ई-टेण्डरको बारेमा मेरो पुरानो ब्लग पढन यहाँ क्लिक गरौ । अहिले लाई बिषय बस्तु तिर लागौ । एउटा नगरपालिकाको लागी वेव साईट बनाई दिनु पर्ने कुरो चलेको ले नेपालमा नगरपालिका को वेव साईटहरुमा के कस्ता सामग्री राखिदो रहेछ भनेर खोज्दै जाँदा मैले नेपालका जम्मा ५८ नगरपालिका (महानगरपालिका र उपमहानगरपालिका समेत) मध्ये जम्मा ११ वटाको मात्र वेव लिङ्क पाए । लगभग सबै जसो एकै ढर्राको हुदो रहेछ नगरपालिकाको वेवसाईटहरु । नागरिक वडापत्र, विविध फारमहरुको डाउनलोड धेरथोर सम्बन्धित क्षेत्रको चिनारी अनि मेयर उपमेयर र कार्यकारी अधिकृतको फोटो राख्ने ठाँउ ।
माओवादी भुमीगत हुदाँ त्यसको वेवसाईट खुव हेरिन्थ्यो । साथिहरु त्यसको साईटको ब्याकग्राउण्ड कलर देखेर ब्यङ्गय गर्थे “क्रान्तीकारी रङ्ग” भनेर । त्यस्तो रङ्ग काठमाण्डौ नगरपालिकाको वेव साईटमा पनि देख्न पाईयो । धरान नगरपालिकाको वेवसाईट त्यहीको कर्मचारीले बनाएको भनेर थाहा हुन आए पनि अधिकाँश कार्यलयको वेव साईट बाहिरकाले निर्माण गरेका रहेछन । दुईवटा नगरपालिकाले जुम्ला कन्टेन मेनेजमेन्ट सिस्टम (Joomla CMS) प्रयोग गरेर वेव साईट बनाएका रहेछन भने विराटनगर नगरपालिकाको वेवसाईटमा गुगलको विज्ञापन राखिएको रहेछ । साच्चै नगरपालिका ले गुगल वाट प्राप्त हुने पैसा यसको नियमित अपडेटमा खर्च गरे कती राम्रो हुन्थ्यो होला ?

सवभन्दा रमाईलो त मलाई घोराही नगरपालिकाको वेव साईट देखेर लाग्यो । Joomla CMS प्रयोग गरेर निर्माण गरेको त्यस वेव साईटमा एउटा गजबको रोटेटिङ्ग (प्रत्येक पल्ट रिफ्रेस गर्दा परिवर्तन हुने ) ब्यानर रहेछ ।
Materially speaking, good sex needs a good house and a good room. It requires enough privacy for the partners including a physically comfortable room. It requires a good environmental condition. High pollution results in reduced libido. Lack of enough oxygen in the air tires our body fast. It requires adequate good food for the body. A secure basic need satisfaction makes our mind relaxed and allows enjoyable sex.
ब्यक्ती पिच्छे यसबारे फरक धारणा हुन सक्छ तर मैले भन्न चाहेको कुरा के मात्र हो भने एउटा सरकारी कार्यलयको अफिसियल वेवसाईटको मुख्य स्थानमा यस प्रकारको सामग्री राख्नु कति उचित हो ? घोराही नगरपालिकाको वेव साईट हेर्न यहाँ क्लिक गर्नुस। माथी उल्लेख गरिएको बाक्याश र् याण्डमली डिस्प्ले हुने हुदाँ तपाँईले दुई तिन चोटि पेज रिफ्रेस गर्दा पनि सो नदेखिन सक्छ ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।