Friday, April 24, 2009

भुटानको सरकारी वेव साईट वाट पाईरेटेड सफ्टवेयर डाउनलोड

ईन्टरनेटमा डुल्दै जाँदा आज म भुटानको राष्ट्रीय टेलिकम प्रदायक स‌स्थाको वेव साईटमा पुगेको थिए । त्यहाँको राष्ट्रिय टेलिकम प्रशारण केन्द्रले सञ्चालन गरेको वेव साईटमा ईन्टरनेटमा फ्री मा पाईने देखी विल गेट्सलाई धनी बनाउने माईक्रोसफ्ट अफिस, विन्डोज को पाईरेटेड भर्सन वितरणको लागी डाउनलोड गर्न मिल्ने ब्यबश्था मिलाईएको रहेछ । मलाई रमाईलो त अझ कुन कुरामा लाग्यो भने वेव डिजाईनिङ्ग टुल्स तथा प्रोग्राम को नाममा त्यहाँ PHP र MySQL डाउनलोडको पनि सुविधा रहेछ । ( यस वाट के अर्थ लगाउने भुटानले PHP र MySQl राष्ट्रिय स्तरमा नै सिफारिस गरेको हो त ? ) अझ PHP को GD लाईब्रेरी पनि राखेको देखेर त्यो भुटानको राष्ट्रिय स‌स्थाको अफिसियल वेव साईट हो कि पर्सनल वेव साईट हो भन्ने श‌का लाग्यो ।

फ्रि र ‌ओपन सोर्स सफ्टवेयर लाई आफ्नो साईटमा राखेर डाउनलोड गर्न दिनु ठिकै छ वजार किन्दा ३०- ४० हजार रुपयाँ लाग्ने माई्क्रोसफ्ट कम्पनिको स्वामित्वमा रहेको सफ्टवेयरको पाईरेटेड भर्सन नै सरकारी निकायले नि शुल्क डाउनलोड गर्न दिन निश्चय पनि सर्वथा उचित हैन होला ।

तर हामीलाई यो सव कुरामा वालै छैन त्यही लिङ्कवाट आफुलाई चाहिएको सफ्टवेयर निशुल्क डाउनलोड गरे भै हाल्यो नि

निशुल्क डाउनलोड गर्न मिल्ने सफ्टवेयरको लिष्ट हेर्न यहाँ क्लिक गर्नुस ।
भुटान टेलिकम लिमिटेडको साईट्ट हेर्न यहाँ क्लिक गर्नुस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।