Thursday, April 30, 2009

ई-शेयर का कुरा

कुनै जमाना थियो को शेयर खरिद गर्नको लागी नागरिकताको फोटोकपी खरिद बिक्री हुन्थ्यो । शेयर हाल्नको लागी बैक ग्यारेण्टी पाईन्थ्यो । पैसा वालाहरु घरमा काम गर्ने नोकरको नाममा पनि शेयर खरिद गर्थे । कलेक्सन सेन्टरहरु शहरका नामी मुट्ठीभर शेयर दलालहरुको ईशारामा चलेका थिए । शेयर खुलेको दिन दश बजे जाँदा शेयर फर्म आएको छैन भन्थे भने भोली पल्ट दिउसै शेयर फारम सकियो भन्थे ।(भन्न लाई ल अझै पनि भन्छन हाम्रो धरानमा )। कति सम्म भयो भने कलेक्सन सेन्टरहरुले आवेदन फारमको फोटोकपीलाई मान्यता दिई आवेदन स्विकार गरे । पर्ने वेलामा फोटोकपि भर्ने कसैलाई परेन । बरु त्यस विरुद्द मुद्दा पर्यो भन्ने सुनियो । रमाईलो त्यतिखेर भयो होला जब फोटोकपि वाट आवेदन भर्ने धेरै जनाले मेरो यति कित्ता भनेर धेरै जनाले एउटै एप्लिकेशन नम्बर राखेर शेयर वाँडफाडको अनलाईन रिजल्ट हेर्न खोजे ।

भनि रहन पर्दैन शेयर दलाल हरु कयौको नाममा सम्बन्धितलाई थाहै नदिई शेयर हाल्थे । अङ्कगणितिय हिसाबले पनि शेयर पर्ने सम्भाव्यता उनिहरुकै हुन्थ्यो र उनिहरुलाई नै पर्थ्यो । थोरौ पुँजी हुने सर्वसाधरण हरु यो शेयर भनेको नै कहिले नपर्ने कुरा हो कि क्या हो भन्ने ठान्थे । यसै विच नेपाल स्टक एक्सचेञ्जले वैक खाता विना शेयर हाल्न नपाईने नियम बनाई दियो । कसलाई के धन्दा कसलाई के धन्दा भने झै बैकहरु धमाधम शेयर कारोबार गर्न कै लागी खाता खोलाउन थाले । कलेक्सन सेन्टरहरुले शेयर हाल्न लाई हाम्रै बैकमा खाता खोल्न पर्छ भन्ने सम्मका कुरा गरे ।

फेरी शेयरको वजार तातेको छ यसै आ. व. (असार मसान्त) भित्र विभिन्न सात वटा सस्थाहरुले अर्वै उठाउने गरी सार्वजनिक सेयर निस्कासन गर्दैछन । यसै विच नेपाल स्टक एक्सचेञ्जले आवेदनकर्ताको फोटो विनाको आवेदन अस्विकार गर्ने भएको छ भने प्रमुख शेयर निष्कासन कर्ता मध्ये एक बित्तिय सस्थाले अनलाईन सेयर कारोवारको परिकल्पना गरेर कार्य शुरु गरेको छ ।
जस अनुसार अब शेयर आवेदन खरिद गर्नको लागी धाएर कलेक्सन सेन्टर पुग्न पर्दैन भने कलेक्सन सेन्टरहरुले पनि आवेदन फारम सकियो भन्न पाउने छैनन ।

एन एम बि बैक ले शुरु गरेको यस सेवा उपभोग गर्नको लागी त्यस बैकमा खाता हुनै पर्छ भन्ने छैन तर एउटा अनलाईन रजिष्ट्रेशन फारम भरेर आफुलाई रजिष्टर भने गर्नु पर्छ त्यसैको आधारमा आफ्नो आ डी जेनेरेट हुन्छ । त्यहि आ डी को नम्बर रेफरेन्स दिएर शेयर आवेदन फारम भर्न सकिन्छ । यस प्रक्रिया अनुसार शेयर आवेदन फारम भर्ने हो भने कम्पनि नै पिच्छे सेयर आवेदन फारम फरक हुदैन एउटै प्रकारको आवेदन फारम प्रयोग गर्न सकिन्छ जसमा तपाँईले अनलाईन रजिष्ट्रेशन गर्दा दिएको विवरण घरि घर लेखी रहनु पर्दैन (त्यस बैङ्क प्रमुख शेयर निस्कासक कर्ता रहेको कम्पनीको शेयर खरिद गर्न परे ) एक पटक आफ्नो कस्टुमर आ डि दिए पुग्छ । बैक खाता पनि त्यही बैकमा हुनै पर्छ भन्ने छैन आफ्नो जुन बैकमा खाता छ अनलाईन फर्म भर्दा त्यहि बैङ्कको खाता नम्बर दिए पुग्छ एउटा भन्दा धेरै खाता छ भने (चेक) कलेक्सन चार्ज जसको कम छ त्यही बैकको खाता न. प्रयोग गर्नु भए हुन्छ।

यस पछिको प्रक्रिया चाही अलि ट्रेडिसनल छ त्यसैले त्यो बैकलाई गाली नगर्नु होला त्यसमा बैकको कुनै दोस छैन नेपाल सकारले अनलाईन ट्रान्जेक्सनको सुविधा प्रचलनमा नल्याएको हुनाले पैसा वुझाउनको लागी चै ( शेयर )कलेक्सन सेन्टरमा जानै पर्छ । पैसा जम्मा गर्न जादाँ आफ्नो कस्टुमर कोड नागरिकताको सक्कल प्रति तथा छाँयाप्रती तथा एउटा फोटो पनि लानु पर्छ । तर पहिले जस्तो धेरै लाईन बस्न पर्दैन परे एक पटक पैसा वुझाउन लाईनमा बस्न पर्छ ।

ल है पुर्व युवराज पारस पनि शेयर कारोबार गरेर धन कमाउने कुरा गर्दैछन तपाँई हामी पनि आफु सँग भएको अलि अलि पैसा शेयरमा हालेर आफ्नो भाग्यो अजमाउने कि ! पर्छ नै भने के छ र तर पनि परि हाल्यो भने ...........

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।