tag:blogger.com,1999:blog-56352870678626520832024-02-22T21:52:46.891+05:45साइबर चौतारीसूचना प्रविधि सम्बन्धी गन्थन मन्थन Aabrit Anishhttp://www.blogger.com/profile/13153833133625397538noreply@blogger.comBlogger358125tag:blogger.com,1999:blog-5635287067862652083.post-63250583858029662842015-07-31T16:45:00.000+05:452015-08-15T15:43:51.983+05:45अन्तीम पोष्ट

यस ब्लगमा अब तपाईहरुले नयाँ पोष्ट पढ्न पाउनु हुने छैन । यो नै अन्तीम पोष्ट हो । यद्दपी काम लाग्ने कुरा केही भेटि हाल्छ कि भन्ने सोच्नु भएको भए यहाँ क्लिक गर्नुहोस ।

Aabrit Anishhttp://www.blogger.com/profile/13153833133625397538noreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-86827869886531040612015-07-05T13:00:00.000+05:452015-07-05T13:00:00.589+05:45भारतमा डिजिटल ईण्डीया

गत हप्ता झण्डै साढे एघार हजार फलोवर भएको बेला प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर खाता सरकारी नियन्त्रणबाट बाहिर गयो । धन्य ह्याकरहरुले त्यसलाई जधाभावी गरेनन । आधिकारिक भनिएको प्रधानमन्त्री कोइरालाको उक्त ट्वीटर खाता खोलेको तिन महिना पनि पुगेको थिएन । यसबिचमा एक पटक ह्याक भएर पुन: सञ्चालनमा आएको छ । उता छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्वीटर खाता मा पौने छ लाख फलोवर छन् । कम्तीमा आज सम्म सरकारी नियन्त्रण बाहिर गएको सुनिएको छैन । त्यसो त सामाजिक, राजनैतिक र कतिपय अवस्थामा आर्थिक रूपमा पनि नेपाल जस्तै भनिने भारत र भारतीय प्रधानमन्त्रीको कार्यशैली सँग नेपालका प्रधानमन्त्रीको कार्यशैलिको तुलना गर्दा कम्तीमा नेपालको पक्षमा सन्तोषजनक नतिजा हात पर्देन । प्रधानमन्त्री कोइराला भर्खरै एक वरिष्ठ पत्रकारलाई राज्यमन्त्री स्तरको पद दिएर प्रेस सल्लाहकार नियुक्त गरे पछि सामाजिक सञ्जालमा देखा परे भने मोदिले आफू प्रधानमन्त्री बन्ने कुरालाई सामाजिक सञ्जालमै ठुलो चर्चाको विषय बनाए । ट्वीटर फेसबुक जस्ता सामाजिक सञ्जालमा उपस्थितिको हिसाबले भारतीय प्रधानमन्त्रीको तुलना अमेरिकी राष्ट्रपति सँग गरिन्छ ।

त्यसो त मोदिलाई अहिले सम्मका भारतीय प्रधानमन्त्रीहरुमा सबभन्दा बढी 'टेक्नो फ्रेण्डली' प्रधानमन्त्रीको रूपमा लिइन्छ । पुरातन शैलिको शासन प्रणालीबाट कम्तीमा अहिलेको अवस्थामा सर्वसाधरणलाई सुशासनको आभास दिलाउन सकिन्न भन्ने कुरा उनले बुझेका छन् जस्तो देखिन्छ । भारतमा प्रधामन्त्री अध्यक्ष्य रहेको डिजिटल ईण्डीया परियोजना सँग सरकारी संयन्त्रलाई कागज बिहिन बनाउने परियोजना छ । यस प्रक्रियामा मोदिले सबभन्दा पहिले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । पूर्वाधारको पर्याप्तता पश्चात् सरकारी सेवा त्यसैमा आधारित रहेर प्रवाह गरिने योजना छ । त्यसपछि उनको योजना शैक्षिक गतिविधि लाई कम्प्युटर सञ्जालमा उन्मुख गराउने कार्यक्रम छ । परियोजना महत्वाकांक्षी छ । महत्वाकांक्षी भएरै पनि धैरैले खोजे जस्तो परियोजना भएकोले पनि भारतीय सरकार यसको सफल कार्यन्वयनमा लागी परेको छ । नत्र तुरुन्त नतिजा हात पार्ने कयौ परियोजना थाती राखेर साढे चार लाख करोड भारतीय रुपयाँको यो परियोजनालाई बिरोधीहरुले समेत ठाडै अस्वीकार गर्न सकेका छैनन् । डिजिटल लकर सिस्टम , माईगभ डट ईन, स्वच्छ भारत मिसन मोबाइल एप, ईसाईन फ्रेमवर्क, अनलाइन रजिष्ट्रेशन सिस्टम , राष्ट्रिय छात्रबृती वेबपोर्टल, डिजिटाईज ईण्डीया पोर्टल , भारत नेट, नेक्स्ट जेनेरेशन नेटवर्क, ब्रोडब्याण्ड हाईवे मोदिले अगि सारेको डिजिटल ईण्डीयाको मुख्य कार्यक्रमहरू हुन ।

हुनपनि डिजिटल ईण्डीयाका मुख्यकार्यक्रम हरुको योजना केहीवर्ष पछि पुरा भारतलाई खर्ल्लप्पै डिजिटलाईज गरिने जस्तो देखिन्छ । यो योजना कार्यन्वयन भई सक्दा भारतमा एक सरकारी कार्यलयबाट अर्को कार्यलयमा बिध्युतिय माध्ययम बाट मात्र पत्राचार सम्भव हुनेछ । यसको लागी परियोजनाले सुरक्षित र भरपर्दो पूर्वाधारको परिकल्पना गरेको छ । डिजिटल लकर सिस्सटम भनिने उक्त योजनामा आधिकारिक सरकारी सूचनाहरू भण्डारण गरिने छ। नेपालको नागरिकता जस्तै महत्व राख्ने भारतीय पहिचान पत्र आधार कार्डलाई ईसाईन फ्रेमवर्कमा समाहित गरिने कार्यक्रम रहेको छ । यसो गरिए पछि सम्पूर्ण भारतीय नागरिकहरू केन्द्रीकृत तथ्याङ्क प्रणालीमा आवद्द हुनेछन र सम्पूर्ण भारतमै निजको परिचय सहज सरकारी पँहुचमा पुग्नेछ । अनलाइन रजिष्ट्रेन सिस्टम अन्तर्गतको कार्यक्रममा नागरिकहरुलाई आफ्नो बौयक्तिक विवरण समावेश गराउने र त्यसैमा आधारित रहेर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने लक्ष्य लिइएको छ । । सिङ्गै भारतभरीमा राज्यले दिने छात्रबृतीलाई एक वेबसाईटको मार्फत परिचालन गरिने कार्यक्रम रहेको छ । जसमा राज्यले उपलब्ध गराउने आरक्षणलाई र विविध छात्रबृती कार्यक्रमा सेवाग्राहीको क्षमताको आधारमा निश्चित प्रक्रिया पुरा परिचालन गरिनेछ ।

डिजिटाईज ईन्डीया पोर्टल समग्र डिजिटल ईण्डीया परियोजनाको मुटु हो । यस कार्यक्रम अन्तर्गत हाल सम्म उपलब्ध सम्पूर्ण सरकारी तथ्याङ्कलाई डिजिटलाईज गरिने छ र पुरानो शैलिको कागजी प्रक्रियालाई बिश्थापन गरिनेछ । भन्नाले केही समय पछि भारतमा दुईचार क्लिक गरेकै भरमा एक व्यक्तिको सम्पती अर्को व्यक्तिको नाममा नामसारी हुनेछ । माथि उल्लेख गरीसकिएको छ यो योजना महत्वाकाँक्षी जस्तो देखिन्छ तर असम्भव छैन । भारतीय सरकार ले यसैकार्यक्रमाको लागि भनेर झण्डै आठलाख करोड रुपयाँको छुट्याएको छ ।

भारतमा यस किसिमको कार्यक्रम सञ्चालन भैरहदाँ हाम्रो देशमा नेपालमा पनि केही भएकै छैन भनेर मन मार्नु पर्ने अवस्था नै चाँही छैन । सरकारको प्रत्येक नीति तथा कार्यक्रममा ईगर्भनेन्सको अवधारणा आईरहेकै छन् । नेपाल सरकार पनि सरकारी सूचनालाई डिजिटलाईज गर्न लागी परेको यदाकदा सुनिने गरिन्छ । मालपोतका ढ्ड्दा देखि यतायताका बिलबुकहरु डिजिटलाईज गर्नको लागि दाताहरुले लगानी गरेको खबरहरु आइरहेका नै छन् तर यसो भनिरहदाँ के छुटाउन सकिदैन भने सरकारमा डिजिटल ईण्डिया जस्तो बृहत् परियोजनाको अभाव छ । त्यसैले आस गर्न सकिन्नछ भने नेपाल सरकारले आफै जानेर तत्कालै यस किसिमको परियोजना अगाडी नसारेपनि छिमेकी देखासिखी गरी त्यस मार्गमा कुनै एक दिन अगि बढ्ने छ । अहिलेलाई डिजिटल ईण्डीयाको अनुभवलाई सरकारले आत्मसाथ गर्न जरुरी छ ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-54859361560030870462015-06-19T00:00:00.000+05:452015-06-19T14:48:45.901+05:45SLC को Result डाउनलोड गर्नुहोस

२०७१ सालको SLC परिक्षाको नतिजा प्रकाशन भएको छ । यस वर्षको रेगुलर तर्फको नतिजा डाउनलोड गर्न यहाँ र एक्जाम्टेड तर्फको नतिजा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

वेव ठेगाना

वेबसाईट सञ्चालन गर्ने संस्था

www.moe.gov.np

शिक्षा मन्त्रालय, नेपाल

www.doe.gov.np

शिक्षा बिभाग

www.soce.gov.np

परिक्षा नियन्त्रण कार्यलय, सानोठिमी

www.educationsansar.com

एडुकेशन संसार

slc.ntc.net.np

नेपाल टेलिकम

Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5635287067862652083.post-11204830420179316852015-06-08T10:00:00.000+05:452015-06-08T10:00:00.062+05:45नेपालमा स्टार्टअप बिजनेश

पुरातन व्यबशायिक सोचलाई उपल्ब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी फरक तरिकाले कार्यन्वयन गर्ने व्यबशायिक सोचलाई चलनचल्तीको भाषामा "स्टार्टअप बिजनेश आईडिया" भनिन्छ । नेपालमा खासगरी सूचना प्रविधिको क्षेत्रमा नजिक रहेका युवा अवस्थाका युवा युवातीहरुले आफ्नो करियरकाई एक चोटि स्टार्टअप बिजनेशको रूपमा परीक्षण गर्ने गरेका छन् । कति यसमा सफल भएका छन् भने कति असफल । हुनलाई कुनै पनि ब्यबशायिक सोचलाई सफल र असफल भनेर व्यवसाय सुरु गर्नु अगाडीनै ठोकुवा गर्न सकिदैन । प्रारम्भमा असफल देखएका स्टार्टअप बिजनेशहरु कालान्तरमा सफल भएका पनि देखीन्छन भने सफल र सरल देखिने स्टार्टअप बिजेनेश आईडियालाई लक्ष्यीतवर्गले रुचि नदेखाउदा असफल पनि भएका प्रशस्त उदारणहरु छन् । कतिले आफ्नो स्टार्टअप आईडियालाई ठुला ठुला कम्पनीलाई बेच्दै रातारात लखपती बनी रहेका छन् भने कोही आफ्नो व्यपार फैलाएर करोडपती बन्ने धाउन्नमा छन् । एक पछि अर्को असफलता भोग्नेहरु पनि प्रशस्त छन् । बिकासोउन्मुख एसियाली राष्ट्रका केही सफल स्टार्टअप बिजेनेशलाई अमेरिकी ठुला कम्पनीहरूले समेत खरिद गरी त्यसकेका छन् । नेपालमा हाल सम्म कुनै पनि स्टार्टअप कम्पनीलाई विदेशीहरूले खरिद गरीसकेको सुन्नमा नआएको भए पनि स्थानीय बजारमै राम्रो गरी रहेका युवाहरू प्रशस्त छन् । बिज्ञहरुको बुझाइमा धेरै पैसा कमाउने स्टार्टअप कम्पनी मात्र सफल कम्पनी हैन । लक्ष्यीत वर्गलाई अकल्पनीय रूपमा सेवा पुर्याउने स्टार्टअप कम्पनीहरू पनि सफल कम्पनीहरू हुन । जस्तो कि :

केटिएम कुरियर : सूचना प्रविधिको प्रयोगले हुलाक सेवालाई प्रतिष्थापन गरी रहेको अवस्थामा कुरियरको बिजनेश गर्छु भन्नेलाई निकटवर्तिहरुले हौसला चाही पक्कै पनि दिएनन होला । किन पनि भने पुरातन कुरियर व्यवसायको कुरा गर्ने बित्तिकै एउटा सहर अझ भनु काठमाण्डौ बाट विभिन्न सहरहरूमा चिट्ठीपत्र पुर्याउने ब्यपार भन्ने बुझीन्छ । तर तपाईँले केटिएमकुरियर्स डट कम भन्ने साइट खोलेर हेर्नु भो भने थाहा पाउनु हुने प्रविधिको जतिनै विकास भएको भए पनि हुलाकी व्यापारको आवश्यकता घटेको रहेनछ । उदारणको लागी तपाईँको अफिस काठमाण्डौको एउटा कुनामा छ अनि केही चिट्टीपत्र अर्को कुनामा पठाउनु पर्ने भो । सधैँ यस्तो काम पर्दो हो त एउटा कर्मचारी यसैको लागि नियुक्ति गर्नु हुदो हो तर भैपरी आउने काममा के गर्ने ? सहरको व्यस्त दैनिकि बिच बहिनीको बिहेकोलागी निमन्त्रणा पत्र आफन्त नातागोताको पठाउनु पर्ने काम आई लाग्यो अब के गर्ने ? तत्कालको लागी तपाईँ काठमाण्डौमा हुनुहुन्छ र यस्तै कामको लागि फुर्सद छैन भने यो काम केटिएमकुरियर्स जिम्मा दिन सक्नु हुन्छ । यस कम्पनीले अफिस डकुमेन्ट, सामानको बिल , खुद्रा किनमेलको सामान, अत्यावश्यक औषधी, लुगाफाटा आफ्ना कर्मचाहरुको प्रयोग गरी साइकल तथा मोटरसाईलमा सम्बन्धितको ठेगानामा पठाई दिन्छ ।

एनलोकेट : मानी लिनुस तपाईँ आफ्नै गाडी लिएर लङ्गड्राईभमा कतै जाँदै हुनुन्छ । बिच बाटोमा गाडी बिग्रियो । अब के गर्ने ? अझ तपाईँको गोजीमा पैसाको साटो बैकको एटिएम कार्ड मात्र रहेछ भने के गर्ने ? तत्कालको लागी तपाईँले मोबाइलमा एनलोकेट भन्ने एप्लीकेशन ईन्सटल गर्नु भएको छ भने केही राहत हुन सक्छ । यसले तपाईँ रहेको स्थानबाट सबभन्दा नजिको एटिएम काउन्टर र गाडी बनाउने वर्कसप देखाई देखाई दिन्छ । त्यसपछि तपाईँ योजना बनाउनु सक्नु हुन्छ कुन काम कसरी र पहिले गर्ने भनेर । एन्ड्रोईड र आईओएस अपरेटिङ्ग सिस्टम जडित जुन सुकै मोबाइलमा ईन्सटल गर्न मिल्ने यो एप्लीकेशनमा अस्पताल, डाक्टरको क्लिनिक, बैक, एटिम, सिनेमा हल, बिध्यालय, पेट्रोलपम्प, सवारी साधन बनाउनु ठाउ, रेष्ट्रुरेण्टको जिपिएस लोकेशन सहितको ठेगाना पाउनु हुन्छ । जसले गर्दा तपाईँ रहेको स्थानबाट पनि सबभन्दा नजिकको गन्तब्य कति किलोमिटर टाढा र कुन दिशामा पर्छ भन्ने थाहा लाग्छ । यो एप्लीकेशनमा उपलब्ध डाटाको आधारमा यसको प्रभावकारिता पुष्टि हुने हो । काठमाण्डौको दाँजोमा मोफसलको तथ्याङ्ग उ बिघ्न नराखी सकिएको भए ता पनि प्रयोकर्ताले आफै आफ्नो ठाँउको महत्वपुर्ण स्थानको बारेमा जानकारी राख्न सक्छन् जसले गर्दा अपठ्यारोमा परेको जो सुकैलाई कालान्तरा उपयोगी हुन सक्छ ।

यल्लोनेपाल : यल्लो नेपाल पनि एनलोकेट जस्तै एक मोबाइल एप्लीकेशन हो । एनलोकेटको सबै फिचर हटाएर रेष्टुरेण्ट मात्र खोज्ने सुविधा बनाईयो भने यल्लोनेपाल तयार हुन्छ । तर यल्लोनेपालले एनलोकेटले गर्ने जस्तो काम मात्र गर्दैन । यसले नेपालकै तत्कालको लागी काठमाण्डौमा छरिएर रहेका रेस्टुरेन्टको मेनु, त्यहाँ उपलब्ध सुविधा, खुल्ने समयलगायतका विवरण उपलब्ध गराउने गर्दछ । सबभन्दा मुख्यकुरा त एनलोकेटको स्टार्टअप बिजनेस कन्सेप्ट गुगल बिजनेस ग्रुप स्टोरिज च्यालेन्जमा विश्वभरीका स्टार्टअप हरुमध्येबाट प्रमुख तिनमा सर्ट लिष्टिङ्गमा भई सकेको छ ।

पिकोभिको : पारिवारिक तथा साथीभाईसँगको जमघट वा यस्तै कुनै अवसरमा खिचिएका फोटोहरुलाई वेबसाईटको माध्ययमबाट भिडियो बनाउने वेबसाईट नेपालमा लामो सय देखी चलीरहेका स्टार्टअप वेबसाईटहरु मध्ये एक हो । यसको विकास जानकी टेक्नोलोजी नाम गरेको काठमाण्डौको एक स्टार्टअप कम्पनीले गरेको हो । सोसियल साइटमा राखिएको धेरै फोटा हेर्न निकै झन्झट र लामो समय लाग्ने हुदाँ एक क्लिकमै खिचिएको सम्पूर्ण फोटोहरू भिडियो मार्फत हेर्न र देखाउन सकियोस् भन्ने उदेश्यले यो एप्सको विकास गरिएको सफ्टवेयर निर्माण कम्पनी बताएको छ र यस कन्सेप्टलाई धेरैले रुचआएका पनि छन् । कम्पनीले जनाए अनुसार यस वेबसाईटको मोबाइल भर्सन चाडै नै गुगल प्ले स्टोरमा उपलब्ध हुदैछन । पिकोभिको मोबाईलमा उपलब्धता भए सँगै मोबाइल बाट खिचिएको फोटोलाई मोबाईलमै सजिलो सँग भिडियो बनाउन सकिन्छ ।

यो लेख २०७२ असार २४ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लिक गर्नुहोस ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-17750056057407528692015-05-27T14:30:00.000+05:452015-05-30T18:16:05.924+05:45भूकम्प पीडितलाई इन्टरनेट बाट सहयोग सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्नेहरुको नामावली सरसर्ती हेर्ने हो भने नागरिक सहभागिता त्यस्तो बिघ्न उत्साहवर्धक देखीदैन । कोषको रकममा संस्थागत सहभागिता उल्लेखनीय छ । त्यसमा पनि धेरै कर्मचारीहरू कार्यरत सस्थामा सामूहिक यती दिनको तलब भनेर कट्टा गरिएको रकम विशेष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामबाट राहतकोषमा एक करोड सत्ताईस लाख जम्मा भएको छ । राष्ट्रसेवक होस वा सर्वसाधरण, कोषमा स्वच्छीक सहभागिता जति मात्रमा हुनुपर्ने हो त्यस्ती नभएको जस्तो देखिन्छ । कोषमा तिन अर्ब उनान्चालिस करोड रुपयाँ हुदाँ स्वेच्छीक सहभागितामा सर्वसाधरण नागरिकबाट प्राप्त रकम कति हो भन्ने प्रश्न गहन छ । कोषमा जम्मा भएको रकमको हिसाबकिताब दुरुष्त राखीए पनि अन्य मन्त्रालयमा निकासा भै खर्च भैजाने रकमको पारदर्शिताको बारेमा साधिएको मौनताले नागरिकलाई कोष प्रति उत्साह जगाउन नसकिएको हुन सक्छ । हुनपनि दाता जहिले पनि आफूले दिएको रकमको सम्बन्धमा बिश्वास्निय हुन खोज्छ । राज्यले सर्वसाधरणलाई विश्वास दिलाउनुको साटो कोषको बारेमा प्रश्न उठाएकै भरमा सर्वसाधरणलाई प्रहरी लगाएर पक्रिएर लगेकै भरमा कोषमा पैसा उठ्ने हैन ।

