उस बेला लोड सेडिङ्ग र (नयाँ कम्पनी) ग्राहक कम्ती भएको कारणले होला ईन्टरनेट राम्रै चल्थ्यो । डाउनलोड त झन 14-15 kbps मा हुन्थ्यो । धरैले यसको प्रयोग गरेको थाहा पाएको थिए । NTC ले आफ्नो ईन्टरनेट प्याकेजमा ५०% छुट दिएको भए पनि रिन्यु नगरेर UTL को ईन्टनेट चलाउने म पनि हुँ ।
शायद पुर्वमा UTL को स्वर्णिम काल त्यही थियो क्यारे । अब झुक्कीएर UTL को नेट चल्न थालेको छ । 3-4 kbps वा त्यो भन्दा बढीको स्पिडमा ईन्टरनेट चलाउन पाउनु शायद अब भाग्यको कुरा रह्यो क्यारे । आजकल bytes मा डाटा ट्रान्सफर हुन्छ । (भनिरहन पर्दैन होला 1024 bytes को १ kb हुन्छ ।) धेरै भयो UTL को गुणस्तर गिरेको । मेरो मोडेम बिग्रेको हो कि भनेर UTL को ईन्टरनेट चलाउने साथीहरु लाई सोधे, मोडेम परिवर्तन गरे तर कहिले राम्रो सँग चलेन ।
कम्पनिले जति नै ठुलो कुरा गरेको भए नि UTL को नेट कुन स्पिडमा चल्छ भनेर थाहा पाउन मैले विभिन्न समयमा चलेको ईन्टरनेटको स्पिड रेकर्ड गरेको छु।






यहाँ UL अपलिङ्क र DL भनेको डाउनलिङ्क हो ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।