Saturday, August 8, 2009

कम्प्युटरमा अपडेट हुने कुरा

कम्प्युटरमा हार्डवेयरको कुरा गर्ने हो भने खासै समस्या पर्दैन तर जव हामी सफ्टवेयरको कुरा गर्छौ " अपडेट हुने कुरा " सार्है गार्हो भईदिन्छ । उदारणको लागी सात आठ वर्ष अघिको वेव पेजहरु हेरौ न । धेरै कम मात्र PHP Script प्रयोग गरीएका हुन्थे । आज आएर १० वटा वेव पेज हेर्ने हो भने कम्तीमा पनि ८, ९ वटा त PHP मा नै लेखिएका हुन्छन । अझ त्यसको फ्रेमवर्क कुरा गर्ने हो भने त के के हो के के !

हाम्रो लागी रमाईलो कुरा चाँही के छ भने विश्व बजार लाई छोडी दिने हो भने हाम्रो बजार पनि निकै सुस्त गतीमा अपडेट भईरहेका छन । अल्छी गर्ने हो भने पनि मोफसलको बजारमा काम चल्न (गर्न ) सक्छ किनभने अझै पनि विन्डोज ९८ चल्छ नेपालमा , काठमाण्डौलाई छोडी दिने हो भने डेक्सटपको एप्लिकेसन को सवथोक भन्नु नै एडोब पेजमेकर हो । मैले कयौ मान्छे भेटेको छु जो कम्प्युटरले गर्ने काम त्यही (मात्र ?) हो भन्ठान्छन ।

सुचना प्रविधीले विश्वलाई साँघुरियाएको वेला यदि कोहि विश्व वजार सँगै अपडेट हुन्छु भन्दा पनि त्यसवारे तालिम दिने ईन्सिच्युट नभएकर समस्या पर्छ यस्तो वेला केही कुरा सिक्न गुगलमा गएर सर्च गर्नुको विकल्प हुन्न ।

गुगलमा पनि भन्ने वित्तिकै कहाँ चाहेकै कुरा कहाँ भेटिन्छ र ? यसको लागी केही थप ट्रिक्स जान्नु जरुरी भै दिन्छ । उदारणको लागी symfony php framework भनेर गुगलमा सर्च गर्ने हो भने लगभग 329,000 रिजल्ट पेज भेटिन्छ तर त्यसको ट्युटोरियल नै कति पेजमा हुन्छ र ?

यस अवस्थामा गुगल सर्चको फाईलटाईप स्ट्रिङ्ग प्रयोग गर्न सकिन्छ तर यसले पनि ढुक्कको सर्च रिजल्ट दिन्छ भन्न सकिन्न ।

ईन्टरनेट चाहार्दै जाँदा मैले एउटा PDF ट्युटोरियल मात्र सर्च गर्ने वेव साईट भेटे । ईन्टरनेटको दुनियामा गुगल भनेको गुगल नै हो तर पनि यो साईट पनि कम छैन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।