बिपतको घडीमा राज्यले सर्वसाधरणलाई जुन रूपमा विश्वास लिएर अगाडी बढनु पर्ने हो त्यो भने नभएकै देखिन्छ । कसैले दिएको पैसा कुन प्रयोजनको लागी कहाँ कसरी खर्च गरिन्छ भने कुराको विश्वास दिलाउन सक्ने भो भने संसारमा मनकारीहरुको कमी छैन । उदारणको रूपमा इन्टरनेटको माध्यमबाट भूकम्प पिडितहरुको लागी उठाईएको रकमलाई लिन सकिन्छ । नेपाल अमेरिका मेडिकल फाउन्डेसनको तर्फबाट डा विजय आचार्यको सक्रियतामा भूकम्प पिडितहरुको लागी ईन्टेनेटको माध्ययम बाट मात्र हाल सम्म साढे चार लाख अमेरिकी डलर उठाई सकिएको छ । सहयोग सङ्कलन गर्न उनले प्रयोग गरेको वेबसाई ईन्डीगोगो डट कममा उल्लेख भए अनुसार उनको लक्ष्य पाँच लाख अमेरिकी डलर अर्थात् पाँच करोड नेपाली रुपयाँ हो । त्यो पैसा उनको समूह भूकम्प पडितहरुको राहत र पुर्नस्थापनाको लागी खर्च गर्न चाहन्छन । ईन्डीगोगो डट कम जस्ता क्राउड फन्डीङ्ग वेबसाईट बाट सहयोग सङ्कलन गर्नको लागी त्यति सजिलो भने छैन । आफूले कहाँ , किन र कसरी खर्च गर्नको लागी सहयोग सङ्कलन गरिरहेको हो त्यसको बारेमा वेबसाईट सञ्चालक देखी दाताहरुलाई सम्म चित्त बुझाउनु पर्छ । संकललित रकमको सञ्चालन कार्यविधी निर्माण सम्बन्धमा डा आचार्यको समूहले पनि राम्रै मेहनत गरेको देखिन्छ ।

किकस्टार्टर डट कम, न्यजेल्ली डट कम, रकेटवेब डट कम, ईन्डीगोगो डट कम, टिस्प्रीङ्ग डट कम , स्पोनसमडट कम, गोफण्डमी डट कम, रक त पोस्ट डट कम आदी फण्डरेज गर्नको लागी नाम कहलिएका वेबसाईटहरु हुन । यी वेबसाईटहरु बाट सहयोग सङ्कलन गर्नको विश्वासनिय वातावरणको लागी विभिन्न चरण पार गर्नु पर्छ । यस सम्बन्धी प्रक्रिया माथि उल्लेख गरिएका वेबसाईटहरु नै पिच्छे फरक फरक प्रक्रिया हुन सक्छन् । यहाँ सम्मकी कतिले तपाईँको परियोजना सुरु गरी सकेपछी पनि त्यसै वेबसाईटहरुमा उल्लेख गरिएको सर्त पुरा नगरे उठीसकेको पैसा सम्म नदिने हुन्छन् । जस्तो कि किकस्टार्टर ले तपाईँले आफ्नो परियोजनाको लागी उल्लेख गरेको रकम मध्य सतप्रतिशत उठाउन सक्नु भएन भनेर कति पनि पाउनु हुन्न । न्युजेल्ली डट कममा च्यारीटी वा पछि चाहिन सक्छ भनेर गरिने फण्डरेज प्रतिबन्ध गरेको छ । पैसा पनि पेपाल डट कम बाट मात्र झिक्न वा राख्न सकिन्छ । रकेटहब डट कम मा तपाईँले फण्ड कलेक्सन गरे बापत दातालाई उपहार दिन पाउनु हुन्छ तर कानुनत बर्जित सामग्रीको प्रयोग सम्भव छैन । ईन्डीगोगो डट कम मा सबै देशका मान्छेले परियोजना प्रस्तुत गर्न पाउदैनन । टिस्प्रीङ्ग डट कममा गएर तपाईँले टि-सर्ट डिजाईन गर्ने हो । मान्छेलाई मन परेर बिक्री भए त्यसैको केही हिस्सा तपाईँको खातामा जम्मा हुने हो । स्पोनसमडट कम बाट पैसा उठाउन तपाईँले आफ्नो परियोजना पेस गरेर मात्र हुन्न त्यसलाई प्रस्ट पार्ने भिडियो राख्नु पर्छ भने आफ्नो भौतिक अस्तित्व प्रमाणित गर्नको लागी आफ्नो परिचयपत्र पेस गर्नु पर्छ । अर्को एउटा एप्सब्याकर डट कम भन्ने वेबसाईट छ जसमा गएर तपाईँले आफूलाई दर्ता गरी मोबाइलमा चल्ने एप्लीकेशन तयार गर्नु भो भने उननिहरुले बेचेर तपाईँलाई केही हिस्सा दिन्छन ।

माथि उल्लेख गरिए झैँ संसारमा मनकारीहरुको कमी छैन । जस्तो सुकै कामको लागी भए पनि सहयोग मागी सकेपछी त्यसलाई पुष्टि गर्न सक्ने क्षमता चाही सहयोग माग्न सक्ने हुनु पर्छ । यस्तोमा सम्यक सेरटोकले गर्न लागेको कामलाई उदारणको रूपमा लिन सकिन्छ । अमेरिका स्थित एरिजोना युनिभर्सिटी बाट स्नाकोत्तर सम्यक भूकम्प पडितहरुको घर आँगनमा पुगेर त्यहाँ वास्तविक बस्तुस्थीत वर्णन गर्दै कविता लेख्न चाहन्छन । अबका थप चालिस दिन भित्रमा दश हजार उठाउने लक्ष्य लिएर संम्यकले लक्ष्य प्राप्ति गर्न सकेनन् भने उठिसकेको साढे चास सय पनि उनको हात पर्ने छैन । यसो बिचार गर्दा यो भन्दा अन्य महत्वपुर्ण कामको लागी सहयोग सङ्कलन जुरुरी देखिन सक्छ । तर तपाईँले सहयोगको लागी कसैले जोरजर्बजस्ती गर्ने छैन । चित्त बुझ्छ सहयोग गर्नुस चित्त बुझ्दैन उनले उनले लक्ष्य प्राप्त गर्न नसक्लान अनि जम्मा भैसेकेको रकम दाताहरुलाई नै फिर्ता जान्छ ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-66721414610380168232015-05-03T18:40:00.000+05:452015-05-30T18:14:43.425+05:45ट्वीटर पावर : #GoHomeIndianMedia

गत वैशाख १२ गते माहाविनासकारी भूकम्प गएको २४ घण्टा नबित्दै रिपोर्टर
नेपाल पठाएर समाचार दिन सुरु गरेका भारतीय टिभी च्यानलहरु भूकम्प पछीको २००
घण्टा बिती सक्दा पनि ब्रेकिङ्ग न्युज दिन छोडिरहेका थिएनन । प्रारम्भमा
नेपाली टेलिभिजन च्यानलहरुको उपस्थिति र रिपोर्टिङ्ग प्रभावकारी नभएको भनेर
गुनासो गर्ने दर्शकहरु पनि भारतीय टेलिभिजन च्यानलको रिपोर्टिङ्ग गर्ने
शैलि सँग आजित भैसकेका थिए । सुरु सुरुमा नेपाली टेलिभिजन च्यानल नपुगेको
ठाँउमा समेत पुगेर रिपोर्टिङ्ग गरिरहेको भारतीय टेलिभिजन च्यानल पछि पछि
त्यसको प्रस्तुति शैलिको कारण जनमानमा अपाच्य हुन थालिसकेको थियो । कोठे
गफ देखि चिया पसल सम्ममा भारतीय टिभी च्यानलको गैरजिम्मेवारीपनको बारेमा
गफ हुन थालेको थियो । प्रविधिमा निर्भर नेपाली युवापुस्ता त्यसमा पनि
सामाजिक सञ्जालमा सक्रिय तन्नेरीहरु माझ यो विषय अक्षुत रहन सकेनन् । अनि
सामाजिक सञ्जाल वेबसाईट ट्वीटर डट कम बाट खबरदारी सुरु भयो "घर फर्क भारतीय
मिडिया" भन्दै ।

ट्वीटरमा यो खबरदारीको सुरुवात उज्वल
ढुङ्गाना भन्ने प्रयोगकर्ताले गरेका थिए भनिन्छ । उनलाई फलोगर्ने
प्रयोगकर्ता हुँदै यो विषय विश्वब्यापी भएको थियो । १४० अक्षरमा आफ्नो कुरा
राखिने माईक्रोब्लगिङ्ग वेबसाईट ट्वीटरमा आफ्ना ट्वीटहरुलाइ सर्च गर्न
मिल्नेगरी लेख्नुलाई ह्यासट्याग प्रयोग गरेको भनिन्छ । उज्वलले
#GoHomeIndianMedia भन्ने ह्यासट्यागको प्रयोग गरेका थिए । यो ह्यासट्याग
प्रयोग सुरु भएको १२ घण्टा नवित्दै विश्वब्यापी भैसकेको थियो । त्यसै दिन
मात्र डेढलाख भन्दा बढी प्रयोगकर्ताले यस विषयमा आफ्नो मत राखेका थिए भने
त्यसको पाँच दिन सम्म पनि यो विषय साम्य भएको थिए । मे ८ तारिख अर्थात्
ट्वीटरमा भारतीय मिडियालाई घर फर्कन भनिएको ५ दिनपछि पनि यस वियषमा ६१० जना
ट्वीट गरिरहेका थिए ।

हुनपनि नेपालले महाविनाशकारी
प्राकृतिक प्रकोपको सामान गरिरहेको बेला भारतीय मिडियहरु अलि गैरजिम्मेवारी
तवरले प्रस्तुत भैरहेका थिए । भनिन्छ उद्धारको लागी आएका भनिएका
हेलिकोप्टरमा राहतभन्दा भारियत टेलिभिजन च्यानलका रिपोर्टरहरु चक्कर
लगाइरहेका थिए । जहाँसुकै जाने र जुनसुकै घटनालाई अतिरञ्जीत तवरले प्रस्तुत
गर्नबाट रोक्न नेपालका कुनै नियमनकारी निकाय सक्रिय भएका थिएनन । यसविच
भारतीय च्यानलमा भूकम्पले छोरो गुमाएकी आमालाई "तपाईँलाई छोरो गुमाउदाँ
कस्तो लागरीरहेको छ" भनेर सोध्ने देखी प्रिन्ट मिडियामा नेपाल यो दैवि
प्रकोपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साक्षात भगवानको रुपधारण
गरेर उद्धार गरेको कार्टुन सम्म बनाईयो । त्यसपछि नेपाली जनमानस भारतीय
टेलिभिजन च्यानलहरु नेपालमा टिभी सिरियल सुटिङ्ग गर्न आएका हुन कि
जिम्मेवारपुर्ण रिपोर्टिङ्ग गर्न आएका हुन भनेर भड्कीए । त्यसको पहिलो
झिल्को ट्वीटर देखियो । त्यसपछि नै हो भारतीय टेलिभिजन च्यानल एक कदम पछाडि
हटेको ।

भारतीय टेलिभिजन मिडियाको गैर जिम्मेवारी पूर्ण
रिपोर्टिङ्ग विरुद्ध नेपालमा सामाजिक सञ्जाल वेबसाईटमा उठेको आक्रोशलाई
लगभग सबै जसो भारतीय मिडियाले समाचार दिएर सम्बोधन गरे । यसलाई टाईम्स अफ
ईण्डीया देखी एनडिटिभीको अनलाइन संस्करणले समेत समाचार बनाएर प्रस्तुत
गरेका थिए । भारतीय मिडियालाई घर फर्काउने नेपाली सामाजिक सञ्जालको कामबाट
स्वयम् भारितय जनता पनि भारतीय टेलिभिजन च्यानलको प्रस्तुति बाट खुसी छैनन्
भन्ने छर्लङ्ग भयो । भारतीय मिडिया घर फर्क भनेर सुरु गरिएको ट्वीटर
ह्यासट्यागको जम्मा प्रयोगकर्ताहरु मध्ये आधाभन्दा बढी र भारतियहरु नै थिए ।

सामाजिक सञ्जाल वेबससाईट मार्फत खबरदारी गरिएको घटनालाई
धेरै जस्तो भारतीय प्रिन्ट मिडियाको अनलाइन संस्करणले सकारात्मक रूपले
लिएर भारतीय मिडिया विसेशगरी टेलिभिजन च्यानलले जिम्मेवार भएर प्रस्तुत
हुनु पर्ने भनाई राखे भने केहीले नेपालाई एक कृतघ्न छिमेकी संज्ञा दिदै
भारतीय मिडियाको कारण नेपालको विनासकारि महाभुकम्पमा विदेशी सहयोग ओईरिएको
लेखे । भारतीय मिडियाका प्रतिनिधिले राहतमा प्रयोग गरिने हेलिकप्टर ओगट्ने
देखि भूकम्प प्रभावित क्षेत्रमा शोकमा रहेका नेपालीहरुमाझ हेपाहा व्यवहार
देखाउने र उद्धार तथा राहत कार्यमा असर पारिरहेको नेपाली ट्विटर
प्रयोगकर्ताले मात्रै नभएर भारतीयले समेत अनुभूति गरेको ट्विटरमा देखिएको
थियो । त्यसो त नेपालमै पनि भारतीय मिडियालाई गाली गरीएकोमा चित्त
दुखाउनेहरुको कमी देखिएन ।

#GoHomeIndianMedia: On World Press Freedom Day, Nepalese, Others Slam Indian Media on Twitter

#GoHomeIndianMedia trending in Nepal

Why Is Nepal Saying #GoHomeIndianMedia?

Nepalese slam Indian media, #GoHomeIndianMedia trends

Nepal Earthquake: On World Press Freedom Day, #GoHomeIndianMedia top Twitter trend

#GoHomeIndianMedia trending in Nepal, quake-hit people complain about 'insensitive' reportage

'Your media are acting like they are shooting a family serial': Nepalis trend #GoHomeIndianMedia

हमारे चेहरों को आईना दिखाता नेपाल में #gohomeindianmedia का ट्रेंड करना

'Your media are acting like they are shooting a family serial': Nepalis trend #GoHomeIndianMedia

‘#GoHomeIndianMedia, we can’t bear you': Nepalis

यस सम्बन्धी तपाईलाई चित्तबुझ्दो कुनै लिङ्क छुटेको भए कमेन्ट बक्समा दिनु होला ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-71777325529667117882015-05-03T11:00:00.000+05:452015-05-30T18:12:26.850+05:45नेपालको महाभुकम्पमा प्रविधी

नेपालमा सरकारी संयन्त्रको सत्तोसराप गर्दा नछुट्ने नामहरू दूरसञ्चार र टेलिभिजन च्यानलहरुले गत सप्ताह आएको प्राकृतिक प्रकोपमा हताहत हुदाँ सबभन्दा बढी आवश्यकता पर्ने सञ्चारको साधनलाई सुचारु गर्नेको लागी नेपालको सरकारी सेवा मात्र हैन विदेशी बहुराष्ट्रीय कम्पनीहरूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका थिए । जस्तो कि भूकम्प गएको चौबिस घण्टा बित्न नपाउदै इन्टरनेटको माध्यम बाट मोबाइलमा जस्तै कुरा गर्न सकिने एप्लीकेशन भाईबरले नेपालबाट बाहिर जाने र नेपालमा आउने कलहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो भने त्यसको केही दिन पछि हाल माईक्रोसफ्टको स्वामित्वमा रहेको भाईबर जस्तै इन्टरनेटको माध्यमबाट निःशुल्क फोन गर्न सकिने एप्लीकेशन स्काईप बाट पनि निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाईएको थियो ।

नेपालीहरूको बसोबास धेरै भएका कतिपय देशहरूका दूरसञ्चार सेवा प्रदायकहरुले नेपालमा गरिने कलदरमा छुटको ब्यश्था गरेका थिए । उदारणको लागी भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले नेपालको लागि निःशुल्क फोनको सुविधा दिइएको घोषणा गरेको थियो भने अर्को भारतीय दूरसञ्चार सेवा प्रदायक भोडाफोनले भूकम्प प्रभावितहरुको सहयोगार्थ भारतबाट नेपालमा गरिने अन्तराष्ट्रीय कलदरमा भारी कटौती गरेको थियो । अमेरिकामा पनि स्प्रीन्ट तथा भेरिजोन नाम मोबाइल सेवा प्रदायकको नेटवर्कबा फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको थियो भने उक्त अवधीमा क्यानडाको टेलस नाम मोबाइल सेवा प्रदायकको नेटवर्कबाट फोन गर्दा कुनै शुल्क तिर्नु पर्दैन थियो ।

नेपालमा प्राकृतिक विपत्ति परेको बेला सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका ठुला कम्पनीहरूले कुनै न कुनै रूपमा सहयोग गरेका छन् । उदारणको लागी नेपालमा आएको भूकम्पका कारण सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु भए पश्चात् सम्पर्क बाहिर रहेकोहरूलाई अथवा खोजी गरिरहेका परिवारका सदस्यहरूलाई खोज्न सहयोग पुग्नेगरी गुगलले पर्सन फाइन्डर नामक वेब एप्लीकेशन जारी गरेको थियो । त्यस्तै प्रसिद्ध सामाजिक सञ्जाल वेबसाईट फेसबुक वेबसाईटले फेसबुक प्रोफाईल भित्र सेफ्टीचेक भन्ने फिचर सक्रिय पारेको थियो । फेसबुकको सेफ्टी चेक टुलले आफू सुरक्षित रहेको खबर आफ्ना फेसबुक फ्रेण्डहरुसम्म पुर्याउन सहयोग गर्ने गर्दछ । फेसबुकले नेपालका भूकम्प प्रभावितलाई लक्षित गरी सुरु गरेको सेवा ‘मार्क सेफ’मा ७० लाख प्रयोगकर्ताले मार्क सेफ गरेको बताएको छ ।

सहयोग सङ्कलनको लागी एप्पल, फेसबुक, गुगल, पेपाल, आदीले आफ्ना वेब एप्लीकेशनहरुमार्फत सहयोग सङ्कलन गरेको थियो । जसअनुसार अनलाइन मार्फत फेसबुकले १० मिलियन अमेरिकी डलर भन्दा बढी अर्थात् झण्डै एक अर्ब रुपैयाँ सहयोग जुटाएको थियो । गोफण्डमि डट कम , क्राउड राइज डट कम नामक आदी क्राउडफण्डीङ्ग वेबसाईटले विभिन्न क्यापियनहरुको लागी करोडौ रुपया सहयोग सङ्कलन गरिरहेको छ भने माईक्रोसफ्टले एक्लैले १ मिलियन अमेरिकन डलर सहयो गर्ने घोषणा गरेको छ । त्यस्तै पेपालले अन्तराष्ट्रीय सङ्घ संस्थाको खातामा जम्मा हुने गरी सहयोग सङ्कलन गर्ने वेबसाईटको विकास गरेको छ । युनिसेफले अमेरिका, क्यानडा र बेलायतका नागरीकहरुलाई लक्ष्यीत गरी अनलाइन सहयोग सङ्कलन गर्ने वेवसाइटको विकास गरेको छ ।

विदेशमा मात्र हैन नेपालमै पनि अनलाइन सहयोग सङ्कलनको लागी पहल गर्नेहरुको लर्को लागेको छ । यसै सन्दर्भमा बिपत नपर्दा नियम अनुसार सञ्चालन नभएको भनेर कर्के नजरले हेर्ने गरेको अनलाइन ट्रान्जेक्सन सेवालाई प्रधानमन्त्री कार्यलयको आधिकारिक वेबसाईटले आत्मसाथ गरेको छ । जसअनुसार नेपालका क वर्गका वाणिज्य बैकहरुको एससिटि एटिएम कार्ड बाहकहरुले प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री कार्यलयको आधिकारिक वेबसाईट पैसा जम्मा गर्न सक्छन् । बिनासकारी महाभुकम्पमा निर्वाह गरेको भूमिकाको कारण सामाजिक सञ्जाल वेबसाईटहरुमा त्यसको मुक्तकण्ठले प्रशंसा गर्नेहरु मनग्यै देखिए । सरकारी स्वामित्वको नेपाल टेलिकमले भूकम्प आएपछि प्रयोगकर्ताको मोबाइलमा ब्यालेन्स नभएपनि कल र इन्टरनेट सुविधा दिएकोमा सो सुविधा निशुल्क् गरिएको जनाएको थियो । भूकम्प लगत्तै मोबाइल नेटवर्क अबरुद्द हुदाँ पनि थ्रिजि इन्टरनेट सेवाले मात्र काम गरिरहेको थियो भने मोबाइल नेटवर्क सेवा सुचारु हुने बित्तिकै उपलब्ध नेटवर्क लोड नबढोस भन्नाको खातिर कुनै प्रयोगकर्ताले कल गर्दा पहिलो तिन मिनेटमा स्वतः: सम्पर्क बिच्छेद हुने व्यवस्था मिलाएको थियो ।

यो लेख मिति २०७२ बैशाख २० गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ क्लिक गर्नुहोस ।

Unknownnoreply@blogger.com0Kathmandu 44600, Nepal27.7 85.33333300000003927.5875385 85.171971500000041 27.812461499999998 85.494694500000037tag:blogger.com,1999:blog-5635287067862652083.post-79951409850614762015-04-26T11:09:00.000+05:452015-04-26T11:10:56.029+05:45कोरा डट कमः एक उपयोगी वेबसाइट

दश मिनेटमा सिक्न सकिने तर जिन्दगीभरि काम लाग्ने कुरा के हो ?

