Thursday, May 14, 2009

ल्यापटपको ब्याट्री कसरी हिफाजत गर्ने

प्रयोग गरिदैन भने अथवा प्रयोग नगरेको बेला सदैव वायरलेस अफ गर्नु होला ।
आफ्नो ब्याट्रीको अधिकतम प्रयोग गर्नको लागी ल्यापटपको पावर अप्सनलाई पावर सेभर वा ब्यालेन्स्ड मोडमा राख्नु होस।
तपाँईको ल्यापटपको डिफल्ट डिस्पले प्रपर्टी अनुसार LCD ब्राईटनेस लेभल उच्चतम विन्दुमा हुन सक्छ यो कम गर्नुस ।
अत्याधिक मेमोरी र सि पि यु प्रयोग ले पावर धेरै खान्छ भनिन्छ त्यसैले नेपथ्यमा चलिरहने विना प्रयोगका वा अनावश्यक कार्यक्रम बन्द गर्नुस र सके सम्म एकै पटक धेरै प्रोग्राम नचलाई राख्नुस ।
प्रयोगमा नरहेको वेला भोल्युम लाई न्युनतम बिन्दुमा वा बन्द राख्नुस ।
प्रयोगमा आउन्न भने ब्लुटुथ डिभास अप्सन सदैव बन्द राख्नुस ।
सके सम्म युसवी डिभाईस कम प्रयोग गर्दा पावर धेरै खादैन ।
रुम टेम्पेरेचरमा कम्पुटर चलाउदा राम्रो हुन्छ । धेरै तातो ठाँउमा राखेर कम्प्युटर चलाउनु ब्याट्री र त्यस उपकरणमा जडित अन्य उपकरण दुवैलाई हानिकारक हुन्छ ।
अप्टिकल उपकरणको प्रयोगले पनि पावर धेरै खान्छ त्यसैले DVD वा CD ROM को हिफाजतको लागी त्यसमा भएको डाटालई कम्प्युटरमा कपी गरेर चलाउदा उत्ततम हुन्छ ।
स्ट्याण्ड बाई मोडमा रहदाँ कम्प्युटरले पावर कत्ति पनि सेभ गर्दैन त्यसैले कम्प्युटरलाई हाईबरनेट मोडमा राख्नुस ।
पावर बचत गर्नकै लागी त माई्क्रोसफ्ट अफिस एप्लिकेशनको अटो सेभ अप्सन डिजेवल गरे राम्रो हुन्छ ।
आफ्नो ल्यापटपको फ्यानवाट हावा वाहिर जाने अवस्थमा राखेर यसको प्रयोग गर्नुस यसले पावर त बचत हुन्छ हुन्छ अन्य हार्डवेयरको पनि हिफाजत गर्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।