Sunday, June 16, 2013

मैले घुस दिए

आजभोली चियापसल देखी पाँच तारे होटल सम्म घुस खुवाएको खाएको कुरा हुन्छ तर यसको कारण र सो कार्यमा संलग्नहरुलाई सजाय वा मनौबैज्ञानिक दबाब दिएर हतोत्साही गर्न कसैको ध्यान गएको छैन । साधरणतया घुस खाने र ख्वाउने काम कुनै लेखापढी वा टिपोट गरेर नगरिने हुनाले मर्कामा परेको ब्यक्तीहरु पनि कानुनको साहारामा जान सक्दैनन । कानुनले खोज्ने प्रमाण तिनीहरु सँग हुदैन । प्रमाण राखेर घुस दिनेहरु दोहोरो मारमा पर्ने गरेका छन ।

हाम्रो देश नेपाल मात्र हैन नेपाल जस्ता अल्पविकसित र बिकासोन्मुख देशहरुको पनि मुख्य समस्या भनेको भ्रष्ट्रचार पनि एक हो । अझ सरकारी , अर्धसरकारी कर्मचारीहरु स्वयको कार्यशैलिको कारणले जनमानसमा होससेलमा अलोकप्रिय हुने गरेका छन ।  ब्यक्तीगत कुण्ठा र आक्रोश पनि समस्त कर्मचारीतन्त्रलाई एउटै बाकसमा हालेर बदनाम गर्नको लागी एउटा कारण हुन सक्छ तर सर्वसाधरणले प्रत्यक्ष काम लिनु पर्ने अड्डाका कर्मचारीहरु भन्ने बित्तिकै घुस्याहा सोच्ने समाजको बिकास हुन लागेको छ । यस्तो अवश्थामा सर्वसाधरणको यस किसीमको नकारात्मक धारणा परिवर्तन गर्नको लागी न स्वयं कर्मचारीतन्त्र अग्रसर छन न समन्धीत निकायले सरोकारवालाहरुलाई आश्वस्त पार्न सकेको छ ।

Monday, June 10, 2013

SLC को नतिजा प्रकाशित , नतिजा डाउनलोड गर्नुहोस

अपडेट :  एसएलसी परिक्षाको नतिजा प्रकाशित भएको छ । रेगुलर तर्फका बिध्यार्थी नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस । ( टेक्स्ट फाईल | पिडिएफ फाईल ) एक्जाम्टेड तर्फको रिजल्ट हेर्न यहाँ (टेक्स्ट फाईल | पिडीएफ फाईल  ) क्लीक गर्नुहोस ।

सुचना प्रविधीको बिकास र बढ्दो पँहुच सँगै फलामे ढोका मानिने SLC को नतिजा प्रकाशन गर्ने परम्परागत ढाँचा फेरिदो छ । केही वर्ष अगाडी गोरखापत्रमा छापीएको एसएलसीको नतिजा हेर्ने घण्टौ हिडेर सदरमुकाम जानेहरुलाई अचम्म लाग्न सक्छ यस पटक देखी परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले कुनै पनि पत्रिकामा SLC को नतिजा प्रकाशन गर्ने छैन । बिकल्पमा सरोकारवालाहरुले वेबसाईटमा हेरेर तथा एसएमएस गरेर नतिजा थाहा पाउने छन । पत्रिकाको संख्या बढे पनि यसको प्रभाव र पँहुँच दुर्गम गाँउको तुलनामा शहरी क्षेत्रमा मात्र बढेकोले पत्रिकामा  नतिजा प्रकाशन नगर्दा सरोकारवालाहरुालाई खासै अप्ठ्यारो नपर्ने बताईएको छ ।

पनिकाले नतिजा सार्वजनिक गर्ने बित्तिकै शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.com मा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.com आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।

