Wednesday, May 20, 2009

समकालीन साहित्य डट कमलाई साहित्य वेव पत्रकारिता पुरस्कार

साहित्य र सुचना प्रविधीको क्षेत्रमा कार्यरत धरानका जुझारु युवाहरु अनिश भट्टराई, विजय राई र सन्तोष बास्तोला द्वरा निर्मित तथा बेल्जियमबाट संचालित नेपाली साहित्यको वेव पत्रिका 'समकालीन साहित्य डट कम' (www.samakalinsahitya.com) लाई "अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नारायण-जयन्ता साहित्य वेव पत्रकारिता पुरस्कार ०९" प्रदान गरिने भएकोछ ।

विदेशमा रहेर नेपाली साहित्यलाई इन्टरनेटको माध्यमबाट प्रचारप्रसार, सम्बर्द्दन र संग्रहगर्दै संसारभर पुर्याउन गरेको उच्च योगदान स्वरुप दुईसय डलर र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिने कुरा अनेसास अमेरिकाको पुरस्कार समितिका अध्यक्ष सुमनराज तिम्सिनाले जारी गर्नु भएको प्रेश विज्ञप्तिमा जनाइएको छ ।

बेल्जियमबाट संचालित उक्त वेव पत्रिका साहित्यकार कृष्ण बजगाईंको सम्पादकत्व तथा धरान वाट अनिश भट्टराई सन्तोष वास्तोलाको प्राविधिक सक्रियतामा बिगत ३ वर्ष देखि नियमित अपडेट भईरहेको छ ।

यस अघि उक्त पुरस्कारबाट साहित्यघर डट कम (बेलायत), नेपाल जापान डट कम(जापान) र फ्रिनेपाल डट कम (रसिया) सम्मानित भईसकेको छ ।

वर्षेनि प्रदान गरिने उक्त पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) अमेरिकाको लागि कवयित्रि तथा गीतकार कमला प्रसाईंले प्रायोजन गर्नु भएको हो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।