स्टीभ जब्स (एप्पल कम्पनीका संस्थापक) ले आफ्नो क्यान्सर उपचारलाई किन गम्भीरतापूर्वक लिएनन् ?

चर्चित कोरियन गीत ‘गननम स्टाइल’ को म्युजिक भिडियोमा पहेँलो सुटमा नाच्ने कलाकार को हुन् ?

गाडीमा लामो दुरी यात्रा गर्दा यात्रुको तुलनामा किन सवारी चालकलाई बढी ढाड दुखेको अनुभव हुन्छ ?

सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमाथि आक्रमण गरेको बखत त्यही टावरभित्रै हुँदा कस्तो अनुभव हुँदो हो ?

कोरा डट कममा सोधिने यी केही प्रतिनिधि प्रश्नहरु हुन् । हुनलाई यीभन्दा अलि बढी नै बहुलठ्ठी लाग्ने प्रश्नहरु पनि

सोधिन सक्छन् । साधारणतया मनमा आएर पनि अरुलाई सोध्न नसकिरहेका धेरै प्रश्नहरु यस वेबसाइटमा देख्न सकिन्छ । उदाहरणका लागि, यसै वेबसाइटमा एक प्रयोगकर्ताले सोधेको प्रश्न मनन् गरौं । ‘भगवान् श्रीरामको सट्टामा भगवान् श्रीकृष्ण हुँदा हुन् त उनले रावणलाई के गर्थे होलान् ?’ अवश्य पनि यो प्रश्नको उत्तर सहज छैन । कम्तीमा ‘महाभारत’ र ‘रामायण’ का बारेमा राम्रो ज्ञान भएका वा अझ भगवान् श्रीकृष्णको चरित्र अध्ययन गरेका मान्छेहरुले मात्र तार्किक उत्तर दिन सक्छन् ।

जस्तो कि यसै प्रश्नको उत्तरमा एक प्रयोगकर्ता लेख्छन्– रामको ठाउँमा कृष्ण हुन्थे भने रावणसँग उनी सोझै युद्ध गर्दैन थिए होलान् । सम्भवतः बालीलाई अघि सारेर रावणलाई मार्थे, जसरी ‘महाभारत’ को युद्धमा पाण्डवलाई अघि सारेर कौरवको नाश गरेका थिए । उनको यो उत्तरसँग तपाईं सहमत हुनुहुन्न र योभन्दा अलग तर्क छ भने तपाईं त्यस वेबसाइटमा लगईन गरेर आफ्ना विचार राख्न सक्नुहुन्छ । त्यसपछि थाहा हुनेछ, कतिलाई तपाईंको कुरा मन पर्यो भनेर ।

मूलतः कोरा डट कम एक प्रश्नोत्तर वेबसाइट हो । साधारणतया यस वेबसाइटमा प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ सम्बन्धित विज्ञबाट खोज्ने प्रयास गरिन्छ । कुनै प्रश्नको उत्तर कुनै व्यक्ति विशेÈबाट अपेक्षा गरिएको भए सम्बन्धितलाई उत्तरको लागि अनुरोध गर्न सकिन्छ । झारा टार्ने किसिमको प्रश्न वा उत्तरको यस वेबसाइटमा कुनै स्थान छैन । प्रयोगकर्ताले सोधेको प्रश्नलाई अरुले भाषागत वा व्याकरणीय सुधारका लागि सुझाव दिन सक्छन् । प्रयोगकर्ताले उत्तर चित्तबुझ्दो लागे ‘अपभोट’ गर्न सक्छन् भने चित्त नबुझे ‘डाउनभोट’ गर्छन् । यस वेबसाइटमा कुनै प्रश्नसँगै सबैभन्दा बढी रुचाइएको त्यसको उत्तर हुने गर्दछ । कसैले नरुचाएको वा अनुपयुक्त ठानेको उत्तर प्रश्नसँग देखिन छाड्छ । यो वेबसाइटमा कुनै प्रश्न सोध्न वा उत्तर दिनको लागि कम्तीमा गुगल, ट्वीटर वा फेसबुक खाता भएको हुनुपर्दछ । यसमा राखिएका प्रश्न तथा उत्तरहरु स्तरीय रहून् भनेर प्रत्येक प्रयोगकर्ताले यस वेबसाइटको सदस्य बन्न आफ्नो वास्तविक परिचय सार्वजनिक गर्नैपर्छ । यद्यपि परिचय गोप्य राखेर पनि कुनै प्रश्न वा उत्तर वेबसाइटमा राख्न सकिन्छ ।

यो वेबसाइटमा कुनै प्रयोगकर्ताले आफूलाई दर्ता गरिसकेपछि आफूलाई कुन विषयसँग सम्बन्धित सामग्रीहरु पढ्न मन पर्छ वा अन्तर्कृयामा सहभागी हुन मन पर्छ, सोसम्बन्धी बढीमा २० वटा विषय रोज्नुपर्दछ । यो वेबसाइटमा गुगल, फेसबुक र ट्वीटर खाताबाट लगईन गर्न सकिने भएको हुनाले आफ्नो कन्ट्याक्टमा भएका साथीहरुलाई सजिलै खोज्न र तिनै साथीहरुबाट अन्तत्र्रिmया शुरु गर्न सक्दछ । यो वेबसाइटमा गएर प्रश्न सोध्ने मात्र होइन, आफूले के जानेको छ, सो पनि उल्लेख गर्नुपर्दछ र त्यसैको आधारमा कसैले उक्त प्रश्नको उत्तर दिन सिफारिस गर्ने गर्दछ । समग्रमा माथि उल्लेखित प्रक्रिया पूरा गरेपछि मात्र तपाईं कोरा डट कमको पूर्ण प्रयोगकर्ता मानिनुहुन्छ ।

हुनलाई यो वेबसाइट आफैमा कुनै नयाँ प्रयोग भने होइन । कुनै विषयवस्तुका बारेमा विस्तृत विवरण दिनको लागि यसभन्दा पहिले नै विकिपेडिया छँदै थियो । अझ विकिपेडियाले प्रश्नोत्तरको लागि विकिएन्सर भन्ने वेबसाइट सञ्चालन गरेकै थियो । याहुले यसअगाडि नै प्रश्नोत्तर वेबसाइटको रुपमा याहु एन्सर प्रयोगमा ल्याइसकेको थियो । खासमा क्वेरा याहु एन्सर र विकिपेडियाको विद्यमान् फिचरहरुलाई जोड्दा बन्ने एउटा सिङ्गो साइट हो । यद्यपि क्वेरामा कुनै पनि प्रश्न तथा उत्तर परिचय सार्वजनिक नगरी दिन सकिँदैन । यस वेबसाइटको आन्तरिक संरचना भने अन्य वेबसाइटको तुलनामा जटिल छ । यसमा प्रयोगकर्तालाई स्तरीय सामग्री उत्पादन गर्नको लागि प्रोत्साहित गर्न भोटिङ सिस्टम अवलम्बन गर्ने गरिन्छ । जस्तो, कुनै प्रयोगकर्ताले स्तरीय उत्तर दिएर प्राप्त गरेको अङ्कलाई त्यही तहको प्राप्ताङ्क प्राप्त गरेको अर्को प्रयोगकर्तालाई प्रश्न सोध्न सकिन्छ ।

यस वेबसाइटमा आफ्नो क्षेत्रमा नाम चलेका व्यक्तिहरुको बाक्लै उपस्थिति छ । यद्यपि यस सूचीमा सूचना प्रविधिको क्षेत्रमा लागेका प्रयोगकर्ताहरुको नामावली लामो छ । प्रसिद्ध अमेरिकी इन्टरनेट कम्पनी एओएलका अध्यक्ष स्टीभ केस, विकिपेडियाका संस्थापक जिम्मी वालेस, फेसबुक संस्थापक मार्क जुकरबर्ग आदि नाम चलेका क्वेरा प्रयोगकर्ता हुन् । धेरैले यस वेबसाइटको डिजाइन शैली फेसबुकसँग मिल्ने बताउने गरेका छन् जसलाई स्वयं यसका संस्थापकहरुले विभिन्न अन्तर्वार्ताहरुमा स्वीकार पनि गरेका छन् । संस्थापकद्वय आदम डिएङ्लो र चालि सिर्भर पूर्व फेसबुक कर्मचारी नै हुन् ।

यो लेख मिति २०७१ बैसाख १३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-33998900764507977522015-03-08T20:04:00.001+05:452015-03-08T20:06:26.636+05:45युट्युबमा नेपाली चलचित्र

यदि तपाईँ सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले वितरण गरेको इन्टरनेट चलाउनु हुन्छ भने पछिल्लो समयमा आएर याद गरेको हुनु पर्छ याहु , जिमेल, फेसबुक लगायतका वेबसाईट मुस्किलले लगईन भैरहदाँ युट्युबमा केही भिडियोहरु नरोकिकन चलिरहेको हुन्छ । कतिपय अवस्थामा साढे दुईघण्टाको हिन्दी तथा नेपाली चलचित्र एकैछिन पनि नरोकिईकन हेर्न सकिन्छ । नेपाल टेलिकमको जावलाखेल स्थित कार्यलयमा गुगलले आफ्नै क्याचे सर्भर राखेको हुनाले बारम्बार हेरिरहने भिडियोहरु त्यसैबाट प्रसारण हुने हुदाँ त्यति छिटो चलेको हो । यसो गर्दा नेपाल टेलिकम तथा गुगल दुवैको ब्याण्डविथ बचत भैरहेको छ भने प्रयोगकर्ताले सहजरुपमा युट्युबको सेवा प्रयोग गर्न पाइरहेका छन् ।

नेपाली इन्टरनेट प्रयोगकर्ताहरु पछिल्लो चरणमा आएर इन्टरनेटबाटै गीत सङगीत सुन्ने तथा पुराना र नाम चलेका हिन्दी तथा नेपाली चलचित्र तथा संम्भव भए सम्म लोडसेडिङगके कारणले हेर्न नपाएको टेलिभिजन कार्यक्रम हेर्ने कुरामा बानी पर्दै आइरहेका छन् । नेपाली चलचित्रहरुको युट्वुब च्यानलको लोकप्रियता र कतिपय गायक गायिकाकहरुले युट्वुबबाटै आफ्नो म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेबाट यो कुरा पुष्टि गर्न सकिन्छ । पछिल्लो समयमा फरकधारका भनिएका केही चलचित्रको प्रोमोसन भिडियो पनि ट्युबबाटै प्रसारण गरिएको थियो । राजबल्लभ कोइराला अभिननित चलचित्र राघवलाई त हलमा आउनु भन्दा पहिले नै युट्बमा राखिएको थियो । हलमा पुगेर दशलाख दर्शकले हेरेकि हेरेनन निर्माता नै जानुन तर राजेश हमाल, करिश्मा मानन्धर अभिनित चलचित्र किन किन लाई यो लेख तयार गर्दा सम्ममा अठार लाख भन्दा बढीले हेरी सकेका छन् । भारतीय टिभी च्यानलमा प्रसारण हुने कमेडीनाईट विथ कपिल , नेपालबाट प्रसारण हुने भद्रगोल आदी युट्युबमा रुचाईएका टेलिभिजन कार्यक्रमहर हुन ।

नेपाली चलचित्रहरुको कुरा गर्दा युट्युबमा अहिले मुलत : हाईटक इन्टरटेनमेन्ट र बुढासुब्बा डिजिटल, ओमसाइ रेकर्डस् ले वितरण अधिकार लिएका चलचित्रहरुको देख्न सकिन्छ । यी तिनै कम्पनीहरले प्रदर्शन भइसकेको निश्चित समयपछि मूलत: भिसिडी, डिभिडी अधिकार किनेर वितरण गर्ने गर्दछन । त्यसो त युट्युबमा हलबाट खिचेर अपलोड गरिएका नेपाली तथा हिन्दी चलचित्रहरु पनि नभेटिने हैनन । हिन्दी तथा अङग्रेजी फिल्म निर्माता कम्पनीहर आफैँले अपलोड गर्ने गरेको एचडी क्वालिटिको भिडियोहरुको उपलब्धताको कारणले प्रयोगकर्ताहरु आफैले यस्ता भिडियोहरु नरुचाउने गरेका छन् । युट्युबले फिल्मका छुट्याएको स्थानमा धेरै पहिले देखीनै नेपाली चलचित्रहरु देखिने गरेका थिए । अनाधिकृत रपमा राखिएका ती चलचित्रहरु उजुरी पर्ने बित्तिकै निश्चित समय भित्रमा डिलिट गरिन्थे । त्यस्ता चलचित्रहरुको गुणस्तरपनि खासै राम्रो हुदैनथियो । वितरण अधिकार पाएका कम्पनीहर नै युट्बमा चासो देखाउन थाले देखी नेपाली चलचित्र हेर्न हलसम्म नपुग्ने दर्शकहरुलाई पनि यसले आकशिर्त गर्न थालेको छ ।

इन्टरनेट सञ्जालको कारण साघुरिदै गएको विश्व परिदृश्यमा प्रयोगर्ताहरुको लागी युट्वुब घरपरिवार , आफ्नो भाषा संस्कृत आदीको न्यास्रो मेट्ने एउटा साधन पनि भएको छ । पुराना, ऐतिहासिक महत्वका भिडियो देखि रमाइला भिडियोसम्म यसमा हेर्न पाइन्छ । संसारमा नामै मात्र सुनिएका देशको रितितिथी संस्कृति अध्ययन गर्नको लागी पनि युट्बमा एउटा माध्ययम हो । बजार अभावको कारणले कहिले हाम्रो गाँउठाँमा नलाग्ने रसियन , कोरियन , अफ्रिकन अरेबियन फिल्महर हामी युट्युबमा हेर्न सक्छौ ।

सरसर्सी हेर्दा कतिपय अवस्थामा हलमा चलिसकेपछि यत्तिकै घरमा थन्काएर राख्नुभन्दा फिल्महर युट्युबमा सार्वजनिक प्रदर्शनका लागि राख्दा फाईदै देखिन्छ । विशुद्द मनोरञ्जनको लागी चलचित्र हेर्न प्रयोगकर्ताहरुले पुराना चलचित्रहरु आफूलाई पायक पर्ने समयमा नि:शुल्क हेर्न सक्छन् भने कसैले अध्ययन अनुसन्धानको लागी तिनै चलचित्रहरुको सहज पँहुच प्राप्त गर्ने सक्दछन । युट्युबमा भिडियो अपलोड गर्दा त्यसबाट आथिर्क रपमा फाइदासमेत प्राप्त गर्न सकिने अवश्थआ छ । युट्युबले धेरैले हेर्ने र धेरै भिडियो अपलोड गर्ने प्रयोगकर्तालाई पार्टनर बनाउन सक्छ र त्यसमा विज्ञापन राखेर निश्चित रकम निर्माण कम्पनीलाई भुक्तान गर्न सक्छ।

यो लेख मिति २०७२ फागुन २५ गते आईतबार स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-41058815721629423502015-03-01T11:30:00.000+05:452015-03-01T11:30:00.077+05:45फेसबुकबाट गुगलको कमाई

पछिल्लो पटक फेसबुक चलाएको बेला तपाईँले आफ्नो फेसबुक टाइमलाईन राम्ररी याद गर्नु भएको भए त्यसमा केके न होला भनेर कौतुहलता सिर्जना गर्ने खालको कुनै वेबसाईटको लिङ्क देख्नु भएको हुन सक्छ । साधरणतय कुनै ब्रोडसिट दैनिक वा विदेशी अनलाइन पोर्टलबाट साभार गरिएका त्यस प्रकारका सामग्रीहरू विशेशत यौन, कुनै सेलीब्रेटीहरुको बारेमा फैलिएको अफवाह वा स्वास्थ्य समस्या सँग सम्बन्धित जानकारी हुने गर्दछ । अझ त्यस लिङ्कमा क्लिक गरेर वेबसाईटमा हेर्ने हो त्यस्ता वेबसाईटहरु निःशुल्क रूपमा होष्ट गर्न मिल्ने ब्लगस्पट डटकम को सब डोमेनमा हुने गर्दछन । हम्मेसी त्यस्ता वेबसाईटहरुका डिजाईन चित्ताकर्षक देखिदैनन । फेसबुकमा देखिए जस्तो सामग्री पनि विषयवस्तु सान्दर्भिक वा पूर्ण नहुन सक्छ । तर साम्रगीको बिच र छेउमा ठुला ठुला विज्ञापन देखिन सक्छन् । वास्तवमा ती वेबसाईटहरु फगत गुगलको विज्ञापन सेवा गुगल एडसेन्स बाट पैसा कमाउने उधेश्यले निर्माण गरिएका हुन ।

के हो त गुगल एडसेन्स ?

गुगल मार्फत विज्ञापन गर्न चाहने प्रयोगकर्ताहरु बाट विज्ञापन लिएर गुगल एडसेन्स प्रयोगकर्ता मार्फत फैलाउने गुगलको यो एक प्रकारको विज्ञापन सेवा हो । गुगल एडसेन्स मार्फत प्रयोगकर्ताहरुले गुगलले दाताहरु सँग लिएको विज्ञापन आफ्नो वेबसाईटमा राखेर आम्दानी गर्न सक्दछन । प्रयोगकर्ताको वेबसाईटमा कस्तो प्रकारको विज्ञापन देखिने भन्ने कुराको निक्यौल चाँही प्रयोगकर्ताको वेबसाईटमा राखिएको सामग्रीमा भर पर्दछ । जस्तो कि कुनै प्रयोगकर्ताले आफ्नो वेबसाईटमा विदेशी बिश्वबिध्यालयका छात्रबृती सम्बन्धी जानकारी राखेको छ भने त्यस वेबसाईटमा गुगल मार्फत विज्ञापन गराई रहेका विदेशी बिश्वबिध्यालयका विज्ञापन आउन सक्छ । प्रयोगकर्ताको साम्रगी गुगलले आफ्नो सर्भरमा जडान गरिएको स्वाचालित प्रणालीबाट अध्ययन गर्ने भएकोले सबै भाषामा तयार भएका सामग्रीलाई त्यही अनुसारको विज्ञापन देखीदैन । सबै खालका भाषा गुगलको प्रणालीले बुझ्न नसक्ने भएकोले वैधानिक रूपमा केही निश्चित भाषामा सञ्चालनमा भएका बेबसाईटहरुमा मात्र गुगल एडसेन्स चलाउन सकिन्छ । उदारणको लागी गुगल एडसेन्सले नेपाली भाषामा बनेका वेबसाईटहरुमा गुगल एडसेन्स राख्न दिदैन । कुनै अङ्ग्रेजी भाषामा तयार पारिएको वेबसाईट मार्फत गुगल एडसेन्स खाता स्वीकृत गराई नेपाली भाषाको वेबसाईटमा राखेर पैसा कमाउने खोज्नेहरुको वेबसाईटमा गुगलले कुनै पनि बेल सेवा बन्द गरी दिन सक्दछ ।

फेसबुकमा कसरी देखीन्छन त्यस्ता सनसनीखेज समाचार ?