Tuesday, June 4, 2013

अनलाईन फोटो स्टोरेज

आजभोली अलि गतिला स्मार्टफोन देखी डिजीटल क्यामरा सम्मले जो कोहीलाई फोटोग्राफर बनाई दिएको छ । फोटोग्रीफीमा साधारण ज्ञान भएकाहरु पनि साधरण अवश्थालाई असाधरण तरिकाले क्यामरामा कैद गरेर आफ्नो क्रियटीभिटीको परिक्षण गर्दछन । केही वर्ष अगाडी सम्म म्यानुवल क्यामरा चलाउदा मान्छेहरु रोजेर र सोचेर फोटो खिच्थे किनभने त्यसले क्यमराको रिल मात्र नाश गर्दैन थियो त्यसलाई धुलाएर फोटो निकाल्न पनि फेरी पैसा खर्च गर्नु पर्दथ्यो । तर अहिलेको डिजीटल फोटोग्राफीको जमानामा ठ्याक्कै त्यस्तो अवश्था छैन । मन लागेको अवश्थामा फोटो जती पनि खिच्न सकिन्छ तर यसको भण्डारण ठुलो चुनौती भएर रहेको छ । हुनलाई यो चुनौती तपाई हाम्रो मात्र हैन विश्वब्यापी समस्या हो । गत हप्ता मात्र याहु को फोटो भण्डारण गर्ने वेबसाईट फिल्करले १ हजार गिगाबाईट सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिएको छ । याहुको फिल्कर मात्र हैन गुगलको पिकासा पनि फोटो भण्डारणको लागी कहलिएको वेबसाईट हो । आउनुसहोस यि र यस्तै केही अन्य वेबसाईट बारे चर्चा गरौ ।

Saturday, May 25, 2013

याहुले किन्न लागेको टम्बलर

ईन्टरनेट जायन्ट कमप्नी याहुले टम्बलरलाई खरिद गर्ने भएको छ । अमेरिकाको न्युयोर्कबाट ब्लगिंग साइट सञ्चलान गरीरहेको टम्बलरलाई याहुले १.१ अर्ब डलरमा किन्ने भएको हो । फरक प्रकारको ब्लगिङ्ग प्लेटफर्मको लागी टम्बलर प्रसिद्द छ । बिगतमा पनि डेलिसियत जस्ता सोसल बुकमार्किक अधिग्रहण गरेपछी त्यसको ख्यातीमा कमी आएको परिप्रेक्ष्यमा याहुका कार्यकारी अधिकारी मेरिसा मेयरले टम्बलरलाई याहुले किनेपनि त्यो स्वतन्त्ररुपमा नै सञ्चालन हुने बताएकी छिन । चलनचल्तीको ब्लगिङ्ग वेबसाईटले नजरअन्दाज गरेका फिचरहरु लाई सम्बोधन गरी केही फरक प्रकारको ब्लगीङ्ग प्लेटफर्मको रुपमा सन २००७ मा २६ डेबिट कार्प तथा मार्को अर्मेट मिली संयुक्त रुपमा टम्बलरको  बिकास गरेका थिए । अहिले टम्बलरमा कार्पको २५ प्रतिशत हिस्सेदारी छ भने उनि अहिले प्रमुख कार्यकारीको रुपमा कार्यरत छन । याहुले खरिद गरे पछी पनि कार्प सो पदमा नै काम गरीरहने बताइएका छन ।

के छ टम्बलरमा ? : चलनचल्तीको ब्लगीङ्ग वेबसाइटमा ब्लगपोष्ट तयार गरीदा सो पोष्टको शिर्षक तथा केही फोटाहरु
सहित त्यसको लम्बेतान ब्यखान उल्लेख गर्ने गरीन्छ । वर्डप्रेस, ब्लगर जस्ता यस प्रकारका फिचर भएका ब्लगिङ्ग प्लेटफर्महरुलाई कन्टेन्ट मेनेजमेन्ट सिस्टमको रुपमा प्रयोग गरीन थालेको छ । टम्बलर मा तपाई यस प्रकारको परम्परागत ढाँचाको ब्लगिङ्ग मात्र हैन अलि फरक प्रकारको पोष्ट पनि तयार गर्न सक्नु हुन्छ । जस्तो कि टम्बलरको बुझाइमा कुनै महान दार्शनिकले भनेको एक लाईनको महानबाणी पनि ब्लगपोष्ट हुन सक्छ । यसको शिर्षक हुन पर्दैन र डिस्प्ले पनि परम्परागत ब्लगिङ्ग पोष्टको ढाँचा भन्दा अलि फरक प्रकारले हुन्छ । त्यस्तै यस वेबसाइटमा तपाई एउटा फोटोलाई पनि एउटा ब्लगपोष्टको रुपमा पोष्ट गर्न सक्नु हुन्छ । यसको शिर्षक राख्ने ठाँउ तपाई भेट्नु नै हुन्न बरु एउटै ब्लगगपोष्टमा एक भन्दा बढी फोटो अपलोड गर्न सक्नु हुन्छ र प्रत्येकका क्याप्सन राख्न सक्नु हुन्छ । एउटा मात्र फोटो हुदाँ त्यसलाई फेसबुकमा हाईलाईट गरेर राखीए जस्तो पुरा पेज ढाक्ने गरी आर्कषक शैलिमा डिस्प्ले हुन्छ ।

