Tuesday, April 14, 2009

सवैले वेवसाईट वनाउनु पर्दैन ।

खासमा भन्दा उनि मैले चिनेको एक जना दाईको भाई । उनले उनको नाम एक पटक परिचय गर्ने क्रममा भनेका थिए तर मलाई अहिले सम्झना भएन । यसै पनि म पहिलो पटक परिचय भेट भएका मान्छेको नाम र अनुहार यति चाँडो भुल्छु कि भनि साध्यै छैन । यसलै पनि मैले अनुभव गरेको छु मान्छेहरुले मैका पाए भने मलाई कति गजक्क पर्नु पर्ने मान्छे भन्छन क्यारे ! ( दोस्रो पटक भेट हुदाँ नवोलेको ले ) । लै म त खत्तमै भए तर तिनीहरु आफै चाँही किन बोल्दैनन नि ! (बोल्न खोजे जस्तो पनि लाग्दैन )

कुरो तिनै महानुभावको गरौ ........ मलाई थाहा भएको कुरा भनेको उनका दाई हाम्रो क्षेत्रको प्रसिद्द फोटोग्राफर हुन जसलाई म गोडा चार एक वर्ष देखी चिन्छु । उहाँको फोटोग्राफीको कुरै नगरौ । हिन्दीमा एउटा शब्द छ नि लाजवाब त्यो उनकै फोटो ग्राफीलाई तारीफ गर्न वनाएको हो जस्तो लाग्छ । मैले पनि उहाँको क्यामरा वाट फोटो खिचाएको छु मेरो चाँही ठिकै थियो भन्नु पर्छ क्यारे । यसो त फोटो राम्रो आउनलाई अनुहार राम्रो हुनु पर्छ भन्छन नि मेरो केशमा त्यही कुरा लागु हुन्छ ।

ति दाईको अष्ट्रेलिया निवासी भाईको वेव साईट क्रेज देखेर मलाई मैले भर्खर वेव सिक्न थालेको वा वेव नसाको चरमोत्कर्षमा रहेको समय याद आयो । जती खेर म सवैले वेव बनाउनु पर्छ भन्ने सोच्थे । सोच्न त अहिले पनि सोच्छु तर अहिले नै चाँही सबैले वनाउनु पर्दैन ( अलि पछि आफै बनाउछन ) भन्ने लाग्छ । तर नबनाई नहुने हरु धेरै छन बनाएका हरुले पनि आफुलाई सुधार्नु जरुरी भै सकेछ ।

प्रधानमन्त्री कार्यलयको वेव साईट र यससको रङ्ग (रुप)



बनाउनेको ढङ्ग (कुनै स्टयाडर्ड वेवसाईटको सोर्स हेर्नु न थाहा पाई हाल्नु हुन्छ कुरा के हो भनेर)



हाम्रा प्रधानमन्त्री ज्यूका् छोरा कम्प्युटर चलाउन सिपालु छन अरे त्यही कम्प्टर चलाउन जानरै बाबु सँगै अमेरिका पनि पुगेर आका' रे ! तिनैले वनाएको हो कि क्या हो यो वेव साईट ।

जसले वनाएको भए पनि मलाई त सिङ्गो राष्ट्रका प्रधानमन्त्रीको कार्यलय को स्तर सुहाउदो भएन जस्तो लाग्यो । वेव टेक्नोलोजी कहाँ बाट कहाँ पुगी सक्यो अझै नि माईक्रोसफ्ट वर्ड मा लेखेको टेक्स्ट ( फन्ट ) सेलेक्ट गरेर रातो पारे जसरी वेवसाईट बनाउने !

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।