गुगल एडसेन्स बाट पैसा कमाउने उधेश्यले वेबसाईट निर्माण गर्नेहरु आफ्नो वेबसाईटमा धेरे भन्दा धेरै भिजिटर आउन भन्ने उधेश्यले फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटमा शशुल्क विज्ञापन गर्ने गर्दछन । कुनै वेबसाईट वा उत्पादनको फेसबुक पेज बनाए पछि त्यो पेजमा धेरै भन्दा धेरे प्रयोगकर्तालाई लाईक गराउनको लागी फेसबुकले त्यो फेसबुकपेज वा पोस्टलाई बुष्ट (विज्ञापन) गर्न दिने गर्दछ । फेसबुकमा विज्ञापन गर्दा त्यो विज्ञापन कुन देशमा मात्र देखाउने वा कुन उमेर वर्ग , लिङ्गका प्रयोगकर्ताहरुलाई मात्र देखाउने भनेर रोज्न सकिन्छ । यसैकारणले हाम्रो फेसबुक वालमा नेपाली वेबसाईटहरुको विज्ञापन देखिएको हो । कुनै प्रयोगकर्ताले सो विज्ञापनलाई झुक्कीएरै भए पनि लाईक गरेमा त्यो फेसबुक पेजमा फेरी फेरी अपडेट गरिने स्टाटसहरु उसको वालमा देखिने गर्छ । विज्ञापन गरिएका पेजका स्टाटसहरु जो कसैको वालमा देखिने भए ता पनि लाईक गरेपछी जुनसुकै स्टाटसहरु लाईक गर्नेहरुको मात्र वालमा देखिन्छ । यसरी गुगल एडसेन्सबाट पैसा कमाउन लागी परेकाहरु आफ्नो वेबसाईटको फेसबुक पेजमा धेरे भन्दा धेरै लाईक गराउन खोज्छन ।

कसरी कमिन्छ पैसा ?

फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरु मार्फत आफ्नो वेबसाईटमा भिजिटरहरु भित्राएपछी कुनै न कुनै प्रयोगकर्ताहरुले विज्ञापनमा क्लिक गरिदिने गर्दछ । अझ विषयवस्तु सान्दर्भिक विज्ञापन देखिए यो विज्ञापन हो भनेर बुझेको मान्छेले पनि त्यसमा क्लिक गरी दिने गर्दछ । कसैले विज्ञापन नै नगरी दिए पनि वेबसाईटको भिजिटको आधारमा केही निश्चित पैसा पाउने गर्दछ । यसरी पैसा कमाउन लागी परेकाहरु गुगलले थाहा पाएमा सो वेबसाईटमा फेरी कहिले विज्ञापन नदेखीने गरी प्रतिबन्ध लगाई दिने डरले निःशुल्क होष्टगर्न मिल्ने स्थानमा आप्नो वेबसाईट होष्ट गर्ने गर्दछन । वेबसाईटवालाहरुको प्रमुख ध्येय विज्ञापनमा क्लिक गरेर आम्दानी गर्ने भएकोले वेबसाईटको डिजाईन चित्ताकर्षक बनाउने भन्दा पनि कसरी विज्ञापन धेरै खाँदेर पैसा कमाउने भन्ने हुने गर्दछ ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-32606617878376417022015-02-23T10:35:00.000+05:452015-02-23T10:43:29.389+05:45वेबहोष्टीङ्ग व्यपारको सञ्जाल

होष्टमन्सटर, ब्लुहोष्ट, डिरेक्ट्री, आईपेज, रिसेलरक्लब, नेटफर्म्स आदी मध्ये कुनै पनि एक वेबहोष्ट कम्पनी छोडेर अर्को वेबहोष्ट कम्पनी रोज्ने बिचार गर्दै हुनुहुन्छ भने तपाईँलाई जानकारी रहोस तपाईँ नयाँ केही गरीरहनु भएको छैन फगत ब्राण्डनेम परिवर्तन गर्दैहुनुहुन्छ । माथि उल्लिखित कम्पनीहरूको मालिक अझ भनौ कम्पनीको भावी योजना, सिस्टम सेक्युरिटि, ब्यपार रणनिति बारे निर्णय गर्ने बोर्डअफ डाईरेक्टरहरुको समुह एकै हो । सर्वसाधरण प्रयोगर्कताहरुलाई उल्लेखित वेबहोष्ट कम्पनीहरुको डाटा सेन्टर, सिस्टम इन्जिनियर र तिनीहरूको पर्फमेन्सहरु फरक फरक हुने हुनाले EIG (Endurance International Group) अन्तर्गतका वेबसाईटहरुको एकै होलान् भन्ने अनुमान गर्न गार्हो हुने गर्दछ ।

विकिपेडियामा उल्लेख भए अनुसार अमेरिकामा मुख्यालय रहेको ईन्डुरस ईन्टरनेशनल ग्रुप यस्ता सानाठुला वेबोष्टींङ्ग कम्पनीहरूलाई अधिग्रहण गरेर वेबहोष्टिङ्ग बिजनेशको ठुलो हिस्सामा आफ्नो पकड जमाएको छ । आफूले अधिग्रहण गरीसकेको भए ता पनि ब्राण्डनेम परिवर्तन नगरी कम्पनीको पुरानै शाखको आधारमा ब्ययपार गरिरहेको EIG सँग हाल तीस लाख वेबसाईट र एक करोड जति डोमेननेम हरू रहेको बताईन्छ ।

हाल EIG सँग अाबद्द कम्पनीहरुको नामावली

2slick

A Small Orange

AccountSupport

ApolloHosting

Arvixe

Berry Information Systems

BigRock

BizLand

BlueDomino

Bluehost

Directi

Dollar2Host

Domain.com

DomainHost

Dot5Hosting

Dotster

EasyCGI

eHost

EntryHost

Escalate Internet

FastDomain

FatCow

FreeYellow

Glob@t

Homestead

HostCentric

HostClear

HostGator

HostMonster

HostNine

Hostwithmenow

HostYourSite

HyperMart

IMOutdoors

Intuit Websites

iPage

iPower/iPowerWeb

JustHost

LogicBoxes

MojoMarketplace

MyDomain

MyResellerHome

NetFirms

Networks Web Hosting

Nexx

PowWeb

PureHost

ReadyHosting

ResellerClub

Saba-Pro

SEO Hosting

Southeast Web

Spry

StartLogic

SuperGreen Hosting

Typepad

USANetHosting

VirtualAvenue

VPSLink

WebHost4Life

webhosting.info

Webstrike Solutions

Xeran

YourWebHosting

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-20669201435181229442015-02-15T09:28:00.000+05:452015-02-15T09:41:49.411+05:45फेसबुकमा नेपाली सेलिब्रेटीहरु

सार्वजनिक महत्वको अलि संवेदनशील विषयमा नायिका रेखा थापाले मुख मात्र खोलिन भने पनि केही रङ्गपत्रकार हरुलाई काम पुग्छ । उनको बैद्धीकताको धज्जी उडाईन्छ । विगतमा उनले दिएका विबादस्पद अन्तर्वाताहरुको सामाजिक सञ्जालमा छ्यासछ्यास्ती सेयर गरिन्छ । यति हुदाँ हुँदै पनि सामाजिक सञ्जाल वेबसाईट फेसबुकमा रेखा थापा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरुमा सबभन्दा बढी रुचाईएकी नायिका हुन । उनको फेसबुकमा खासै गहन विषयवस्तु हुदैन । अझ कतिपय अवस्थामा त उनको स्टाटस पनि अरू कसैले लेखि दिए झैँ लाग्छ । उनको फेसबुक वालमा देखिने कुरा भनेकै विभिन्न पत्रपत्रिकामा तथा अनलाइन पोर्टलहरुमा छापिएको उनको समाचार , उनकै फिल्मको प्रोमोशनल पोष्टर , विभिन्न कार्यक्रममा खिचिएको उनको फोटो आदी हुन । उनको फेसबुक पेजलाई साढे बार्हलाख प्रयोगकर्ताहरुले लाईक गरेका छन् र आफ्नो फेसबुक पेजमा सबभन्दा बढी लाईक पाउने सेलिब्रेटि यिनै हुन । यसका अतिरिक्त अरु पनि उनको नामबाट बनाईएका केही फेसबुक पेज छन । जसलाई कसले चलाउछ भन्ने जानकारी छैन ।

कुनै ब्राण्ड विशेषलाई छोडेर सेलिब्रेटीहरुको मात्र कुरा गर्ने हो भने रेखा थापा पछि दोस्रो नम्बरमा पर्ने सेलीब्रेटीको फेसबुक पेज लाईक झण्डै आधा भन्दा अलिकति बढी छ । दोस्रो नम्बरमा परेका गायक यामा बुद्धको पेजलाईक आठलाखको हाराहारीमा छ । नेपाली पप सङ्गीत क्षेत्रका जल्दाबल्दा गायक यामा बुद्ध खासै पुराना गायक भने हैनन । तेस्रो नम्बरमा माओवादी नेता डा. बाबुराम भट्टराई पर्छन । यसो त सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरूमा यिनै पहिला हुन । फेसबुक होस वा ट्वीटर यिनले लेखेका स्टाटसहरु कतिपय अवस्थामा समाचार बन्छन । यिनलाई सामाजिक सञ्जाल वेबसाईटहरुमा सबै भन्दा बढी गाली खाने नेता भन्दा पनि खासै फरक पर्दैन । झण्डै दैनिक जस्तो सामाजिक सञ्जाल वेबसाईटहरुमा आफ्ना कुनै न कुनै धाराणा राख्ने डा भट्टराईलाई फरक बिचारधारा राख्ने वा नेपाली राजनीति देखी बिरक्तीएका कतिपयहरुले सामान्य शिष्टाचारको समेत ख्याल नगरी बचन लगाउछन र पनि यिनी आक्रमक भएर जवाफ फर्काएको देखिदैन ।

फेसबुक सेलिब्रेटीहरुमा चौथो नम्बरमा लोक गायिका मुना थापामगर पर्छिन । यिनको फेसबुक पेजलाई ७ लाख २५ हजारभन्दा बढीले लाइक गरेका छन् । ‘मैले मन पराएको छु’ बोलको गीतबाट ०६७ सालमा उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड जितेकी मुनाले २५ सयको हाराहारीमा लोकदोहोरी गीतमा स्वर दिई सकेकी बताईन्छ । पाँचौ नम्बरमा पनि लोक गायिका नै पर्छिन । लोक गायिका सुनिता दुलालको फेसबुक पेजलाई ७ लाख १० हजारभन्दा बढीले लाइक गरेका छन् । फेरि आयो माइत जाने दिन, मेरै दिलमा फुल्यौ निरमाया, उनको लागि व्रत बसेको, शिरमा फुललगायत दर्जनजति गीति एल्बम बजारमा ल्याएकी छिन् । फेसबुक सेलीब्रेटीहरुको सुचीको छैटो नम्बरमा गायिका अञ्जु पन्त पर्छिन । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको आधुनिक गीत गाएर चर्चा कमाएकी अञ्जुले थुप्रै आधुनिक तथा चलचित्रका गीतमा स्वर दिएकी छिन् भने पछिल्लो समय उनी कला भन्दा अरुनै कारणले चर्चामा छिन । सातौ नम्बरमा पूर्व मिसनेपाल माल्भिका सुब्बा पर्छिन । पछिल्लो समयमा टेलिभिजन पत्रकारिता र समाजसेवामा पहिचान बनाउदै गएकी सुब्बाको फेसबुक पेजलाई छ लाख चार हजारको हाराहारीमा लाईक गरिएको छ ।

फेसबुक सेलीब्रेटीहरुको दोस्रो नम्बरका गायाक यामा बुद्दा तेस्रो नम्बरका नेता बाबुराम भट्टराई , चौथो नम्बरकी लोक गायिका मुना थापा मगर र पाचौ नम्बर कि सुनिता दुलाल, छौटो नम्बर कि गायिका अञ्जु पन्त र सातौ नम्बरकी माल्भिका सुब्बाको फेसबुक धेरै सानो अन्तर भएकोले यिनीहरूको स्थान तलमाथि भैरहन्छ । उदारणको लागी अघिकल्लो महिनाम छौटो स्थानमा रहेकी माल्भिका सुब्बा एक स्थान तल झेरर सातैमा पुगेकी छिन भने उनलाई झण्डै दुई हजार लाईकको मात्र फरकले गायिका अन्जु पन्तले पछि पारेकी छिन ।

फेसबुकमा मदनकृष्ण श्रेष्ठको भन्दा हरिवंश आचार्यको उपस्थिति दर्हो छ । हरिबंश आचार्यको फेसबुक पेजलाई चार लाख चौवालिस हजार प्रयोगकर्ताहरुले लाईक गरेका छन् । नवौ नम्बरमा परेका पत्रकार तथा हेल्प नेपाल नेटवर्कका नामक गैरसरकारी संस्थाका संस्थापक रविन्द्र मिश्र पर्दछन ।

माथि उल्लिखित सेलिब्रेटीहरुमा दोस्रो नम्बरका गायक यामा बुद्ध , सातौ नम्बरकि टेलिभिजनकर्मी माल्भिका सुब्बा , आठौ नम्बरका कलाकार हरिवंश आचार्य बाहेक सबैको पेजलाई फेसबुकले भेरिफाई गरेको छ । जसको नाममा फेसबुक पेज खोलीएको हो उसैले सो खाता चलाई रहेको छ भन्ने पक्का गरिसकेपछी मात्र फेसबुकले सम्बन्धितको पेजमा भेरीफाईड लोगो राख्ने गर्दछ । आफू प्रधानमन्त्री हुदाँ ताका आफ्नो फेसबुक पेज भेरिफाई गर्न पहल गरेका पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई पेज बल्ल आएर भेरिफाई भएको छ ।

यो लेख मिति २०७१ साल फागुन ३ गते आईतबारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-64113398453664327272015-01-26T08:00:00.000+05:452015-01-26T09:36:50.149+05:45फेसबुकमा भारतीय सेलिब्रेटीहरु

पछिल्लो समयका चर्चित भारतीय गायक हनि सिंह पुराना जमानाका जानेमानेका सबै हस्तीहरुलाई पछि पार्दै फेसबकुमा सबैभन्दा बढी फ्यान फलोवलर भएका भारतीय सेलिब्रेटीहरुको सुचीमा एक नम्बरमा परेका छन् । योयो हनि सिहं भनेर चिनिने यी गायकको फेसबुक पेजलाई लगभग पौने तिन करोड फेसबुक प्रयोगकर्ताहरुले लाईक गरेका छन् । यिनको फेसबुक पेजलाई लाईक गर्नेहरुमा भारतियहरु पछि पाकिस्तानी , बङ्गलादेशी अनि त्यसपछि नेपालीहरू छन् । यिनका कुल फलोवरहरुको सात प्रतिशत प्रयोगकर्ताहरु नेपाली छन् ।

सामाजिक सञ्जाल वेबसाईट प्रयोगकर्ताहरुको हिसाबकिताब राख्ने वेबसाईट सोसलबेकर डट कमको अनुसार फेसबुकमा हनि सिंह पछि रुचाईएका भारतीय सेलिब्रेटिहरुमा नायिका दिपिका पादकुकोन, क्रिकेटर सचिन तेण्डुलकर , गायिका श्रेया घोसल , नायक सलमान खान , संगितकार एआर रहमान, क्रिकेटर बिराट कोहली , महानायक अमिताभ बच्चन, गायक सोनु निगम र कमेडियन कपिल शर्मा पर्दछन ।

फेसबुकमा भएका फ्यान फलोवरलाई आधार मानेर माथि उल्लिखित सेलिब्रेटीहरुको प्रसिद्दीको कुरा गर्ने हो भने एआर रहमानलाई छोडेर लगभग सबैको नेपाल सबभन्दा बढी फलोवर भएको देशहरूको क्रममा चौथो स्थानमा पर्छ । उक्त साइटमा उपलब्ध तथ्याङ्क विश्लेषण गर्ने हो भने अधिकांश भारतीय सेलिब्रेटीहरुका भारत पछि पाकिस्तान , पाकिस्तान पछि बङ्गलादेश र त्यसपछि नेपालमा नै सबैभन्दा फ्यान फलोवर छन् । कन्ट्रोभर्सी वा जुनसुकै कारणले होस कमेडियन कपिल शर्माको लागी नेपाल उनका सबैभन्दा बढी फ्यान फलोवर भएको देशमा नेपाल तेस्रो नम्बरमा पर्छ । अन्यको हकमा नेपाल चौथो वा त्यो भन्दा अलि तल पर्छ । संगितकार एआर रहमानलाई नेपालमा भन्दा बढी श्रीलंकामा रुचाईन्छ ।

क्रिकेटर सचिन तेण्डुलकरको फ्यान फलोवरहरुमा नेपालीहरूको स्थान निकै तल छ । उनका फेसबुक फ्यान फलोवरहरुको देशको कुरा गर्दा सबभन्दा पहिले भारत त्यसपछि बङ्गलादेश, पाकिस्तान , युएई, अमेरिका र त्यसपछि मात्र नेपाल आउछ । दुई करोड भन्दा बढी फ्यान फलोवर भएका सचिनका फ्यानहरुमा नेपालीहरू एक प्रतिशत भन्दा अलिकति मात्र बढी छन् ।

चलचित्र क्षेत्रका भारतीय सेलिब्रेटिहरुमा नायक सलमान खानलाई नेपालमा सबभन्दा बढी रुचाइएका कलाकार भन्दा फरक पर्दैन । उनका कुल फ्यान फलोवरहरुमा ३ प्रतिशत अर्थात् सात लाख भन्दा बढी फ्यान फलोवर नेपाली छन् । सलमान खान पछि रुचाईएका भारतीय कलाकारहरुमा महानायक अमिताभ बच्चन हुन । उनका कुल फेसबुक फ्यान फलोवरमा झण्डै साढे चारलाख नेपाली छन् । त्यसो त अमिताभ बच्चनका फ्यान फलोवरहरुमा छिमेकी देशका सर्वसाधरण मात्र हैन प्यालेष्टाईन देखी ईथोपिया सम्मका हिन्दी चलचित्र हेर्ने सर्वसाधरणहरु पर्छन ।

यसो भनिरहदा भारतीय सेलिब्रेटीहरु लोकप्रियताको कसि भन्नु नै फेसबुक फ्यान फलोवर हुन भन्ने चाही हैन । जस्तो कि फेसबुक जस्तै अर्को लोकप्रिय सामाजिक सञ्जाल वेबसाईट ट्वीटरमा माथि उल्लिखित सेलिब्रेटीहरुको उपस्थिति नै मिल्दोजुल्दो छैन । ट्वीटरमा सवा एक करोड फलोवर भएका अमिताभ बच्चनको उपस्थिति फेसबुकमा टप सेलिब्रेटिहरुको क्रमाङ्कमा आठौ नम्बरमा पर्छ । अमिताभ बच्चन भन्दा ठ्याक्क आधा भन्दा कम फलोवर भएर पनि ट्वीटरका टप सेलिब्रेटहरुको दोस्रो स्थानमा रहेका नायक शाहरुख खानको उपस्थिति फेसबुकमा रहेका सेलिब्रेटिहरुको सुचीको टप टेनमा पर्दैन । फेसबुक ट्वीटरका कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा नरहेका तर लोकप्रियताको उचाँईमा रहेका कलाकारहरू पनि मनग्यै छन् जस्तो कि इमरान खान, कङ्गना रानावत, ऐश्वर्या रायबच्चन , बिध्या बालन , केटरिना कैफ, सैफ अलि खान , करिन कपुर, काजोल , रणबिर कपुर आदी ।

सामाजिक सञ्जाल वेबसाईटहरुमा सक्रिय नदेखिका तर पनि चर्चामारहेका सेलिब्रेटिहरुको सोसल मिडिया सँगको सम्बन्धमा पनि कम रोचक छैन । राम्रो सँग कम्प्युटर वा मोबाइल चलाउन नजानेर आफूलाई सोसल मिडिया देखी टाढै राखेका सेलिब्रेटिहरु पनि मनग्यै छन् । ऐश्वार्या राय , बिध्याबाल आदी उदारण हुन । ऐश्वार्या रायले सार्वजनिक रूपमा आफू कम्प्युटरमा पोख्त नरहेको बताई सकेकीछिन भने बिध्या बालन सोसल नेटवर्किङ्क साइटमा लगानी गर्नु पर्ने सम परिवारलाई दिन उचित सम्झीन्छन । काजोलको सोसल नेटवर्किङ्ग साइट सँगको सम्बन्ध झनै रोचक छ । कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा प्रवेश नगरीसकेको काजोलको जब ट्विटरमा खाता खुल्यो तब उनको नामको खाताबाट सहकर्मी नायक शाहरुख खानको चलचित्र माईनेम ईज खानको बारेमा गरिएको टिप्पणीबारेमा उनले सफाई नै दिन पर्यो । यस्तोमा अब फेरी उनले सोसल नेटवर्किङ्ग वेबसाईट के चलाउथिन होला र ?

