Friday, May 8, 2009

सरकारी काम कहिले जाला घाम

आफु ईन्टरनेटको नियमित सम्पर्कमा रहने कुरा चिनेजानेका ब्यक्ती, नाता गोतालाई थाहा भएर नै होला उनिहरुकै रिजल्ट हेरि दिनको लागी भए पनि होला कुनै वेला नियमित जसो www.tuexam.edu.np हेरीन्थ्यो । तर पछिल्लो समयमा पुर्ननिर्माण गरिदै गरेको जानकारी दिएर विश्वविध्यालयको नतिजा सुचनाहरु tuexam.edu.np मा राख्न छाडियो र मैले वेवसाईटमा आजकल सुचना अपडेट गरिदैन भन्दा कतिपय आफन्तजनले हेरि दिनु पर्छ भनेर यसो भन्यो भन्ने सम्मको कुरा गरे ।

वेव साईट पुननिर्माणको कुरा गरे देखी कयौ दिन, हप्ता, महिना विते, त्यस विच विश्व विध्यालय ले विभिन्न तहका परिक्षाफल प्रकाशन गर्नुका अतिरिक्त कयौ महत्वपुर्ण सुचना प्रकाशन गर्यो, तर ति सुचनाहरु वेव साईट सम्म आएन । वेव साईट निर्माणको क्रममा नै छ भनियो तर ( आज सम्म पनि )यसको निर्माण पुरा भएन । त्यसपछी मलाई के लाग्यो भने त्रिभुवन विश्वबिध्यालय समग्रमा नेपालीहरुले तिरेको करले चलेको स‌स्था हो हाम्रो करको सदुपयोग गर्नको लागी एक ( सचेत ) नागरिकको हैसियतले सम्बन्धित निकायलाई झक्झक्याउनु पर्छ ।

कसरी मेरो कुरा सम्बन्धित ब्यक्ती कहाँ पुर्याउने भन्ने सोच्दै जाँदा सबभन्दा पहिले विश्वबिध्यालयको त्यस साईटको क्रिटिसाईज गरेर एउटा ब्लग तयार गर्ने अनि सम्बन्धित डिजाईनरहरु लाई त्यो क्रिटिसाईज गरेको ब्लग आर्टिकलको लिङ्क पठाई दिने भन्ने निर्शकर्षमा म पुँगे र मैले त्यसै गरे । खासमा मलाई त्यसो गर्दा त्यस साईट बनाउने ब्यक्तीहरुले मेरो त्यो क्रिटिसिज्म लाई कसरी लेलान र के भन्लान भन्ने लागेको थियो तर डिजाईनर हरुले आफुले स्वय‌सेवकको (निशुल्क) रुपमा त्यो साईट बनाएको र सरोकारवाला सम्बन्धित निकायलाई कार्य सम्पन्न गरी हस्तान्तरण गरि सकिएको हुनाले केहि गर्न नसकिने भन्ने ब्यहोरा को ईमेल पठाए ।

www.tuexa.edu.np का होष्टमाष्टरको ईमेल
**************************************

dear anish,
thanks. i appreciate your comments.

but i should say sorry that the developers are not our staffs. they are
just the web developer. and i am the one system head of IOE pulchowk
campus but not the responsible person regarding the result update/upload.
i just maintain the web means >> hosting maintenance only as being
webmaster/hostmaster.
keep writing..and knock TU-Exam in this regard.

regards
Mr. Babu Ram Dawadi,
System Engineer, Center for Information Technology (CIT),


डेभलपरहरुको तर्फवाट प्राप्त ईमेल
**************************************
Hello Anish Ji,
Thanks for your kind complements
let me tell you some thing clearly
first,we are not the civil servant of TU,we are the student of IOE,Pulchowk Campus
second,we tested that site well and when it worked as per our expectation, we handed that to TU exam,but we still do not know what is running behind the scene because they are still not seriously using site.
third,we have not taken any revenue or development cost for that site,we voluntarily did that to help all the students.

so plz, kindly,think once again reading my points above
and update your blog or flow the real information to all your circle

Sincerely,
Developer Team
**
[email protected],
[email protected],
[email protected]

**************************************
विश्व विध्यालयले कुन दिन र कस्तो समयमा परिक्षाको सुचना र नतिजा प्रकाशन गर्छ भन्ने कुराको कुनै टुङ्गो नहुदा त्यही वेवसाईट नै एक यस्तो माध्यम थियो जसवाट साँझ विहान छुट्टीको दिन बन्द हडताल होस वा १६ घण्टे लोड सेडिङ्गले देशका विभिन्न क्याम्पसहरुमा नतिजाको फ्याक्स पठाउन नसके पनि सरोकारवाला आफुलाई पायक पर्ने समय र स्थानवाट त्यस सम्बन्धी जानकारी प्राप्त गर्न सक्थ्यो । लामो बहस गरि रहन पर्दै आजको परिप्रेक्ष्यमा यो स‌यन्त्र वाट विश्व विध्यालयले विध्यार्थहरुलाई सुचना प्रवाह गर्ने तथा उनिहरुवाट जानकारी लिने सम्बन्धमा लामो छलाङ्ग मार्न सक्छ । वेव साईटमा ठिङ्ग परिक्षाफल प्रकाशन भएको सुचना र नतिजा राख्ने मात्र हैन विध्यार्थिको परिक्षा फारम नै ईन्टरनेट वाट भराउन सक्छ ।

मेरो विचारमा बनाउने ले निशुल्क वेव साईट बनाई दिएको छ त्यसलाई होष्ट पनि गर्न पाईएकै छ तर त्यसलाई हुन सक्ने सम्मको प्रयोग गरिदैन भने त्यो सरो्कारवालाको अधिकारको हनन हो । यस सम्बन्धमा हामीले हुन सक्ने सम्मको खबरदारी गर्नु पर्छ र कनै सरकारी कर्मचारीको अर्कमण्यताको शिकार कोही पनि हुनु हुदैन ।

यस विषयमा लेखिएको पुरानो ब्लग हेर्न यहाँ क्लिक गर्नुस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।