Friday, March 27, 2009

राजाको काम कहिले जाला घाम

श्रीमान उपकुलपती ज्यू
त्रिभुवन विश्वविध्यालय

मार्फत : कर तिरेर यस्ता अनुत्पादक र निकम्मा कर्मचारी पाल्ने सचेत वर्गहरु

महोदय,

दक्ष र विश्व बजार सँग नै प्रतिश्पर्धा गर्नु पर्ने जनशक्ती उत्पादन गर्नु पर्ने अभिभारा लिएर स्थापना भएको देशकै सबभन्दा पुरानो र प्रतिष्ठीत विश्वविध्यालय कार्यरत कर्मचारीहरुको गैर जिम्मेवार रवैयाको कारण लथालिङ्ग / वेवारिसे अवश्थामा रहेको छ ।उदारणको लागी त्यस विश्वविध्यालयको वेवसाईटलाई नै लिन सकिन्छ (यो भन्दा पनि गहन र सम्वेदनशिल लापरवाहीका बिषय त्यहाँ नभएका हैनन तर यस ब्लगमा (http://enepalmedia.blogspot.com) वेव र आईटीको मात्र कुरा गरिने भएकोले त्यसको चर्चा गरिदै छ । )




विश्वविध्याल अन्तर्गत परिक्षा नियन्त्रण कार्यलयको वेवसाईट विना सुचना लामो समय सम्म बन्द रहयो, यसो त बन्द रहनु त्यो पनि परिक्षाफल वा महत्वपुर्ण सुचना प्रकाशन भएको वेला, सामान्य नै भईसकेको थियो । तर त्यस पटक सवैलाई निरास र आश्चर्य चकित पार्ने गरी बन्द रहयो ।

हाल त्यस वेवसाईट अण्डर कन्सट्रक्सन को को नोटिस राखेर प्रयोगकर्ताहरु लाई निरास पार्ने गरी वेवारिसे अवश्थामा रहेका छन । पहिले भन्दा अलि ब्यबहारिक र युजर फ्रेण्डली नै पो बनाउन लागेको हो भने झै गरी निर्माण शुरु गरिएको सो वेव साईटको ग्राफिकल ले आउ्ट चाँही भर्खर वेव डिजाईनिङ्ग सिक्दै गरेको विध्यार्थीहरुको भन्दा पनि नराम्रो छ ।

सरकार वाट सञ्चालित एउटा ईन्सिच्युसनको को वेवसाईट त्यो अवश्थामा रहदाँ त्यहाँको कर्मचारी हरुमा काम प्रतिको ईमान्दारिता भन्दा पनि अझै सम्म राजाको काम कहिले जाला घाम भन्ने सोचले ब्याप्त रहेको आभास हुन्छ।

श्रीमान उपकुलपती ज्यू , सवभन्दा रमाईलो त मलाई त्यहाँ कार्यरत कर्मचारीहरु को सरकारी (कर्मचारी हुनुको)फुर्ति देखेर लागी रहेछ । चार चार महिना सम्म जावो (हो जावो एउटा वेव साईट, यसको लागी कती समय लाग्छ धेरैलाई थाहा छ । ) एउटा वेव साईट बनाउन नसक्ने अनि खुब फुर्ति लगाएर वेव डेभलपमेन्ट टिमको मेम्बर भनेर नाम राख्ने !

ख्वै त्यो वेव डेभलपर टिमका सदस्यहरुमा के डेभलप र के मेन्टेन गरि रहेका छन भगवान जानुन ।

सम्पुर्ण युजरहरुको तर्फवाट

एक साधारण नेपाली

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।