Saturday, May 30, 2009

कान्तिपुरको एउटा समाचार

........मध्यपुर ठिमी-१५ गट्ठाघर बस्ने सिन्धुपाल्चोक राम्चे-६ का दामोदर ढकाल । उनले गैरकानुनी रूपले राइजिङ नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन र जुगल फाउन्डेसन नामक संस्था खोले । कतै दर्ता नगरी ढकालले यसलाई संसारभरि प्रचारमा ल्याउन 'डब्लूडब्लूडब्लू डट राइजिङ नेपाल ट्रेक्स डट कम' नामक वेभसाइट खोले ।


समाचारदाता चाँही जितेन्द्र साह हुन । उनि पनि कुनै वेला ब्लगिङ्ग गर्थे (अहिले गर्छन गर्दैनन मलाई थाहा भएन )। उनको बारेमा कुरा गर्दा बिजय कुमार पाण्डले आफुलाई वास्ता गरेन भनेर "पहाडिया र मधेसीको कुरा निकालेको" उनको ब्लग मलाई झल्झल्ती याद आउछ ।


त्यो अर्कै विषय भयो तर यहाँ मैले भन्ने खोजेको कुरा के पर्यो भने उनि स्वय ब्लगर भएको नाताले उनलाई ईन्टरनेट सम्बन्धी राम्रो ज्ञान हुनु पर्ने हो । तर उनले समाचारमा उल्लेख गरेको डब्लूडब्लूडब्लू डट राइजिङ नेपाल ट्रेक्स डट कम भन्ने साईट यो ब्लग तयार गरुञ्जेल रजिष्टर नै भएको रहेनछ । समाचारदाताले आफ्नो स्रोतवाट तयार गरेको समाचारलाई एक पटक भेरीफाई सम्म त गर्नु पर्ने हो नि !

कान्तिपुरमा ईन्टरनेट सम्बन्धि समाचारहरुमा उल्लेख गरिएको वेव ठेगानाहरुमा यस्तो भई रहन्छ कारण के हो मलाई ठ्याक्कै थाहा भएन तर कान्तिपुर कर्मीमा पाठकलाई अण्डरस्टिमेट गर्ने बानि पो छ की ?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।