Sunday, May 3, 2015

ट्वीटर पावर : #GoHomeIndianMedia

गत वैशाख १२ गते माहाविनासकारी भूकम्प  गएको २४ घण्टा नबित्दै रिपोर्टर नेपाल पठाएर समाचार दिन सुरु गरेका भारतीय टिभी च्यानलहरु भूकम्प पछीको २०० घण्टा बिती सक्दा पनि ब्रेकिङ्ग न्युज दिन छोडिरहेका थिएनन । प्रारम्भमा नेपाली टेलिभिजन च्यानलहरुको उपस्थिति र रिपोर्टिङ्ग प्रभावकारी नभएको भनेर गुनासो गर्ने दर्शकहरु पनि भारतीय टेलिभिजन च्यानलको रिपोर्टिङ्ग गर्ने शैलि सँग आजित भैसकेका थिए । सुरु सुरुमा नेपाली टेलिभिजन च्यानल नपुगेको ठाँउमा समेत पुगेर रिपोर्टिङ्ग गरिरहेको भारतीय टेलिभिजन च्यानल पछि पछि त्यसको प्रस्तुति शैलिको कारण जनमानमा अपाच्य हुन थालिसकेको थियो ।  कोठे गफ देखि चिया पसल सम्ममा  भारतीय टिभी च्यानलको गैरजिम्मेवारीपनको बारेमा गफ हुन थालेको थियो । प्रविधिमा निर्भर नेपाली युवापुस्ता त्यसमा पनि सामाजिक सञ्जालमा सक्रिय तन्नेरीहरु माझ यो विषय अक्षुत रहन सकेनन् । अनि सामाजिक सञ्जाल वेबसाईट ट्वीटर डट कम बाट खबरदारी सुरु भयो "घर फर्क भारतीय मिडिया" भन्दै ।



ट्वीटरमा यो खबरदारीको सुरुवात उज्वल ढुङ्गाना भन्ने प्रयोगकर्ताले गरेका थिए भनिन्छ । उनलाई फलोगर्ने प्रयोगकर्ता हुँदै यो विषय विश्वब्यापी भएको थियो । १४० अक्षरमा आफ्नो कुरा राखिने माईक्रोब्लगिङ्ग वेबसाईट ट्वीटरमा आफ्ना ट्वीटहरुलाइ सर्च गर्न मिल्नेगरी लेख्नुलाई ह्यासट्याग प्रयोग गरेको भनिन्छ । उज्वलले #GoHomeIndianMedia भन्ने ह्यासट्यागको प्रयोग गरेका थिए ।   यो ह्यासट्याग प्रयोग सुरु भएको १२ घण्टा नवित्दै विश्वब्यापी भैसकेको थियो ।  त्यसै दिन मात्र डेढलाख भन्दा बढी प्रयोगकर्ताले यस विषयमा आफ्नो मत राखेका थिए भने त्यसको पाँच दिन सम्म पनि यो विषय साम्य भएको थिए । मे  ८ तारिख अर्थात् ट्वीटरमा भारतीय मिडियालाई घर फर्कन भनिएको ५ दिनपछि पनि यस वियषमा ६१० जना ट्वीट गरिरहेका थिए ।

हुनपनि नेपालले महाविनाशकारी प्राकृतिक प्रकोपको सामान गरिरहेको बेला भारतीय मिडियहरु अलि गैरजिम्मेवारी तवरले प्रस्तुत भैरहेका थिए । भनिन्छ उद्धारको लागी आएका भनिएका हेलिकोप्टरमा राहतभन्दा भारियत टेलिभिजन च्यानलका रिपोर्टरहरु चक्कर लगाइरहेका थिए । जहाँसुकै जाने र जुनसुकै घटनालाई अतिरञ्जीत तवरले प्रस्तुत गर्नबाट रोक्न नेपालका कुनै नियमनकारी निकाय सक्रिय भएका थिएनन ।  यसविच भारतीय च्यानलमा भूकम्पले छोरो गुमाएकी आमालाई "तपाईँलाई छोरो गुमाउदाँ कस्तो लागरीरहेको छ" भनेर सोध्ने देखी प्रिन्ट मिडियामा नेपाल यो दैवि प्रकोपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साक्षात भगवानको रुपधारण गरेर उद्धार गरेको कार्टुन सम्म बनाईयो । त्यसपछि नेपाली जनमानस भारतीय टेलिभिजन च्यानलहरु नेपालमा टिभी सिरियल सुटिङ्ग गर्न आएका हुन कि जिम्मेवारपुर्ण रिपोर्टिङ्ग गर्न आएका हुन भनेर भड्कीए । त्यसको पहिलो झिल्को ट्वीटर देखियो । त्यसपछि नै हो भारतीय टेलिभिजन च्यानल एक कदम पछाडि हटेको ।

भारतीय टेलिभिजन मिडियाको गैर जिम्मेवारी पूर्ण रिपोर्टिङ्ग विरुद्ध नेपालमा सामाजिक सञ्जाल वेबसाईटमा उठेको आक्रोशलाई लगभग सबै जसो भारतीय मिडियाले समाचार दिएर सम्बोधन गरे । यसलाई टाईम्स अफ ईण्डीया देखी एनडिटिभीको अनलाइन संस्करणले समेत समाचार बनाएर प्रस्तुत गरेका थिए । भारतीय मिडियालाई घर फर्काउने नेपाली सामाजिक सञ्जालको कामबाट स्वयम् भारितय जनता पनि भारतीय टेलिभिजन च्यानलको प्रस्तुति बाट खुसी छैनन् भन्ने छर्लङ्ग भयो । भारतीय मिडिया घर फर्क भनेर सुरु गरिएको ट्वीटर ह्यासट्यागको जम्मा प्रयोगकर्ताहरु मध्ये आधाभन्दा बढी र भारतियहरु नै थिए ।

सामाजिक सञ्जाल वेबससाईट मार्फत खबरदारी गरिएको घटनालाई धेरै जस्तो भारतीय प्रिन्ट मिडियाको अनलाइन संस्करणले सकारात्मक रूपले लिएर भारतीय मिडिया विसेशगरी टेलिभिजन च्यानलले जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने भनाई राखे भने केहीले नेपालाई एक कृतघ्न छिमेकी संज्ञा दिदै भारतीय मिडियाको कारण नेपालको विनासकारि महाभुकम्पमा विदेशी सहयोग ओईरिएको लेखे । भारतीय मिडियाका प्रतिनिधिले राहतमा प्रयोग गरिने हेलिकप्टर ओगट्ने देखि भूकम्प प्रभावित क्षेत्रमा शोकमा रहेका नेपालीहरुमाझ हेपाहा व्यवहार देखाउने र उद्धार तथा राहत कार्यमा असर पारिरहेको नेपाली ट्विटर प्रयोगकर्ताले मात्रै नभएर भारतीयले समेत अनुभूति गरेको ट्विटरमा देखिएको थियो ।  त्यसो त  नेपालमै पनि भारतीय मिडियालाई गाली गरीएकोमा चित्त दुखाउनेहरुको कमी देखिएन ।

यस सम्बन्धी तपाईलाई चित्तबुझ्दो कुनै लिङ्क छुटेको भए कमेन्ट बक्समा दिनु होला ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।