युट्युबले फिल्मका छुट्याएको स्थानमा धेरै पहिले देखीनै नेपाली चलचित्रहरु देखिने गरेका थिए । अनाधिकृत रपमा राखिएका ती चलचित्रहरु उजुरी पर्ने बित्तिकै निश्चित समय भित्रमा डिलिट गरिन्थे । त्यस्ता चलचित्रहरुको गुणस्तरपनि खासै राम्रो हुदैनथियो । वितरण अधिकार पाएका कम्पनीहर नै युट्बमा चासो देखाउन थाले देखी नेपाली चलचित्र हेर्न हलसम्म नपुग्ने दर्शकहरुलाई पनि यसले आकशिर्त गर्न थालेको छ ।

इन्टरनेट सञ्जालको कारण साघुरिदै गएको विश्व परिदृश्यमा प्रयोगर्ताहरुको लागी युट्वुब घरपरिवार , आफ्नो भाषा संस्कृत आदीको न्यास्रो मेट्ने एउटा साधन पनि भएको छ ।  पुराना,  ऐतिहासिक महत्वका भिडियो देखि रमाइला भिडियोसम्म यसमा हेर्न पाइन्छ । संसारमा नामै मात्र सुनिएका देशको रितितिथी संस्कृति अध्ययन गर्नको लागी पनि युट्बमा एउटा माध्ययम हो । बजार अभावको कारणले कहिले हाम्रो गाँउठाँमा नलाग्ने रसियन , कोरियन , अफ्रिकन अरेबियन फिल्महर हामी युट्युबमा हेर्न सक्छौ ।

सरसर्सी हेर्दा कतिपय अवस्थामा हलमा चलिसकेपछि यत्तिकै घरमा थन्काएर राख्नुभन्दा फिल्महर युट्युबमा सार्वजनिक प्रदर्शनका लागि राख्दा फाईदै देखिन्छ । विशुद्द मनोरञ्जनको लागी चलचित्र हेर्न प्रयोगकर्ताहरुले पुराना चलचित्रहरु आफूलाई पायक पर्ने समयमा नि:शुल्क हेर्न सक्छन् भने कसैले अध्ययन अनुसन्धानको लागी तिनै चलचित्रहरुको सहज पँहुच प्राप्त गर्ने सक्दछन । युट्युबमा भिडियो अपलोड गर्दा त्यसबाट आथिर्क रपमा फाइदासमेत प्राप्त गर्न सकिने अवश्थआ छ । युट्युबले धेरैले हेर्ने र धेरै भिडियो अपलोड गर्ने प्रयोगकर्तालाई पार्टनर बनाउन सक्छ र त्यसमा विज्ञापन राखेर निश्चित रकम निर्माण कम्पनीलाई भुक्तान गर्न सक्छ।
यो लेख मिति २०७२ फागुन २५ गते आईतबार स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।