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-46051207242164777372014-12-28T18:35:00.001+05:452014-12-28T18:39:51.496+05:45नेपाल टेलिकमको ADSL इन्टरनेट सम्बन्धी केही जानकारी

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको ADSL इन्टरनेट सेवा आफैमा भरपर्दो छैन तर पनि कतिपय अवश्थामा सम्बन्धीत निकायले ग्राहकका गुनासो राम्रो सँग नसुनिदा ग्राहकलाई झनै हैरानी हुन्छ । सर्वसाधरणको जानकारिको लागी केही सुझावहरु प्रश्नोत्तरको रुपमा यहाँ दिईएको छ ।

ADSL भनेको के हो ?

ADSL (Asymmetric Digital Subscriber Line) PSTN टेलिफोन सेवा अन्तर्गत Copper wire मा आधारित इन्टरनेट सेवा हो । यसमार्फत एकैपटक इन्टरनेट र टेलिफोन (Data & Voice) सेवा उपभोग गर्न सकिन्छ । नेपाल टेलिकमले वि.सं. २०६५ साल बैशाख महिनादेखि काठमाडौं उपत्यकाबाट यो सेवा आरम्भ गरेको थियो । हाल यो सेवा नेपालका सबै जिल्लाहरुमा चालु रहेको बताईन्छ ।

नेपाल टेलिकमसँग हाल कस्ता कस्ता ADSL Package हरु छन ?

हाल कम्पनीले दइु पक्रारका प्याकजेबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

1) Volume based यो सेवा अन्तर्गत पहिल देखी नै निधार्रण गरिएका Data package खरिद गरी ताेकएको समयसम्म प्रयोग गर्न सकिन्छ । उक्त समयसम्म निश्चित गरिएको Data package पुरै उपभोग नभए पनि समय सकिए पछि सेवा स्वतः: समाप्त हुन्छ । Volume Based Package अन्तर्गत 512 kbps को क्षमतामा 15 GB डाटा प्रयोग गर्न सकिन्छ भने Data volume अनुसार 15 GB को कर बाहेक रु. १,९८०।–, 30 GB को रु. ३,१८०।– लाग्छ भने यसको अवधि ३ महिनासम्म कायम रहन्छ । उल्लिखित प्याकेजहरु २०७० बैशाखदेखी ३ महिना वा सो भन्दा बढी अवधिको प्याकेजकलो ग्राहक लिएमा सो बापत ग्राहकले खरिद गरेको डाटा को ४० प्रतिशत डाटा बोसन रूपमा उपलब्ध गराउँछ ।

2) Unlimited Monthly Plan : यो सेवा अन्तर्गत Home User ग्राहकले 192, 384, 512 Kbps तथा संस्थागत ग्राहकले अधिकतम २ Mbps क्षमता सम्मको सेवा खरिद गर्न सक्छ । तोकिएको मासिक महसुल भुक्तानी गरेपछि महिना दिन (३० दिन) सम्म सेवा प्रयोग गर्न सकिनेछ । यसमा Data Volume को कुनै सीमा तोकिएको छैन । यो सेवा बापत लाग्ने मासिक महसुलदर खरिद गरिएको Package अनुसार फरक–फरक रहेको छ । जसअनुसार 192 Kbps क्षमतामा मासिक कर बाहेक रु. ९००।– लाग्छ भने 384 Kbps र 512 Kbps क्षमतामा मासिक कर बाहेक क्रमश: रु. १,५००।– र रु. २७००।– लाग्छ । त्यसैगरी संस्थागत ग्राहकलाई 2 Mbps को मासिक शुल्क रु. ९,३००।– लाग्छ ।

ADSL सेवा लिन के गर्नुपर्छ ?

ग्राहकले सर्वप्रथम आफ्नो टेलिफोन लाइन लिएको कार्यलयमा ADSL सेवाको लागि निवेदन दिनुपर्छ । यसका लागी टेलिफोन जसको नाममा रहेको छ उक्त व्यक्तिले आफ्नो नागरिकताको फोटोकपि समेत उपलब्ध गराउनु पर्छ । फारम भरेर निवेदन दिईसकेपछि आवश्यक पोर्ट रहेछ भने छिटै नै यो सेवा उपलब्ध हुन्छ । यदि पोर्ट नभएमा प्राथमिकतामा राखी क्रमश सेवा उपलब्द गराईन्छ ।

ADSL सेवा सुचारु भैसकेपछी त्यसको Validity कसरी थापा पाउन सकिन्छ ?

मोबाइलको म्यासेज बक्समा गएर ADSL स्पेश अनि एरिया कोड सहितको ADSL टेलिफोन नम्बर राखी १४०० मा SMS गर्दा यसको Validity फेरिोद थाहा हुन्छ । जस्तै ADSL 015544333 लेखेर 1400 मा SMS पठाउन सकिन्छ ।

ADSL Router कसरी setting गर्न सकिन्छ ?

Router निर्माता कम्पनी अनुसार यसको setting पनि फरक हुन्छ । यसमा नेपाल टेलिकमले लिएको USername र Password प्रयोग गरी setting गर्न सकिन्छ । अन्य अनिवार्य सेटिङ्ग डिटेल्समा देहाय अनुसार हुन्छ ।
VPI => 8
VCI => 8
Channel Mode => PPoE

ADSL मा कस्ता समस्या आऊन सक्छन ?

ADSL मोडेम का कारण पनि ADSL मा विभिन्न प्रकारका समस्या आउछन । ती समस्या यस्ता हुन सक्छन् ।

DSL लिङ्कको LED नबल्ने

Splitter मा तार जोड्दा उल्टो जोडिने । धेरै जस्तो ग्राहकमा यो समस्या देखिन्छ । Splitter खो ओुतपुर मा २ वटा प्वाईन्ट मध्ये टेलिफोन जोड्ने प्वाईन्ट र ADSL जोड्ने प्वाईन्ट फरक हुन्छ । तार उल्लटो जोडीमा ADSL / DSL मोडेममा बत्ती बल्दैन ।

ग्राहकहरुले Splitter मा लेखिएको सङ्केत अनुसार ADSL र टेलिफोन जोड्नुपर्छ ।

ADSL Modem को Setting नमिलेमा पनि समस्या आउछ ।

ADSL मार्फत ईन्टरनेट नचलेमा के गर्ने ?

ADSL Modem र फोन जोड्ने तार Splitter तरिकाले जोडेको छ कि छैन , चेक गर्ने ।

ADSL सेवाको समायावधि सकिएको छ कि छैन जाँच गर्नु पर्छ ।

घरमा रहेको तार कुनै ठाँउमा नाङ्गो भाग छ कि हे्रनु पर्छ । नाङ्गो तारको कारणले पनि इन्टरनेट नचल्ने हुन सक्छ ।

केही गरी पनि इन्टरनेट नचलेमा 198 मा नम्बर डायल गरी ADSL कम्प्लेन गर्नु पर्दछ ।

ADSL कहिलेकाँही मात्र चल्ने वा बेला बेलामा डिस्कनेक्ट हुने समस्या के कारणले हुन्छ ?

प्राय निम्न कारणले यस्ता समस्या आउन सक्छ ।

घरमा ल्याएको मेन लाइनमा स्पीटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउनदा इन्टरनेट डिस्कनेक्ट हुन्छ ।

इन्टरनेट चलाउदा प्रयोग गरिने मोडेम को कारणलेल पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेम को गुणस्तरको कारण पनि समस्या हुन सक्दछ।

उपलब्ध बिध्युत लाइनमा भोल्टेज अति फल्चुएट हुने अर्थात् कम बढी भोल्टेज आउने र मोडेमको कमअसल एडेप्टरको कारणले राउटर आफै रिस्टार्ट हुन्छ र इन्टरनेट घरीघरी डिस्कनेक्ट हुन्छ ।

ADSL सम्बन्धमा थप केही गुनासो भए कहाँ सम्पर्क गर्ने?

थप जानकारीको लागी ADSL Maintenance Center को ०१ ४२४४४००, पुल्चोकस्थीत साझा भवन रहेको ADSL Support Center को ०१ ५०१००७२२ वा ५०१०७२६ मा सम्पर्क गर्न सकिन्छ । मोफसलको हकमा सम्बन्धित क्षेत्रको टेलिकम अफिसको ADSL शाखामा सम्पर्क गर्न सकिन्छ ।

नेपाल टेलिकमले प्रकाशन गर्ने न्युजलेटरमा आधारित सामग्री

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-90824037507337104422014-12-16T21:52:00.000+05:452014-12-16T21:52:00.789+05:45नेपालमा एसएमएस क्रान्ति

तोकिएको समयमा संविधान निर्माण गर्ने दबाब दिने अभिप्रायले अनेरास्ववियुका बिध्यार्थी नेताहरूले एसएएमएस मार्फत खबरदारी सुरु गरेका छन् । गत शुक्रवार देखी जारी उक्त अभियान अन्तर्गत केही दिन सम्मको लागी दैनिक तिनवटाका दरले सम्भव भए सम्म सबैसभासदहरुलाई एसएमएस पठाएर खबरदारी गरिने बताइएको छ । आफ्नै माउ पार्टीका सभासदहरुलाई समेत झक्झकाउन नछोड्ने भनेर सुरु गरिएको उक्त कार्यक्रमलाई धेरैले रचनात्मक सोच भनेर सर्हाना गरेका छन् । हुनलाई ठ्याक्कै यस्तै खालको कार्यक्रम केही समय पहिले गैरराजनैतिक समूहका तर्फबाट भनी धरानबाट पनि सञ्चालन गरिएको थियो । क्षेत्रीय रङ्गशाला धरानमा निर्माण गर्न दबाब दिने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रमले आफ्नो उधेश्य प्राप्त गर्न नसके पनि रचनात्मक आन्दोलनको कार्यक्रम भनेर धेरैको मन जितेको थियो ।

नेपालको कुल जनसङ्ख्याको ८३ प्रतिशत जनसङ्ख्या सँग मोबाइलको पँहुच रहेको सरकारी आँकडाको अगाडी यस्ता एसएमएम आन्दोलनका कार्यक्रमहरूको खासै अकल्पनीय भने लाग्दैनन । सरकारी र निजी क्षेत्रका मोबाइल सेवा प्रदायकहरुले मोबाइलको सिमकार्ड बेचेको तथ्याङ्कमा आधारित यस तथ्यले बहुसङ्ख्यक नेपालीको एकाघरमा एक भन्दा बढी मोबाइल रहेको भन्ने देखाउछ । मोबाइलमा सर्वसाधरणको पहुँच बढे सँगै यसको उपयोग पनि बढेको छ । अहिले झगडियाहरुको लागी मुद्दाको पेशी कहिले छ भन्ने देखी विदेश जानभनेर तम्तयार युवायुवतीहरुको एमआरपी पासपोर्ट जिल्ला प्रशासन कार्यलयमा कहिले आयो भन्ने कुरा जानकारी एमएमएस बाट प्राप्त हुन थालेको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने विभिन्न प्रकारका ठगीका घटनालाई नियन्त्रण गर्न भनी एसएमएस सेवा सुरु गरेको छ । विभागका अनुसार म्यानपावरले भनेको काम, सेवासुविधा, तलब, कम्पनीका साथै म्यानपावरले मागेको कोटा पूरा भएको वा नभएको जानकारी विभागले तोकेको नम्बर एसएमएस गरी जानकारी प्राप्त गर्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एमआरपी बुझ्न आउन आवेदकहरुलाई मोबाइलमार्फत एसएमएस सन्देश पठाउन थालेको छ । राहदानीका लागि आवेदन दिएपछि ३५ दिनमा पाइने भनिए पनि विभिन्न कारणबाट तोकिएको समयमा जिल्ला आइपुग्न नसक्ने तर पटकपटक सोध्न आइरहनुपर्ने बाध्यतालाई हटाउन यो व्यवस्था गरिएको उक्त कार्यलयले जनाएको छ ।

सर्वोच्च अदालतले घरमै बसेर सर्वोच्च अदालतमा रहेको मुद्दाको अवस्था जानकारी लिन सक्ने व्यवस्था गरेको छ । सेवाग्राहीले अदालत नआइकन आफूलाई पायक पर्ने नजिकको जिल्ला तथा पूनरावेदन अदालतबाट समेत अनलाइन तारेख लिन सक्नेछन् । यातायात व्यवस्था विभागको वेबसाईटमा दिइएको जानकारी अनुसार एसएमएस मार्फत जो सुकैले आफ्नो मोटरसाइकल, कार, बस, ट्याक्सी लगायत सबै सवारीको कर तिरेको विवरण प्राप्त गर्न सक्दछन । नेपालका धेरै जस्तो बाणिज्यबैकहरुले आफ्नो बैकखाता मार्फत भएको कुनै पनि कारोबारको जानकारी तत्काल ग्राहकको मोबाइलमा पठाउने काम गर्दछन ।

ईन्टरनेको पँहुच बढेसँगै गोर्खापत्रमा छापीने एसएलसी नजिताले मोबाइलको म्यासेजबक्समा राम्रै सँग कब्जा जमाएको छ । सर्टकोड भनिने चारअंकका नम्बरबाट पठाउने एसएमएसको कारोबार गर्नेहरुको लागी प्रवेशिका र बिश्वबिध्यालको नतिजा राम्रै सँग आम्दानी गर्ने अवसर पनि हो । सेवाप्रदायकले लिने शुल्क र ग्राहकसँग उठाईने शुल्कलाई राम्रोसँग नियमन नगरीएर सर्वसाधरण ठगिईरहेको भएता पनि एसएमएस सेवाले धेरैलाई सुविधा पनि दिइरहेको छ । साधरणतय प्रयोगकर्ताहरुले जानकारी प्राप्त गर्ने भन्दा पनि जानकारी माग्ने क्रममा चलनचल्तीको भन्दा बढी शुल्क तिर्नु परेर ठगिने गरेका छन् यद्दपी नेपालमा धेरैले एसएमएस बाट सूचना प्रवाह गर्ने गरेको देखिन्छ ।

यो लेख २०७१ मंङ्गसीर २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-44819288357921418312014-12-08T11:00:00.000+05:452014-12-08T11:00:00.511+05:45पासवर्डका विकल्पहरू

सामाजिक सञ्जाल लगायतका वेबसाईटहरुको बढ्दो प्रयोग सँगै प्रयोगकर्ताहरुमा त्यसको व्यवस्थापन सम्बन्धी कठिनाइ थपिदो छ । सम्झीन सजिलो हुने वा सबैमा एकै किसिमको पासवर्ड प्रयोग गर्दा त्यसलाई अरूले थाहा पाएर आफ्नो गोप्यता भङ्ग गर्देलान भने समस्या हुन्छ भने एकचोटी सुनेकै भरमा सम्झन गार्हो हुने कम्प्युटर सुरक्षाविज्ञहरुले भने जस्तो अङ्क , अक्षर र स्पेशल क्यारेक्टहरु समावेश भएको पासवर्ड प्रयोग गर्ने हो आफैले दोस्रो पटक सम्झीन नसकौला भन्ने डर रहन्छ । हुनलाई यस किसिमको समस्या तपाईँ हाम्रो मात्र हैन । ग्राफिक डिजानिङ्गको क्षेत्रमा नाम कहलिएको कम्पनी एडोबको सिस्टमबाट चोरी गरी सार्वजनिक गरिएको पासवर्डलाई कम्प्युटर सुरक्षा विषेशज्ञहरुले अनुसन्धान गरी निकालेको निचोडमा गतिलो पासवर्ड कम्प्युटर प्रयोकर्ताहरुको लागी आफैमा एउटा ठुलै समस्या रहेको देखिएको थियो । त्यस अध्ययनमा धेरैले “123456” र “password” भन्ने फ्रेलाई पासवर्डको रूपमा प्रयोग गरेको देखिएको थियो ।

पासवर्ड र इन्टरनेट सुरक्षाचिन्ता सर्वसाधरण प्रयोगकर्ता माझ मात्र हैन विश्वब्यापी रूपमा नाम कमाएका ठुला कम्पनीहरू बिच पनि उत्तिकै रहेको देखिएको छ । गुगलले भर्खरैमात्र आफ्नो टु फ्याक्टर अथेन्टीकेशनलाई निकट भविष्यमा अनिवार्य गर्ने बताएको छ । टु फ्याक्टर अथेन्टीकेशन अनिवार्य हुने बित्तिकै प्रयोगकर्ताको पहुँचमा मोबाइल फोन नहुने हो भने गुगल खाता खोल्न सम्भव हुदैन । टु फ्याक्टर अथेन्टीकेशनमा प्रयोगकर्ताले आफ्नो पासवर्डको अतिरिक्त आफ्नो मोबाइल डिभाईसमा सम्बन्धित वेबसाईट वा एप्लीकेशनबाट प्राप्त हुने सेक्युटरिटी कि को प्रयोग गर्नु पर्दछ । त्यस्ता कम्पनीहरूले मोबाइलमा अङ्क मात्र वा अङ्क र अक्षर मिलरे बनेको फ्रेजलाई एसएमएसको रूपमा पठाउने गर्दछन ।

डिजिटल ईन्फ्रास्ट्क्चर सेक्युरिटिलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर काम गर्दैरहेको होयोस ल्याब नाम गरेको एक अमेरिकन कम्पनीले होयोसआईडी नाम गरेको एक प्रोडक्ट बजारमा ल्याएको छ । होयोसआईडीले प्रयोगकर्ताको अनुहार र त्यसमा देखिने सूक्ष्म हाउभाउलाई एक बायोमेट्रिक सेक्युरिटि कि को रूपमा काम गर्ने गर्दछ । कुनै पनि व्यक्तिको अनुहारको मांसपेशीको बनोट, आँखा, छालाको रङ्आदीको समिश्रणबाट तयार हुने बायोमेट्रिक्स एक व्यक्तिबाट अर्को व्यक्तिमा मिल्दैन भन्नेमा त्यस कार्यमा लागेका बिज्ञहरुको बुझाई रहेको देखिन्छ । दुरुस्त अनुसार मिल्ने जुम्यल्याहा हरुमा पनि आँखामा चाँही असमानता हुन्छ भन्ने तथ्यमा यो होयोसआईडीले काम गरी रहेको देखिन्छ । हुनलाई बायोमेट्रिक कि लाई पासवर्डको रूपमा प्रयोग गर्ने प्रयास एप्पलले पनि पछिल्लो संस्करणको आईफोनमा नगरेको हैन । तर एप्पलको सो सेक्युरिटिवाल लाई चाओस कम्प्युनिटि क्लब नाम गरेको जर्मन ह्याकहरुको एक समूहले तोडेको समाचार प्रसिद्ध फोर्ब्स पत्रिकाको अनलाइन संस्करण प्रकाशित भएको थियो ।

