Wednesday, April 15, 2009

यु ट्युब मा Roadies का कुरा

सात समुन्द्र पार अमेरिकन आईडोल चर्चित भयो रे । हाम्रो छिमेकमा त्यस्तै खालको कार्यक्रम ईण्डियन आईडोल स‌चालन भए पछि हाम्रा नेपाली दाजु भाई पनि नेपाली तारा बनाउन तिर लागे । सिर्जनामा प्रभावित हुने कुरा चलि रहन्छ कहिले यता वाट उता कहिले उता वाट यता ।

म खासै TV हेर्ने मान्छे हैन तर पनि थाहै नपाई MTV को Roadies हेर्ने वानी परेछ । विज्ञान पढ्दा survival for the fittest भन्ने कुरा सुनेको थियो मेरो विचारमा यो कार्यक्रम त्यही फर्मुला लाई मध्यनजर गरेर बनाईएको होला । भारतमा यो कार्यक्रम युवा वर्ग विच चर्चित छ भन्ने सुनेको थिए पाकिस्तानमा पनि Roadies जस्तै कार्यक्रम सचालन हुन लागेको रहेछ । नेपालमा पनि TV को वाढी र कार्यक्रमको खडेरी लागेको वेला कुन दिन Roadies को नेपाली स‌स्करण हेर्न पाईने हो कुन्नी !

पाकिस्तानीको Roadies


भारतिय ओरजिनल Roadies

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।