Monday, June 9, 2008

गुगल सर्च टिप्स ट्रिक्स - १

  1. AND अथवा +
    And अथाव + ले शब्दलाई जोड्ने काम गर्दछ। जसवाट ठ्याक्कै ति दुबै शब्द भएको सर्च रिजल्ट भेटिन्छ। Sun +moon
  2. OR अथवा
    यसो गर्दा दुईवटा शब्द मध्ये कुनै एक मात्र भए हुन्छ भन्ने वुझीन्छ। enepal media
  3. ” “
    यस चिन्हको प्रयोग गरेर सर्च गर्दा गुगलले ठ्याक्कै त्यही वाक्य सम्झेर सर्च रिजल्ट खोज्दछ।
    "the sun lights up the moon"
  4. -
    यस माईनस चिन्हको यस वाहेक भन्ने वुझाँउछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ। sun -”moon and stars”
  5. *
    यस चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ। "the * lights up the moon"
  6. ~
    यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun
  7. ..
    दुई अंकको विचमा यसको प्रयोगले ति दुई अंक विचको रेञ्ज भन्ने जनाँउछ। “solar eclipse 1990..2005″

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।