कम्प्युटर र इन्टरनेटको दुनियाँमा काम गरिरहेका टेक पण्डीतहरु टु फ्याक्टर अथेन्टीकेशन , बायोमेट्रिक्स बाट समेत सन्तुन्ष्ट हुन सकेका छैनन् भन्ने कुरा पासवर्डको रूपमा माथि बाहेकका विकल्पमा भइरहेको प्रयोगबाट थाहा पाउन सकिन्छ । उदारणको लागी ईलिरी डट कम नाम गरेको वेबसाईटले टु फ्याक्टर अथेन्टीकेशनको रूपमा मोबाइलमा साउण्ड क्लिप पठाउने गर्दछ । जसलाई प्रयोकर्ताले अथेन्टीकेशन लगईनको रूपमा कम्प्युटरमा बजाएर काम चलाउने गर्दछ । क्लेफ डट कम नाम गरेको वेबसाईटले प्रयोगर्ताको मोबाइलमा ईमेज क्लीप पठाउने गर्दछ जसलाई प्रयोगर्ताले वेबक्याम मार्फत मोबाइलमा आएको ईमेज क्लिप भेरीफाई गरेर लगईन गर्न सक्दछन ।

र अन्तमा, युजर अथेन्टीकेशनको लागी परम्पतागत शैलिको युजरनेम र पासवर्ड मात्र पर्याप्त छैन भन्ने कुरा माथि उल्लेख गरिएका विविध प्रकारका अथेन्टीकेशन मेथडबाट प्रस्ट हुन सकिन्छ । परम्परागत रूपमा चलीआएको युजरनेम र पार्सवर्डको विकल्पमा बायोमेट्रिक, टु फ्याक्टर अथेन्टीकेशन वा टोकन प्रविधिको मोबाइलमा ईमेज पठाएर वेब क्यामबाट भेरीफाई गराउनु पर्ने कुन चाही प्रविधि उपयुक्त हुन्छ भन्ने कुरा चाही प्रयोकर्ताले सहजरुपमा कुन प्रक्रियालाई आत्मसाथ गर्न सक्दछन भन्ने कुरामा भर पर्दछन । धेरैलाई पासवर्ड सम्झीने कामनै झन्झटिलो भैरहेको बेला लगईन गर्नकै लागि मोबाइल बोकेर हिड्नु पर्ने कुरा पनि सजिलो चाँही नलाग्न सक्दछन । तर बहुसङ्ख्यकले जुन रुचाउछन बाँकीले पनि त्यसलाई अङ्गिकार गर्नुको विकल्प हुदैन ।

यो लेख मिति २०७१ मंङ्गसिर २१ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस ।

बलियो पासवर्ड लेख्ने काईदा

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-30618081650088625082014-11-20T21:04:00.000+05:452014-11-21T22:13:03.373+05:45नेपालमा टेलिमेडिसिन

सूचना प्रविधिको द्रुततर विकासले स्वास्थ्य क्षेत्रलाई पनि अक्षुतो छोडेको छैन । झण्डै एक दशक अगाडी सम्म तत्कालीन अवस्थामा उपलब्ध सञ्चारको माध्यमबाट सञ्चालन गरिएको टेलिमेडिसिन सेवा, मोबाइलको माध्यमबाट प्रवाह गरिने स्वास्थ्य सेवा एमहेल्थ हुँदै ई-हेल्थको स्वरूपमा देखा परिसकेको छ । नेपालको बिध्यमान अवस्थामा स्वास्थसेवा बिध्युतिय सञ्चारका माध्ययम बाट लक्ष्यीत वर्ग सम्म पुग्न नसकी रहेको भएता पनि राजधानीका केही नाम चलेका अस्पतालहरुले टेलिमेडिसिनको माध्यमबाट विदेशी बिशेशज्ञता सुविधा स्थानियस्तरमा दिइरहेका छन् । सेवा लिने र दिने व्यवहारलाई परै छोडेर कार्यक्रमको प्रभावकारिता वाहेकको कुरा गर्ने हो भने नेपाल सरकार अन्तर्गत ग्रामीण टेलिमेडिसिन कार्यक्रम अन्तर्गत तीस वटा जिल्लाका स्वास्थकेन्द्रहरु टेलिमेडिसन कार्यक्रम मार्फत जोडिएका छन् ।

बिरामीभएर ओछ्यान नपरुञ्जेल नटेर्ने र डाक्टरको नजिक पर्ने बित्तिकै निको भैहाल्नु पर्ने मानसिकता नेपाल जस्तो ठाँउमा टेलिमेडिसिन कार्यक्रमको लागी ठुलो चुनौती रहेको छ । सेवाग्राहीको सोच विपरीत टेलिमेडिसिन कार्यक्रममा बिरामीको उपाचार उक्त केन्द्रभन्दा धेरै टाढा रहेको स्थानमा सम्बन्धित रोगका बिशेशज्ञको परामर्श लिएर उपचार गरिने गरिन्छ । यसो भन्दैमा टेलिमेडिसिन कार्यक्रममा रियलटाईममा बिरामीको उपचार गर्न नसकिने भने हैन ।टेलीमेडिसिन सेवालाई त्यसको प्रकृतिको आधारमा दुई भागमा वर्गिकरण गरिएको हुन्छ ।

रियलटाईम टेलिमेडिसिन : यस प्रकारको टेलिमेडिसिन सेवामा इन्टरनेटको माध्ययमा अनुहार हेरेर कुरा गर्नमिल्ने स्काईप देखी जटिल प्रकारका सफ्टवेयरहरुको जडान गरी दुई वा दुईभन्दा बढी स्थानका स्वास्थ्यकर्मीहरु कुनै रोगको बारेमा छलफल गरेर उपचार गर्ने गर्दछन । यस प्रकारको टेलिमेडिसन सेवामा साधारण किसिमका कम्प्युटर पेरीफेरल डिभाईस देखी भिडियो कन्फेरेसिङ्ग उपकरणको साहायताले बिरामीको ईन्टरयाक्टिभ एक्जामिनेसन गरिन्छ । यस प्रकारको टेलिमेडिसिन सेवाको मद्दतले जटिल भन्दा जटिल प्रकारको सर्जरी समेत गर्न सकिन्छ । विकसित देशहरूमा यसैको साहायताले रोबोटिक सर्जरी समेत गर्ने गरिन्छ । यसै प्रकारको टेलिमेडिसिन सेवालाई लक्ष्यीत गरी टेली ओटोस्कोप , टेलिस्टेथोस्कोप जस्ता उपकरणको विकास गरिएको छ । टेलिओटोस्कोपको साहताले बिरामीको कानको भित्री भाग हेर्न सकिन्छ भने टेलिस्टेथोपस्कोपको साहाताले बिरामको मुटुको चाल नाप्ने गरिन्छ । मानसिक, मुटु, बालरोग, स्त्रीरोग, न्युरो , सर्जरी सम्बन्धी विभिन्न स्वास्थ समस्या सामाधान गर्नको लागि रियलटाईम टेलिमेडिसन सेवा प्रभावकारी हुन्छ ।

स्टोर एण्ड फर्वाड टेलीमेडिसिन सेवा : यस प्रकारको टेलिमेडिसिन सेवामा आवश्यक स्वास्थ्य जानकारी सम्बन्धित दक्ष विशेशज्ञ लाई पायक पर्ने समयमा अध्ययन को लागी सम्प्रेशण गरी प्राप्त सल्लाहको आधारमा बिरामीको उपचार गर्ने गरिन्छ । यसम एकै सयमा दुवै तर्फका मेडिकल विशेशज्ञ उपस्थित रहनु पर्ने आवश्यकता पर्दैन । रियलटाईम टेलिमेडिसन सेवाको तुलमा यस अलि सस्तो भएकोले नेपाल जस्तो बिकासोउन्मुख देशहरूमा यस प्रकारको धेरै प्रयोगमा आएको छ । ललितपुर स्थित पाटन अस्पतालले यसै प्रकारको टेलिमेडिसिन सेवाको प्रयोग गरी स्थानीय स्तरमा सेवा पुर्याई रहेको थियो । डर्माटोलोजी , रेडियोलोजी , प्याथोलोजी जस्ता विषयका स्वास्थ्य सल्लाहरु यस प्रकारको टेलिमेडिसिन सेवा प्राप्त गर्न सकिन्छ ।

टे

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-32751241787919782032014-11-14T07:00:00.000+05:452014-11-14T07:00:00.296+05:45कम्प्युटर चलाइ रहदाँ हुनसक्ने स्वास्थ्य समस्या

विज्ञहरुका अनुसार कम्प्युटर किबोर्ड, माउसलाई गलत ढङ्गले प्रयोग गर्नाले हातको नाडीमा रहेको स्नायुमा दबाब परि नाडी, हातका औंला दुख्ने तथा सुनिने समस्या उत्पन्न हुन्छ । यद्दपी लामो समय सम्म कम्प्युटरमा काम गर्न थाले पछि आफसे आफ किबोर्ड तथा माउसलाई सही तरिकाले आफूलाई असहज महसुस नहुने गरी चलाईने हुनाले एकाधमा मात्र यस किसिमको समस्या आउन सक्दछ । साधरणतय कम्प्युटर नियमित चलाउनेहरुको हात तथा नाडीमा यस किसिमको समस्या आउनु अगावै धेरैमा कम्प्युटरकै कारणले आँखाको समस्या देखिन थाल्दछ । जसलाई बिज्ञहरुको भाषामा कम्प्युटर भिजन सिन्ड्रोम तथा साधारण बोलीचालीको भाषामा आँखा सुक्ने रोग भनिन्छ ।

कम्प्युटरमा काम गर्दा मोनिटरमा एकहोेरो हेरी रहने हुनाले आँखामा एक किसिमको थकाइ उत्पन्न हुनुको साथै आँखालाई ओसिलो बनाइराख्ने आँसुको सतह बन्न छाड्छ र आँखा सुखा हुन्छ । यसले गर्दा आँखा पोल्ने समस्या हुन्छ । बिज्ञहरुका अनुसार यसका साथै आँखा रातो हुने, टाउको दुख्ने, घाँटी दुख्ने, कम्मर दुख्ने, रङ पहिचान गर्ने क्षमतामा पनि ह्रास आउछ । यदि कुनै व्यक्ति प्रतिदिन तीन घन्टाभन्दा ज्यादा कम्प्युटरमा काम गर्छ भने त्यस्ता व्यक्तिमा यस किसिमको समस्या देखा पर्ने खतरा रहन्छ ।

स्वास्थ्य संस्थामा गएर नेत्र रोग बिषेशज्ञहरुलाई यस रोगको बारेमा परामर्श लिदाँ औषधीका अतिरिक्त कम्प्युटर चलाउने शैली सुधार्न सल्लाह दिने गरेका छन् । साधरणत आँखा सुख्खा हुने समस्या भएका बिरामीहरुलाई आँखा ओसिलो राख्नको लागी विभिन्न प्रकारका लुब्रिकेटिङ्ग आई ड्रपहरु दिने गरिन्छ । तर आई ड्रप प्रयोग गरेर कम्प्युटर चलाउनु पर्ने अवस्था आउनु पुर्वनै केही सावधानीका उपायाहरु अवलम्बन गरेमा यस किसिमका समस्याहरूबाट बच्न सकिन्छ । जस्तो कि यस्तो अवश्थमा आफूले काम गर्ने कम्प्युटरको मोनिटर सीआरटीको सट्टा एलसीडी राख्नेले पनि आँखाले केही राहत पाँउछ । मोनिटर परिवर्तन गर्न नसक्नेले कम्तीमा एन्टि ग्लेयर स्क्रिनको प्रयोग मात्र गरेको अवस्थामा पनि केही राहत हुने गर्दछ । किनभने एन्टि ग्लेयर स्क्रिनले कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाई नियन्त्रण गर्ने हुनाले आँखामा पर्न जाने नकरात्मक प्रभावलाई कम गरी आँखा दूख्ने वा थाक्ने समस्यालाई कम गर्छ ।

सकेसम्म अध्यारो स्थानमा बसेर चलकिलो प्रकाश आउने गरी कम्प्युटर चलाउन उचित हुदैन । यसरी त कम्प्युटर मात्र हैन लामो समय सम्म टेलिभिजन पनि हेर्नु हुदैन भन्ने गरिन्छ । बिज्ञहरुले आफ्नो कम्प्युटरको वा ल्यापटपको मोनिटर २० देखी २४ इन्चको फरकमा राखेर मात्र काम गर्न उचित हुने बताउने गर्दछन । आँखा र मोनिटरको समान्तर स्थानमा हुनु हुन्दा आँखाको तहबाट ५, १० डिग्री तल हुने गरी राख्नु उपयुक्त मानिन्छ । कम्प्युटर भिजन सिन्ड्रोम बाट पिडीतहरुलाई डाक्टरहरुले प्रत्येक २० मिनेटमा २० फिट टाढा हेरेर २० पटक आँखा झिम्क्याउने सल्लाह दिने गरेका गर्दछन । यो एकदमै प्रभावकारी तरिका भएकोले हुन सक्दछ विभिन्न अपरेटिङ्गमा सिस्टम जडान गरिएका सबै जस्तो कम्प्युटरहरुमा प्रत्येक २० मिनेमा आराम लिने गरी कम्प्युटर लक वा हाईबरनेशनमा जाने सफ्टवेयरहरु पाउन सकिन्छ । एकहोरो भए नियमित रूपमा यस तरिकाले काम गर्दा आराम लिने प्रक्रिया झन्झटिलो भएको ठान्नेहरुलाई पनि बिज्ञहरुले प्रत्येक १ घण्टामा ५ मिनेट आराम लिने सल्लाह दिने गर्दछन ।

प्रविधिको विकास सँगै यसले मानव जीवनमा सहजता मात्र हैन केही चुनौतीहरू पनि सिर्जना गरेको छ । यद्दपी निचोडमा के भन्न सकिन्छ भने आँखा दुख्छ भनेर कम्प्युटर नचलाउने हैन बरु सावधानीका उपायाहरु अवलम्बन गरेर यसको प्रयोग गर्ने हो भने आफैमा यो समस्या हैन यसले प्रयोगकर्ताको कामलाई सजिलो नै बनाई दिन्छ ।

( ब्यक्तीगत अनुभवमा आधारित यो लेख मिति २०७१ कार्तिक २३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । )

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-79198376001174433112014-11-12T12:00:00.000+05:452014-11-13T20:15:43.890+05:45एडसेन्स खाता बन्द हुन बाट बच्ने १२ काईदा

गुगल एडसेन्सको हिसाब किताब गर्ने हो भने भन्नै पर्छ यसको बारेमा अलिअलि बुझेर पनि मैले कमाउन चाही सकिन ।  हुनलाई मैले गुगलबाट पैसा कमाउछु भनेर ब्लगिङ्ग शुरु गरेको चाही हैन तर ब्लगिङ्ग गरेरै कसैले कमाई रहेको छ भन्ने थाहा पाए पछी भने लोभ लाग्दो रहेछ । अब कमाउनको लागी म सँग कुनै ब्लग छैन । अलिअलि कमाई हुने गरेको ब्लगलाई कसैले रिपोर्ट गरी दिएकोले मेरो लगभग सबै जस्तो साईटहरु एडसेन्सले ब्लक गरेका छन । शत्रुलागे पछि कति सम्म हुन्छ भने blog.anish.com.np जस्तो औसत नेपाली वेवसाईटको भन्दा कम भिजिट हुने साईटमा पनि एडसेन्स बन्द भएको छ । कमाउनु नसक्नुको अर्को मुख्य कारण चाँही मेरो अल्छी बानि ब्यहोरा र नेपाली भाषामा सञ्चालनमा रहेका ब्लगहरु हुन ।

आजभोली गुगल एडसेन्स बाट पैसा कमाउनकै लागि खोलीएका साईटहरुको (made for adsense) विज्ञापन फेसबुकमा खुबै देखिन थालेका छन् । सिरियस ब्लगरहरुले
त्यसरी पैसा कमाउदैनन भन्ने लाग्छ मलाई । तर त्यसरी पैसा नकमिने भने हैन ।
यो चाही एक डेढ महिना पैसा कमायो साइट बन्द गर्यो । अनि फेरी त्यस्तै नयाँ
साइटको धन्दा सुरु गर्यो भने जस्तो हो । किनभने गुगल हामीले सोचे भन्दा
कयौ गुणा बाठो छ । यसले सित्तै कसैलाई पनि पैसा दिदैन । यसले थोरै पैसा
कमाउनेहरुलाई नजरअन्दाज गरी दिदाँ केहीले कमाउने मात्र हो । गुगलबाट पैसा कमाउन सजिलो छैन । पैसा कमिन थाल्यो भने पनि धेरै कुरा बिचार गर्नु पर्दछ , जस्तो कि

झुक्केर पनि आफ्नो एड आफै क्लिक नगर्नुहोला । यदि क्लिक भैहाल्यो भने यो फर्म भरेको राम्रो ।

गुगल एडसेन्स ले जेनेरेट गरेको कोडलाई मोडिफाई नगर्नु होला । (आजभोली यो समस्या छैन तर केही पहिले नेपाली कन्टेन्ट भएको साइटमा कसैगरी पनि एड देखाउदैन थियो त्यसैले धेरै डेभलपरहरु गुगल एडसेन्सको कोडमा google_langage = "en"; थपेर एड देखिने बनाउथे । खासमा यो गर्न नहुने कुरा हो । गुगलले एडसेसन् ब्यान्ड गर्नको लागि यही एउटा गल्ती काफी छ । )

गुगल पोलिसि अनुसार , पपअप, सफ्टवेयर डाउनलोड गर्ने पेज, आईफ्रेम आदिमा एडसेन्स राख्न पाइदैन ।

कन्टेन्ट नभएको वा एकदमै थोरै कन्टेन्ट भएको थ्याङ्कयुज , वेलकम पेज, स्पाल्स पेज आदीमा एडसेन्स राख्न पाईदैन ।

एडल्ट कन्टेन्ट, जातीय सदभाव भड्काउने सामग्री भएको कन्टेन्ट, टोरेन्ट लिङ्ग भएको पेज, आदीमा झुक्केर पनि एडसेन्स राख्न हुदैन । ह्या के था पाउला भन्नुहोला मैले यो पोस्टमा केही टोरेन्ट लिङ्गहरु राखेर पब्लीस गरेको ७२ घण्टा भित्रमा यो कन्टेन्ट हटाऊ भनेर गुगल बाट इमेल आएको थियो ।

तपाईँको साइटमा वा अझ भनौ सर्भरमा कसै गरी मालवेयर आदी ईन्सटल भए नभएको निक्यौल गर्नुहोस ।

एउटा नाम चलेको ब्लगले पहिले पहिले राम्रो गुगल एडसेन्स देखीयोस भने राम्रो राम्रो किवर्ड हाईड गरेर राखेको थियो रे पछि गुगल ब्यान्ड गर्देछ । राम्रो एडसेन्स देखियोस भने झुक्केर पनि किवर्डहरु हाईड गरेर राख्न हुदैन ।

भिडियो वा कुनै लिङ्कको छेउमा प्रयोगकर्तालाई झुक्काउने गरी एडसेन्स राख्न हुदैन । आजभोली देखिने गरेको ब्याकग्राउन्डमा युट्युबको स्क्रिनसट भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस भनेर गुगल एडसेन्समा क्लिक गराउने काइदा एकदमै गलत हो ।

अरूको साइटबाट कन्टेन्ट चोरेर एडसेन्स बाट पैसा कमाउछु भनेर सोच्नु गलत हो । कन्टेन्ट चोरेको पत्ता लगाउने copyscape.com जस्ता साईटहरु मनग्यै छन् । कन्टेन्ट चोरेको प्रमाण सहित गुगललाई रिपोर्ट गर्दिनु भनेको पनि तपाईँको एडसेन्स बन्द हुन सक्ने एउटा कारण हो ।

