Thursday, July 2, 2009

nayapatrika.com को नयाँ डिजाईन


यो फोटो ठुलो पारेर हेर्न यहाँ क्लिक गर्न सक्नु हुन्छ
फोटो हेरेर झुक्किनु भयो हैन ? यो वेव लेआउट भर्खरै अफडेट भएको नयाँ पत्रिका दैनिक को अनलाईन स‌स्करण को ले आउट सँग ठ्याक्कै मिल्न जान्छ हैन त? नयाँ पत्रिका दैनिक को अनलाईन स‌स्करण www.nayapatrika.com लाई हाल आएर Vivvo CMS प्रयोग गरेर परिमार्जन गरिएको छ । CMS को दुनिया Vivvo अलि कम नै नाम सुनिएको वेव साईट हो जसको निशुल्क वितरण उपलब्ध छैन ।

ब्लग वाट CMS को दुनियामा जर्वजस्ती प्रवेश चाहिरहेको wordpress, एक प्रकारका युजरहरुमा एक छत्र राज चलाईरकेको Drupal , Mamboo र हाल आएर Mamboo वाट नै फुटेर गएका डेभलपरहरुले बनाएको Joomla को निशुल्क प्याकेज र यसको एक सय एक थिम उपलब्ध हुदा हुदै नयाँ पत्रिकाले किन पैसा खर्च गरेर साईट (CMS) खरिद गरेछ भन्ने सोची रहेको वेला Vivvo को आधिकारिक वेव साईटको एउटा लिङ्कमा आँखा गयो ।

Our policy is to provide templates either from the stock (at $69.95 USD) or on an exclusive basis (starting at $450 USD), which means that once a template is purchased, it is immediately removed from the gallery and no one else can buy it.


नयाँ पत्रिकाको थिम अझै Vivvo को आधिकारिक वेव साईटमा बिक्रीको लागी राखिएको छ यसो भन्नु को मतलब नयाँ पत्रिकाले यो CMS खरिद गरेको हैन । (बनाउने मान्छेले निशुल्क दिएको हैन भने अलि ठाडो भाषामा भन्दा यो चोरीको हो ।)

ह्या' यस वारे म धेरै लेख्दिन । पत्रकार हरुको कुरामा धेरै बोल्नु राम्रो हैन । नक्कल गर्न पनि अक्कल चाहिन्छ नि तर नयाँ पत्रिका का वेव मास्टरले यसो गर्नु अघि अलि होस पुर्याएको भए राम्रो हुन्थ्यो कि ?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।