Saturday, May 18, 2013

फायरफक्स माहात्म्य

झण्डै चार वर्ष अगाडी जतिखेर वेब ब्राउजिङ्ग एप्लीकेशनको रुपमा माईक्रोसफ्ट निर्मित ईन्टेनेट एक्सप्लोररको दबदबा थियो त्यतीबेला मोजिल्ला फाईयफक्सको तिन दशमलव छ को परिमार्जित संस्करण प्रचलनमा थियो । अहिले फायरफक्सको आधिकारिक वेबसाईटमा एक्काईसौ संस्करण डाउनलोड गर्न सकिन्छ  ।  यति मात्र हैन  यस बिच फायरफक्सले सबभन्दा छोटोसमयमा सबभन्दा धेरै पटक डाउनलोड हुने सफ्टवेयरको किर्तिमान पनि कायम गर्यो  । यसका केही अद्यावधिक बिसेशताहरु बाट प्रभावित भएर  टेक पण्डीतहरुले ईन्टरनेट एक्स्पलोरर  फायरफक्स डाउनलोड गर्नेको लागी (मात्र) नभई नहुने ब्राउजर भने खिल्ली उडाई दिए । अहिले ईन्टरनेट एक्सप्लोरर ले पनि धेरै फड्को मारिसकेको छ तर पनि क्रस प्लेटफर्म कम्प्याबिलीटी (भिन्न भिन्न अपरेटिङ्ग सिस्ट्ममा उही गती र क्षमतामा चल्ने विषेशता) र नयाँ नयाँ वेब टेक्नोलोजी लाई आत्मसात गर्ने अलि पछी परे झै देखीन्छ  । फायरफक्स यि सबै घटनाक्रम पछ्याउदै अगी बढीरहेको छ । यसैले त चार वर्षमै यसको बिकासक्रम एक्काईसौ सस्करणमा पुगेको छ ।

कसरी गरीन्छ सफ्टवेयरको भर्सन नम्बरीङ्ग ।

यस बारे वीकीपेडीयामा हेर्नु भयो भने बिस्तृतमा पाउनु हुन्छ । तर संक्षेपमा भन्दा साधारणतया सफ्टवेयरको भर्सन नम्बर X.Y.Z लेखेर गरीन्छ । यहाँ X भन्नाले सफ्टवेयरमा मेजर चेन्ज भएको भन्ने बुझिन्छ भने X पछी आउने Y ले माईनर चेन्ज भन्ने बुझीन्छ । त्यस्तै Y पछी आउने Z ले चाही सफ्टवेयरमा भएका सानातिना बगफिक्स वा सफ्टवेयरको प्याच भर्सन भन्ने बुझीन्छ । उदारणको लागि Software Version 3.5.2 भनियो भने Software भन्ने प्रोग्राममा बनाए देखी ३ वटा मेजर चेन्ज भै सकेका छन । त्यसमा ३ वटा मेजर चेन्ज गरे पछी पनि त्यसमा सानातिना ५ वटा माईनर चेन्ज गरिएछ भन्ने बुझीन्छ । त्यस्तै Software Version 3.5.2 मा लाष्टको 2 ले चाँही त्यस प्याकेजको स्टेबल रिलीजको लागि (उदारणको रुपमा भन्नु पर्दा) दुई पटक प्याच भर्सन निकाली सकेछ भन्ने बुझीन्छ । सफ्टवेयरको भर्सन नम्बरिङ्ग गर्ने कतिपयको आ-आफ्नो तरिका पनि हुन्छ । उदारणको लागी युबुुन्तु (लिनक्स अपरेटिङ्ग सिस्टम) ले जुन महिनामा नयाँ भर्सन आउने त्यो महिनाको वर्ष र महिनालाई आधार मानेर गर्छ । जस्तो युबुन्तु १३.०४ भन्नाले सन २०१३ को अप्रिल महिनामा रिलीज भएको संस्करण भन्ने बुझीन्छ भने माईक्रोसफ्टले आफ्नो सफ्टवेयरको [major].[minor].[revision].[build] भन्ने आधारमा भर्सन नम्बरीङ्ग गर्छ । अर्थात सफ्टवेयर भर्सन नम्बरीङ्ग यसरी नै गर्नु पर्छ  हार्ड एण्ड फाष्ट रुल छैन । साधारणतय माथी उल्लेख गरे अनुसार गरिन्छ ।