एडसेन्सको पोलिसि अनुसार एडसेन्सको माथि तल क्लिक गर्नुहोला । डाउनलोड गर्न / भिडियो हेर्न तल क्लिक गर्नुहोला जस्ता प्रयोगकर्तालाई झुक्याउने शब्द राख्न पाईदैन । स्पोन्सर लिङ्क आदी लेख्नलाई गुगलले रोक्दैन ।

एउटा पेजमा बढीमा ३ वटा एड युनिट , ३ वटा लिङ्क युनिट वा २ वटा भन्दा बढी सर्च बक्स राख्न पाईदैन ।

आफ्नो साइटको ड्रपडाउन मेनुको मुनि पट्टी गुगल एडसेन्स राख्न पाइदैन ।

एडसेन्स सँग सम्बन्धीत अन्यब्लगहरु

गुगल एडसेन्सको हिसाब किताब

अनलाईन काम र आम्दानी

ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-1549013983375158712014-11-01T09:43:00.000+05:452014-11-08T09:51:34.178+05:45विश्वब्यापी रूपमा स्मार्टफोनले क्यामरालाई बिश्थापन गर्दै

झण्डै एक दशक अघिको कुरा गर्ने हो भने दसैँ सकिएर तिहार लाग्नु अघिको समय भनेको फोटो स्टुडियोहरूमा भीडभाड हुने बेला हो । यो बेला धेरैलाई परम्परागत एनालग क्यामराबाट खिचिएका फोटोहरू धुलाउने चटारो हुन्थ्यो । चाडबाडको बेला परिवारका सबै सदस्यहरू भेला भएर खिचिएका फोटोहरू कतिपयले फ्रेमिङ्ग गरी भित्तामा झुण्याउथे । प्रविधिको विकास सँगै समयले कोल्टे फेरिसकेको छ । एनालगबाट फड्को मारी सकेका डिजिटल फोटो स्टुडियोहरू बन्द त भइसकेको छैनन् तर त्यहाँ उस बेलाको जस्तो भीडभाड देखिँदैन । शहरबजारमा धेरैको हातमा डिजिटल क्यामरा छ । डिजिटल क्यामरा नहुने सँग सस्तोमस्तो भए पनि स्मार्टफोन भए पनि छ । सबभन्दा मुख्यकुरा त फेसबुक , इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा छन् जस्का भित्ताहरु (वाल) मा अपलोड भएका फोटोहरूले फोटो स्टुडियोको भीडलाई बिर्साई दिन्छन् ।

एक अध्ययन अनुसार डिजिटल क्यमराबाट खिचिएको फोटोहरू मध्ये लगभग पैतिस प्रतिशत प्रयोगकर्ताहरुले उक्तफोटो कम्प्युटरमा सेभ गरेर मात्र राख्दछन भने सत्र प्रतिशत प्रयोगकर्ताहरू मात्र स्टुडियो सम्म पुगी फोटो धुलाउने गर्दछन । सबभन्दा चाख लाग्दो तथ्य त के छ भने त स्टुडियो सम्म पुगी फोटो धुलाउने भन्दा पनि बढी लगभग तेइस प्रतिशत प्रयोगकर्ताहरु उक्त फोटो सामाजिक सञ्जाल वेबसाईटसाईटमा अपलोड गरी त्यसैमा चित्त बुझाउने गर्दछन । बिबिसी, आएस्टकफोटो, सिनेट, मेकयुजअफ जस्ता अनलाइन पोर्टलहरुमा छापिएका समाचारहरुलाई आधार मानी उक्त तथ्याङ्ग सार्वजनिक गर्ने ट्रिट डट कम भन्ने बेबसाईटले गरेको अध्ययन अनुसार अहिले विश्वको कुल जनसङ्ख्याको लगभग बहत्तर प्रतिशत जनसङ्ख्याले मोबाइल फोन प्रयोग गर्ने गर्दछन् ।

मोबाइल फोन बोक्नेहरु मध्येपनि झण्डै पचासी प्रतिशत प्रयोगकर्ताहरू क्यामरा भएको मोबाइल फोन बोक्ने गर्दछन । तुलनात्मक रूपमा ल्याटिन अमेरिकन तथा केही अफ्रिकन देशका जनताहरू सँग मोबाइल फोनको पहुँच कम छ भने युरोप तथा अमेरिकीमुलका मानिसहरू सँग मोबाइलको पँहुच सहज छ । दक्षिण एसियाली देशका सर्वसाधारणहरू सँग मोबाइलको पहुँच मध्ययम छ । यो तथ्याङ्क विश्वको कुल जनसङ्ख्यालाई आधार मानेर लिइएको हुनाले कुनै पनि देशको वास्तविक अवस्थालाई चित्रण त गर्दैन तर व्यवशब्यापी ट्रेण्ड अनुमान गर्न सकिन्छ । हाम्रो देशको तथ्याङ्क यो भन्दा बढी हुन सक्दछन किनभने रोजगारी तथा अध्ययनको लागी बिदेशिएका नेपालीहरूले घरपरिवारलाई ल्याई दिने कोसेली तथा पारिवारिक आग्रहको धेरैको रोजाइमा मोबाइल फोन जस्ता ग्याजेटहरु नै धेरै हुने गर्दछन ।

ट्रिट डट कमले सार्वजनिक गरेको उक्त अध्ययन अनुसार लगभग फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुका लगभग पचहत्तर प्रतिशत गतिविधिहरू फोटोसँग सम्बन्धित हुने गर्दछ । विश्वका जुनसुकै स्थानका भएपनि अधिकांश प्रयोगकर्ताको फेसबुक गतिविधि फोटोअपलोड गर्न, फोटो ट्याग गर्ने र फोटो कमेन्ट गर्ने कार्य सँग सम्बन्धित हुने गर्दछन । चिनेजानेकाम मान्छेहरू फेसबुकमा फोटो सेयर गर्ने मात्र हैन आफूले खिचेका फोटो जोकोहीले हेर्न मिल्ने गरी इन्स्टाग्राममा तथा टम्बलर जस्ता वेबसाईटमा फोटो राख्नेहरु पनि प्रसस्तै छन् ।

विश्वप्रसिद्द इन्टरनेट जायन्ट कम्पनी याहुको फोटो सेयरिङ्ग सोसोल नेटवर्किङ्ग वेबसाइट फ्लीकरमा अपलोड गरिएका फोटोहरूमा गरिएको एक अध्ययन अनुसार त्यसमा अपलोड भएका अधिकांश फोटोहरू आइफोन तथा निकोन क्यमरा बाट खिचिएका भेटिएका छन् । कुनैपनि फोटोलाई डिजिटल्ली इनह्यान्स नगरुञ्जेक इन्टरनेटका केही अनलाइन टुल्स तथा सफ्टवेयरबाट उक्त फोटो कुन क्यामराबट कहिले खिचिएको हो भनेर थाहा पाउन सकिन्छ । अझ आईफोनबाट खिचिएको फोटोहरूको तथा कुन स्थानबाट खिचिएको हो भन्ने समेत पत्तो पाउन सकिन्छ ।

हालसम्म उपलब्ध मोबाईलफोनहरु मध्ये नोकियाको लुमिया सिरिजको मोबाइलमा सबभन्दा बढी अर्थात् एकचालिस मेगापिक्सेलको लेन्स जडान गरिएको छ । यिनै तथ्याङ्कहरुले के देखाउछ भने विश्वब्यापी रूपमा एनालग क्यामरालऐ डिजिटल क्यामरा र डिजिटल क्यामरलाई स्मार्टफोनहरुले बिस्थापन गर्दैछन । त्यसैले आजकल भन्ने गरिन्छ फोटो एल्बममा राख्न हैन फेसबुक प्रोफाईल पिक्चर बनाउनको लागी खिच्ने गरिन्छ ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-65865637679783730632014-10-12T07:00:00.000+05:452014-10-15T18:59:43.707+05:45नयाँ नामका इन्टरनेट ठेगाना

इन्टरनेट ठेगाना वा वेबसाईट भन्ने बित्तिकै डट कम भन्ने जमाना अब रहेन । डटकम झुण्डीएर रहने इन्टरनेटको ठेगाना अर्थात् डोमेन नेमको अनुपलब्धता सँगै त्यही डट कम भन्ने डोमेन एक्सटेन्सन (डोमेननेममा डट पछि आउने शब्द) लाई नै प्रतिश्थापन गर्ने शब्दहरू प्रशस्त मात्रमा प्रयोगमा आउन थालेका छन् । त्यसैले अब कसैले आफ्नो वेबसाईट ठेगाना बताउदाँ अन्तमा डटकम भन्ने शब्द बताएन भने खासै अनौठो नमाने हुन्छ । किनभने त्यो संम्भवत तपाईँले नसुनेको डोमेन एक्सटेन्सन हुन सक्छ ।

हाम्रो देशकै कन्ट्रीकोड डोमेन एक्सटेन्सन (वेबसाईट ठेगानाको अन्तमा डट एनपी आउने डोमेन) को कुरा गर्दा केही पहिले डट कम डट एनपी , डट ओआरजी डट एनपी , डट जिओभी डट एनपी आदी प्रयोगमा थिए भने त्यसपछि डट ट्राभल डट एनपी , डट ईन्फो डट एनपी जस्ता केही थप डोमेनहरु प्रयोगमा आए । आजभोली नयाँ डोमेन दर्ता गर्न चाहने हो भने डट एजेन्सी डट एनपी देखी डट एक्सवाईजेड डट एनपी सम्मका डोमेन नेम एक्सटेन्सनहरु उपलब्ध छन् । मर्कन्टायल कम्युनिकेशन प्रालि मार्फत निःशुल्क दर्ता हुने हाम्रो देशको कन्ट्रीकोड टपलेभल डोमेन जे जति छन् ती सबै अङ्ग्रेजी अक्षरमा टाइप गर्नु पर्ने खालका छन् । छिमेकी देश चिन र भारतको कुरा गर्ने हो भने अहिले त्यता स्थानीय भाषामा वेबठेगाना उपलब्ध हुन थाली सकेको छ । आजभोली भारतियहरुले डट भारत , डट सङ्गठन आदी एक्सटेन्सन भएका डोमेनहरु प्रयोग गर्न थाली सकेका छन् ।

किन यती धेरै डोमेन एक्सटेन्सनहरु प्रयोगमा ल्याईयो त ?

केही वर्ष पहिले देखीनै विश्वब्यापी ब्राण्ड भ्यालु बोकेर बसेका प्रयोगकर्ताहरुले आफ्नो ब्राण्ड नेम सुहाँउदो डोमेन नेम पाउन छोडे पछि यसको बिकल्पहरुको बारेमा चर्चा चल्न थालेको थियो । कोकोकोला , एप्पल , नाईक, टोयटा जस्ता विश्वभरीमा नाम कमाएका ठुला ठुला कम्पनीहरूले तत्कालीन अवस्थामा चलनचल्तीमा रहेका डोमेन एक्सटेन्सनको सट्टामा आफ्नो कम्पनीको नाम राख्न पाउनु पर्ने माग डोमेन नेमसम्बन्धी व्यवस्था हेर्ने संस्था आइक्यान समक्ष गरेका थिए । कालान्तर त्यही व्यवस्था सर्वसाधरणको लागी खुल्ला गरियो । आजभोली प्रत्येक हप्ता जस्तो नयाँ नयाँ डोमेन नेमहरु प्रयोगमा आइरहेका छन् । नयाँ डोमेन एक्सटेन्सन खरिद गर्ने प्रक्रिया अलि महङ्गो छ तर उपलब्ध भए सम्म आफूले रोजेकै डोमेन एक्सटेन्सन पाउन सकिन्छ ।

सर्वसाधरणको लागी नयाँ डोमेन एक्सटेन्सन मा डोमेन दर्ता गर्ने प्रावधान के छ ?

साधरणतय ईन्टेनेटमा तोकिएको शुल्क तिरेपछी आफूले चाहेको डोमेन खरिद गर्न सकिन्छ तर केही विशेष प्रकारका पेसा वा ब्राण्ड बताउने डोमेन एक्सटेन्सनमा दर्ता गर्नको लागि आफू सो सँग सम्बन्धित रहेको प्रमाण पेस गर्नु पर्दछ । उदारणको लागी नेपालको कुनै कम्पनी वा व्यक्तिले डट युएस डोमेन एक्सटेन्सन निवार्ध प्रयोग गर्न सम्भव छैन । यस प्रकारको डोमेन प्रयोग गर्नको लागि आफू वा आफ्नोकम्पनी अमेरिकन भएको प्रमाण पेस गर्नु पर्छ । झुक्यार दर्ता गरेको खण्डमा पनि कुनै झोसपोल हुने बित्तिकै सो नाम गुमाउनु पर्ने खतरा हुन्छ । नेपलाकै कन्ट्रिकोड डोमेन एक्सटेन्सनको कुरा गर्ने हो भने पनि दर्ता गर्नको लागि पक्का कागजपत्र हुन जरुरी छ । डट लयर डट एनपी डोमेन दर्ता गर्नको लागि आफू नेपाली नागरिक र वकिल रहेको प्रमाण पेस गर्नु पर्दछ

यती धेरै प्रकारका डोमेन नेमहरु हुँदा के फाइदा छ त ?

धेरै प्रकारको डोमेन नेम एक्सटेन्सनको उपललब्धताले प्रयोगकर्ताहरुकको ब्राण्ड भ्यालु जोगाई राख्न मद्दत गर्दछ । साथसाथै जस्तो सुकै विषयवस्तुको वेबसाईटको ठेगानामा डट कम झुण्डीदा यसलाई व्यवस्थापन गर्न केही कठिनाइ थियो सो समस्या सामाथान हुन्छबिस्तारे हल हुँदै जान्छ । जस्तो कि इन्टरनेटमा अश्लील सामग्रीहरू प्रवाह गर्नको लाई प्रयोगमा रहेको डट एक्सएक्सएक्स जस्ता वेबसाईटहरुलाई स्कुल , कलेज हरुमा ठाडै प्रतिबन्ध लगाउन सकिन्छ भने यारिस डट टोयटा भन्ने डोमेननेम सुन्ने बित्तिके यारिस भन्ने टोयटाको कम्पनीको कुनै सवारी साधनको ब्राण्डनेम रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

यो लेख मिति २०७१ आश्वीन २६ आईतवारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-39336403485904181202014-09-21T11:06:00.000+05:452014-09-21T11:06:00.592+05:45तरकारी देखी म:म सम्म इन्टरनेटबाट

सूचना प्रविधिको विश्वब्यापी विकास सँगै नेपालमा पनि पछिल्लो समयमा आएर उल्लेखनीय प्रगति भएको देखिन्छ । जस्तो कि बिध्युत र ढुक्कको इन्टरनेट सेवाको अभाव बिच पनि इन्टरनेटमै केही यस्ता वेबसाईटहरु सञ्चालन भैरहेका छन् जसले तपाईँ हामीले सुने अनुसारको विदेशमा पाइने सेवा उपलब्ध गराई रहेका छन् । मेट्रोतकारी डट कम, फुडमाण्डु डट कम, बससेवा डट कम, सस्तोडिल डट कम आदी यस्ता वेब प्रोडक्टहरु हुन जसले काठमान्डौमा तरकारी देखी रेष्ट्रुरेण्टको खाना तपाईँको घरदैलोमा पुर्याई दिन्छ । अहिलेसम्म काठमाण्डौ रिङ्गरोड भित्र सीमित यी वेबसाईटहरुले भविष्यमा उपत्यका बाहिर सम्म पुग्ने लक्ष्य राखेका छन् । केही समय अघिको नेपालको ई-कमर्सबजारलाई मध्यनजर गर्ने हो भने त्यो दिन धेरे टाढा छ जस्तो लाग्दैन । आउनुहोस तिनै वेबसाईटहरुले कसरी काम गरिरहेका छन् हेरौ ।

मेट्रोतरकारि डट कम : झुक्कीएर तपाईँले यो साइट खोल्दा तरकारी डटकम मात्र टाइप गर्नु भयो भने तरकारी बानउने तरिका सिकाउने एउटा भारतीय रेसिपी साइट खुल्छ । जो धेरैको चासोको विषय नहुन सक्छ । तर मेट्रोतरकारी डटकमको सेवा प्रत्येक भान्साको आवश्यकता हो । सिजन अनुसार बजारमा उपलब्ध हुने फर्सीको मुन्दा देखी अकबरे खोर्सानी सम्म तपाईँ यसै वेबसाईटबाट खरिद गर्न सक्नु हुन्छ कामकाजी र बजार गएर तरकारी खरिद गर्न नसक्नेहरुलाई निकै उपयोगी देखिने यस वेबसाईटमा राखिएका सामानहरुको मूल्य पनि बजार मूल्यभन्दा खासै फरक छैन । कुनै आईटम बजारको भन्दा दुईचार रुपया महङ्गो देखिए कुनै सस्तो पर्न सक्दछन । यस वेबसाईट पाइने रायोको साग पचास रुपयाँ किलो काठमाण्डौको बजार मूल्य अनुसार खासै फरक हैन । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष तपाईँले इन्टरनेटबाट अर्डर गरे पनि सामान पाए पछीमात्र भुक्तानी गर्न सक्नु हुन्छ ।

फुडमाण्डु डटकम : घरमा साथीभाईको जमघट छ तर तपाईँलाई बाहिर निस्कन मन छैन भने खानैको लागी अब धेरै दुख गर्नु पर्दैन । फुडमाण्डौ डटकमले काठमाण्डौ रिङ्गरोड भित्रका एकसय बार्ह रेष्ट्रुरेण्टमध्यै कुनै पनि रेष्ट्रुरेण्टको खाना तपाईँले भनेकै स्थानमा डेलिभरी दिन्छ । ढुवानी गर्ने स्थानको दुरिको आधारमा केही अतिरिक्त मूल्य भने भुक्तान गर्नु परे पनि खानाको मूल्य उक्त रेष्ट्रुरेण्टको टेबल मूल्य सरहनै हुन्छ । यस वेबसाईटमा उल्लेख भए अनुसार राजधानीका ११२ भन्दा धेरै रेस्टुरेन्टको मेनुबाट खानेकुराको अर्डर गर्न सकिन्छ भने अर्डर गरेको एक घन्टाभित्र खानेकुरा पुर्याटउने तपाईँले भनेको स्थानमा आईपुग्न सक्छ । अझ तपाईँ रेष्ट्रुरेण्ट नजिके हुनुहुन्छ तर त्यहाँ गएर आफ्नो अर्डर कुर्न भ्याउनुहुन्न भने आफ्नो सुविधा अनुसार कहिकतै बाट अनलाइन अर्डर गरेर लिएर जान सक्नु हुन्छ ।

बससेवा डट कम : काउण्टर खुल्ने समयमा पालो पर्खेर बसको टिकट काट्नु पर्ने समस्याको समाधान बससेवा डट कम जस्ता वेबसाईटहरुले गरिरहेका छन् । यसबाट काठमाण्डौबाट मनकामना देखि काकडभित्ता सम्म जाने आउने टिकट यस वेबसाईट बाट खरिद गर्न सकिन्छ । वेबसाईटमा उल्लेख भए अनुसार आफ्नो गन्तब्यसम्म पुग्नको लागी कहाँ बाट बस चढ्ने हो देखी कुन सिटमा बस्ने हो भन्ने पनि वेबसाईटबाट नै रोज्न सकिन्छ । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष भनेको कस्तो खालको बसमा कुन मूल्यमा यात्रा गर्ने हो रोज्न सकिन्छ ।

सस्तोडिल डट कम : मोबाइल देखि लुगाफाटा सम्म तपाईँले यसवेबसाईट बाट खरिद गर्न सक्नु हुन्छ । यस वेबसाईटले बजारमुल्य भन्दा तुलनात्मक रूपमा केही सस्तोमा आफ्ना सामानहरू उपलब्ध गराउने दाबी गरीएकेको छ । यसमा उल्लेख गरिए अनुसार कुनै पनि सामान खरिद गर्नको लागी सुरुमा भुक्तान गर्नु पर्छ भन्ने पनि छैन । आफूले कुन सामान किन्न खोजेको सो सामान रोजेर आफ्नो इमेल र मोबाइल नम्बर सहित अर्डर कन्फर्मेशन गरेपछी सम्बन्धित बिक्रेताले सम्पर्क गर्ने गर्दछन ।

माथी उल्लेखीत सबै जस्तो वेबसाईटहरुले भुक्तानीको लागी ईसेवा, पेनेप तथा केही बैकहरुको इन्टरनेट ब्याङ्कीग सेवा स्वीकार गर्ने गर्दछन । पेपाल तथा भिसा माष्टरकारका अप्सनहरु पनि उपलब्ध नहुने हैन तर यो विकल्प नेपालीहरूको लागी सहज छैन । क्यास अन डेलिभरी सेवा समेत उपलब्ध भएकाले भुक्तानी माध्ययकै कारणले माथि उल्लिखित सेवा प्रयोग नगर्नु पर्ने भन्न देखीदैन ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-11620874590927493462014-09-17T09:33:00.001+05:452014-09-17T09:33:09.670+05:45आफ्नो इमेल जोगाउनुहोस ।

झण्डै 5 लाख गुगल प्रयोगकर्ताको युजरनेम र पासवर्ड ह्याक गरिएको भन्दै गत सप्ताह एक रसियन वेबसाइटमा प्रकाशित गरिएको छ । अन्तरराष्ट्रिय बिजनेश टाईम्स भन्ने एक वेबसाइटले जनाए अनुसार युजरनेम र पासर्वड ह्याक गरिएका प्रयोगकर्ताहरूमा अधिकांश रसियन, स्पानिस र अङ्ग्रेजी भाषा प्रयोग गर्ने प्रयोगकर्ताहरू छन् । जसमध्ये धेरै जस्तो नियमित रूपमा जिमेलको प्रयोग गरी रहने प्रयोगकर्ताहरू रहेका छन् । अन्तरराष्ट्रिय समाचारपत्र टाईम्स ईन्टरनेशनलको अनलाइन संस्करणले गुगलको हवाला दिँदै कसैले गुगलको प्रणालीमा प्रवेश गरेको प्रमाण नभएको बताइएको छ भने रसियन समाचार संस्था आरआईए नोभोस्तीले गुगलको मात्र हैन अन्य रसियन ईमल सेवा प्रदायकको युजरनेम र पासवर्ड पनि लाखौँको सङ्ख्यामा चोरी भएको समाचार दिएको छ ।

ह्याकिङ्ग गर्ने पक्षले ह्याकिङ्ग भएका इमेल ठेगाना र त्यसको पासवर्ड सार्वजनिक गर्दा पनि गुगलले आफ्नो सिस्टम कसैको नियन्त्रणमा गएको स्वीकार नगरी रहेको अवस्थामा प्रविधि विज्ञहरू जोकोहीलाई पनि एक पटक आफ्नो ईमलेको पासवर्ड परिवर्तन गर्न सुझाई रहेका छन् । वास्तवमा गुगल , याहु , माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरूले आफ्ना प्रयोगकर्ताको सूचना चोरी नहोस् भन्नाको खातिर पछिल्लो समयमा टु स्टेप अथेन्टीकेशन जस्ता अनेकौ दोहोरो सुरक्षा प्रणालीका उपयाहरु अवलम्बन गरी रहेका छन् । यस्तोमा प्रयोगकर्ताहरू अलिकति मात्र पनि सजग भए यस्ता प्रकारका घटनाले ठुलो नोक्सानी हुन पाउदैन ।

के हो त टु स्टेप अथेन्टीकेशन : तपाइको पासवर्ड कसैलाई थाहा भएकै अवस्थामा पनि यसको प्रयोगले कुनै दोस्रो व्यक्तिले तपाइको ईनब्कसमा पहुँच पाउन सक्दैन । गुगलको कुरा गर्दा यो सुरक्षा प्राणाली एक्टिभेट गर्न सबैभन्दा पहिले आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुपर्छ। त्यसपछि सबभन्दा दायाँ किनारामा दिइएको आईकन (यो आईकन तपाईँको डिस्प्ले पिक्चर पनि हुन सक्दछ । ) एकाउन्ट अप्सन क्लिक गर्नुपर्छ । एकाउन्ट अप्सन छानेपछि सेक्युरिटी अप्सन छानेर टु स्टेप भेरिफिकेशन भन्ने लिङ्कको छेउमा रहेको सेटअप भन्ने अप्सन क्लिक गर्नु पर्छ अनि तपाईँलाई क्लिक क्लिक गर्दा गर्दै गुगलले तपाईँको मोबाइल नम्बर राख्ने स्थान सम्म पुर्याउछ । तपाईँले हाल सञ्चालनमा रहेको मोबाइलको नम्बर हाले पछि तपाईँको मोबाइलमा एउट म्यासेज आउछ । त्यसमा रहेको नम्बर हाले पछि मात्र तपाईँको खाता सक्रिय हुन्छ । मोबाइलमा म्यासेज नआएको अवस्था फोन गरेर म्याज देऊ भन्ने अप्सन पनि छान्न सकिन्छ । त्यसपछि गुगलको स्वचालित प्रणालीबाट तपाइलाई नम्बर उपलब्ध गराउन फोनकल आउछ ।

हाल सबै जस्तो नाम चलेका इमेल सेवा प्रदायक तथा सेक्युरिटी कम्पनीहरूले यो सेवा सुचारु गरेका छन् । सेवा प्रदायकअनुसार मोबाइल नेटवर्क डाउन रहेको अवस्थामा खाता खोल्न सकिने वैकल्पिक उपाय रहेका हुन्छन् । देशबाहिर जानु पर्दा यस प्रकारको दोहोरो सुरक्षा प्रणालीबाट आफ्नो खाता सञ्चालन गर्न झन्झटिलो हुने भए ता पनि सुरक्षाको दृष्टिकोणले यो प्रणाली उपयुक्त हुन्छ ।

आफ्नो इमेल खाता जोगाउने अरू पनि उपायाहरु छन् । जस्तोकी तपाइको इमेल खाता खोल्दा उपलब्ध गराईएको तपाइको व्यक्तिगत सूचनाहरू सही भएमा कथकदाचित तपाइको खाता ह्याक भएमा पनि लगईन गर्न सक्नु हुन्छ । तर साधारणतया ह्याकरहरुले कसैको इमेल खाता आफ्नो नियन्त्रणमा लिईसके पछि त्यही जानकारी परिवर्तन गर्ने हुनाले तपाईँको बैकल्पीक इमेल (अल्टरनेट इमेल खाता) र मोबाइल नम्बर सही राख्नु उपयुक्त हुन्छ ।

बदलिँदो सुरक्षा अवस्थासँगै गुगल , याहु र माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरुले तपाईँलाई घरी घरी तपाइको मोबाइल नम्बर अपडेट गर्न उक्साई रहेका हुन्छन् । अहिलेको धेरै आईटी कम्पनीहरूले अंगालेको सुरक्षाप्रणालीको प्रकृति अनुसार कम्तीमा आफूले प्रयोग गरिरहेको वेबसाईटमा आफ्नो आफ्नो मोबाइल नम्बर भेरीफाई गराउनु उपयुक्त हुन्छ । यसका अलवा जो कोहीले सजिलै थापा पाउन नसक्ने पासवर्ड प्रयोग गर्नु पनि आफ्नो इमेल खाता जोगाउने सजिलो उपाय हो । पासवर्डको सम्बन्धमा हामी नेपालहरूको दैनिक प्रयोगको लागी दुईवटा लिपी भएकोले झनै सजिलो छ । कम्तीमा कुनै नेपाली शब्दलाई अङ्ग्रेजी फन्टमा टाइप गर्दामा पनि धेरै बलियो पासवर्ड तयार हुन्छ ।

यो लेख २०७१ भाद्र २८ गतेको पुर्वाञ्चलबाट निस्कने ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-8833762795762621432014-08-24T20:18:00.000+05:452014-08-26T20:27:09.524+05:45लाइन बसेर गर्नु पर्ने भुक्तानीका विकल्पहरू

आर्थिक वर्ष २०७१/७२ को बजेट भाषणमा अर्थमन्त्री रामशरण महतले इन्टरनेटमार्फत वार्षिक बिस हजार अमेरिकी डलर सम्मको भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने बताएका थिए । सरकारको उक्त कार्यक्रमको पूर्ण कार्यन्वयबाट इन्टरनेटमै बसी बसी विदेशको कम्प्युटर सम्बन्धी काम गर्ने तथा इन्टरनेटबाट आफूलाई आवश्यक पर्ने सफ्टवेयर खरिद गर्न चाहनेहरूलाई सबभन्दा बढी फाइदा पुग्ने देखिन्छ । धेरैले सरकारको यस नीतिले अनलाइन भुक्तानीको झन्झटीलो र अव्यवहारिक विद्यमान प्रक्रियालाई खुकुलो पार्ने अनुमान गरेका छन् । यद्यपि हाल सम्म कुनै पनि बैकहरूले सो सेवा सुरु गरी सकेका भए आफ्ना ग्राहकहरूलाई त्यसको बारेमा जानकारी गराएका छैनन् । त्यसैले सरकारको सो कार्यक्रम कार्यान्वयनको तयारीकै चरणमा होला भन्न सकिन्छ ।

यसै पनि सरकारले यस किसिमको कार्यक्रम ल्याउनु अगावै निजी क्षेत्रका कम्पनीहरूले यस्तै खालको सेवा दिइरहेका छन् । मुन्चा डट कम, भाटभटेनि डिपार्टमेन्टल स्टोर , हरिलो डट कम, ई-सेवा आदी यसको उदारण हो । मुन्चा डटकम तथा भाटभटेनी डिपार्टमेन्टल स्टोरको अनलाइन पोर्टलमा गएर तपाईँले विदेशमा झैँ इन्टरनेट मार्फत दैनिक उपभोग्य सामान देखी उपहार लगायतका समानहरु खरिद गर्न सक्नुहुन्छ । भुक्तानीको लागी नेपालका इन्टरनेट बैङ्किङ्ग सेवा उपलब्ध गराई रहेका बैकहरुको ईबैङ्कीग खाता प्रयोग गर्न सकिन्छ भने अनलाइन ट्रान्सजेक्सन गर्न मिल्ने भिसा, माष्टरकार्डको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्न सकिन्छ । नेपालमा रहेकका नेपालीहरूको लागी भने कार्ड मार्फत भुक्तानी गर्न सहज छैन । यसपालिको बजेट भाषणले सोही समस्या सामाधान गर्ने आशा देखाएको हो । इन्टरनेटबाट भुक्तानी गर्ने सम्बन्धमा ईसेवा, ईपे, पेनेप, हेल्लो पैसा जस्ता वेबसाईटहरुले उपलब्ध गराएको सेवा विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

अहिले माथि उल्लिखित वेबसाइटहरूले नेपाल टेलिकमको सबै जस्तो सेवाहरुको भुक्तानी गर्ने , प्रमुख एयरलाईन्सहरुको हवाई टिकट खरिद गर्ने, केही प्रमुख दैनिक पत्रिकाहरूको ग्राहक बन्ने, केही कलेज तथा स्कुलको फि तिर्ने , काठमाण्डौ उपत्यकाको हकमा बिजुली तथा पानीको पैसा तिर्न मिल्ने सेवा उपलब्ध गराई रहेका छन् । स्मरण रहोस् , सबै सरकारी निकायहरूको कम्प्युटराईज भै रहेको अवस्थामा माथि उल्लिखित सेवा गर्नु भएन भने पनि बिजुली पानीको पैसा एकमुस्ठ अग्रिम भुक्तानी गर्न सकिन्छ । यस किसिमको सेवा धेरै जस्तो शाखाहरुले अङ्गिकार गरेका छन् । घण्टौ लाइनमा बसेर बिजुली पानीको पैसा तिर्नुको विकल्प एकमुष्ट अग्रिम भुक्तानी गरी महिनै पिच्छे सो पैसा काटिदै जानु पनि एक हो । सरकारले अनलाइनको भुक्तानी व्यवस्थित गरी दिएमा यस किसिमका सेवाहरू अझ प्रभावकारी हुँदै जाने देखीन्छन ।

प्रविधिको उच्चतम प्रयोग बढ्दै गइरहेको परिप्रेक्ष्यमा इन्टरनेट मात्र हैन टेलिफोन आकारका पिओएस (Point of Sell) मेसिन पनि विकल्पको रूपमा देखिन थालेका छन् । पिओएस मेसिनको साहायताले तपाईँ अनलाइन पेमेन्ट गर्ने मिल्ने सबै जस्तो भुक्तीहरु गर्न सकिन्छ । डिजिटेक रेमिन्ट्यान्स भन्ने काठमाण्डौको एक कम्पनीले नेपालमा बिक्री प्रर्वदन गरी रहेको यो मेसिनमा एनसेलको एउटा सिमको साहायताले एनसेलको टावर समात्ने जस्तो सुकै स्थानबाट पनि भुक्तानी गर्न मिल्छ । कम्पनीले जनाए अनुसार नेपाल टेलिकमको कुनै पनि सेवा बापतको भुक्तानी बापत प्रयोगकर्ताले उल्टै केही रकम बोनस पाउछन भने अन्यको हकमा जहाँसुकै बाट बिना कुनै शुल्क भुक्तानी गर्न सक्दछन ।

अवश्य पनि , घण्टै लाइन बसेर गर्नु पर्ने भुक्तानी आफूलाई पायक पर्ने स्थान र समयमा भुक्तानी गर्न पाउनु ठुलो सुविधा हो । नेपाली प्रयोगकर्ताहरुलाई सेवा दिइरहेका वेबसाईट तथा डिजिटेकले ल्याएको पिओएस मेसिन प्रयोगकर्ताको सुविधाको लागी सञ्चालित छन् । यसैले पनि भन्न सकिन्छ प्रविधिको प्रयोग हिसाबले सरकारको मुख ताक्नु पर्छ भन्ने छैन तर यसलाई व्यवस्थित गर्ने निकाय भनेको सरकार नै हो ।

यो लेख २०७१ भाद्र ८ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-5635287067862652083.post-16804826318875146722014-08-17T00:00:00.000+05:452014-08-26T20:25:45.699+05:45एउटा चाईनिज मोबाइलको सफलताको कथा

गत सप्ताह भारतमा नाम चलेका ब्रोडिसट दैनिकका प्रविधि स्तम्भ एक चाईनिज मोबाइल कम्पनीले भारतमा गरेको ब्यपारको चर्चा गर्दैमा बित्यो । भलै यसअघि 'ईण्डीया डोमिनेटेड' दक्षिण एसियाली बजारमा उक्त कम्पनीको यस्तो बिघ्न चर्चा पहिले नभएको होस , टाइम फोर्ब्स जस्ता अन्तराष्ट्रीय सञ्चार माध्यमले जिओमी नाम गरेको उक्त चाईनिज मोबाइल कम्पनीको खुलेरै प्रंशशा गरेको थिए । एप्पलको चाईनिज प्रतिश्पर्थी भनिने उक्त मोबाइल कम्पनीले आफ्नो बजार भारत, सिङ्गापुर, चिन, मलेसिया, ताईवान लगायत हङ्गकङ्गमा मात्र सीमित गरेको भए पनि बिश्वबजारमा स्थापित कम्पनीहरू सँग प्रतिश्पर्था गर्न आतुर देखिन्छ । धेरैले यस कम्पनीले सामसुङ्ग तथा एप्पलको मोबाइल बजारको ठुलो हिस्सा कब्जा गर्न सक्ने अनुमान गरेका छन् ।

भारतमा त्यस्तो बिघ्न चर्चा हुनुको कारण हेर्दैमा चित्ताकर्षक देखिने आईफोनको जस्तो जिओमीको एमआईथ्री नाम गरेको एन्ड्रोईड मोबाइल फोन थियो । जसको बिक्री अकल्पनीय रूपले सफल रहयो । धेरैले यसलाई कम्पनीको बजार रणनिती पनि भने । तर २.४ चार सेकेन्डमा बिस हजार मोबाइल फोन बिक्री हुनु चानचुने कुरा थिएन । फिल्पकार्ट डट कम भनिने भारतको एक नाम चलेको अनलाइन सपिङ्ग वेबसाईटमा यस अघि २ पटक पनि यसरी नै हारालुछ भएको थियो । फिल्पकार्ट बाट नै पहिलो पटक लगभग चालिस मिनेटमा दश हजार फोन बिक्री भएको थियो भने दोस्रो पटक पाँच सेकेन्डमा १५ हजार फोन सकिएको थियो । पछिल्लो पटक २० हजार फोन दोस्रो पटकको भन्दा आधा समयमा बिक्री भएको थियो । यही आँउदो बुधवार २० हजार मोबाइल फोन वेबसाईटमा राखिने बताइएको छ भने यसलाई वेबसाईटमा बिक्री हुने बित्तिकै खरिद गर्न पचहत्तर हजार भन्दा बढीले उक्त वेबसाईटमा आफूलाई दर्ता गरीसकेका छन् । फिल्पकार्ट भारतमा जिओमी मोबाइल अनलाइन बिक्री गर्ने आधिकारिक वेबसाईट हो ।

यती कुरा गरीरहदाँ धेरैलाई लाग्न सक्छ । यती धेरै प्रयोगकर्ताले उक्त फोन रुचाउनुको कारण के हो त ? सबभन्दा पहिले त यसको मूल्य नै भन्न सकिन्छ । भारतीय बजारमा तेर्ह हजार नौ सय उन्नासय भारतीय रुपयाँ मूल्य राखिएको उक्त फोन त्यति नै मूल्य र विशेषता भएको अर्को कम्पनीको त्यस्तै मोबाइल फोन पाउन मुस्किल देखिन्छ । निश्चय पनि नयाँ एन्ड्रोईड संस्सकरणको अपरेटिङ्ग सिस्टम भएको तेर्ह मेगा पिक्सल क्यामरा , दुई दशमलब तिन गिगाहर्ज क्वाडकोर प्रोसेसर , सोर्ह गिगाबाईट फ्लास मेमोरी , पाँच इन्चको एचडी स्क्रीन र सबभन्दा लोभलाग्ने कुरा तिनहजार पचास एमएएच लिथिनियम आएन ब्याट्री भएको मोबाइल फोन त्यो मूल्यमा पाईदैन । एन्ड्रोईड अपरेटिङ्ग सिस्सटम भएको यस मोबाइलमा अन्य एन्ड्रोईड भएका जस्ता सफ्टवेयर फिचर त छदैछन । यसमा जडान गरिएको हार्यवेयर चाँही यसको विशेषता हो । एसमा एप्पलको आईफोनमा जस्तै कहीँ कतै उक्त फोन हराएमा बेबसाईटबाट नै लक तथा ट्रेस गर्न सकिन्छ । कम्पनीले आफ्नो प्रयोगर्ताहरुलाई अन्य एन्ड्रोईड मोबाइल उत्पादक भन्दा फरक तरिकाले सन्तुष्टी दिनको लागी बिचबिचमा सफ्टवेयर फिचरहरु अपडेट गर्ने गर्दछ । त्यही कुरालाई केही भारतीय मिडियाले जिओमीले आफ्ना ग्राहकहरुको डाटा चाईना लाग्छ यो सुरक्षित छैन भनेर हल्ला गरिरहेका छन् । आधिकारिक रूपमा पुष्टीहुन नसकेको यो आरोपलाई प्रतिश्पर्थी कम्पनीहरूको बजार रणनितिको रूपमा ब्यख्या गर्नेहरु पनि कम छैनन् ।

र अन्तमा , नेपालमा बजारमा आधिकारिक बिक्री सुरु भै नसकेको यो फोन मोबाइल उत्पादन र बिक्रीको क्षेत्रमा एक किसिमले सफलताको कथा हो । झण्डै आधालाख पर्ने सामसुङ्गको ग्यालेक्सी एस फोरको जस्तै विशेषता र कतिपय कुरामा उम्दा देखिएको मोबाइल फोन त्यसको भन्दा आधा भन्दा कम दाममा पाउन थाले पछि प्रयोकर्ताहरु लोभिनु त स्वभाविकनै हो । यसले प्रयोगकर्ताको रुचिलाई पनि आत्मसात गर्छ । त्यसमा माथि बजारको माग भन्दा उत्पादन र आपुर्ति कम गरे पछि प्रयोगकर्ताउहरुको कौतुलता उत्पन्न हुनै नै भयो । यही रणनितको साथ यो चाईनिज कम्पनी उकालो लाग्दै गरेको देखिन्छ ।

यो लेख २०७१ भाद्र गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

Unknownnoreply@blogger.com0